सहरजिष्ट्रार नहकुल सुवेदीले तीन महिनाअघि गरेको 'दरपीठ' सर्वोच्च अदालतका अस्थायी न्यायाधीश कमलनारायण दासको एकल इजलाशले सदर गरेको छ। यसले संविधानसभाको आयु ०५९ जेठ १४ मा सीमित गरेको छ। नयाँ संविधान निर्माण गर्दा कार्यपालिका र व्यवस्थापिका पुनर्संरचना गरे पनि न्यायपालिकालाई अहिलेकै स्वरुपमा छाडियोस् भन्ने न्यायाधीशहरूको मागबारे संविधानसभा आश्वस्त हुन नसकेपछि सर्वोच्च न्यायालयको आक्रोश छताछुल्ल भएको थियो।
कार्यपालिका र व्यवस्थापिकाका प्रमुख वा सदस्य कसैले पनि यसबारे मुख खोल्न भने सकेका छैनन्। दुई वर्षभित्र संविधान बनाउने संकल्प जनसमक्ष गरेका नेताहरूले पौने चार वर्षसम्म पूरा गर्न सकेनन्। कार्यपालिका र व्यवस्थापिकाको अधिकार क्षेत्रलाई न्यायपालिकाले हस्तक्षेप गरेको छ।
दरपीठ सदर गर्ने अघिल्लो दिन चैत १४ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश रेग्मीलगायत वरिष्ठ न्यायाधीशहरूले प्रधानमन्त्री बाबुराम भट्टराई, संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमितिमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णसँग होटल र्याडिसनमा छलफल गरे। त्यहाँ रेग्मीले नयाँ संविधानमा प्रधानन्यायाधीश भएको दुई वर्ष नहुँदै ६५ वर्ष उमेर पुग्ने व्यक्ति प्रधानन्यायाधीश बन्न नसक्ने प्रावधान स्विकार्न नसक्ने बताए। उनले नयाँ संविधान जारी भएपछि न्यायाधीशको पुनर्नियुक्तिको व्यवस्था संविधानमा नराख्न, राजनीतिक विवाद हेर्न छुट्टै संवैधानिक अदालत नबनाउन र न्यायपरिषद्मा राजनीतिक व्यक्तिहरूको नभई न्यायपालिकाका व्यक्तिहरूको बहुमत हुने गरी व्यवस्था गर्न अनुरोध गरे।
दरपीठ रद्द गर्न माग गरिएको निवेदन खारेज गर्नुभन्दा अघिल्लो दिन प्रधानन्यायाधीश रेग्मीकै पहलमा शीर्ष नेतासँग न्यायाधीशको बैठक डाकिएको थियो। त्यहाँ भएका वार्ता सबैको सामु छ। उमेरले दुई वर्ष पूरा गर्न नभ्याउने व्यक्तिलाई प्रधानन्यायाधीश नबनाउने, न्यायाधीश पुनर्नियुक्ति र सर्वोच्च अदालतभन्दा माथि हुने गरी प्रधानन्यायाधीशकै अध्यक्षतामा संवैधानिक अदालत गठन गर्नेबारे दलहरूबीच यसअघि नै सहमति भइसकेको छ। माओवादीले अघि सारेको व्यवस्थापिकाले बनाएको २१ सदस्यीय समितिले न्यायाधीश नियुक्त गर्ने 'जनअदालत' को धारणा र कांग्रेसको एकात्मक ढाँचाको 'निरंकुश न्यायालय' बीच कुरो नमिलेपछि मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले दिएको विकल्प हो- संवैधानिक अदालत। माओवादीलाई यसमा सहमत गराउन एमाले नेताहरूको ठूलो भूमिका छ। ५८ दिनभित्र संविधान निर्माण सक्नुपर्ने बेला भइसकेका सहमतिसमेत उल्ट्याउन प्रधानन्यायाधीशले दबाब दिनुको के अर्थ हुनसक्छ?
लोकतन्त्रमा न्यायमूर्ति त्यस्तो 'बोल्ने देवता' हो, जो मुद्दाको विषयमा इजलाश बसेर फैसलाबाट मात्र बोल्छ। फैसला गर्दा ऊ 'काम, क्रोध, लोभ, मोह' बाट मुक्त हुनुपर्छ। हरेक फैसला गर्दा न्यायाधीशले यो सम्झनुपर्छ, 'म त मर्छु, यो फैसला सधैँ बाँचिरहन्छ।' न्यायालयको बल भनेको जनआस्था हो। त्यसैका आधारमा यो टिकेको हुन्छ। निर्णयबाट सजाय भोग्ने पक्ष पनि सन्तुष्ट होस् भनेर ख्याल गर्नुपर्छ। त्यसो भए मात्र न्यायालयप्रति आस्था बढ्छ। कानुन बनाउने र कार्यान्वयन गर्ने अंगका प्रमुखले पुनरावलोकनको माग गर्दा न्यायालयले ढोका बन्द गर्ने होइन, स्वागत गर्नुपर्थ्यो। पुनरावलोकनमा पुरानै फैसला सदर भन्ने निर्णय आउनसक्थ्यो, त्यो बेग्लै कुरा हो। यो बाटो रोजिएन। प्रधानन्यायाधीश अध्यक्ष र दुई वरिष्ठ न्यायाधीश सदस्य हुने न्यायपरिषद्ले स्थायी गर्ने निर्णय कुरेर बसेका कमलनारायण दासलाई दरपीठ आदेशबारे निर्णय गर्ने जिम्मा दिएर उनी काठमाडौँ बाहिर लागे। प्रधानन्यायाधीशलगायत वरिष्ठ न्यायाधीशको आदेशविरुद्ध अस्थायी न्यायाधीशले आदेश दिनसक्ने कुरै थिएन। त्यही भयो।
सही फैसलाले जनआस्था बढाउँछ। तर, न्यायाधीशहरू फैसलाको पक्षमा जनमत जुटाउन भाषण गर्दै हिँड्न थालेका छन् जुन नेताको काम हो, न्यायाधीशको होइन। फैसलाले अदालत र जनअधिकार दुवैको धज्जी उडाउने काम गरेको छ। लोकतन्त्रमा विधायिकाले विधि निर्माण गर्छ, कार्यपालिकाले कार्यान्वयन। कार्यान्वयन गर्दा गल्ती भयो कि भनेर जाँच्ने कसी न्यायपालिका हो। सरकारले नै कानुन बनाउने, लागू गर्ने र त्यसको न्यायिक जाँचसमेत गर्दा अन्याय पर्छ भनेर नै लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त अँगालिएको हो। सरकारसँग सबै अधिकार रह्यो भने जनविरोधी शासन हुनसक्छ भनेर 'नियन्त्रण र सन्तुलत' को व्यवस्था गरिएको हो। राज्यका तीन अंग परस्परको आडभरोसामा मात्र लोकतन्त्र टिक्छ। राज्यले नै सम्पन्न गर्ने कामसमेत स्वतन्त्र ढंगले सम्पन्न होस् भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक जस्ता निकाय खडा गरिन्छ, निष्पक्षताका लागि। तर, सडकको स्थिति हेरेर न्यायपालिकाले व्यवस्थापिका र कार्यपालिकाविरुद्ध आक्रोशस्वरुप अस्तित्व अस्वीकर गर्दा न न्यायपालिका सबल रहन्छ, न कार्यपालिका र विधायिकाले राम्ररी काम गर्न सक्छन्। जस्तो भए पनि एक थान संविधान त आउला तर, राज्य पुनर्संरचनाबारे आएका आवाज समेटेर जनतालाई स्वामित्व महसुस हुने संविधान बनाउन बाँकी अवधि पर्याप्त छैन।
अदालतले कानुनका किताब हेरेर फैसला गर्ने हो भने संविधानसभाका म्यादबारे गरेका अदालतका चार पटकका फैसला किन चार किसिमका भए? एउटै अदालतका न्यायाधीशले गरेको फैसला बेञ्चपिच्छे किन फरक हुन्छन्? उही संविधानको प्रावधान एक चोटि एउटा र अर्को चोटि अर्कै देखिने अवस्था किन आयो? २ सय ५० वर्षदेखिको एकात्मक राज्यलाई संघीयतामा लाने काम हतारमा गर्नु जोखिमपूर्ण हुन्छ। संघीयताका नाममा जातीय 'कबिला' बनाउनेसम्मका सोचहरू आइरहेका छन्। यी र यस्ता मुद्दा भर्खर सतहमा आएका छन्। एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न संविधानसभाबाट संविधान निर्माण थालिएको हो।
'जनअदालत' चलाउने माओवादी सबैभन्दा ठूलो दलका रूपमा रहेको संविधानसभाले पुनरावलोकनको निवेदन लिएर जानु सर्वोच्च अदालतप्रति सम्मान थियो। यो, फैसलाप्रति असहमति जनाउने वैधानिक विधि पनि हो। अदालतलेे दरपीठ सदर गरेर कमजोरी लुकाउन खोजेको छ। माओवादी उपाध्यक्ष रहेका प्रधानमन्त्रीले निवेदन लिएर अदालत गए। अदालतले ढोका बन्द गर्यो। वरिष्ठ न्यायाधीशको फैसला कनिष्ठले उल्ट्याइदिने खतराबाट जोगिने चलाखीमात्र गरियो। ०५२ साल भदौ १२ को प्रतिनिधिसभा विघटनविरुद्ध भएको फैसलाले प्रधानमन्त्रीय प्रणालीलाई समाप्त पारेको थियो। यसको अप्रत्यक्ष प्रभाव बढ्दै गएर माघ १९ भोग्नुपर्यो। न्यायपालिका कार्यपालिकाको अधिकारक्षेत्रमा प्रवेश गर्यो। त्यसबाट खल्बलिएको शक्ति सन्तुलनले तत्काल कुनै राजनीतिक दलले लाभ पनि पाए होलान्। तर, लोकतन्त्र कमजोर भयो। अहिलेको फैसला संविधान, कानुन र मिसिल हेरेर नभई झ्यालबाट सडकको वातावरण हेरेर गरेजस्तो छ। सभासद् र नेतालाई गाली गर्दा ताली पाउने वातावरण रहेसम्म यसले काम गर्ला। तर, यो लोकतन्त्रको हितमा छैन। यस्तो फैसलाको प्रभाव दीर्घ कालसम्म रहे संविधानसभाले जस्तै संविधान बनाए पनि लोकतन्त्रको रक्षा हुँदैन।