देशलाई संघीय ढाँचामा रूपान्तरण गर्नु, दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण अवतरण गराउनु र देश गणतन्त्र भएको महसूस हुनेगरी समावेशी लोकतन्त्र संस्थागत गर्नु नयाँ संविधानको जिम्मेवारी हो। विवाद टुंग्याउन छलफलमा केन्द्रित नेताहरूले जनतालाई अधिकारसम्पन्न बनाउने र देशलाई समृद्धितर्फ कसरी लैजाने उपायमात्र सोच्नुपर्ने हो। नेताहरूको सम्पूर्ण ध्यान सत्ता र शक्ति आफूलाई कसरी सुरक्षित गर्ने भन्नेमा केन्द्रित छ।
नेताहरूको सोच संघीय हैन, एकात्मक छ। छलफलमा सहभागिता असमावेशी प्रकृतिको छ, व्यवहार अलोकतान्त्रिक छ। अपारदर्शी ढंगले जनता, जनप्रतिनिधि र मिडियाबाट भागेर बैठक गर्ने प्रयत्न भैरहेको छ। एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले र मधेसी मोचाका नेताहरू आपसी आशंका र अविश्वासको भारी बोकेर सहमतिका लागि दिनदिनै बैठक बस्दैछन्। लडाकू समायोजन टुंगोमा पुगेपछि संविधानबारे सहमति जुटाउन भनी बैठक थालिएको थियो। हात्तीवन रिसोर्ट बैठकको दुई साता बित्दा पनि कुनै परिणाम निस्किन सकेको छैन। संविधानसभाको आयु सकिन मात्र चार साता बाँकी छ। एक-दुई दिनमै ठोस निष्कर्ष दिन नसक्ने हो भने संविधानसभामा कायम ५९५ सभासद्का अधिकार खैंचेर अपारदर्शी बैठकमात्र गर्नुको कुनै औचित्य छैन।
हात्तीवन रिसोर्ट बैठकको २८ घन्टापछि नेताहरू कुनै प्रगतिको सूचना र विज्ञप्तिविनै निस्के। जनताले स्वामित्व महसूस गर्ने गरी संविधानसभाबाट संविधान बनाउने काइदा यही हो?
जनताको सूचनाको हकका माध्यम सञ्चारकर्मीलाई जानकारी दिनसम्म आवश्यक नठान्नु आपत्तिजनक विषय हो। यसले प्रक्रिया भत्काउन चाहनेहरूलाई नै मद्दत पुर्याएको छ। औपचारिक जानकारी नआउनु तर बैठकमै सहभागी माओवादीको 'मोहन वैद्य समूह' का केही नेताहरूले 'विदेशीले बनाइदिएको संविधान जारी हुनसक्ने' भन्दै गरेको प्रचारबाजी एक ठाउँमा राखेर हेर्दा के अर्थ लाग्छ? अपारदर्शी शैलीले वैद्य समूहका प्रचारलाई नै बल पुग्छ। यस्ता यथार्थप्रति सबै दलका प्रमुख नेताहरूको ध्यान जानु जरुरी छ। लोकतान्त्रिक प्रक्रिया नअपनाई लोकतान्त्रिक संविधान बन्न सक्दैन।
तीन दल र मोर्चाका गरी झण्डै ३ दर्जन नेताहरू सहमति जुटाउन भनी दिनदिनै ठाउँ सर्दै बैठक गरिरहेका छन्। संविधानसभा भवनले नपुगेर विशेष समिति सचिवालयमा पो बैठक बस्न थालिसके। छलफलमा पराजितहरूले प्राथमिकता पाएका छन्। चुनाव जितेकामध्येबाट त्यत्ति सहमति जुटाउन ल्याकत भएकाहरू कांग्रेस-एमाले वा मधेसी मोर्चामा छैनन्? संविधान बनाउने कामका लागि जनताद्वारा अस्वीकृत नेताहरू संविधानको निर्णयक वार्तामा उपस्थित भएर अड्को थाप्ने काम गर्न मिल्दैन।
लोकतान्त्रिक व्यवस्थामा पार्टीले चुनाव हार्दैन, नेताहरू हार्छन्। पार्टी हारेका हुन्थे भने ती यसरी मर्थे कि कहिल्यै चुनाव लड्न सक्दैनथे। अस्वीकृत नेताहरूले पद छाड्ने अनि नयाँ नेतृत्वले जनताको विश्वास जित्ने प्रयासमा नै पार्टीको पुनर्जीवन प्राप्त हुन्छ। नयाँ नेतृत्वसँगै पुनर्संगठित र मजबुत हुन्छन्। जनताबाट अस्वीकृतले राजनीतिबाट अवकाश लिनुपर्थ्यो तर जीवन चलाउन सबैभन्दा सजिलो पेशा भएको नेपाली राजनीतिमा यसको उल्टो प्रयोग भएको छ। हार्नेहरू हावी छन्, जित्नेको लागि कुनै ठाउँ छैन। लोकतन्त्रका प्रवचन दिएर नथाक्ने कतिपय पराजित नेताहरू एफएमबाट चार दलको बैठकको खबर सुनेका आधारमा बैठकमा जाने गरेकासम्म सुनिन्छन्। नैतिकता भए पराजितहरू संविधान विषयको छलफलमा जानै हुन्नथ्यो। यो जित्नेहरूको विषय हो।
सहमति गरिएका विषयका आधारमा हेर्दा पनि अमिल्दो र एकात्मक दिमागले नै काम गरेको देखिन्छ। संघीय संसद् ३८५ सदस्यीय बनाउने सहमति गरे। २०४७ का संविधानपछिको एकात्मक ढाँचाको बहुदलीय व्यवस्थामा पनि नेपालकेा संसद् २६५ जनाको मात्र थियो। स्थानीय निकायदेखि केन्द्रसम्मका सबै विधि यसैले बनाउँथ्यो। राज्यका सबै अंगको नियन्त्रण र सन्तुलनको जिम्मेवारी निभाउँथ्यो। त्यसअघि राष्ट्रिय पञ्चायतमा १०९ जना हुन्थे। तीन तह हुने संघीय व्यवस्थामा जाने भनिसकेपछि त एकात्मक ढाँचाको भन्दा आधा सानो संसद् भए पुग्थ्यो। जनताका प्रत्यक्ष सरोकारका विषय उठाउने जनप्रनिनिधि त प्रदेशको व्यवस्थापिका वा स्थानीय तहको व्यवस्थापिकाले गर्छ। त्यसैले जनताको प्रतिनिधित्वका लागि संघीय संसद्का लागि साना चुनाव क्षेत्र र धेरै प्रतिनिधि जरुरी छैन। संघीय लोकतान्त्रिक गणतन्त्र भारतका सवा अर्बभन्दा बढी जनताको प्रतिनिधित्व संघीय संसद् लोकसभामा जम्मा ५५२ सीट छन्। ५३० क्षेत्रमा जनताले प्रत्यक्ष भोट हाल्छन्। २० करोड जनसंख्या भएको भारतको उत्तर प्रदेशको ८१ र ११ करोड जनसंख्या भएको बिहारको ४० सिट छ। महाराष्ट्रमा संघीय संसद्का लागि ४८ र पश्चिम बंगालबाट ४२ सिट छन्। पौने तीन करोड जनसंख्या भएको नेपालमा ३८५ संख्या? यस्तै हो भने प्रत्येक प्रदेशमा ५० जना बनाएमा सांसद्मात्रै एक हजार पुग्ने खतरा छ। यो भन्दा ठूलो संघीयताको धज्जी उडाउने काम केही हुनेछैन।
नयाँ संविधानबारे सहमति गर्दा नेताहरूले संक्रमणकाल लम्ब्याउने काम गरिरहेका छन्। संविधान जारी भएपछिका पाँच वर्ष पनि नेपाललाई संक्रमणकालमै राख्ने प्रयत्न हुँदैछ। संवैधानिक अदालत पाँच वर्षका लागि भनेर राख्ने सहमति भएको छ। शासकीय स्वरुप पनि एक चुनावपछि चलेन भने फेरौंला भन्ने मनस्थितिमा राष्ट्रपति र प्रधानमन्त्रीमा कार्यकारी अधिकार बाँड्ने द्वैध शासन रोजिंदैछ। सबैलाई थाहा छ- वर्णशंकर व्यवस्था चल्दैन। संविधान निर्माण गर्ने बेलैमा चल्दैन होला भनेर फेरि पाँच वर्षे संक्रमणकाल थप्नु बुद्धिमत्तापूर्ण हैन। यो भावी पिंढीमाथिको खेलबाड हो।