बाध्यात्मक शान्ति!
०४ वैशाख २०६९
•
९ मिनेट पाठ
बाध्यात्मक शान्ति!
कम्युनिस्ट पार्टीमा लिइने 'बोल्ड' निर्णयको प्रतिक्रियामा विद्रोहको पर्खाइ पनि स्वाभाविक हुन्छ। गत चैत ३० का दिन गर्ने भनिएको सेना समायोजनको काम केही विषय थाती राखेर ४८ घन्टा अगाडि नै किनारा लगाइयो। अपेक्षाकृत हतारमा। यसको कारक एनेकपा (माओवादी) को अन्तरकलहको अन्तिम परिणाम हो भन्नु गलत हुनेछैन।

शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता माओवादी नेतृत्वले प्रकट गरिआएकै हो। यससित गाँसिएका केही प्रश्न अझै छन्। केही जटिल विषय बाँकी छँदै लडाकुलाई सेनाको जिम्मा दिनेे विषयमा सहमति बन्यो। माओवादीले यस प्रकरणमा पनि 'एक पार्टी दुई विचार' कै नीति लियो। कार्यदिशा, कार्यनीतिमा पनि जनताले धेरै दिन झुक्किनुपर्‍यो। पुष्पकमल दाहालको नेतृत्वले पटकपटक चुनौतीको सामना गर्नुपर्‍यो। चुनवाङअघि, त्यसपछि खरिपाटी, पालुङटार जहाँ पनि कुनै न कुनै रूपमा उनले कहिले वैद्य त कहिले भट्टराई पक्षधर नेतृत्व पंक्तिलाई नजिक ल्याएर नेतृत्व कायम गर्न सफल भए। आफ्नो कार्यदिशा, कार्यनीति र नेतृत्वलाई भने अक्षुण्ण राख्न सकेनन्। पार्टीभित्रैबाट प्रहार कति चुलिँदै गयो भने उनी हताश मनःस्थितिमा सम्म पुगे। उनको समर्थनमा बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारलाई प्रहारलगायत पार्टीभित्रैबाट उनले ठूलै चुनौती सामना गर्नुपर्‍यो। जतिसुकै ढाकछोप गरे पनि भित्री र बाहिरी प्रहारलाई थेग्नै नसक्ने अवस्था आइसकेपछि शान्ति र संविधानका पक्षमा उनले केही अठोटका साथ अगाडि बढ्नुपर्ने आवश्यकता बोध गरे।
उनले धेरैअघि यो निर्णय लिनसक्थे। केही जोखिम र चुनौती जोडिने अवश्यम्भावी थियो। त्यस्तो जोखिम र चुनौती धान्ने क्षमता समयमै देखाउन सकेको भए उनको शक्तिको बेग्लै आकलन हुनसक्थ्यो। र, बेग्लै मान्यता पनि उनले पाउँथे। व्यक्तित्व स्खलन भइसकेपछि यो हदसम्मको दुस्साहसपूर्ण (उनकै शब्दमा) कार्यले उनको कति हित गर्छ त्यो उनै जानुन्। शान्ति प्रक्रियालाई सम्पूर्ण अर्थमा टुंगो लगाउन अझै केही समय लाग्ने देखिन्छ। उनको पार्टीभित्र पजनी सुरू भइसकेको छ र यससँगै एकअर्को पक्षविरुद्ध उनीहरूकै शब्दमा 'भन्डाफोर' को नाममा तल्लोस्तरको गालीगलौजमा उत्रिएका छन् । यसले विग्रह पनि जन्माउन सक्छ। राजनीतिक अभ्यासमा ढिलाई पनि गर्नेछ। पार्टीहरूबीच द्वन्द्व समाप्त भएको अनुभूति गरे पनि मुलुक एक प्रकृतिको अराजकता, दण्डहीनता, मानवअधिकारको हननको दुष्चक्रबाट भने ग्रसित भइरहन्छ। विखण्डित दलहरूले आफ्नो अनुकूल अवस्था नभएसम्म निर्वाचन पर सार्दै लानेछन्। सरकार कसैप्रति पनि उत्तरदायी रहनेछैन। देश झन्झन् अन्योल, अस्थिरतातिर उन्मुख हुने लक्षण २०६८ को वर्षान्तको माओवादीका दुईटा खेमाका अभिव्यक्तिबाट छर्लंग भएको छ।
शिविरभित्र एक प्रकारको द्वन्द्व सुरू भइसकेको थियो भने कुनै पनि बेला नेतृत्वमाथि ठूलो दबाब सिर्जना हुनसक्थ्यो। त्यसबेला दाहाल वा प्रधानमन्त्री भट्टराईसित तत्काल सेना समायोजनमा या हतियारको यथोचित बन्दोबस्त बाहेकको अर्को विकल्प सम्भवतः थिएन।
कम्युनिस्ट पार्टीमा नेतृत्वको प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक प्रक्रियाबाट हुँदैन र भएको इतिहास पनि छैन। भर्खरै चीनमा नेतृत्व हस्तान्तरण क्रममा यो स्पष्ट देखिन्छ। अहिलेको चीनमा नवमाओवादी नेताका रूपमा परिचित प्रभावशाली राजनीतिकर्मी बो जिलाईलाई नेतृत्व पंक्तिबाट हटाइयो। चीनको वर्तमान नेतृत्व र अब उसले चयन गर्न खोजेको नेतृत्व अझ बढी 'उदार पुँजीवादी' छ भने बो बढी वामपन्थी रुझान भएका व्यक्ति हुन्। उनी वर्तमान नेतृत्वलाई ग्राह्य भएनन्। त्यसैकारण उनको आवश्यकता पनि रहेन। धेरै पहिले माओत्से तुंङका प्रतिस्पर्धी भनेर चिनिएका लिन बिआओको पतनलाई पनि यस्तै घटनाका रूपमा लिन सकिन्छ। तत्कालीन नेतृत्वले 'सफाया' गर्न लागेको झनक पाउनासाथ उनी सोभियत संघ पलायन गर्न खोजे तर बाटैमा उनी चढेको जहाजलाई पड्काइयो। यस्ता दृष्टान्त रुसी कम्युनिस्ट पार्टीको इतिहासमा पनि पाउन सकिन्छ।
निर्धारित समयभन्दा ४८ घन्टाअघि सकिएको शान्ति प्रक्रिया सन्तोषको विषय भएकोमा कुनै शंका छैन। माओवादी अन्तरकलह हेर्दा यो सहजै प्राप्त भएको होइन भन्ने स्पष्टै देखिन्छ। त्यो अन्तरकलहले यस प्राप्तिलाई सहज तुल्याइदिएको भने अवश्य हो। सुनिन्छ, माओवादीका दुवै पक्षले असुरक्षाको अनुभूति गर्न थालेका छन्। हिजो वाईसीएललाई बाँडिएका हतियार अहिले वैद्य पक्षले बाँड्न थालेको र दाहाल पक्षलाई सरकारबाट थप सुरक्षा उपलब्ध गराउन थालेको चर्चा पनि छ। वास्तविक शान्तिको अनुभूति गर्न पाउने विषय भने यसरी अझै ओझेलमै छ। शिविरबाटै विद्रोहका सन्देश पर्याप्त मात्रामा बाहिर आउन थालिसकेका थिए। आपस्तमा मारपिट, वादविवाद, लुटपाट, हातहतियार कब्जा र शिविरभित्रका कमान्डरहरूकै असुरक्षा देखिइसकेको थियो। अर्थात् विद्रोहको अवस्था आइसकेको थियो। समयभन्दा दुई दिनअघि नै हतियार र लडाकु सेनालाई हस्तान्तरण गर्नुले अब उनीहरूलाई नियन्त्रण गर्न नसक्ने स्थितिमा माओवादी पार्टी र सामान्य सुरक्षा संयन्त्र पुगेको सन्देश गएको छ।
माओवादी अध्यक्ष दाहालले आफूले कठोर, साहसी या दुस्साहसी निर्णय गरेको भनेका छन्। तर, अझै उनको निर्णय प्रकरणकोे धुलो, धुवाँ बसिसकेको छैन, उडिसकेको छैन। पार्टीमा उनको नियन्त्रण कति छ? केही दिन बाबुराम भट्टराईकै नेतृत्वका सरकार रहने, त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार जाने भन्नेे फेरि कुन प्रपंच हो? मूल विषय उनकै पार्टीभित्र उठेकोे विद्रोहलाई उनले कसरी साम्य गर्छन् भन्ने हो। योसित कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयको कुनै सरोकार हुँदैन। कम्तीमा कांग्रेस नेतृत्वको सरकार भन्ने चर्चाले त कुनै अर्थमा पनि सरोकार राख्दैन। कथित 'जनयुद्ध'का बेलाका माग अहिले बन्ने सरकारले पुरा गर्न सक्तैन। ती नारा सम्बोधन गर्न दाहालकै पार्टीले कि अधिवेशन गर्न सक्नुपर्छ, नभए यही सरकारले संविधानसम्म पुग्न कुन बाटो अवलम्बन गर्नुपर्ने हो त्यही गर्ने साहस देखाउन सक्नुपर्छ।
अर्को समाचार
फुटाउने हात
०९ माघ २०७१
•
१ मिनेट पाठ
फुटाउने हात
माघ ८ को पूर्वसन्ध्यामा संविधानसभाभित्र माइक, कुर्सी, बेन्चलगायत फुटाउने कार्य भए। नेताहरू भन्छन्, ‘शोषित, पीडित, गरिब र निमुखा जनताका लागि संविधान बनाउनका लागि यसो गर्नु बाध्यात्मक परिस्थिति हो।' जनता के चाहन्छन्, सबैलाई राम्रैसँग थाहा छ। शान्ति, विकास र समृद्धि नै जनताको मूल चाहना हो। तर ‘जनताका लागि लडेँ र गरेँ' भन्ने सबैखाले नेता आखिरमा आफ्नै जुँगा बचाउनका लागि यी सब तिकडम गर्दैछन् भन्ने कुरा जनताले बुझेका दिन उनीहरूको हालत के होला?संविधानका नाममा अर्बौं खर्च गरिसक्दा पनि पारा उही छ। संविधानसभामा तोडफोड सुरु हुनु हप्ता दिनअगाडि रुकुम सदरमुकाम नजिककी यी महिला आफ्नो भविष्यको आशा र भरोसालाई बोकेर गिटी फुटाउँदै थिइन्। संविधान कुन चराको नाम हो, यिनलाई पक्कै थाहा छैन। दिनभर पाखुरी बजारेर बेलुकी हातमुख जोर्नुपर्ने यी महिलाजस्ता जनताका लागि संविधानभन्दा सहज जीवनयापनका आधारहरूको आवश्यकता बढी छ। आफ्नै जुँगा जोगाउन अनि पार्टी र आफ्ना कार्यकर्ताको भलाइका लागि लडाइँ गर्नुभन्दा यस्ता जनता र देशलाई दिमागमा राखेर काम गर्ने हो भने सहमति खोज्न टेबल–कुर्सी फुटाउनै पर्दैन। कि कसो!
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस