संविधान निर्माणबारे जनमत संकलन गर्ने क्रममा तीन वर्षअघि मुगु जाँदा दूरदराजको विपन्न गाउँ रुवाकी एक बहिनीले भनेको कुरा म बिर्सन सक्दिनँ'। जतासुकै धुलैधुलो भएको गाउँको अन्तर्क्रियामा अत्यन्त विपन्न जीवन बिताइरहेका मैलाझुत्रा कपडा लगाएका, धुलोले अनुहार हातखुट्टा सबै फुटेका दिदीबहिनी राम्रै संख्यामा त्यस कार्यक्रममा उपस्थित थिए। तिनैमध्ये हाम्रा सहरी आँखाले पत्याउन नसक्ने बडो दुःखी सायद निरक्षर ती बहिनीले जुरूक्क उठेर त्यही भेगको बोलीमा भन्न थाल्नुभयो-
'सुझाव माग्न मोटो कागत लिएर आएका छौ, के सोधेको हो, के जवाफ दिने थाहा छैन। संविधानमा के लेख्ता राम्रो हुन्छ, थाहा छैन। तर संविधानले मलाई के गरिदिन पर्छ, त्यो थाहा छ। मैले धेरै दुःख पाउनु नपरोस्। त्यस्तो संविधान लेख कि अब मेरी छोरीले मैले पाएको दुःख पाउनु नपरोस्। त्यो कसरी हुन्छ तिमीहरू नै जान।'
ती बहिनीका अभिव्यक्ति सुनेपछि संविधानमा लेख्ने कुरा त्यसबाट सम्भावित परिणामप्रति अझ सचेत भएको छु। आफूलाई लागेका कुरा निर्धक्क भएर इमान्दारीसाथ नराखे आफ्नो कर्तव्यबाट विचलित भएको ठहर्ने विश्वास थप दृढ भएको छ। यसै अभिप्रेरणाले पनि संघीयताबारे यो बहसमा सहभागी भएको हुँ।
संघीयतामा समृद्धि चाहनाबारे अघिल्लो लेख (शुक्रबार प्रकाशित) मा जलस्रोत विकाससम्म चर्चा गरिसकेें। त्यस्तै पर्यटन क्षेत्रको विकासका लागि पनि पूर्वी र पश्चिम नेपालमा उत्तर दक्षिणको अन्तर्निर्भरता गहिरो छ। उदाहरणका लागि, हवाईमार्गबाट कर्णालीका विभिन्न मनोरम क्षेत्रमा भ्रमण गर्न जानेका लागि नेपालगन्ज आधार जस्तो । नेपालगन्जदेखि कर्णालीका विभिन्न जिल्लासम्म विस्तारै सडक पूर्वाधार निर्माण हुँदैछ। सडक निर्माणपछि कर्णालीको पर्यटकीय सम्भावना वास्तविकतामा परिणत हुँदै जानेछ। कर्णालीको सुन्दरताबाट नेपालगन्जले पनि प्रत्यक्ष लाभ आर्जन गर्नेछ।
त्यस्तै पूर्वी नेपालमा पनि निर्माण भइसकेका र निर्माणक्रममा रहेका सडकका कारण उत्तर र दक्षिणका जिल्लाले लाभ उठाएका छन् र भविष्यमा अझै धेरै आर्जनका ढोका खुल्दै जानेछन्। पर्वतीय शृंखलामा रहेका र उत्पादन हुने जडिबुटीको प्रत्यक्ष लाभ पूर्वाधार निर्माणसँगै बढ्नेछ र उत्तर दक्षिण दुवैतिर वितरित हुनेछ। पूर्वका पहाडी जिल्लामा बेमौसममा उत्पादन हुने तरकारी खेती विस्तारित हुँदैछ, भारत निर्यातको परिमाण निरन्तर बढ्दो छ। सडक विस्तारले खोलेको समृद्धिको यो सम्भावना अझ प्रगाढ बनाउनु पर्छ। पर्यटकीय र कृषि क्षेत्र मात्रै होइन, अन्य वस्तु र सेवा उत्पादन गर्ने उद्योग-धन्दाको विकासका लागि उत्तर दक्षिण जोड्ने गरी निर्माण भइसकेको र हुन लागिरहेको पूर्वाधार विकासले स्थानीय अर्थतन्त्रमा निकै सकारात्मक असर पार्न थालिसकेको छ। पूर्वाधार निर्माणको यस्तो सकारात्मक प्रभाव स्वाभाविक हो।
नेपालका पाँच दक्षिणी जिल्लाछेउ भारतीय सीमामा १९ औं शताब्दीको पहिलो दशकमा रेलमार्ग बनेको थियो। नेपालमा भारतीय वस्तुको निर्यात बढाउन त्यसपछिका दुई शताब्दीमा अत्यन्त सफल भयो। १८ औं शताब्दीको अन्त्यसम्म भारत र चीन दुवैतर्फ हाम्रो निर्यात आयातभन्दा निकै बढी थियो, अर्थात हाम्रो यी दुई देशसँगको व्यापार घाटामा होइन, नाफामा थियो। हाम्रो सीमाभित्र उद्योग व्यवसायको खासै वृद्धि हुन नसकेका कारण हाम्रो भूभाग भारतीय उत्पादन निर्यातको गन्तव्य बन्यो।
हामीले ऐतिहासिक, आर्थिक, प्रशासकीय कारणले उत्तर दक्षिण भएर बन्दै गरेका भौतिक पूर्वाधार, विशेषतः सडक सञ्जालबाट अर्थतन्त्रमा पर्दै गएको सकारात्मक प्रभाव र विस्तारै बढ्दै गएको कृषि र सेवा उत्पादन बढाउन सके निर्यात व्यापार द्रूत गतिमा बढ्नेछ। यसको थप कारण चीन र भारतको अर्थतन्त्रमा देखिएको उच्च आर्थिक वृद्धि पनि हो। दुवैतिर सीमावर्ती क्षेत्रमा आर्थिक वृद्धिसँ'गै वस्तु र सेवाको माग पनि तीव्र रुपमा बढिरहेको छ। यी दुवै देशमा विकसित भएका व्यापारको अवसरको अधिकतम उपयोग गर्न हाम्रो देशभित्र उत्तर दक्षिणको अन्तर्संबन्ध बढाउनु र त्यसैअनुरुप भौतिक पूर्वाधार सञ्जाल विकास गर्नु बाध्यात्मक भइसकेको छ।
अर्को एउटा तथ्यबारे पनि चर्चा गर्नु आवश्यक छ। पूर्वी र पश्चिम नेपालको दाँ'जोमा मध्य नेपालमा उत्तर दक्षिण अन्तर्निर्भरता निकै कम छ। यसको प्रमुख कारण मध्य नेपालको पहाडी क्षेत्रमा काठमाडौं र पोखरा उपत्यकाको उच्च आर्थिक विकास हो। पछि अर्थतन्त्रको विकास र विस्तारसँ'गै इलाम, धनकुटा, सुर्खेत जस्ता सहरहरूको अर्थतन्त्रको विकासका ठोस आधार निर्माण गर्न सके यो अन्तर्निर्भरता कम होला। तर, त्यस्ता सहरको आर्थिक विकासका लागि अहिले रहेको उत्तर दक्षिणको अन्तनिर्भरताबाटै अधिकतम फाइदा लिन सकेमात्रै अलि सुदूर भविष्यमा यो अन्तर्निर्भरता कम गर्न सकिन्छ। मध्य पहाडी राजमार्गको निर्माणक्रमले पनि यो अन्तर्निर्भरता कम गर्दै लैजाला। तर, करिब एक दशकदेखि प्रगाढ रुपमा अभिवृद्धि भएको मानव गतिशिलताले त्यस बेलासम्म जात, जातजातिको जनसांख्यिक वितरण अहिलेकै रुपमा कायम रहला? वा त्यस्तो रहनु अािर्थक रुपले वाञ्छनीय छ? यी प्रश्नको उत्तर भविष्यको गर्भमै छ।
पिछडिएको क्षेत्र र समुदायमा सेवा विस्तार गर्न नसक्दा गत दुई दशकमा भएको आर्थिक वृद्धि एकाङ्गी भयो। गरिवीको रेखामुनि रहेका जनताको अनुपात त घट्यो, तर गरिव धनीबीचको खाडल अझ फराकिलो हुन पुग्यो। महिला, दलित पिछडिएको जातजाति, पिछडिएका क्षेत्रमा बसोबास गर्ने जनजाति अदिवासी, मधेसी र सीमान्तकृत जनता राज्यद्वारा प्रदान गरिने सेवाबाट पहिलेझैं विमुख हुन नपरोस् भन्ने चाहना राज्य पुनर्संरचनाको अवधारणाको केन्द्रीय विषयवस्तु बन्नुपर्छ।
हाम्रो समाजमा व्याप्त विभेदको प्रकृति र स्वरुप एकैखाले छैन। महिलामाथिको विभेद घरबाट सुरू हुन्छ। दलितमाथि समाजबाट सुरू हुन्छ। पहाडी जनजाति तथा बहुसंख्यक मधेसीमाथि राज्यको तहबाट हुन्छ। महिलामाथिको विभेद समाज, त्यसपछि राज्यको तहमा अझ घनिभूत हुनपुग्छ। दलितमाथिको विभेद राज्यको तहमा झन् गहिरिन्छ। यो यथार्थ आत्मसात गर्ने हो भने महिला र दलितमाथिको विभेद अन्त्य गर्न चालिनुपर्ने पाइलाको व्यापकता र अन्तर्निहित कठिनाइ स्वतः स्पष्ट छ। सँगसँगै, जनसंख्याको भौगोलिक वितरणबाट पनि छर्लंग छ। प्रदेश रचना जुनसुकै आधारमा गरे पनि पहाडी जनजाति र बहुसंख्यक मधेसीको राज्यमा पहुँच, प्रतिनिधित्व र प्रभाव सघन रुपले विस्तारित हुनेछ। त्यसैले यो समुदायले प्रदेश रचनाको बहसमा विशेष अभिरुचि लिनु, आफ्नो दाबी प्रस्तुत गर्नु स्वाभाविक र जायज पनि हो। ती समुदायको दृष्टिकोण अलि भावुक, अलि संवेगपूर्ण हुने सहजै बु‰न सकिन्छ र यसप्रति सहानुभाव राख्नु आवश्यक छ।
यस सन्दर्भमा उच्चस्तरीय आयोगको सुझावमा अन्तर्निहित पहिचानको आधार पनि त्रुटिपूर्ण छ। २०६७ को जनगणनाको पूर्ण विवरण आउन झन्डै एक वर्ष कुर्नुपर्नेछ। त्यसैले जनसंख्या सम्बन्धमा गरिने विश्लेषण २०५७ कै जनगणनामा आधारित गर्नुपर्ने हुन्छ। त्यसअनुसार मुलुकका करिब ४ हजार गाविस र नगरपालिकामध्ये ३ हजार ८ सय ८७ गाविस र नगरपालिकाको पूर्ण विवरण हामीसँ'ग उपलब्ध छ। बाँकी गाविसमा सशस्त्र द्वन्द्वका कारण तथ्यांक संकलन हुन सकेन। तथ्यांक उपलब्ध ३ हजार ८ सय ८७ मध्ये १ हजार २ सय ७७ गाविस र नगरपालिकामा कुनै न कुनै जात, जातिको बहुमत अर्थात् ५० प्रतिशत वा त्यसभन्दा बढी उपस्थिति छ। यसरी १ सयमध्ये २८ जातजातिको कम्तीमा एक गाविसमा बहुमत उपस्थिति छ। अर्थात् बाँकी ७२ जातजातिको कुनै एक गाविससम्ममा पनि बहुमत उपस्थिति छैन।
आयोगको बहुमतको प्रतिवेदनले प्रदेश रचना गर्न कुनै जात, जातजातिको बहुमत भएको गाविसलाई भूगोलका कारण संभव भएसम्म एकै प्रदेशमा राख्ने कोसिस गरेको छ। यो सिद्धान्तलाई प्रदेश रचनाको वैज्ञानिक, अझ एकमात्र उपयुक्त र अचुक सिद्धान्तका रुपमा बहुमतको प्रतिवेदनले ग्रहण गरेको छ। यस आधारमा क्षेत्रीको बहुमत भएका ३ सय ८५ मध्ये ३ सय गाविस कर्णाली-खप्तड प्रदेशमा पर्छन्। त्यस्तै थारूको बहुमत भएका ९८ मध्ये ६२ गाविस मधेस-अवध-थरुवानमा, मगरको १ सय ७७ मध्ये १ सय ५४ मगरातमा, गुरुङको ७६ मध्ये ५८ तमुवानमा, बाहुनको १ सय २ मध्ये ३८ नारायणीमा, नेवारको २९ नै नेवाःमा, यादवको ३५ नै मधेस मिथिला-भोजपुरामा, तामाङको १ सय ६१ मध्ये १ सय ५२ ताम्सालिङमा, राईको ७६ मध्ये ७१ किराँतमा र लिम्बुको ४४ नै लिम्बुवानमा पर्छन्।
कुनै जात, जातजातिको बहुमत जनसंख्या भएका गाविसलाई कसैगरी पनि जोड्नु नै प्रमुख उद्देश्य बताउँ'दा आयोगको सुझावमा कुनै कुनै प्रदेशले पुतलीको, अझ भनौं चुँ'डिएर, च्यातिएको चंगाको जस्तो स्वरुप ग्रहण गरेको छ। यो उद्देश्य जसरी पनि पुरा गर्न २८ वटा जिल्लालाई टुक्र्याइएको छ। चितवन र नवलपरासी चार प्रदेशमा, धादिङ, उदयपुर, गोरखा तीन प्रदेशमा र अन्य बाँ'की २३ जिल्ला दुई प्रदेशमा विभाजित गर्न प्रस्ताव गरिएको छ। धादिङमा ६ गाविस, काभ्रेमा धुलिखेल र बनेपा नगरपालिका भिन्न प्रदेशमा विभाजित हुन पुगेका छन्।
यसरी जनसंख्याको जातीय बनोटलाई मात्रै प्रदेश रचनाका आधार बनाउने क्रममा धादिङका तीन गाविस, गोगनपानी, जीवनपुर र केबलपुरलाई यो प्रतिवेदनले कुनै पनि प्रदेशमा छुट्याउन विर्सेको छ। यस्तै २०५७ सालमा जनगणना हुन नसकेका गाविसमध्ये सल्यानका तीन गाविस र डोल्पाको एक गाविस उल्लेख गर्न पनि छुटाएको छ। यसरी जाति, जातजातीय आधारमा मात्रै प्रदेश विभाजन गर्दा पनि बाहुको ८० प्रतिशतभन्दा बढी नारायणी बाहिर, क्षेत्रीको ७० प्रतिशतभन्दा बढी कर्णाली-खप्तडबाहिर, गुरूङको दुई तिहाई तमुवानबाहिर, मगरको ५५ प्रतिशतभन्दा बढी मगरातबाहिर, नेवारको ५० प्रतिशतभन्दा बढी नेवाःबाहिर, राईको झण्डै ५० प्रतिशत किराँ'तबाहिर जनसंख्या रहनेछ।
थप अर्को कुरा, कुनै न कुनै जात, जातजातिको बहुमत उपस्थिति भएका १२७७ गाविसमध्ये पनि क्षेत्रीका ३८५, बाहुनका १०२, ठकुरीका ८ गरी जम्मा ४९५ गाविसबाहेक बाँ'की ८८७ गाविसमा मात्रै कथित 'अन्य' बाहेकका समूहको बहुमत छ। 'अन्य' बाहेकका जातजातिको सशक्तिकरणको माग उचित छ, जायज छ। तर यस पुनित कार्यका लागि जाति, जातजातीय बनोटमात्र प्रदेश रचनाको आधार बनाउनु प्रत्यूत्पादक हुनेछ।

(पहिलो अंक पढ्न क्लिक गर्नुस्)
(यसको अन्तिम भाग सोमबार छापिनेछ।)
(यसको अन्तिम भाग सोमबार छापिनेछ।)