राजनीतिको धरापमा विकास
१९ चैत्र २०६८
•
१३ मिनेट पाठ
राजनीतिको धरापमा विकास
आफूलाई मात्र राष्ट्रियताको ठेकेदार सम्भि्कने नेपालका एकथरी कम्युनिस्टहरू उज्यालोसँग सारै डराउँ'छन्। उज्यालोका सम्भावना देखिनेबित्तिकै उनीहरू आत्तिन थाल्छन्। सत्तामा आउने बेलामा होस् वा सत्तामा भएका बेला, जलस्रोत उनीहरूको मुख्य एजेण्डा बन्ने गरेको छ। स्वर्गीय मनमोहन अधिकारी उदार कम्युनिस्ट नेता हुनुहुन्थ्यो। उहाँ' प्रधानमन्त्री निर्वाचित हुनुअघि नेकपा (एमाले)का तत्कालीन महासचिव माधव नेपालले अरुण तेस्रो जलविद्युत् आयोजना तुहाइदिनु भएको थियो।

यतिखेर बाबुराम भट्टराई हुनुहुन्छ सत्तामा। अहिले समाचार र विवादमा परेकोछ पश्चिम सेती। विवादमा नेपालका सम्भावित सबै जलविद्युत् आयोजना परेका छन्। जलविद्युतको विकास राष्ट्रघातसँग जोडिएको छ। माथिल्लो कर्णाली होस् वा तल्लो कोशी- राष्ट्रियताका नाममा कमिसनको खेलमा अडकिएको छ नेपाली जलविद्युत्को विकास।
कल्पनाशील छन् नेपाली नेताहरू। यही एउटा क्षेत्र छ जसमा नेपालका राजनीतिज्ञहरूलाई चुनौती दिनसक्ने अर्को कुनै जाति विश्वमै अहिलेसम्म देखिएको छैन। धर्तीमा मुख सुकेर प्याकप्याक परेका जनतालाई आकाशमा फलेको रसिलो फल देखाएर सत्ताको मस्ती लुट्न खप्पिस छन् नेपाली नेताहरू। आकाशको त्यो अद्भूत र अदृश्य फल हेर्दाहेर्दै आधुनिकीकरणका साठी वर्ष सित्तैँ खेर गएको छ।
राजा वीरेन्द्रदेखि राष्ट्रपति रामवरण यादवसम्म सबैको सपना बनेको छ कर्णाली नदी। कर्णालीमा जलविद्युत्को विकास गरेर नेपाललाई धर्तीको स्वर्ग बनाउने सपना सबैले देखेका छन्। सपना देख्न पैसा लाग्दैन तर, कर्णाली आफ्नो वहावमा निरन्तर छ। सपनाहरू पनि निरन्तर छन्। मौसमी परिवर्तनसँगै कर्णालीको त्यो अपार जलसम्पदाको शक्ति चुक्दै गएको छ। जनतालाई त्यो अपार शब्दको अर्थ थाहै छैन। अपार भनेको कति हो?
झन्डै दुइ दशकअघि अरुण तेस्रोमा एमालेले सम्भावित राष्ट्रघात रोक्दा देश चालीस वर्षका लागि अँ'ध्यारोमा जाकियो। त्यतिबेला जन्मिएको नेपाली बालकले चालीस वर्षसम्म अँ'ध्यारो र अभिशप्त जीवन बिताउनु पर्ने भयो। अहिले पश्चिम सेती आयोजना संकटमा छ। तत्कालका लागि त्यो संकट टरेर पश्चिम सेतीमा आयोजना बन्न थालेपनि त्यसको नियतिको पत्तो छैन। नेपालमा जलविद्युत् आयोजना कहिल्यै निर्धारित समयमा टुंगिएका छैनन्। काली गण्डकीदेखि मध्यमर्स्यांगदीसम्म सबै ढिलो भएको उदाहरण हाम्रा आँ'खाका अगाडि छन्। संघीयतातिर संक्रमणको यस बेलामा त स्वीकृत आयोजना पूरा हुन्छन् कि हुँ'दैनन् भन्नेमै शंका छ। पुरै देशमाथि नेपाली जनताको संयुक्त स्वामित्व खण्डित भएर देश नै भाइभाइबीच अंशबन्डामा परेको खेतका चकलाजस्तो जातीय र क्षेत्रीय टुक्रामा विभाजित हुने शंका बढेको अहिलेको समयमा विकासका कल्पना आफैँमा भयावह बन्नु अनौठो होइन।
अहिले सन्दर्भमा आएको छ माथिल्लो कर्णाली। भारतको एउटा प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीलाई एनेकपा (माओवादी)सहितको नेपाली कांग्रेसको सरकारले विकासको अनुमति दिएपछि माओवादीकै एउटा समूह त्यसमा राष्ट्रघात भएको आरोप लगाउँ'दै आयोजनाविरुध्द सशस्त्र आन्दोलनमा लागेको छ। बाबुराम सरकारका जलस्रोत मन्त्री माओवादी सरकारबाट हट्न लागेका बेला कांग्रेसले हतारमा सम्झौता गरेको तर्क दिँदै विवादवाट पन्छिन खोज्नुहुन्छ। पुष्पकमल दाहालको नेतृत्वमा रहेको माओवादी पार्टी कुनै हालतमा माथिल्लो कर्णालीलाई उम्किन दिन चाहँ'दैन। दाहाल स्वयं माथिल्लो कर्णाली आयोजना तुहिएको कल्पना गर्न चाहनुहुन्न। उहाँ'लाई थाहा छ, यस आयोजनामा नेपाल सरकार आफ्नो प्रतिबध्दताबाट पन्छियो भने नेपालको संगठित विकासको सम्पूर्ण प्रयत्न अर्को पचास वर्षका लागि थला पर्नेछ।
उहाँ'लाई जे थाहा छ त्यो उहाँ'कै पार्टीका क्षेत्रीय नेताहरूलाई भने थाहा छैन। माओवादीका सेती महाकाली प्रमुखले 'प्रचण्ड पथ' छाडिसक्नु भएको छ। उहाँ' माधव पथको अवलम्बन गरेर अरुण तेस्रोजस्तै माथिल्लो कर्णाली तुहाउन चाहनुहुन्छ। भारतीय विस्तारवादविरुध्द उहाँ' अहिले कर्णली भेगका गाउँ'घरमा युध्दको तयारीमा लाग्नु भएको छ। त्यसका लागि उहाँ'ले श्रम बैंकको कल्पना गर्नु भएको छ। चिथ्राले आँग छोपेर बसेका नेपालीबाट पैसा उठाएर ठुल्ठुला आयोजनाको निर्माणग गर्ने सपना देख्नुभएको छ। यस्तै सपना देख्नुभएको थियो माओले। उहाँ'को सांस्कृतिक क्रान्ति सोम शर्माको सातुको घैँटो साबित भएपछि चीनमा देंग स्याओ पिंगले सुरु गर्नुभएको थियो अर्थतन्त्रमा उदारवाद। त्यसअघि त देंगपनि राष्ट्रघाती नै कहलिनु हुन्थ्यो।
'अपर कर्णालीमा राष्ट्रघात भएको छ' सालकोट महोत्सवमा माओवादीका सेती-महाकाली प्रमुख कुर्लिएको सम्भि्कँदै एक स्थानीय महिलाले गुनासो गरिन,- 'हामीले पत्यायौँ। किनभने नपत्याउनुको विकल्प यातना हुनसक्थ्यो। स्थानीय माओवादी शान्ति प्रक्रियामा लागेपनि बाहिरका असन्तुष्ट माओवादी आएर कुट्ने मार्ने धम्की दिन्छन्। अपर कर्णालीको आयोजना अफिसमा आगो लगाएजस्तै हाम्रो घरमा पनि आगो लगाइदिए भने हामी कहाँ' बस्नु?'
अहिले झलझली सम्झना आइरहेको छ मनमोहन अधिकारीको। प्रधानमन्त्रीका रूपमा उहाँ'ले एकपटक पत्रकारहरूसँग जलविद्युत् उत्पादनको कुरागर्दा निकै उत्तेजित भएर भन्नुभएको थियो - हामी विद्युत उत्पादन गरेर रिमोट कन्ट्रोलद्वारा पाकिस्तान र चीनमा निर्यात गर्न सक्छौँ। अहिले अवस्थाविपरीत भइसकेको छ। आन्तरिक राजनीतिक विग्रहमा परेको पाकिस्तान झन्डै असान्दर्भिक हुनथालेको छ। चीनले नेपाली सिमाना खासासम्म विद्युतीय रेल सञ्चालन गर्दैछ। नेपालका उद्भट कम्युनिस्ट नेताहरू रिमोट कन्ट्रोलबाट विद्युत निर्यात गर्ने मनमोहक कल्पनामा रमाएको रमायै छन्।
विकास अर्थतन्त्रको नियमबाट चल्ने राजनीतिक उपक्रम हो। यसका लागि कुनै पनि देशले आफनो हित अहित केमा छ भन्ने नापजोख गर्ने गर्छ। राष्ट्रका लागि आम्दानी गर्न थालेपछि मात्र अर्थतन्त्रमा राष्ट्रियता परिलक्षित हुन्छ। आजका बहुराष्ट्रिय कम्पनीहरू चाहे थ्री गोर्जेज होस वा जीएमआर नेपालको मायाले लगानी गर्न आएका होइनन्। उनीहरू नाफा कमाउनै आएका हुन्। भारतीय, अमेरिकी, चीनियाँ', क्यानेडेली, बेलायती वा जापानी- जुनसुकै मुलुकका कम्पनी भए पनि नाफा कमाएर आफ्नै हित बलियो बनाउन आउने हुन्। नेपालीमात्रै त्यस्ता जाति साबित हुन थालेका छन्, जो स्वाभिमानको नारा लगाउँछन् र दानको अभिलाषा राख्छन्। माग्नेको केको स्वाभिमान?
हाम्रो राष्ट्रिय स्वार्थ के हो? हाम्रो राष्ट्रिय लक्ष्य के हो? र, हाम्रो राष्ट्रिय गन्तव्य के हो? यसको व्याख्या अहिलेसम्म कुनै पार्टीले गरेको छैन। सबै पार्टी मिलेर राष्ट्रिय स्वार्थ, राष्ट्रिय लक्ष्य र राष्ट्रिय गन्तव्यको निर्धारण गर्ने र साझा एजेन्डा बनाउने काम पनि भएको छैन। पितापूर्खाले निर्धारित गरेको हातमुख जोर्ने लक्ष्यमा नै हामी रमाइरहेका छौँ। राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग निर्माणको परिकल्पना गरेर नेपाली प्रजालाई गीत गाउन लगाएका थिए- बाटो बनाई देऊ, बाटो बनाई देऊ, पूर्व-पश्चिम राजमार्गमा मोटर चलाई देऊ। बाटो बनाउन उनले नेपाली जनताबाट चन्दा पनि उठाएका थिए। तर, पूर्व-पश्चिम राजमार्ग चन्दाले होइन, भारत, सोभियत संघ र अमेरिकाको सहयोगले बन्यो। सुदूर पश्चिमलाई बाँ'की नेपालसँग जोड्ने कर्णाली पारीका बाइस पुल बनेको त एक दशकभन्दा केही अघिमात्र हो।
काठमाडौंमा बसेर अनेक तर्कको खेती गर्ने व्यवसाय फस्टाएको छ प्रजातन्त्र र लोकतन्त्रका दुवै कालखण्डमा। नेपालका वुद्धिजीवीको आँ'खाको नेपाल सारै साँ'घुरो छ। उनीहरू काभ्रेका घरका छानामा जस्तै कर्णालीका घरका छानामा पनि जस्ता टल्किएको कल्पना गर्छन्। जनताको जीवनमा प्रभावकारी रूपमा प्रत्यक्ष फाइदा पुग्ने योजनाहरूलाई नेपाली स्वार्थको अधिकतम हित हुने गरी व्यावसायिक रूपमान अघि बढाउनेतिर कसैको ध्यान जाँ'दैन। किनभने त्यसो गर्दा आफ्नै नीहित स्वार्थ पूरा जो हुँ'दैन। हाम्रो विकासको समस्या नै यही हो।
पश्चिम सेती समस्याबाट उम्किएको छ। माथिल्लो कर्णालीमा समस्या बल्झाउन खोजिँदैछ। प्रधानमन्त्री भट्टराई अपर कर्णालीबारे दह्रो निर्णय लिएर वैद्य समूहलाई थप भड्काउन चाहनु हुन्न सायद। वैद्य भड्किए उहाँ'को प्रधानमन्त्रीको कुर्सी धरापमा जो पर्ने देखिइसकेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस