सर्जन हुनुको मूल्य चुकाउन भने विश्वासको त्यो भारी नबोकी नहुने रहेछ। सामान्य अवस्थामा त चिकित्सकीय धर्म पालन गरे पुग्छ तर कुनै बेला विशिष्ट परिस्थिति आइलाग्छ। देश सशस्त्र द्वन्द्वमा डुबेको कालखण्डमा यस्तो भारीको अर्थै अर्को हुँदोरहेछ।
कुट्ने र कुटिने, गोली ठोक्ने र गोली खाने, मार्न खोज्ने र झन्डै मरेर बाँच्ने दुवै थरी अस्पतालका बेडमा सुतेका हुन्थे। विद्रोही हुन् वा राज्यपक्षका, आफूलाई क्रान्तिकारी भन्ने वा तिनैबाट प्रतिक्रान्तिकारीको बिल्ला भिराइएका, आफूलाई राज्यको कानुन मान्ने असल नागरिक ठान्ने हुन् वा तिनले आतंकवादी भनिएका, आफूलाई 'जनयोद्धा' भन्ने वा तिनीहरूबाट 'जनताका शत्रु' भनिएका - विपरीत ध्रुवका यी दुवै थरीको भूमिका कहिले ठोक्ने त कहिले ठोकिनेमा फेरिइरहन्थ्यो। दुवै थरी घाइते भएर आइपुग्थे अस्पतालमा। यिनका साथै अस्पतालका सबै बिरामीको हेरचाह गर्नुपर्थ्यो स्वास्थ्यकर्मीले। राज्यको ऊर्दीको अवज्ञा गरेर तिनको जीवन रक्षा र स्वाथ्यको जानकारी गोप्य राख्न सहज थिएन। राजाको शासन कडै थियो - माओवादीको वा तिनको समर्थन गरेको आरोपमा यातना खप्ने र बेकसुरमा मारिने निर्दोषहरूका बारेमा सुनिरहिन्थ्यो। अस्पताल भर्ना भएका माओवादी खोज्दै राजाका सिपाही पसे भने डाक्टर नै 'सुराकी'को आरोपमा क्रान्तिकारीका 'भौतिक' वा अन्य 'कार्बाही' मा पर्ने जोखिम पनि उत्तिकै थियो। दुई थरी बन्दुकका बीचमा तिनैको स्वास्थ्य र जीवनको रक्षा गर्ने गरुंगो जिम्मा बोक्नुपर्थ्याे।
विद्रोहीहरू धेरै नबोले पनि शरीरमा लागेका घाउ बोलिरहेका हुन्थे। उपचारका क्रममा डाक्टर र घाइतेबीचमा बढ्ने सामिप्यले भने केही बन्द झ्याललाई पनि खोलिदिन्थ्यो र घाइते मनका घाउ पनि बिस्तारै बोल्न थाल्थे। अलिकति खुलेका ती झ्यालबाट तिनका सपना देखापर्थे। स्पष्ट हुन् या अस्पष्ट, बुझिने हुन् वा नबुझिने, आफ्नै हुन् वा बोकाइएका ती सपना पनि साउती गर्न थाल्थे। तिनै सपना साकार पार्न त होला, समर्पणको अद्भूत नमुनाजस्ता देखिन्थे ती विद्रोही घाइते। र त्यो समर्पणभावमात्रै पनि तिनलाई माया गर्न काफी थियो। पक्राउ परेर, चरम यातना पाएर, अमानवीकरणको नर्कमा परेर, धेरै समयपछि अनेक अप्ठेरो पार गरेर अस्पताल आइपुगेका, तन र मनमा असंख्य घाउ बोकेका व्यक्ति हुन्थे तीमध्ये केही। कोही आफ्नै हातमा बम पड्केर घाइते भएका हुन्थे, कोही अर्काले हानेको गोली लागेर।
त्यति नै खेर तिनका ठुला नेताको जीवन कस्तो हुँदो हो कुन्नि तर सपनाका निम्ति ती घाइतेले चुकाएको मूल्य भने अत्यन्त चर्को थियो। त्यो मूल्य उनीहरूका बलीदानमा, भोगाइमा, समर्पणमा, दुखिरहेको घाउमा, जीवनको अनिश्चितता आदिमा मात्र थिएन। सायद, अनेकरूपमा त्यस मूल्यको वजन लुकिरहेको थियो ।
हतियार बोक्दा हुन् ती पनि! मान्छे मार्दा हुन् ती पनि!
प्रतिद्वन्द्वी सेनासँगको मुठभेडमा मर्नु मार्नु बेग्लै हो तर तिनैका मित्रले विभिन्न आरोपमा सामान्य मानिसलाई विभत्स र अमानवीय तरिकाले गरेका हत्या र दिएका यातनाका विवरण संचार माध्यमबाट थाहा पाउँदा भने उपचारमा तल्लिन स्वास्थ्यकर्मीका मनमा पनि विभिन्न प्रश्न उब्जिन्थे। अनौठो मनःस्थिति बन्थ्यो। मानिसको सपना र त्यससँग जोडिएको बलिदान र समर्पणको चित्र एकातिर छ, अमानवीय त्रू्करताको कठोर चित्र अर्कातिर । देश र जनताप्रतिको प्रेमको सुन्दर अमूर्त चित्र छ एकातिर, मान्छे र उसको कृतिको विनाशको असुन्दर मूर्त चित्र अर्कातिर। एकातिर, भएभरको शक्ति, समय, सीप लगाएर जीवनको रक्षा गर्ने प्रयत्न भइरहेछ। अर्कातिर त्यही अमूल्य जीवनलाई नाश गर्ने खेल भइरहेको छ।
मार्ने र मर्ने खेलमा नभएका, आफ्नो आस्थाको डोरीले बाँधिएर त्यस जमातमा प्रवेश गरेका पनि त थिए होलान्। तिनमा कसैको साइनो कविता, संगीत वा कलासँग बढी हुँदो हो। तिनमा भावनाको छाललाई धान्न नसकेर, सुन्दर संसार निर्माण गर्ने सपनाले डोर्याइएका, समाजको विकृति र कुरूपतालाई खप्न नसकेर छटपटीबीच फाल हालेकाहरू पनि हुँदा हुन्। यस्ता मानिस पनि ती घाइते विद्रोहीबीच रहेछन् भने तिनको तनकोसँगै मनमा झन् कति पीडा हुँदो हो! हिंसाको त्यो असाधारण दुरुपयोगले तिनको सुन्दर सपनामा कस्ता असुन्दर दाग छोड्दा हुन्! आफ्नै साथीहरूबाट भएको भनिएका अमानवीय त्रू्करताका उदाहरणले कति नमिठोसँग पोल्दो हो!
हिंसात्मक विप्लवका ठुला, साना चरणहरूबाट अब देश निस्किएको पो हो कि जस्तो भएको छ यतिखेर। किन्तु, अझै संविधान नभएको यस देशमा हिंसाका बीउ प्रशस्त छन् - कुनै स्पष्ट देखिने, कुनै कतै लुकी बसेका। हिंसाका बीउ हुर्कने ऊवर भूमिका टुक्रा पनि प्रशस्त छन् पर्खिरहेका।
हिंसाको जुम्ल्याहा भाइ हो षड्यन्त्र। सामाजिक रूपान्तरणका नाममा, न्याय र समानताका बहानामा यी जुम्ल्याहा दिदीभाइले प्रशस्त काम पाएका छन् इतिहासमा। सबै सशस्त्र क्रान्तिको प्राविधिक तŒव हिंसा हुन्छ। जुनसुकै पनि भूमिगत संघर्षको प्राविधिक तŒव षड्यन्त्र हुन्छ। यी दुईलाई क्रान्तिको अपरिहार्य ज्यावलका रूपमा हरेक भूखण्डमा, प्रत्येक कालखण्डमा उपयोग गरिएको छ। क्रान्तिकारिताको मापदण्ड नै हिंसा र षड्यन्त्रको उपयोगजस्तो पो भएको छ। दुर्भाग्य! यी दुई जुम्ल्याहा ज्यावलका रूपमा मात्र सीमित रहँदैनन् मानिसका हातमा । यी त भाइरसका रूपमा मानिसको स्वत्व भित्रै पस्छन्। यस्ता भाइरस जीवकोषिकाभित्र डेरा लिएरमात्र थपक्क बस्दैनन्, ती त कोषिकाका सूक्ष्मतम महत्वपूर्ण संयन्त्रलाई नै आफूअनुकूल परिवर्तन गरेर ढलीमली गर्छन्। झ्यांगिन्छन्। भाइरसको प्रभावमा रूपान्तरित भएका कोषिकाहरू शरीरभित्रको संरक्षक संयन्त्रले नष्ट गर्न नसक्दा क्यान्सर पनि बन्छन्। र मानिससँग अझै पनि सबै खाले क्यान्सरको उपचार छैन।
सामाजिक रूपान्तरणको आवश्यकता कहिल्यै टुंगिनेछैन मानव समाजमा। मानिस हुनु भनेकै यथास्थितिप्रति असन्तुष्ट हुनु हो, हुर्किरहनु हो, पूर्णतातर्फको यात्रामा तल्लिन रहनु हो। जहिले पनि केही सुधार्न आवश्यक भइरहन्छ, केही सफा गर्नुपर्ने भइरहन्छ, उज्यालो पर्खेर बसेको अन्धकार कुना कतै न कतै बाँकी रहिरहन्छ, बत्ती बाल्नुपर्ने भइरहन्छ। जहिले पनि प्रतिगामी त भइरहन्छन्, प्रतिगमनको प्रयत्न भइरहन्छ, मानिसभित्रको दुष्टताले मुन्टो उठाउन खोजिरहन्छ। अर्थात्, क्रान्तिको आवश्यकता रहिरहन्छ। 'यो अन्तिम युद्ध हो' जस्ता पंक्ति गीतमा मात्र हुन सक्छन्, नारामा मात्र हुन सक्छन्। अनि सामाजिक रूपान्तरणको, पूर्णतातर्फ मानवीय यात्राको यो नटुंगिने सिलसिलामा जहिले पनि हिंसा र षडयन्त्रको उपयोग गरिरहने हो भने यो आत्मघाती, मानवघाती, भाइरसको खेतीले हामीलाई कहाँ पुर्याउला! क्रान्तिको वेदीमा कहिलेसम्म मानव बलि दिइरहने?
हिजो बेलुकी चार दशकदेखिका साथी इन्जिनीयर नारायण गुरुङसँग भेट भएको थियो। दिक्क भएर ऊ भन्दै थियो - 'सरोज! हामी अझै पनि मन्दिरमा बलि दिन्छौ। लाग्छ, हामी निकै असभ्य र आदिम रहेछौँ। अन्त पनि बलि दिँदा रहेछन् तर ती जहाँका भए पनि सभ्यतामा पछाडि परेका ठानिदा रहेछन्। अझै पनि यति बर्बर हुनुको कुनै तुक छ?'
छैन, नारायण। मन्दिरमा दिइने असभ्य, त्रू्कर र त्रास बलिको कुनै तुक छैन। अझ क्रान्तिका नाममा दिइने बलि दिइन्छ र त्यसको गौरव गाथा गाउनुको त झनै तुक छैन।
तर हिंसाको आफ्नै आकर्षण हुन्छ। अत्यन्त चर्को आकर्षण। वीरतासँग, सहादतसँग जोडिएको आकर्षण। त्यसैले, यसलाई माथ गर्न यसभन्दा पनि आकर्षक केही हुनुपर्छ मानिससँग। सुशासन, समान अवसरतर्फ उन्मुख विकास र समृद्धि, जीवनलाई समृद्ध बनाउने कला र संस्कृति, प्रेम र सद्भावको शिक्षा - सायद यिनले त्यो वाञ्छित आकर्षण सिर्जना गर्न सक्छन् यथास्थितिप्रति निषेधभावको शाश्वत अधिकारी मानिसका निम्ति।
संविधान निर्माणको यस पूर्वसन्ध्याले हिंसाको दुरुपयोगको शृंखला टुटाउने अपूर्व अवसर प्रदान गरेको छ यो सुन्दर तर गरिब, सम्भावनाले भरिएको किन्तु यस रोगी देशलाई। यति ठूलो जिम्मा लिएकाहरूका निम्ति निर्णयको छनौट गर्न त्यति विघ्न गाह्रो नहुनुपर्ने हो। कि त यस महान् अवसरको सदुपयोग गरेर बाँच्नुको सार दर्शाउनु पर्यो नभए आआफ्ना साँघुरा आग्रहमै डुबेर सिद्धिनु पर्यो। उचित छनौट गरून् यिनले - शुभकामना!