एनेकपा (माओवादी) सभासद् प्रेमबहादुर पुलामीले खेताला राखेर एसएलसी परीक्षा दिन लगाइरहेकै बेला सुर्खेत दशरथपुरकी छात्रा तारा रानाले दुई दिनको नवजात शिशुलाई काख च्यापेर स्तन पान गराउँदै एसएलसी दिइरहेकी थिइन्। एसएलसी र बच्चा बराबर सम्झने ती नारीलाई सलाम!
सुर्खेतमा मात्रै दुधे बालकसहितका ४७ जना 'आमा' परीक्षार्थीले परीक्षा दिएको र तीमध्ये तीन छात्राले परीक्षा अवधिमै बच्चा जन्माएको खबर सार्वजनिक भयो। प्रकृतिलाई नै चुनौती दिएर धैर्य, सहनशीलता र अदम्य साहससाथ प्रसव अवस्थामा पनि आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिनु चानचुने कुरा होइन। शिक्षाको महत्व र मेहनतको आर्जन कस्तो हुन्छ भन्ने खेताला राख्ने सभासद् र खेतालाबाटै परीक्षा दिन लगाएका अरुहरूले पनि ती छात्राबाट सिक्न सके आगामी वर्षका एसएलसीमा खेताला राख्ने प्रवृत्ति हट्ला।
अझ रुकुमको खबर झनै पत्याउनै गाह्रो खालको थियो। एसएलसी सुरु भएकै दिन रुकुममा दुई छात्राले परीक्षा हलमै बच्चामात्र जन्माएनन्, जन्माएपछि थप एक घण्टाको समय लिएर परीक्षालाई निरन्तरता दिए । नारी आफैँमा महान् छे किनभने उसमा संसारका हरेक चुनौतीसँग सामना गर्ने शक्ति छ। जीवनको सबैभन्दा जटिल र कमजोर शारीरिक अवस्थामा पनि परीक्षालाई निरन्तरता दिनुले रुकुमजस्तो दुर्गम ठाउँका महिलामा शिक्षाको महत्वले कसरी ठाउँ लिँदैछ भन्ने उजागर गरेको छ।
सुर्खेत र रुकुममात्र होइन, अन्य कैयन् जिल्लामा छोरीबुहारीले यस्ता विभिन्न पारिवारिक र सामाजिक समस्या झेल्दै एसएलसीमा सामेल भए। शिक्षाप्रतिको यो महत्व-चेतना ती छोरीबुहारीमा हुँदाहुँदै प्रायःजसो दुर्गम जिल्लामै छात्राहरूले एसएलसीको समयमा बच्चा जन्माउनुले त्यहाँका महिला र जनसाधारणमा चेतनाको स्तर अझै न्यून रहेको तथ्य उजागर भएको छ।
चेतना र शिक्षा दुवै परिपूरक हुन्। चेतनाविनाको शिक्षाको खासै अर्थ रहँदैन। दुःखलाग्दो के छ भने, अझै पनि छोरीहरूलाई एसएलसी पास नगराई बिहे गरिदिने चलन छ। यो आफैँमा सामाजिक पछौटेपनको झलक हो। शिक्षा र आत्मनिर्भरताले नै महिलाको सामाजिक स्तरलाई माथि लैजान मद्दत गर्छ। नियमअनुसार पनि सामान्यतः एसएलसी दिने बेला विद्यार्थीको उमेर १६ वर्ष हुनुपर्ने भनिएको छ । बिहेको उमेरलाई कानुनले १८ वर्ष पुग्नुपर्ने भनेको छ। यी दुवैको तालमेल हेर्ने हो भने पनि एसएलसीमा बच्चा जन्माउने ती आमाहरूको उमेर पक्कै पनि कम हुनुपर्छ।
कम उमेरमा बच्चा जन्माउनुले महिलाको स्वस्थ्यमा दीर्घकालीन असर पर्न जान्छ। दुर्गम र पिछडिएको समाजमा हुने कम उमेरको विवाह र कम उमेरमै आमा बन्नुपर्ने अनि सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनाले त्यहाँका अधिकांश महिलामा आङ खस्ने समस्या अत्यधिक रहेको खबर बरोबर सुनिन्छ। यी सबै, महिलामा हुनुपर्ने आत्मविश्वास, चेतना, स्वास्थ्यप्रति सजगताको अभावको साथै प्रजनन् अधिकारबारे ज्ञान नहुनुको प्रतिफल हुन्। परिवार नियोजन तथा मातृ शिशु स्वास्थ्यसम्बन्धी राम्रो जानकारी दुर्गमका महिला एवं ती समाजका पुरुषहरूमा पनि नहुनुले महिलाले गर्भावस्थादेखि प्रसव अवस्थासम्म राम्रो स्याहार र हेरविचार पाउन सकिरहेका हुँदैनन्।
कतिपय ठाउँको नेपाली समाज अझै पनि महिलामैत्री बन्न सकेको छैन। छोरी पढाएर शिक्षित र आत्मनिर्भर बनाएपछि मात्र बिहे गरिदिनुपर्छ भन्ने चेतना अभिभावकहरूमा नहुँदा स्कुल पढ्दापढ्दै बिहे गरेर पठाइदिने चलन छ। एकातिर पढ्ने रहर, अर्कोतिर घर-गृहस्थी समाल्नुपर्ने बाध्यताबीच संघर्ष गर्दै महिला पढाइलाई निरन्तरता दिइरहेका हुन्छन्। महिलाका लागि पक्कै यो सानोतिनो संघर्ष होइन। त्यसमाथि पनि बाध्यात्मक परिस्थिति र अज्ञानका कारण एसएलसी नजिकिँदै गर्दा गर्भवती बन्ने र बच्चा जन्माउने अर्को ठूलो चुनौतीको सामना उनीहरूले गर्नुपरिरहेको हुन्छ।
जानेर वा नजानेरै आइपर्ने यस्ता समस्या समाधान गर्न नसकिने भने होइन। चाहे त्यो रुकुम, रोल्पा वा सुर्खेत नै किन नहोस् अबको शिक्षित समाजले, पढेलेखेका युवायुवतीले यस्ता कुरामा ध्यान पुर्याउनु जरुरी छ। सकेसम्म कुनै पनि बाबुआमाले पढ्दै गरेका छोरीहरूलाई एसएलसी नदिएसम्म बिहे नगरिदिनु छोरीहरूको सुखी भविष्यका लागि उत्तम उपाय हुन्छ। कथमकदाचित् बिहे भइसक्यो भने पनि छोरीहरू स्वयं सचेत हुनसके पनि परीक्षाको समयमा बच्चा जन्माउने अथवा काखमा दुधे बच्चा च्यापेर परीक्षा दिनुपर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।
कानुनले नै प्रजनन् अधिकारलाई महिलाको पक्षमा सुरक्षित गरिदिएको छ। अर्कोतिर बिहे भइसकेपछि पनि ढिलो सन्तान जन्माउन परिवार नियोजनका अस्थायी साधनहरूको सुविधा जहीँतहीँ उपलब्ध छ। पढाइलाई निरन्तरता दिनु छ भने श्रीमान्-श्रीमती दुवैको सल्लाहमा यिनै साधन र सुविधा प्रयोग गरी बच्चा जन्माउने समय पछाडि सार्न सकिन्छ। यौन शिक्षा, परिवार नियोजन र सुरक्षित मातृत्वसम्बन्धी चेतना हरेक नेपाली समाजमा पुग्न नसकेको हो कि! त्यसो हो भने पनि विद्यालयदेखि नै पाठ्यसामग्रीमा अनिवार्यरुपमा यौन शिक्षा, परिवार नियोजन, सुरक्षित मातृत्व र प्रजनन् अधिकारसम्बन्धी विषवस्तु समेट्नु जरुरी छ।
महिला आफ्नो प्रजनन् अधिकारप्रति सजग र सचेत नहुन्जेल एसएलसी परीक्षाजस्तो महत्वपूर्ण घडीमा पनि प्रसव पीडाले छटपटिँदै र दुधे बालक च्याप्दै परीक्षा दिनुपर्ने बाध्यताबाट दुर्गमका युवतीले मुक्ति पाउँदैनन्। अतः राज्य तथा महिला अधिकारसँग सम्बन्धित सरकारी एवं गैरसरकारी संघसंस्थाहरू सबैले चेतनाको घाम नपुगेका जिल्लामा विशेष चेतनामूलक अभियान चलाउन सके आगामी वर्षमा एसएलसीको समयमा बच्चा जन्माउनेहरूको संख्या कम होला। यस्ता खबरहरू आजको युगसुहाउँदा पक्कै होइनन्। छोरीहरूलाई कम्तीमा एसएलसी पास गराएर बिहे गरिदिन सके उनीहरूको जीवनमा आत्मनिर्भरताको ढोका खुल्न सक्छ। त्यतिमात्र होइन, छोरीलाई उचित शिक्षा दिनु भनेको सम्पूर्ण परिवारले शिक्षाको उज्यालो पाउनु हो, सभ्य समाज र सभ्य राष्ट्रको निर्माण गर्नु हो। यसका लागि प्रमुख पाइला भनेको सामाजिक चेतनै हो।