के कस्तो वन, कस्ता कार्यक्रम ?
क्षेत्रफलको दृष्टिकोणबाट तुलनात्मक रूपले सानो भएपनि धरातलीय तथा मौसमी विविधता (वन, वन्यजन्तु, जैविक विविधता, सिमसार, भौगोलिक र जलवायुजन्य)का कारण हामी सम्पन्न छौँ । देशको कूल भू–भागको ४०.३६ प्रतिशत वन र ४.३८प्रतिशत झाडी बुट्यान गरी ४४.७४प्रतिशत (करिब ६६ लाख हेक्टर) क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । कुल वनक्षेत्रमध्ये सबैभन्दा बढी मध्यपहाडी र सबैभन्दा कम तराई क्षेत्रमा अवस्थित छ । प्रदेशगतरूपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा र सबैभन्दा कम प्रदेश २ मा वन क्षेत्र छ । वन स्रोत सर्वेक्षण–२०१५ को तथ्यांक अनुसार, देशका सात सय ५३ स्थानीय तहमध्ये एक सय ६ स्थानीय तहमा वन क्षेत्र छैन ।
हामीकहाँ एक सय १८ प्रकारका पारिस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय पाइन्छ । भौगोलिक क्षेत्र, जलवायु, उचाइ अनुसार वनको प्रकार तथा वनस्पति र जीवजन्तुका प्रजाति फरक पाइन्छ । तराई–मधेस र चुरे क्षेत्रमा साल, खयर, सिसौ, नदी तटीय वन, अस्ना, कर्मा लगायत प्रजातिको मिश्रित वन पाइन्छ भने पहाडी क्षेत्रमा साल, सल्ला, कटुस, चिलाउने, उत्तिस, सिरिस, टुनी र अन्य चौडापाते प्रजातिको वन पाइन्छ। त्यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा खस्रु, लालीगुराँस, धुपी, मिश्रित चौडापाते तथा कोणधारी रूखहरूको वन पाइन्छ।वनमा मौज्दात (काण्ड आयतन)का हिसाबले हामीकहाँ पाइने मुख्य प्रजातिमा साल, खस्रु, खोटे सल्ला, गुराँस,साज, ठिग्रे सल्ला,गोब्रे सल्ला, उत्तिस, धिंगे सल्ला, चिलाउने लगायत प्रजाति पर्छन् । हाम्रो वनमा औसत रूख संख्या चार सय ३० प्रतिहेक्टर र औसत वृद्धि मौज्दात एक सय ६५ घनमिटरप्रति हेक्टर छ । हाम्रो सम्पूर्ण वनमा जम्मा रूखको संख्या २ अर्ब ५६ करोड ३३ लाख र कुल मौज्दात ९८ करोड २३ लाख ३२ हजार घनमिटर छ ।
जडीबुटी
हामीकहाँ करिब दुई हजार प्रजातिका विभिन्न वनस्पति गैरकाष्ठ वन पैदावारको रूपमा पहिचान भएका छन् । यसमध्ये आठ सय १९ भन्दा बढी वनस्पतिका प्रजाति जडीबुटीका रूपमा प्रयोग हुने गरेको छ । यीमध्ये करिब एक सय २० प्रजाति प्राकृतिक वासस्थानबाट संकलन गरी प्रयोगमा आएको पाइन्छ भने एक सय २० प्रजाति खेती गरिने गरिएको छ । करिब एक सय वनस्पतिका प्रजाति नियमित रूपमा व्यापारमा आएको अनुमान छ । व्यापारमा आउने ७० प्रतिशतवनस्पतिका प्रजाति जंगली अवस्थामा संकलन गर्ने गरिएको छ । कुल निर्यात हुने वनस्पतिमध्ये ९० प्रतिशतभन्दा बढी बिनाप्रशोधन कच्चा पदार्थको रूपमा विभिन्न देश (भारत, चीन, भियतनाम, हङकङ, दक्षिण कोरिया, अमेरिका, युरोप आदि) मा जाने गरेको छ । त्यस्तै हाम्रो हिमाली क्षेत्र उच्च महत्वका जडीबुटीको भण्डारको रूपमा छ ।
परिमाणको दृष्टिकोणबाट नेपालमा धेरै संकलन हुने महत्वपूर्ण जडीबुटी प्रजातिमा रिठा, सेतकचिनी, टिमुर, तेजपात, पाषणवेद, काउलो, धुपी, अमला, पदमचाल र सुगन्धवाल पर्छन् । राजस्व संकलनका हिसाबले सबैभन्दा बढी मूल्यवान जडीबुटी प्रजातिमा यार्सागुम्बा, टिमुर, सेतकचिनी, रिठा, काउलो, गुच्छीच्याउ, पाषणवेद, सुगन्धवाल, पदमचाल र कुट्की रहेका छन् । सरकारले ३३ प्रजातिका वनस्पतिलाई आर्थिक समृद्धिका लागि महत्वपूर्ण र १३ प्रजातिका वनस्पतिलाई प्रविधि विकासका लागि महत्वपूर्ण भनी प्राथमिकीकरण गरेको छ ।
हाम्रो वनमा पाइने बहुउपयोगी र उच्चमूल्यका जडीबुटीको उचित सदुपयोगबाट वनमा आश्रित ठूलो ग्रामीण जनसमुदायको जीविकोपार्जनमा सहयोग पु-याउनुका साथै देशकै अर्थतन्त्रमा सकारात्मक टेवा पु¥याउने सम्भावना छ । मानव स्वास्थ्यका लागि अत्यन्तै उपयोगी ठहरिएका र विश्वमै दुर्लभ मानिएका जडीबुटीहामीकहाँ प्रशस्त मात्रामा पाइन्छ । यद्यपि परम्परागत तरिकाले गरिने संकलन, उपयोग, बेचबिखन तथा ओसारपसारजस्ता कार्यले जडीबुटीमार्फत अपेक्षाकृत रूपमा लाभ लिन नसकिएको यथार्थ छ । अनियन्त्रित रूपमा जडीबुटीजन्य वन पैदावारको संकलन हुनु, उचित भण्डारण नहुँदाजडीबुटीको वास्तविक गुण कायम गर्न नसक्नु, जडीबुटीजन्य वन पैदावारका लागि वनमा मात्र आश्रित हुनु, जडीबुटीमा सीमित व्यक्तिको मात्र पहँुच हुनाले लाभको समानुपातिक रूपमा बाँडफाँड नहुनु जस्ता कारणजडीबुटीबाट उच्चतम् प्रतिफल प्राप्त गर्न नसकिएको अवस्था छ ।
हाल विश्व बजारमा नेपालीजडीबुटीको अधिक माग छ । त्यसैले प्राकृतिक रूपमा पाइने सीमित स्रोतको अधिक दोहन रोक्न कुनै पनि वन क्षेत्रमा उपलब्ध जडीबुटी स्रोतको सर्वेक्षणपछि सिफारिस गरिएको परिमाणमा र तरिकाबाट मात्र संकलन गर्नुपर्छ । साथै, कतिपय जडीबुटीको कृत्रिम खेतीको सम्भावना हुँदा निजी जमिन, बाँझो जमिनमा खेती गरी आर्थिक लाभ लिन सकिन्छ । जडीबुटीको गुणस्तर त्यसमा प्राप्त रसायनको गुणस्तरमा भरपर्ने हुँदा संकलित जडीबुटीको रसायनिक गुणमा ह्रास नआउने गरी व्यवस्थित तरिकाबाट भण्डारण तथा प्रशोधन हुन अनिवार्य हुन्छ ।
हामीकहाँ विश्वमा नपाइने उच्च मूल्यका दुर्लभ जडीबुटी प्रशस्त मात्रामा पाइने भए पनि ९० प्रतिशतभन्दा बढीजडीबुटी कच्चा पदार्थको रूपमा विदेश निकासी हुने गर्छ । प्रशोधितजडीबुटीबाट कच्चा जडीबुटीभन्दा बढी आर्थिक लाभ लिन सकिन्छ । तर, प्रशोधन नहुँदा विदेशी मुद्रा आर्जनको अवसरलाई सदुपयोग गर्न सकिएको छैन । हाल केही स्थानीयस्तरमै साना स्तरका सामुदायिक जडीबुटी प्रशोधन केन्द्र सञ्चालन भए पनि जडीबुटीको उपलब्धता र सम्भावनाका हिसाबमापर्याप्त भने छैन । यस्ता केन्द्रलाई जडीबुटीजन्य स्रोतको उपलब्धताका आधारमा व्यापक बनाउँदै स्थानीयस्तरमा आर्थिक उपार्जनको रूपमा विकास गर्न सकिन्छ । यस्ता केन्द्रको उत्पादनलाई मूल्य शृखंला वृद्धि गर्न दक्ष जनशक्तिको व्यवस्था गर्दै बजारको पहुँच समेत सुनिश्चितता गर्नु अपरिहार्य हुन्छ । जडीबुटीको गुणस्तरमा विश्वसनीयता कायम राख्न तथा बजारीकरणमा टेवा पु¥याउन अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्वारेन्टिन तथा प्रयोगशालाको स्थापना तथा विस्तार आवश्यक छ ।
नेपालको सम्पूर्ण भू–भाग नै जडीबुटीको भण्डार रहेको हुँदा उपलब्ध हुन सक्ने जडीबुटी तथा यिनीहरूको गुणको बारेमा विभिन्न प्राज्ञिक निकाय संघ–संस्था तथा व्यक्ति समेतको साझेदारीमा अध्ययन अनुसन्धानलाई अझ व्यापक बनाउँदै लैजानुपर्छ । जडीबुटीसम्बन्धी हाम्रा परम्परागत ज्ञान सीपलाई समेत अभिलेखीकरण गर्दै हाम्रा बौद्धिक सम्पत्तिको रूपमा सुरक्षित राख्नुपर्छ ।
वन व्यवस्थापनको इतिहास
भारतमा रेलको लिकका लागि कडी उपलब्ध गराउने उद्देश्यका साथ सन् १९२७ मा स्थापना भएको काठमहलसँगै नेपालमा वन व्यवस्थापनको इतिहास सुरु भएको पाइन्छ । वन विभागको स्थापना २००८ सालमा भएको थियो । २०१२सालसम्म वन विभागमा भारतीय वन सेवाका वन विशेषज्ञ झिकाइने प्रचलन थियो । २ सर्कल, ११ वन डिभिजन र ४४ रेञ्जर कार्यालयबाट सुरु भएको वनको संगठन ६ दशक अवधिमा धेरैपटक पदहरूको नाम परिवर्तन तथा संरचना पनि परिवर्तन हुँदै आएको छ । देशमा संघीयता कार्यान्वयनपछि २०७५ देखि साविकको वन विभाग र भू तथा जलाधार संरक्षण विभाग एक भई हाल वन तथा भू–संरक्षण विभाग कायम भएको छ । त्यस्तै, साविकका जिल्ला वन कार्यालयहरू प्रदेश मातहत रहने गरी जम्मा ८४ वटा डिभिजन वन कार्यालयमा रूपान्तरण भएका छन् ।
राणाकालीन शासन व्यवस्थामा पटवारी, मुखिया, जिम्मावालजस्ता व्यक्ति विशेषलाई वन संरक्षणको जिम्मेवारी दिइन्थ्यो भने बिर्ता, गुठी, किपट आदिका नाममा विभिन्न व्यक्तिलाई वन क्षेत्र समेत हस्तान्तरण गर्ने प्रचलन रहिआएको थियो । २०१३सालको निजी वन राष्ट्रियकरण ऐनबाट नेपालको वन व्यवस्थापन प्रणालीले नीतिगत तथा कार्यगत रूपमा नयाँ मोड लिएको पाइन्छ । यद्यपि यस ऐनले वनको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायलाई विश्वासमा लिन नसक्दा व्यापक रूपमा वनको फँडानी हुन पुग्यो । वनको विनाश, क्षयीकरण र वनको उत्पादकत्वको कमीलाई सम्बोधन गर्न २०३३ सालमा राष्ट्रिय वन योजना कार्यान्वयनमा ल्याउनुका साथै वि.सं. २०३५ सालबाट वन व्यवस्थापनमा समुदायको पनि अपनत्व हुने गरी समुदायमा आधारित वन व्यवस्थापन पद्धतिको थालनी गरियो ।
यसरी सुरुवात भएको समुदायमा आधारित वन व्यवस्थापन प्रणालीलाई वन क्षेत्रको २१ वर्षे गुरुयोजना–२०४५, वन ऐन–२०४९, वन नियमावली–२०५१, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०) तथा विभिन्न आवधिक योजनाले समेत नीतिगत रूपमा उच्च महत्व दिएको पाइन्छ । यस व्यवस्थापन पद्धतिबाट वन क्षेत्रले हासिल गरेका सफलता रप्राप्त सिकाइलाई संस्थागत गर्दै हालका दिनसम्म देशको कुल भू–भागको लगभग ४० प्रतिशत वन क्षेत्र समुदायमा आधारित वन व्यवस्थापन पद्धतिबाट व्यवस्थापन भइरहेका छन् ।
वैज्ञानिक व्यवस्थापन
वैज्ञानिक वन व्यवस्थापन भनेको वन विज्ञानका विभिन्न सिद्धान्त र अवधारणालाई समावेश गरी वातावरणीय दृष्टिकोणले उपयुक्त, सामाजिक दृष्टिकोणले ग्राह्य र वित्तीय दृष्टिकोणले फाइदाजनक रूपमा वनको दिगो व्यवस्थापन गर्ने पद्धति हो । यसमा वन संवद्र्धन प्रणालीका आधारमा तोकिएको उद्देश्य पूर्ति गर्न वनलाई निश्चित कटान चक्रमा व्यवस्थापन गरिन्छ ।सामान्यतः प्रत्येक वर्ष समान परिमाणमा वन पैदावार आपूर्ति हुने गरी वनको चक्रीय व्यवस्थापन गरिएको हुन्छ । वनको प्रकारका आधारमा निश्चित कटान चक्रतोकी उक्त कटान चक्र बराबर वनलाई विभिन्न वार्षिक कटान क्षेत्र (कुप) हरूमा विभाजन गरिन्छ । प्रत्येक वर्ष एउटा कुपमा मात्र कटान गरिने र अन्य कुपमा वन संवद्र्धनका कार्यमात्र गरिने हुँदा वनको दिगो व्यवस्थापन हुन्छ । तसर्थ, वैज्ञानिक वन प्रणालीलाई दिगो एवं सर्वोत्तम वन व्यवस्थापनको एउटा मुख्य आधार स्तम्भको रूपमा लिइन्छ ।
वनको स्वास्थ्य र हैसियतमा सुधार गर्दै यसको संरचनामा आफ्नो लक्ष्य, उद्देश्य अनुसार परिवर्तन ल्याई दिगो व्यवस्थापन र उत्पादन अभिवृद्धि गर्दै सीमित वन क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष लाभलाई अत्यधिक वृद्धि गर्नु नै वैज्ञानिक वन व्यवस्थापन प्रणाली कार्यान्वयनको सैद्धान्तिक आधार हो ।
हामीकहाँ दिगो वन व्यवस्थापन प्रणालीको सुरुवात सन् १९६० को वन स्रोत सर्वेक्षणमार्फत भएको मान्न सकिन्छ । त्यस्तै, वन क्षेत्रका विभिन्न नीतिगत दस्तावेज राष्ट्रिय वन योजना–२०३३, वन क्षेत्रको २० वर्षे गुरुयोजना–१९८९, वनक्षेत्रको परिमार्जित नीति–२०५७, वन तथा भू–संरक्षण मन्त्रालयको दूरदृष्टि–२०३० समेतले वनको दिगो व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । त्यस्तै, सन् १९९० को दशकमा फिनल्यान्ड सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको‘फरेस्ट म्यानेजमेन्ट एन्ड युटिलाइजेसन डेभलपमेन्ट प्रोजेक्ट’ (एफएमयुडिपी)ले तराईका २१ जिल्लामा वैज्ञानिक वन व्यवस्थापनका लागि‘अपरेसनल फरेस्ट म्यानेजमेन्ट प्यान’ (ओएफएमपी) तयार गरी सञ्चालनमा ल्याउने प्रयास गरे पनि उक्त वन व्यवस्थापन योजना विभिन्न कारणले सञ्चालन हुन सकेन । जसले गर्दा नेपालमा वैज्ञानिक वन व्यवस्थापनका कार्य पछाडि धकेलिन पुग्यो ।
यसरी वनको दिगो व्यवस्थापन सन् १९६० को दशकबाट सुरु भएपनि वन संवद्र्धन प्रणालीमा आधारित वैज्ञानिक वनको सुरुवात आर्थिक वर्ष २०६७÷६८ देखि कपिलवस्तु जिल्लाबाट सुरु भएको हो । २०६९÷७० को बजेट वक्तव्यमा एक लाख हेक्टर वनको वैज्ञानिक व्यवस्थापन गर्ने उल्लेख थियो । २०७० सालमा आयोजित छैटौँ राष्ट्रिय सामुदायिक गोष्ठीको घोषणापत्रमा समेत वैज्ञानिक वनको व्यवस्था उल्लेख छ ।
साविकको वन तथा भू–संरक्षण मन्त्रालयबाट वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ स्वीकृत भएपछिवैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले थप गति लिएको पाइन्छ । १३औँ योजना (२०७०–७३) मा दिगो र वैज्ञानिक वन व्यवस्थापन पद्धतिको माध्यमबाट वनको व्यवस्थापन गर्ने, साझेदारी वन कार्यक्रम सञ्चालनबाट थप ७५ हजार हेक्टर वन क्षेत्र दिगो व्यवस्थापन गर्ने सरकारको नीति थियो। १४औँ योजना (२०७३–७६) को उद्देश्यमा दिगो वन व्यवस्थापनद्वारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गर्नु थियो भने रणनीतिमा वनको सहभागितामूलक दिगो एवं वैज्ञानिक व्यवस्थापन गर्ने उल्लेख थियो । १५औँ पञ्च वर्षीय योजना (२०७६–८१) ले समेत दिगो वन व्यवस्थापन र वनको उत्पादकत्व वृद्धिमा जोड दिएको छ ।
यसैगरी, राष्ट्रिय वननीति–२०७५ ले व्यवस्थित वन क्षेत्र र सन्तुलित पर्यावरणमार्फत नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिमा योगदान रहने दूरदृष्टि राखेको छ । त्यस्तै, वन क्षेत्रको उत्पादकत्व, उत्पादन र वातावरणीय सेवामा अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रममा पनि ‘दिगो वैज्ञानिक वन व्यवस्थापन र वनजन्य उद्यम विकास गर्न समृद्धिका लागि वन कार्यक्रम कार्यान्वयन गरिने’ उल्लेख छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटले‘वैज्ञानिक वन व्यवस्थापनको माध्यमबाट वनपैदावारलाई आर्थिक क्रियाकलापसँग जोडिनेछ’ भनी उल्लेख गरी बजेट विनियोजन समेत गरेको छ ।
२०६६÷७७ सम्म सातवटै प्रदेशका ५८ जिल्लामा अवस्थित सात सय ५० सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना निर्माण भई स्वीकृत भइसकेका छन् । जिल्लामा सबैभन्दा बढी कैलालीमा (९२ वटा), सिन्धुलीमा (८९ वटा) र नवलपुर (नवलपरासी–बर्दघाट–सुस्तापूर्व ४८ वटा) सामुदायिक वन र प्रादेशिकरूपमा सबैभन्दा बढी प्रदेश–५ मा दुई सय पाँचवटा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत भएका छन्।
यसरी वैज्ञानिक वन व्यवस्थापन सुरु भएको करिब १० वर्षको छोटो अवधिमा सात सय ५० भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना तयार गरी करिब७५ प्रतिशतभन्दा बढी समूहले कार्यान्वयन समेत गरिरहेका छन् ।हालसम्म वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत भएका सात सय ५० सामुदायिक वनको क्षेत्रफल एक लाख ७७ हजार तीन सय २१ हेक्टर हुन आउँछ। यसबाहेक कार्ययोजना तयार भएका ३१ साझेदारी वन (कुल क्षेत्रफल ७६,०१२ हेक्टर) व्यवस्थापन समूहमध्ये करिब १५वटा (३४,२९१ हेक्टर) मा वैज्ञानिक वन व्यवस्थापन क्रियाकलाप सञ्चालन भएका छन् । यसका साथै सातवटा चक्ला वनमध्ये ६ वटा चक्ला वन (११,६८६ हेक्टर) मा वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनमा छ ।
वनको वैज्ञानिकव्यवस्थापनको संख्या, पहुँच, अवस्था, माग र अभ्यास क्रमशः बढ्दै गइरहेको छ । हाल विभिन्न डिभिजन वन कार्यालयमा धेरै ठूलो मात्रामा वनको वैज्ञानिक व्यवस्थापन कार्ययोजना निर्माणका लागि निवेदन परेका छन् । धेरै ठूलो मात्रामा वैज्ञानिक वन बनाउन परेका निवेदन जनशक्ति र लगानीको कमीले अघि बढाउन सकिएको छैन ।
जेठ १५ को सरकारको निर्णय र असर
‘रूख कटान, संकलन, ढुवानी तथा ओसारपसार बन्द गर्ने’मन्त्रिपरिषद् (१५ जेठ २०७७) को निर्णयबाट समग्र वन व्यवस्थापन प्रणालीमै प्रत्यक्ष असर गरेको छ । वन व्यवस्थापन भन्नाले वनको संरक्षण मात्र नभएर यसको सदुपयोग पनि हो । संरक्षण र सदुपयोगलाई सँगै लिएर बढ्न सकेमात्र वन व्यवथापन भएको भन्न सकिन्छ । वन सदुपयोगको पाटोलाई अवगत गरेर नै १५औँ आवधिक योजनाले यसलाई आर्थिक क्षेत्रमा राखेको छ । १५ जेठको निर्णयबाट वन व्यवस्थापनका लागि तयार गरिएको कार्ययोजना लागू गर्न प्रत्यक्ष असर पुगेको छ ।
हाम्रो वन व्यवस्थापनमा सरकारको मात्र नभई समुदायको समेत प्रत्यक्ष संलग्नता हुँदा यो निर्णयले वन व्यवस्थापनमा संलग्न ३० हजारभन्दा बढी समुदायमा आधारित वन व्यवस्थापन प्रणालीमा समेत असर पुगेको छ । यस निर्णयसँगै वैज्ञानिक वन व्यवस्थापनका आधारभूत क्रियाकलाप (जस्तैः पुनरुत्पादन कटान, कुप निर्माण, अग्निरेखा निर्माण, कटानी, छटनी निर्माण)आदिमा प्रत्यक्ष असर पर्न गई स्वीकृत कार्ययोजनाको कार्यान्वयन प्रभावित भएको छ ।
हाम्रो वनबाट उत्पादित काठ पनि उपयोगविहीन हुँदा गुणस्तरहीन हुँदै जान्छ भने अर्काेतर्फ अन्य देशबाट निर्माणजन्य सामग्रीका रूपमा काठ तथा आल्मुनियम जस्ता वस्तुको आयातमा वृद्धि हुन गई नेपाल सरकाको काठजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने लक्ष्य पूरा हुन सक्दैन । परिमाणस्वरूप हजारौँ नेपाली जनताले वनमा आधारित रोजगारी गुमाउनुका साथै नेपाली मुद्रा समेत बाहिरिने अवस्था सिर्जना हुन्छ । यसका साथै नेपाल सरकारका विभिन्न आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका सन्दर्भमा व्यक्त प्रतिबद्धता तथा लक्ष्य अनुरूपको कार्यमा बाधा समेत पुग्न जाने देखिन्छ ।
यद्यपि सरकारको २८ जेठ २०७७को निर्णयले राष्ट्रिय वन क्षेत्र र निजी हकभोगको जग्गाबाट उत्पादन भएका साल बाहेकको काठ दाउराको ओसारपसारलाई सुचारु गरेको छ ।
जनमुखी व्यवस्थापन
कुल भू भागको ४४.७४ प्रतिशत ओगटेको वन क्षेत्र देशको महत्वपूर्ण प्राकृतिक सम्पदा हो ।हामीकहाँ वन क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसको उचित व्यवस्थापनका लागि संरक्षण तथा सदुपयोगलाई सँगै अघि बढाउनुपर्ने हुन्छ । विश्वका कतिपय विकसित देशमा वन क्षेत्रलाई आर्थिक स्रोतको रूपमा व्यवस्थापन गरिरहेको सन्दर्भमा नेपालमा पनि उत्पादनशील वन क्षेत्रलाई दिगो वन व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्नुपर्छ । यसका साथै वातावरणीय तथा जैविक विविधताको दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्र (जस्तैः संरक्षण क्षेत्र, सिमसार क्षेत्र) लगायत अन्य सम्भाव्य स्थानलाई प्रकृतिमा आधारित पर्यटनको गन्तव्यका रूपमा विकास गरी आम्दानी र रोजगारी वृद्धि गर्नुपर्छ । त्यस्तै, प्रचुर सम्भावना बोकेको जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको दिगो संकलन, उपयोग, प्रशोधन तथा बजारीकरणमार्फत आर्थिक उपार्जनका क्रियाकलापलाई वृद्धि गर्नुपर्छ ।
वन क्षेत्रबाट प्राप्त हुने लाभको समेत समानुपातिक बाँडफाँड र निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चितता गर्दै सुशासनको पाटोलाई अझ प्रभावकारी बनाउन जरुरी छ । समग्रमा वन क्षेत्रको समुचित तथा दिगो व्यवस्थापनबाट स्थानीय तथा राष्ट्रिय स्तरमा आर्थिक गतिविधिलाई चलायमान बनाउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न योगदान पु-याउन सकिन्छ ।
वनका प्रकार र कानुनी प्रावधान
स्वामित्वका हिसाबमा वन ऐन–२०७६ अनुसार नेपालमा दुई प्रकारका वन पाइन्छन्। व्यक्तिले आफ्नो हक भोगको जग्गामा हुर्काएको वनलाई निजी वन भनिन्छ । निजी वन बाहेकका वन (स्वामित्व सरकारको हुन्छ) लाई राष्ट्रिय वन भनिन्छ । व्यवस्थापन पद्धतिका आधारमा राष्ट्रिय वनलाई विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ । तिनीहरूको व्यवस्थापन, सदुपयोग तथा लाभको बाँडफाँड समेत फरक–फरक रहेको पाइन्छ । नेपालको राष्ट्रिय वनको व्यवस्थापनमा तिनै तहका सरकार तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहँदै आएको छ ।
नेपालको राष्ट्रिय वनको भू–भाग सरकारद्वारा व्यवस्थित वन र समुदायमा आधारित विभिन्न प्रकारका वन व्यवस्थापन प्रणालीमार्फत व्यवस्थापन गरिएको छ । नेपालको समुदायमा आधारित वन व्यवस्थापन प्रणाली वन व्यवस्थापनको क्षेत्रमा विश्वकै लागि सफल नमुनाको उदाहरण हो । सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, धार्मिक वन, वन संरक्षण क्षेत्रजस्ता समुदायमा आधारित वन व्यवस्थापन प्रणालीमा समुदायको सक्रिय सहभागिता र वन प्राविधिकको प्राविधिक सहयोगमा वन व्यवस्थापनका अभ्यास गरिँदै आएको छ ।
सामुदायिक वन व्यवस्थापन प्रणालीमा समुदायले स्वतन्त्र रूपमा वन पैदावारको सदुपयोग तथा बिक्री–वितरण गर्दै सम्पूर्ण लाभ प्राप्त गर्न सक्ने व्यवस्था छ भने साझेदारी वन व्यवस्थापन प्रणालीमा ५० प्रतिशत समूह, ४० प्रतिशत नेपाल सरकार र १० प्रतिशत स्थानीय तहले पाउने प्रावधान छ । यसरी समूहले कार्ययोजना बमोजिम आर्जन गरेको वार्षिक आयबाट कम्तीमा २५ प्रतिशत रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी बाँकी कम्तीमा ५०प्रतिशत रकम सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यमा खर्च गर्नुपर्ने कानुनी प्रावधान छ ।
धार्मिक वनको सन्दर्भमा धार्मिक वनभित्रको उपलब्ध वन पैदावार धार्मिक प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइन्छ । हामीकहाँ कबुलियती वनलाई गरिबीको रेखामुनि रहेका जनताको कबुलियती वन र व्यावसायिक कबुलियती वन गरी दुई तरिकाबाट व्यवस्थापन गरिएको छ । गरिबीको रेखामुनिको कबुलियती वन गरिबीको रेखामुनि रहेका जनताको समूह बनाई गरिबी न्यूनीकरण गर्ने उद्देश्यका साथ हस्तान्तरण गरिन्छ । व्यावसायिक कबुलियती वन राष्ट्रिय वनको हैसियत बिग्रेको कुनै भागलाई पर्यापर्यटन, कृषि वन, वनमा आधारित उद्यमलाई कच्चा पदार्थ उत्पादन गर्ने उद्देश्यका साथ प्रचलित कानुनबमोजिम स्थापित कुनै संगठित संस्थालाई उपलब्ध गराउन सक्ने प्रावधान छ ।
यस्ता समुदायमा आधारित वन व्यवस्थापन प्रणालीबाट समूहमा नेतृत्व विकास, समावेशीकरणको अभ्यास, गरिबी निवारण, वन संरक्षण तथा आर्थिक लाभमार्फत सामुदायिक विकास जस्ता क्रियाकलापमा प्रत्यक्ष रूपमा टेवा पुगेको देख्न पाइन्छ ।
लेखक नेपाल सरकारका सचिव हुन्।

कुल भू–भागको ४४.७४ प्रतिशत (करिब ६६ लाख हेक्टर क्षेत्रफल) वन क्षेत्रमा जम्मा रूखको संख्या २ अर्ब ५६ करोड ३३ लाख र कुल मौज्दात ९८ करोड २३ लाख ३२ हजार घनमिटर छ। त्यस्तै, आठ सय १९ भन्दा बढी वनस्पतिका प्रजाति जडीबुटीका रूपमा प्रयोग हुन्छ।यिनै समस्या र सम्भावनालाई मध्यनजर गर्दा जडीबुटीबाट अधिकतम फाइदा लिन यसको दिगो रूपमा विकास र उपयोग गर्नुपर्ने हुन्छ । देशको आर्थिक समृद्धिमा टेवा पु-याउन सक्ने सम्भावना बोकेको जडीबुटीजन्य वन पैदावारको उत्पादन, संकलन, प्रशोधन, बजारीकरणदेखि उपयोग समेतमा उचित ध्यान दिनुपर्छ । अनिमात्र अपेक्षाकृत फाइदा लिन सकिन्छ ।