विस्तृत शान्ति सम्झौता सम्पन्न भएको पांच वर्षपछि प्रमुख राजनीतिक दलहरू सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न सहमत भए। मेलमिलापका नाममा आयोगलाई 'क्षमादान' संयन्त्र बनाउने प्रयासमा लागेको एनेकपा (माओवादी) केही लचिलो भएकोे देखियो। द्वन्द्वपीडितलाई न्यायको प्रत्याभूति हुने गरी स्थापित अन्तर्राष्ट्रिय मापदण्डका आधारमा आयोग बनाउन सरोकारवाला सबैले दबाव र चेतावनी दिइरहेका थिए। सम्भवतः यही कारणले दलहरू मानवअधिकार हननका गम्भीर प्रकृतिका घटनामा क्षमादान दिने अन्तिम अधिकार पीडितमै रहने गरी आयोग गठन गर्न सहमत भएको हुनुपर्छ।
तैपनि, निष्पक्ष, स्वतन्त्र, शक्तिशाली एवं विश्वसनीय आयोग गठन नभएसम्म यस सहमतिप्रति विश्वस्त हुन सकिँदैन।
आयोगले पीडक र पीडितबीच सहमति गराउन प्रयास गर्ने, पीडकलाई पश्चातापको मौका दिने र सहमति हुन नसकेका घटनाको गाम्भीर्य हेरी पीडकलाई कारबाही गर्नसक्ने अधिकार आयोगलाई हुने बताइएको छ। पीडितमैत्री हुने आयोग बनाउन खोजिएको दाबी गरे पनि यो संयन्त्र 'क्षमादान' आयोग हुँदैन भनेर ढुक्क हुन भने किँदैन। पीडितमैत्री नै बनाउने प्रतिबद्धता हुन्थ्यो भने अन्तर्राष्ट्रिय मानवीय कानुनहरूअनुसारमा भएअनुसार नियन्त्रणमा लिई गरिएको निःशस्त्र व्यक्तिको हत्या, बलात्कार, जबर्जस्ती बेपत्ता, अपहरण तथा शरीरबन्धकलाई कुनै पनि हालतमा माफी दिन नमिल्ने प्रावधानअनुसार त्यस्तो अपराधमा संलग्न व्यक्तिलाई माफी दिन नमिल्ने विचाराधीन मस्यौदा विधेयकमा भएकाो व्यवस्था किन हटाउनु पर्थ्यो?
नियम जति नै राम्रो बनाए पनि कार्यान्वयन गर्ने व्यक्ति योग्य, अधिकार सम्पन्न, निष्पक्ष एवं स्वतन्त्र नभए निरर्थक हुन्छ। सबैभन्दा पहिले आयोगले मुख्य सरोकारवाला द्वन्द्व पीडित समुदायको विश्वास जित्न सक्नुपर्छ। त्यसपछि, आयोगले पीडितको घाउ निको पार्ने र राष्ट्रिय मेलमिलाप सहज हुने वातावरण बनाउनुपर्छ। सर्वोच्चको अदालतको न्यायाधीश हुने योग्यता पुगेका व्यक्तिलाई आयुक्त नियुक्त गरेर उच्चस्तरीय आयोग गठन गरे पनि दलगत भागबन्डामा गठन भएमा त्यसको औचित्य रहँदैन। आयोगलाई निष्पक्ष, शक्तिशाली, क्षमतावान् र विश्वसनीय बनाउन आयुक्तहरूको छवि र भूमिका विशेष महत्वपूर्ण हुन्छ। आयुक्तहरूको छनौटका लागि सभामुखको अध्यक्षतामा मानवअधिकार आयोगका अध्यक्ष वा उनले तोकेको एक जना सदस्य र विज्ञमध्येबाट सरकारले मनोनयन गरेको एक जना सदस्य रहने गरी समिति बनाउने सहमति भएको बताइएको छ। नियुक्तिमा दलहरूबीच सहमति हुनुपर्ने खुलासा दलका नेताले गरिसकेका छन्।
राज्य पुनर्संरचना आयोग दलगत भागबन्डाका आधारमा गठन गरिएको थियो। विज्ञताका आधारमा स्वतन्त्र भएर काम गर्नुको साटो दलका एजेन्डा बोकेर प्रस्तुत भएका कारण त्यस आयोगले गरेको काम र प्रतिवेदन झनै विवादास्पद रह्यो। यसले दलगत राजनीतिक भागबन्डाले जनमत समेट्न र समस्या समाधान गर्न सक्तो रहेनछ भन्ने सन्देश दिएको छ। यसैले क्षमादान गर्ने अधिकार आयोगलाइ दिने अनि आयुक्त नियुक्तिमा दलगत भागबन्डा गर्ने हो भने त्यो 'क्षमादान आयोग' बन्न पुग्नेछ। त्यस अवस्थामा औपचारिकताका लागि गठन गरिने नाममात्रको आयोगबाट पीडितले न्याय पाउनेछैनन् बरु तिनको पीडा झनै बल्झने छ। दिगो शान्ति तथा मेलमिलाप दिवा स्वप्नमात्र हुनेछ।
आयोगलाई वास्तवकै शान्ति स्थापनामा योगदान गर्नसक्ने बनाउने हो भने अन्तर्राष्ट्रिय कानुनबमोजिम क्षमादान दिन नमिल्ने जघन्य अपराधको परिभाषा ऐनमै स्पष्ट उल्लेख गर्नुपर्छ। पीडकलाई माफी दिने अधिकार पीडितमा मात्र रहनुपर्छ। साथै आयोगलाई क्षमादान गर्ने अधिकार दिइनुहुँदैन। आयोगको कार्यविधि तजबिजी नभएर स्थापित मापदण्डका आधारमा तय गरिनुपर्छ। द्वन्द्वका कारण जनस्तरमा उत्पन्न पीडा र द्वेषलाई मेलमिलापमा रूपान्तरण गर्न गठन गरिने आयोगलाई दलगत हस्तक्षेप र भागबन्डाबाट जोगाउनुपर्छ। यसैले, सत्य निरुपण आयोगका आयुक्तहरूको सिफारिस गर्न सभामुखको संयोजकत्वमा गठित समितिमा द्वन्द्वपीडित समुदायको समेत अनिवार्य सहभागिता आवश्यक देखिन्छ। सिफारिस समितिले सम्भावित व्यक्तिहरूको नामावली दल र नेताको सिफारिसमा हैन जनस्तरबाट संकलन गर्नुपर्दछ। संकलित नामावलीबाट पारदर्शी, सहभागितामूक र विश्वसनीय प्रक्रिया अपनाई द्वन्द्वका घाउमा सँाच्चिकै मलम लगाउने क्षमता, विज्ञता र जनताको विश्वास भएका व्यक्तिलाई सत्य निरुपणको दायित्व सुम्पनु पर्छ। नत्र यो आयोग पनि 'हात्तीको दाँत' हुनपुग्ने छ।