एक दशक भनेकै पनि कति लामो हुन्छ! अहिले त चार दशकभन्दा बढी बितिसकेछ- किशोरावस्थाको त्यो विशेष घटनापछि- जसले मेरो जीवनलाई बेसरी प्रभावित पारेको थियो।एउटा साथीको पछि लागेर म विद्यार्थीको कुनै जमघटमा पुगेको थिए। को थियो त्यो साथी, अहिले सम्झिन्नँ। त्यो जमघट एकदम नौलो थियो मेरा निम्ति।
त्यहाँ जम्मा भएका केटाहरु धेरैजसो मेरै उमेरका थिए। एकाध अलि ठूला 'दाइ'हरु पनि थिए। कोही भुइँमा थिए, कोही खाटमा। गम्भीर देखिन्थे सबै। उत्ताउलोपन पटक्कै थिएन। मलाई त्यहाँ लैजाने साथीले अरुसँग मेरो परिचय पनि गरायो कि गराएन कुन्नि, अहिले म सम्झिन्नँ। स्पष्ट सम्झना भएको एउटैमात्र कुरा के छ भने त्यस कोठाबाट निस्कदा म फरक मान्छे भइसकेको थिए।
विराटनगरको कुनै ठाउ थियो त्यो। तीनटोलिया थियो सायद। ती सब महेन्द्र मोरङ कलेजका 'प्रगतिशील' विद्यार्थी थिए। मार्क्सवादको अध्ययन गर्न यसरी भेटघाट गर्दारहेछन् ती। आउनुपर्ने जति सबै आइसकेपछि होला, त्यहा जम्मा भएका मध्ये अलि 'दाइ' जस्ता देखिने एक जनाले कुराकानी थाले। केही बोल्न खोज्दै थिए, अर्का एक जना। 'आज मैले तयारी गरेर आएको छु दाइ, मलाई बोल्न दिनुस्' भनेर आग्रह गरे। ? 'तपाईँ अर्को पटक बोल्नुस् न, आज एक चोटि फेरि सुन्नुस्' भन्दा पनि नमानेरै ती 'भाइ'ले ठाउ लिए, र समाज विकासको इतिहासबारे प्रवचन दिन थाले।
उनले बोलेका कुरा कताकता आफूले पहिले नै पढेजस्तो लागिरह्यो मलाई। तर, कहा पढेको, एक छिन ठम्याउन सकिनँ। अलिपछि बल्ल सम्झेँ- त्यसबखत नौ, दस कÔाको अंग्रेजीमा नेहरुका चिठीहरु पढ्नुपर्थ्यो। उनले भनेका धेरै कुरा नेहरुका ती चिठीसँग मिल्दाजुल्दा थिए। 'दाइ'ले नपत्याउदा नपत्याउदै बोलेको भए पनि 'भाइ'ले खुब राम्ररी बोले। उनका कुरा सुन्दा 'ओहो, कति जानेको, कति पढेको यो मान्छेले' जस्तो लाग्यो मलाई।
धेरै शब्दहरु म पहिलो पटक सुनिरहेको थिए। 'सर्वहारा' भन्ने शब्द जब उच्चारण गरे उनले, कतै सुनेजस्तो लाग्यो मलाई यो शब्द। जे पनि खाने 'सर्वाहारा' भनेको हो कि लागेको थियो मलाई। कम्युनिस्टहरु जे पायो त्यही खान्छन् भन्ने सुनेको थिए। त्यो त औद्योगिक मजदुरहरुलाई जनाउने शब्द पो रहेछ।
त्यो सानो कोठाभित्र चलिरहेको प्रवचन कति लामो थियो, अहिले मलाई सम्झना छैन। प्रवचनपछि केही प्रश्नोत्तर पनि भए। 'दाइ'ले पनि समय लिएर थप केही व्याख्या गरे। त्यतिखेर त्यहा पहिलो पटक सुनेका कुराहरु मनमा यसरी गढेर बसे मेरो त्यो किशोर मनमा, अहिलेसम्म पनि मेरो चिन्तनको उल्लेख्य अंश तिनले ओगटिरहेका छन्। नया कुरा सुन्न, बुभन अत्यन्त उत्सुक थियो त्यो कलिलो दिमाग। समाज कसरी आदिम वर्गविहीनताबाट दास युगमा पदार्पित भयो, दास युगबाट कसरी सामन्तवादी समाजमा विकसित भयो, कसरी पुजीवादको उदय भयो, रमाइलो थियो सुन्न। हरेक युगमा विभिन्न वर्गहरुबीच कस्तो सम्बन्ध रह्यो, कस्ता संघर्Èहरु भए, कसरी वर्गहरुको उत्थान र पतन भयो, यी सब निकै चाखलाग्दा विÈय थिए।
त्यस उमेरमा म 'प्रगतिशील' भनिने साथीहरुको संगत हुनुमा संयोगकै बढी भूमिका होला। उनीहरुबाट प्रभावित हुनुमा भने बाल्यकालको धेरै समय न्यूनवैतनिक कामदारका बच्चाहरुको सान्निध्यमा बिताएको यथार्थ अनि आमाबाट पाएको पापपुण्यको शिÔाको भूमिका पनि थियो कि!
त्यो पहिलो 'मार्क्सवादी सत्संग' थियो मेरो जीवनमा। जब पुजीवादले जन्माएको सर्वहारा भनिने त्यो अद्भूत वर्गबारे सुनेँ, अघिल्ला युगका अन्य कामदार वर्गभन्दा त्यो कसरी फरक छ र किन सर्वहारा वर्गले समाजवाद हुदै साम्यवादतर्फको यात्रा तय गरी छाड्छ भन्ने तर्क सुनेँ, व्यक्तिमा रहेको करुण भावले होइन, समाज विकासका अकाट्य नियमहरुले समाजको रुपान्तरणलाई निर्देशित गर्ने रहेछ भन्ने बुझेँ। 'उत्पादनका साधन', 'उत्पादन सम्बन्ध' आदि अनेक नया शब्दावली सुनेँ र सम्झने प्रयत्न गर्न थालेँ। विज्ञानको विद्यार्थी थिए, हरेक कुरा सूत्रमै सम्झन सजिलो हुन्थ्यो मलाई। त्यस भेटघाटले मभित्र रोपिदिएको सूत्र थियो- उत्पादनका साधनहरुमा भएको विकासले नया उत्पादन सम्बन्ध जन्माउछ, नया उत्पादन सम्बन्धले नया वर्गहरु निर्धारण गर्छ, यी नया वर्गमध्ये जुन वर्गको हित समाज विकासको मूल दिशासँग जोडिएको छ, त्यो नै सामाजिक परिवर्तनको नेतृत्वदायी वर्ग हुन्छ। अनि पुजीवादी समाजमा सर्वहारावर्ग नै त्यो नेतृत्वदायी वर्ग हो।
किशोरावस्था थियो त्यो। आफू अस्तित्वमा रहेकै कति पो भएको थियो र! एक दुई दशक भनेको त खपिनसक्नु लामो समय लाग्थ्यो। साच्चैको न्यायपूर्ण समाजका निम्ति क्रान्ति हुने हो भने त तुरुन्तै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। तर, त्यसो भएन। अनेक घटनाहरु भइरहे, समाचारहरु बनिरहे, तर, त्यो नभई नछाड्ने भनिएको क्रान्ति, त्यो आकर्Èक विष्मयकारी विस्फोट, त्यो महान् परिवर्तन आएन। आउदै आएन। किशोरावस्थाबाट युवावस्थामा प्रवेश भयो आफ्नो। विद्यार्थीबाट डाक्टर बनियो। त्यसपछि पनि कुनै न कुनै रुपमा परिवर्तनका निम्ति भनेर, 'क्रान्ति'का निम्ति भनेर लागिरहियो। 'भूमिगत' हुनुको अनुभव पनि बटुलियो। समयसँगै, जीवनका अनेक आयामसँगको साÔात्कारसँगै, नयानया प्रश्नहरु जन्मिन थाले मनमा, ती प्रश्नले जीवनको आकाश झन्झन् फराकिलो पार्दै लगे, चिन्तनको क्रममा आखाअगाडिका यथार्थले सागुरो वैचारिक सुरुङका भित्ता फुटाउन थाले। लाग्न थाल्यो, म अनन्त यात्रामा छु।
धेरै लामो समयपछि मात्र राजतन्त्र समाप्त भएको छ। गणतन्त्र नेपालको नागरिक भइएको छ। लोकतन्त्रको अविरल यात्रामा छौँ हामी। परिवर्तनको यस सिलसिलाको मूकदर्शक मात्रै भएर बस्नु नपरेकोमा र यस यज्ञमा कुनै रुपमा सहभागी हुन पाएकोमा केही सन्तोÈ पनि छ। तर, धेरै प्रश्नहरु छटपटाइरहेका छन् मनमा- उत्तर खोज्दै।
किशोरावस्थामा मेरो साक्षात्कार भएको विचारका वाहकहरु - कम्युनिस्टहरु - यस देशका प्रमुख राजनीतिक खेलाडी भएका छन्। थाहा छ, ती विभाजित छन्। थाहा छ, ती सबै आफैँलाई मात्र सही ठान्छन्, बु‰ने ठान्छन्, इमान्दार ठान्छन्। थाहा छ, ती आफूलाई ज्ञानको खानी ठान्छन्, महान् रणनीतिज्ञ ठान्छन्। यस देशको एउटा औसत 'बुद्धिजीवी' को प्रश्नको जबाफ दिने बाध्यता तिनलाई महसुस नहुनु स्वाभाविक हो। तर पनि, देशको राजनीतिका महत्वपूर्ण खेलाडीले यी प्रश्नको उत्तर खोजून् भनेर गणतन्त्र नेपालको एउटा नागरिकले आग्रह त गर्न सक्छ नि, होइन? म केही प्रश्न गरू है, कमरेडहरुलाई?
कम्युनिस्ट घोÈणपत्र प्रकाशित भएपछिका दुई शताब्दी बित्न अब धेरै बाकी छैन। हातले चल्ने यन्त्रमा आधारित उत्पादनका साधनहरु र वाष्प इन्जिनको जमानाबाट डिजिटल र न्यानोटेक्नोलोजीको युगसम्म आइपुगेको छ मानव समाज। उत्पादनको साधनमा आएको यस परिवर्तनले उत्पादन सम्बन्धमा कुनै परिवर्तन ल्याएको छैन, कमरेड? यसले वर्गहरुबीचको सम्बन्धमा कस्तो प्रभाव पारेको होला? नया वर्ग त जन्माएको छैन? मार्क्सको पालाको सर्वहारा उस्तै छ? अहिलेको क्रान्तिको 'अग्रिम दस्ता' वा 'भान्गार्ड' कुन वर्ग हो?
रातभर कम्प्युटरको कि बोर्डमा हातका औँलाहरु खियाउने युवाको त्यो जमात जो सात समुद्रपारिका कम्पनीका निम्ति काम गरिरहेको छ, जसको आफ्नो भन्नु केही छैन (समयसम्म आफ्नो छैन), तर जो प्रविधिका कारण संसारभरिका आफूजस्ता मानिससँग निमेÈभरमा एकताबद्ध हुन सक्छ, जसको साइबर आकाशमा प्रकट हुने ऐक्यबद्धताले संसारका शासकहरुसमेत निर्णय परिवर्तन गर्न बेलाबेलामा बाध्य हुन्छन् - ती को हुन्? ती नया सर्वहारा हुन् र? कि ती पनि 'पेट्टी बुर्जुवा' ढुलमुले वर्ग हुन् जसलाई कम्युनिस्टले प्रयोगमात्रै गरेर फ्याकिदिने हो?
'क्रान्ति' भनेको के हो कमरेड? भएभरको शक्ति खर्च गरेर, जनताका छोराछोरीको जतिसुकै ठूलो बलि दिएर भए पनि, पीडा र मृत्युको जतिसुकै बढी मूल्य तिरेर भए पनि एक चोटि 'रेकर्ड' बनाएपछि समाप्त हुने वा 'सम्पन्न' हुने यज्ञ हो? कि मानवजातिको निरन्तर विकासका निम्ति सधँै, हरेक युगमा चलिरहने परिवर्तनका विस्फोटहरुको शंृखला हो? क्रान्तिका निम्ति कति मूल्य तिरिरहन सक्छ अब मानव जातिले?
'वैज्ञानिक' विचार राख्नुको अर्थ के हो कमरेड? 'आधिकारिक' धारणाहरुको बन्दी भएर, आफ्नै 'धर्म सम्प्रदाय' को वकालत गर्नु हो? कि सत्यप्रति समर्पित भएर, यथार्थलाई खुला दिमागले जस्ताको तस्तै मनन गरेर, यथार्थ अनुभूतिसँगै आफूले कोरेको सत्यको चित्रलाई जहिले पनि फेर्न तयार रहनु हो?
छरिएका दर्जनौँ प्रश्नहरुबीच जथाभावी टिपिएका यी केही उदाहरणमात्रै हुन्। यस्ता बग्रेेल्ती प्रश्न छन्, जसको जबाफ नागरिकहरु खोजिरहेका होलान् - बाटो देखाउने जिम्मा लिनेहरुसँग। पाइन्छ कि कतै?