केही वर्षअघि दक्षिणी गोलार्धमा पुगेका बेला महिना दिनसम्म पुरै पुल्पुलिएको बच्चा भइदिएको थिएँ म - भाइको घरमा। बिदा नै लिएर हाम्रो हेरचाह गर्थे भाइ, बुहारी र भतिजहरू। कुशल गाइड झैँ भएर हामीलाई घुमाउन लान्थे दिनभर। त्यो बिरानो ठाउँमा नेपालीहरूबीच देखेको घनिष्ट सम्बन्ध सुन्दर थियो। परदेशका अन्य कति ठाउँमा जस्तो झैझगडा, खुट्टा तानातान, बोलचाल बन्द आदि त्यो सानो नेपाली समुदायमा थिएन।
नेपाली बन्धुहरूसँग बाक्लै भेटघाट भयो त्यहाँ बसुन्जेल। उनीहरू सबैजसो मलाई दाइ भन्थे - भाइको नाताले। सँगै हुँदा नेपाली खाना नै खाइन्थ्यो। वातावरण पुरै नेपाली लाग्थ्यो। म जिस्केर भन्थेँ - 'अचम्म-अचम्म भइरहेछ यहाँ । अंग्रेजी बोल्ने यस मुलुकमा आएर म चाहिँ उल्टै अंग्रेजी बिर्संदैछु। अनि यो परिवारमा सबभन्दा बुढो हुनुपर्ने म सबैभन्दा पुल्पुलिएको बच्चा भएको छु।'
प्रायः बेलुकी तिर जमघट हुन्थ्यो नेपालीसँग। र, यस्तो जमघट हुँदा स्वाभाविक रूपमा सुरापान चल्थ्यो। अलि झमझम हुँदै गएपछि नेपालको कुरा निस्न्थ्यो। भर्खरै गणतन्त्र भएको नेपाल अँधेरो थियो - आजभन्दा पनि। लोडसेडिङले रेकर्ड नै बनाएको बेला थियो त्यो। त्यसैले त्यहाँ नेपालको चर्चा गर्नु भनेको अँधेरोको कुरा गर्नु हुन्थ्यो। राजनीतिमा अनिश्चितता र तरलताको अपूर्व अनुभव गरिरहेका थिए नेपालीले - आजजस्तै वा आजभन्दा पनि बढी। त्यसैले परदेशमा नेपालको कुरा गर्नुको अर्थ त्यही अनिश्चितता र अन्योलको प्रसंग उठाउनु हुन्थ्यो। थोरैथोरै चुस्की लिँदै, बिस्तारै बिस्तारै मन मस्तिष्कलाई त्यस रसमा भिज्न दिँदै देशमा व्याप्त अन्धकार, अन्यौल र अनिश्चितताको कुरा गर्दा मानिसहरू भावुक हुन्थे। चिन्ताग्रस्त हुन्थे। आँखाहरू रसाउँथे। रुन्थे नेपालीहरू। अनि केहीका ग्लास अझ तीव्र गतिमा भरिइन थाल्थे। हरेक क्षेत्रमा काम गर्ने, व्यवसाय गर्ने मध्यम वर्गका प्रवासी नेपाली थिए ती - जसलाई यता बुद्धिजीवी भनिन्छ।
एक दिन, दुई दिन, तिन दिन 'हरेक साँझ जब यस्तो हुन थाल्यो, पाहुनाको हैसियतले दिनभर गरेको रमाइलो बेलुकी त्यही गह्रौँ वातावरणमा पोखिएर हराउन थाल्यो। डर लाग्न थाल्यो अनि मलाई। ओहो, यहाँ पनि अँधेराले छोडेको छैन । र यो अँधेरो त लोडसेडिङको भन्दा अझ बाक्लो छ, अझ चीसो छ - यो निराशाको अँधेरो, यो गुनासाको अँधेरो। त्यो अँधेरोमाथि केहीका आत्मग्लानिका नमीठा रंग पनि मिसिँदा वार्तालाप अझ पीडादायी हुन्थ्यो।
सुख र दुःख, अँधेरो र उज्यालो, आरोह र अवरोह, जीवनोन्मुखता र मृत्यून्मुखता, अर्थात् ईश्वर र सैतानकाबारे गफ चल्दा, ब्रजेशले केही समयमात्र अघि भनेको एउटा कुरा सम्झेँँ - 'आँखा चिम्लिँदा अँधेरो मात्र हुन्न नि! उज्याला बिन्दुहरू पनि देखिन्छन्। आँखा चिम्लनेबित्तिकै उज्यालोका ती टुक्रामा केन्द्रित हुने अभ्यास गर्दा विस्तारै उज्यालो नै देख्न थालिँदोरहेछ। अब त म आँखा चिम्लँदा अँधेरो हैन, उज्यालो नै देख्छु।'
परदेशको त्यो छोटो वासमा समेत नेपालीहरूको बीच वार्तालापमा अन्धकारको आँधी उठ्न खोज्थ्यो। त्यो आँधीलाई रोक्न म पनि उज्यालोका बीउहरूमा केन्द्रित हुने प्रयत्न गर्न थालेँ। र आशाका कुरा गर्न थालेँ मलाई माया गर्ने ती प्रवासीसँग, टाढा परदेशमा बसेर देशको माया गर्ने ती नेपालीसँग। त्यहाँ बसुन्जेल त्यही गरेँ। जब जब निराशाको प्रसैग आउँथ्यो, म आशाका बीउ खोज्थेँ। जब जब अन्योलको कुरा आउँथ्यो म सम्भावनाका बिन्दु खोज्थेँ।'
तर यसो गर्दा कुराकानीमा शिथिलता आएजस्तो भयो। वातावरण औपचारिक बन्न खोजेजस्तो पो भयो। देशको दुर्दशाबारेमा भावुक हुँदा, निराशाका कुरा गर्दा हुने सहजता र अनौपचारिकताको ठाउँ सतर्कताले लिन थाल्यो। तर अन्धकारले आँफुलाई ननिलोस् भनेर म उज्यालोको रटान लगाइनै रहेँ - नफर्किउन्जेल।
धेरै मानिसहरू किन उज्यालोतर्फ भन्दा अँधेरो तर्फ आकर्षित हुन्छन्? किन आशाभन्दा निराशाका कुरा बढी गर्छन्? असलभन्दा खराबको चर्चा गर्नमा किन समय बिताउँन्? यो बुझ्न सकेको छैन। कुनैबेला लाग्छ, हामी नेपालीहरू अलि बढी अन्धकारप्रेमी छौँ कि! तर किन?
मानिसमा राग र द्वेष किन हुन्छन्? किन वासनाबाट वशिभूत हुन्छ मान्छे? मौका मिल्ने बित्तिकै किन ऊ विलासको दास हुन्छ? यी सबको चित्त बुझ्दो मनोवैज्ञानिक वा आध्यात्मिक उत्तर होला । किन यति धेरै मानिस हिंस्रक हुन्छन्? किन क्रोधी हुन्छन् भन्ने प्रश्नहरूको उत्तर पनि भेटिएला। तर उज्यालोप्रति उदासीनता र अन्धकारप्रेमको व्याख्या के हुनसक्छ?
नेपालमा केही समय बसेका विदेशीले समेत कण्ठ पारेका केही अभिव्यक्ति छन् चल्तीका। जस्तै, 'के गर्ने, यो नेपाल हो!"' कुनै विदेशीले आफ्नै पाराले अनौठो उच्चारणमा यसो भन्दा हामी मज्जाले हाँस्छौँ - कुनै लोकप्रिय हास्यव्यंग्यको उत्तम मञ्चन भएझैँ गरी। 'हो त नि, यो नेपाल हो, यहाँ के पो हुन्छ र' भन्न सजिलैे लाग्छ हामीलाई!
घरमा होस् वा कार्यालयमा, व्यक्तिगत जीवनमा होस् वा सामाजिक जीवनमा कुनै पनि कुरा व्यवस्थितरूपले गरौँ, सफासुग्घर ढंगले गरौँभन्दा 'हामीकहाँ त्यसो भन्दैमा हुन्छ र? विदेश होइन नि यो' भनेर उडाउँने चलन शाश्वतजस्तै भएको छ।
इमानदारीका साथ काम गरौँ, पारदर्शी बनौभन्दा आसपासका मानिस मुख छोपेर हाँस्न थाल्छन् भने बुढापाका 'नेपाल चिन्नुपर्छ बा, नेपाल चिन्नुपर्छ! नत्र बाँच्न मुस्किल हुन्छ' भनेर 'व्यावहारिक' बन्ने सल्लाह दिन्छन् ।
निराशाका कुरा हामीले गर्न थालेको कति भो? हामीले गुनासोमात्रै गरेको कति भयो? आफ्ना दुःख र असफलताका निम्ति अरूलाई सरापेको कति भयो? केही वर्ष हैन, केही दशकमात्रै पनि हैन, शताब्दीयौँदेखि हामी सरापिरहेकाछौँ, गुनासो गरिरहेकाछौँं, रोइरहेकाछौँ । तर यो गुनासोले, यो रोदनले, गाली गलौजले कतै केही राम्रो गरेको छ र? छैन। फेरि पनि किन गरिरहने यही रोदन? किन गरी रहने त्यही अर्थहीन गुनासो?
अँधेरो त यसै छ उसै छ। त्यसैको बखान गरेर के फाइदा हुन्छ? ओशो भन्छन् अँधेरोलाई सराप्नुको सट्टा सलाई कोर, बत्ती बाल, अँधेरो त भागिहाल्छ नि! यहाँ त सूर्योदय हुन लाग्यो भनेर रमाउन खोज्दा पनि मुख बिगार्दै 'आ! बाहिरमात्रै हो उज्यालो हुन खोजेको। बाहिर हेरेर के गर्ने, तल छिंडीमा त निष्पट्ट अँधेरो नै छ' भनेर 'यथार्थवादी' बन्ने बानी भइसक्यो हाम्रो।
खोजी नै गर्ने हो भने त जताततै उज्यालोका बीउहरू भेटिनेछन्। नत्र भने यो लगातारको अव्यवस्था, कहिले कमजोर, कहिले भ्रष्ट देखिने राज्य, अल्पदृष्टिी भएका थरीथरीका सस्ता र बिकाउ राजनीतिक खेलाडी, हाम्रो लोकतन्त्रको यात्रा थाल्नमा भएको ढिलाइ,। ' यी सबै हुँदाहुँदै पनि देश कसरी टिकिरहन सक्थ्यो? यस्तै परिस्थितिमा पनि असल मानिसहरूले आफुभित्रको सुन्दरता , स्वच्छता र सृजनशीलतालाई कसरी कायम राख्न सक्थे? कठिनाइबीच पनि जे जे हुन सकिरहेको छ, त्यो सब हेर्दा केही त छ नि यस देशमा जसले गर्दा आशा छ।
होनहार युवा पुस्ता छ हामीसित। नयाँ पुस्ताका लेखक कलाकारहरूमा भएको सृजनशीलता, विचारको गहिराई, र उत्तरदायित्वबोध हाम्रै आँखासामु छन्। हरेक क्षेत्रमा व्यवसायिकता र स्वधर्मका कुरा चल्न थालेका छन्। युवा इन्जिनियर र आर्किटेक्टहरू ज्ञान, शीप र सृजनशीलता बोकेर विश्व रंग मञ्चमा देखा पर्न आतुर छन्। नयाँ पुस्ताका चिकित्सकहरू पेशागत स्वधर्म र सामाजिक उत्तरदायित्वबारे चर्का बहस गरीरहेकाछ्न्। कलिला खेलाडीहरू अनेक अभाव बीच पनि प्रगति हासिल गरिरहेकाछन्। त्यति मात्र हैन, परम्परागत राजनितीको साँघुरो सुरुङभित्र पसेका युवाहरू समेत फराकिलो सोंचको चाहनाले तानिएर विचारका झ्याल खोल्दै छन्, नयाँ बाटो खोज्दै छन्। गाउँ गाउँमा लुकेर बसेका ती सरल र अत्यन्त सुन्दर मन भएका प्रेम, प्रकाश र प्रगतिका उपासकहरू मानवजीवनकै गरिमा र सुन्दरता सम्हालेर बसेका छन्। हतारो छ सबलाई। गति पुगेन भन्ने चेत छ सबतिर। के यी उज्यालोका बिउ हैनन्?
गजबको भौगोलिक स्थिती छ हाम्रो। ५१ किलोमिटरको दुरीमा पाईने जैविक र वातावरणीय विविधता कति ठाउँमा होला अन्यत्र? 'दुई ढुङ्गा बीचको तरुल' भनिएको देश अब संसारमै छिटो विकास भईरहेका ठूला अर्थतन्त्रहरूको बीचमा रहेको रणनैतिक महत्वको देश भएको छ। उत्तर तिर बाटो खोल्ने हो भने एकातिर प्रशान्त महासागर र अर्को तिर युरोप सम्म सडकबाटै पुग्न सकिने सम्भावना देखापर्दैछ। उपयोग नगरिएका र त्यित्तकै थन्किएका प्राकृतिक स्रोतको त कुरै नगरौं।
उज्योका बिउहरू जताततै छन्। चुनौति छ तिनलाई चिनेर जतनका साथ हुर्काउने, झ्यािङ्गन दिने, उज्यालोको खेती गर्ने। आजको सबभन्दा साहसी र महान क्रान्तिकारी त्यो हो, जो अन्धकारको साम्राज्यलाई जित्न पूर्ण रुपमा वर्तमानमा अवस्थित भएर उज्यालोको खेती गर्छ। जो ढुसी परेका र सिन्की गन्ध बोकेका थोत्रा पूर्वाग्रही विचारको बन्दी हुन अस्वीकार गर्छ।