शिविरमा सेना र हतियार रहेका कारण कांग्रेस-एमालेले संविधान निर्माण 'एक इञ्च पनि अघि बढ्न नदिने' अडान राखेका थिए। त्यो बहाना बा"की रहेन। माओवादीसँग पनि हतियारको आडमा उभिएर अन्य दलसँग गर्ने बार्गेनिङ सकिएको छ। राज्यको स्थानीय तह सबैभन्दा शक्तिशाली हुने गरी संघीय स्वरुपमा रुपान्तरण गर्ने समावेशी ढाँचाको लोकतन्त्र र जनतालाई परिवर्तनको आभास दिने राजनीतिक प्रणाली अपनाउने आवाज माओवादीले अघि सारेमा जनताको समेत समर्थन हुनेछ।
माओवादी नेतृत्वले जोखिम मोलेर हतियार र लडाकू सरकारलाई हस्तान्तरण गरेजस्तै कांग्रेस-एमालेले पनि संविधानका मुद्दामा निर्णय गरेमा परिवर्तनसहितको संविधान अब डेढ महिनाभित्रै जनताले पाउनेछन्।
माओवादीले अघि सारेको प्रणाली अपनाए पनि वा कांग्रेस-एमालेको ढाँचामा गए पनि जनताका लागि जोखिम चाहिँ छैन किनभने दुवै पक्षले लोकतान्त्रिक प्रणालीकै वकालत गरेका हुन्। संविधान जारी भएपछि शासनसत्तामा को पुग्ला भनेर मात्र राजनीतिक प्रणालीको बहस भैरहेको छ।
अब ४३ दिनमात्र छ। जटिलताका हिसाबले क्रमशः संघीय ढाँचामा राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणाली संविधानका सहमति हुन बाँकी विषय हुन्। यी विषयमा माओवादीले आफ्नो पार्टीको आधिकारिक धारणा बनाएको छ तर कांग्रेस-एमालेभित्र विवाद छन्।
चिनियाँ शैलीको कम्युनिस्ट शासन प्रणालीको धारणा छाडेर माओवादी जनताको प्रत्यक्ष मतदानबाट चुनिएको राष्ट्रपति देशको मुख्य कार्यकारी हुने प्रणालीमा आइपुगेको छ। १२ प्रदेशको संघीय ढाँचा उसको आधिकारिक धारणा हो। बहुसदस्यीय समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली आफ्नो लाइन भए पनि माओवादी प्रत्यक्ष र समानुपातिक प्रणालीबाट चुनिने मिश्रित निर्वाचन प्रणाली अपनाउन सहमत भइसकेको छ।
व्यवस्थापिका-संसद्को नियन्त्रणमा रहने न्यायपालिकाको अडान छाडेर माओवादी संवैधानिक जटिलता भएका राजनीतिक मुद्दा हेर्न प्रधान न्यायाधीशको अध्यक्षतामा संवैधानिक अदालत तथा त्यसबाहेकका फौजदारी र देवानी मुद्दा हेर्न सर्वोच्चको व्यवस्था गर्न सहमत भएको छ। उसले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त सकारेको छ। लचिलो भएका विषयमा मोहन वैद्य समूहको विरोध रहे पनि उक्त पार्टीभित्र आफ्नो धारणा भने प्रष्ट छ।
कांग्रेस नेताहरूले छ प्रदेशको धारणा राखेका छन्। पार्टीका जनजाति १४ प्रदेश हुनुपर्ने मत राख्छन्। कांग्रेस र एमाले सभासद्हरूले पार्टी कि अधिकारमध्ये एउटा रोज्नुपर्ने भयो भन्दै पार्टी त्याग्नसक्ने अभिव्यक्ति दिइसकेका छन्।
जनमत संकलनका लागि सभासद्हरू गाउँघरसम्म पुग्दा संसदीय व्यवस्थाका पक्षमा १० प्रतिशत पनि समर्थन प्राप्त भएको थिएन। प्रदीप गिरी, नरहरि आचार्य, गगन थापालगायत कांग्रेसकै २५ सभासद्ले प्रत्यक्ष चुनिएको कार्यकारी प्रधानमन्त्री भन्दै फरक मत दर्ता गरेका छन्।
एमालेले त चार वर्ष बित्दा पनि संघीयताको नक्सा बनाउन सकेको छैन। नेताहरूका भने आ-आफ्नै नक्सा छन्। अध्यक्ष झलनाथ खनालको ७ प्रदेश, वरिष्ठ नेता माधवकुमार नेपालको ६ प्रदेश, जनजाति सभासद्हरूको १४ प्रदेश, बागमती अञ्चल कमिटीको बेग्लै ७ प्रदेश चर्चामा छन्। भीम रावलको बेग्लै खाका छ भने शंकर पोखरेलको आफ्नै।
स्थायी समितिमा प्रस्तुत वैकल्पिक १२ प्रदेशको खाका पनि केन्द्रीय समितिमा विचाराधीन छ। जनजाति ककसमा आबद्ध पृथ्वी सुब्बा गुरूङ, मंगलसिद्धि मानन्धर लगायत सभासद् १४ प्रदेशको वकालत गर्छन्। सभासद् भने अलमलमा छन्- कति प्रदेशको पक्षमा वकालत गर्ने? स्रोतमाथिको अग्राधिकार र विशेष अधिकारजस्ता विषयमा पनि एमाले विभाजित छ।
शासकीय स्वरुपमा पनि एमालेमा सबैभन्दा धेरै धारणा छ। संवैधानिक समितिको कार्यदलले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित राष्ट्रपतिमा कार्यकारी अधिकार बाँडफाट गर्ने मिश्रित प्रणाली अपनाउने निर्णय स्थायी समितिले गरेको छ। निर्वाचन घोषणापत्रमा एमालेले प्रत्यक्ष चुनिएको प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति उल्लेख गरेको थियो। राज्यको शासकीय स्वरुप निर्धारण समितिमा उसका केही सभासद्ले संसदीय व्यवस्था र केहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा मतदान गरे। संविधानसभामा भएको छलफलमा पनि एमालेका अलग-अलग धारणा छन्।
कांग्रेस-एमालेका केही शीर्ष नेता सहमतिका लागि अलग सोचाइ पनि राख्छन्। कांग्रेसका शीर्ष नेता र एमालेका माधवकुमार नेपाल राष्ट्रपतिका लागि 'इलेक्टोरल कलेज'को पक्षमा छन्। एमालेको आधिकारिक धारणा जे भए पनि संसदीय व्यवस्था मान्न पनि उसलाई कुनै गाह्रो छैन। यी दलले आफूभित्रका भिन्नतालाई समेट्ने प्रयत्न गरेका छैनन्।
लडाकु शिविरमा राखेर लोकतान्त्रिक संविधान निर्माणको तर्क गर्दा जसरी माओवादीको आलोचना भयो, बाँकी ४३ दिनमा माओवादीभन्दा कांग्रेस-एमालेतिर औंला बढी उठ्नेछ। संसदीय व्यवस्थाविरुद्धको संघर्षमा १७ हजारभन्दा बढी मान्छेको ज्यान गएको दसवर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न संविधानसभाको चुनाव गरिएको यथार्थ ध्यानमा राखेर संविधानका विषयवस्तुमा लेनदेन गर्न बसेमा संविधान बन्न सक्छ।
शान्तिका मामिलामा माओवादीमाथि सबै क्षेत्रको दवाब परेजस्तै संविधान निर्माणमा कांग्रेस-एमालेमाथि पर्ने निश्चित छ, संसदीय व्यवस्था भन्दै अस्थिरता र विकृतिसहितको राजनीतिक प्रणालीको वकालत गरेमा एमाले-कांग्रेसको अवस्था रक्षात्मक हुनेछ । अब अडान त्याग्ने पालो कांग्रेस-एमालेको हो। शासन प्रणालीमा लचिलो भए दुवै दलको साख जनतामा पनि बढ्नेछ।