विराटनगरको जनआन्दोलन चोकलाई दोस्रो जनआन्दोलनअघिसम्म महेन्द्र चोक भनिन्थ्यो। चोकमा सात वर्षअघिसम्म राजा महेन्द्रको सालिक थियो। वरिपरि सानो बगैँचा थियो। अहिले महेन्द्र छैनन्, बगैँचा छ कि छैन छुट्याउन सहज छैन। विभिन्न खाले नारा र राजनीतिक पार्टीका झन्डाहरूले 'सजिने' चोक जनबोलीमा महेन्द्रकै नामले परिचित छ।
'जनयुद्ध'का बेला चोकनजिकै नेपाली सेनाले बनाएको पहरा घर पनि छँदैछ जसको प्रयोजन अहिले देखिँदैन। चोकवरिपरिका पुराना भवनहरू, भट्टीहरू, बसपार्क नजिकैको कोलाहल, थोत्रा बसहरूको ट्यारट्यारले विराटनगरको मुटु भनिने चोकलाई विरूप बनाउन योगदान गरिराखेको अनुभव हुन्छ।
विराटनगर नेपालकै प्रमुख औद्योगिक क्षेत्र, उपमहानगरपालिका अनि मुलुककै दोस्रो सहर र राजनीतिको केन्द्र भनेर बुझिन्थ्यो, चिनिन्थ्यो। यी सबै क्षेत्रमा विराटगरको नाम आउँथ्यो। अहिले विराटनगर कहाँ छ ?
पहिले मुलुकको एउटा उपमहानगरपालिकाको हैसियतको नगरलाई हेरौँ। सहर भनेको के हो? सहरी जीवनका आधारभूत आवश्यकता र पूर्वाधार केके हुनुपर्छ? यी आफैँमा बहसका विषय हुन्। महानगर काठमाडौँ, उपमहानगरपालिकाहरु विराटनगर, वीरगन्ज, पोखराका आ-आफ्नै आवश्यकता होलान्। राम्रो कफी खाने ठाउँ वा पुस्तकालय छैन विराटनगरमा। एक महिनाअघि विराटनगरले पूर्वाञ्चल सुपरमोडल आयोजना गर्यो। सुपरमोडलको हाई साउन्डिङ प्रचारजस्तै कार्यक्रम जम्न सकेको देखिन्नथ्यो। जसोतसो कार्यक्रम सम्पन्न हुनुलाई सफल भएको मान्ने हो भने बेग्लै कुरा।
विराटनगरको उपभोक्ता बजार पनि उपमहानगरको जस्तो प्रतीत हुँदैन। सीमापारि जोगबनीबाट उपभोग्य सामग्री ल्याउने प्रवृत्ति भन्सारको कडाइकै कारण कम भएको भए पनि केही महिनाअघि सञ्चालन भएको महेन्द्र नेपाल बजार जम्न नसकेको अनुभव हुन्छ। सुपरमार्केटमा किनमेल गर्नेको भिडभाड देखिँदैन, जस्तो भिडभाड करिब २२ किलोमिटर उत्तर इटहरीका सुपरमार्केटहरुमा देखिन्छ। इटहरीका सुपरमार्केटका ग्राहक विराटनगरका पनि हुन् भने उनीहरू गर्व गर्छन्। नाङ्लो बेकरी क्याफे खुल्ने खबर राम्रैसँग प्रचारित छ।
भौतिक विकास र पूर्वाधारमा विराटनगरले उपमहानगरको हैसियत राख्दैन। राजमार्गबाहेक अधिकांश पिच सडक पनि ग्राभेलको स्तरमा छन्। विकास बजेट राजनीतिक दलका प्रतिनिधिहरू मिलेर 'सदुपयोग' गर्ने प्रवृत्तिलाई गुन्डाराजले सक्दो सहयोग गरेको छ। उपभोक्ता समितिको नाममा टोलटोलमा भ्रष्टाचार मौलाएको छ। कोसी अञ्चल अस्पताल र दर्जनौँ निजी अस्पतालअगाडिका सडकमा गिट्टी, बालुवा बोक्ने टि्रपर र एम्बुलेन्स हुइँकिरहेका हुन्छन्। धुलो उडाए भन्दै स्थानीयले छेकबार लगाएपछि टि्रपरहरूले अस्पतालको बाटो रोजे जहाँ कसैले उनीहरूको आवागमनमा रोकतोक गरेका छैनन्, गर्न सक्दैैनन् । नगरको प्रमुख समस्या ढल निकास हो। अहिलेसम्म नालाबाट माथि उक्लेर ढलमा रूपान्तरण हुनसकेको छैन विराटनगर। शुद्ध खानेपानी नगरवासीलाई बाँड्न नसक्ने नगरसामुन्ने सिटी बसको योजना देखिँदैन। रिक्सा यातायातको प्रमुख साधन हो, यहाँको।
विराटनगर औद्योगिक नगर हो। यसमा विवाद छैन। विराटनगरका पैसावाल र पुराना जमिनदार प्रायः सबैको काठमाडौँमा घर छन्। त्यहाँका उद्यमी, व्यापारीले थाँतथलो विराटनगरलाई स्वीकार गरेको भए पनि विराटनगरमै केन्द्रित भएर लगानी गरेको देखिँदैन। मारवाडीको जनसंख्या पातलिँदो छ। मारवाडी युवा विराटनगरभन्दा अन्यन्त्र भारतमा समेत उद्यम गर्न रुचाएको देखिन्छ। बिजुली अभाव, बन्द हड्ताल, मजदुर समस्या र असुरक्षाका कारण उद्योग फस्टाउने भन्दा जसोतसो चल्ने स्थितिमा छ विराटनगर। काठमाडौँमा सातामा ५२ घण्टा लोडसेडिङ भएको बेला विराटनगरमा ७८ घण्टा हुँदोरहेछ। किन यस्तो विभेद? पूर्वी नेपालमा पश्चिमका जलविद्युत् आयोजनाको बिजुली राम्ररी पुग्न सक्दैन। पुग्दा पनि कम भोल्टेजको हुन्छ। भारतबाट आयातीत बिजुलीमा भर पर्ने विराटनगरका उद्योगहरू कम भोल्जेटको समस्या पनि झेल्दैछन्। लोडसेडिङका बेला जेनरेटर राखेरमात्र पुग्दैन, बिजुली आइरहेको बेला पनि कतिपय अवस्थामा स्टेपलाइजर चलाउन बाध्य छन्, उद्यमीहरू। बिजुलीकै कारण उत्पादन लागत धेरै लाग्ने भएकाले प्रतिस्पर्धी बजारमा उद्यमीको चुनौतीलाई सामान्य आँक्न मिल्दैन। सुख्खा बन्दरगाह निर्माण, त्यहाँदेखि चीनको सिमानासम्म पुग्ने सडक योजना, औद्यौगिक सडकका खाकाहरूले केही उद्यमीलाई अड्याइराखेको छ।। विकासका मीठा सपनामा औगागिक योजना बुन्दैछन् कतिपय उद्यमी, व्यापारी। सरकारी काम, कहिले जाला घाम भनेझैँ सुख्खा बन्दरगाह, सडक, विशेष औद्यौगिक क्षेत्र सबैको गति धीमा छ। उद्यमीलाई महत्वाकांक्षी बनाउन सकेको छैनन् यी योजनाले। उनीहरू 'पर्ख र हेर'को स्थितिमा छन्।
विराटनगर राजनीतिको केन्द्र मानिन्थ्यो। अहिले त्यो मान्यता पनि क्रमशः भत्कँदैछ। पञ्चायतकालमा विराटनगरका रिजालहरूको प्रभाव काठमाडौँसम्मै थियो। विराटनगरमा सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट सबैका निवास छन्। कोइरालाको नक्कल गर्दै थापा र विष्टले निवासको राजनीति गरेका थिए। अहिले सबै निवासको महत्ता घट्दो छ। सबैभन्दा उल्लेख्य कोइराला निवासको महत्ता एकाएक कमजोर हुँदै अस्तित्वहिन हुने स्थितिमा छ। दिंवगत गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा विराटनगर पुगेर मुख्य समाचार बन्ने विषय बोल्थे। कोइराला निवास अंशबन्डा भएर प्लटिङ भएको छ। घडेरीमा विभाजित टुक्राहरू डा. शेखर कोइरालाको भागमा परेकोले हुनसक्छ, पुरानो घर अहिलेसम्म जोगिन सकेको। विराटनगरका प्रत्येक दिंवगत नेताका नाममा प्रतिष्ठान बनेका छन्। प्रत्येक प्रतिष्ठानमा तिनै नेताका छोराछोरी, बुहारी वा आफन्त छन्।
केन्द्रिय राजनीतिमा विराटनगरको हैसियत बलियो थियो। कांग्रेसका कोइराला, एमालेका मनमोहन अधिकारी सबैबाट त्यहाँका उद्यमी, व्यापारीले राम्रो साथ पाउँथे। अहिले परिस्थिति बदलिएको छ। कांग्रेसका नेताहरू एकले अर्कालाई सिद्ध्याउने खेललाई राजनीति भन्छन्। विराटनगर बेग्लै मनोदशामा छ। ऊ साख जोगाउने नेताको खोजीमा छ।