एनेकपा (माओवादी)को मोहन वैद्य, रामबहादुर थापा 'बादल' समूहले गत शनिबार सम्मानजनक शान्ति र जनपक्षीय संविधान निर्माणका लागि भनेर दबाबमूलक कार्यक्रम सार्वजनिक गर्यो। त्यसको भोलिपल्टै दाहाल पक्षले त्यसलाई 'गम्भीर' भन्दै प्रतिकार गर्ने बतायो। गत माघे संक्रान्तिमा सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमै अडेर वैद्य समूहले दबाबमूलक कार्यक्रम ल्याएको हो।
केन्द्रीय समिति बैठकले उक्त निर्णयसँगै पार्टीभित्रको अन्तर्संघर्ष व्यवस्थित गर्न भनेर नौबुँदे विधि पनि पारित गरेको थियो। त्यसमा असहमत विषयमा जानकारी गराएर विरोध वा फरक मत राख्न सकिनेलगायत विषय समावेश छन्।
अन्तरर्संघर्ष व्यवस्थित गर्न, नयाँ आधारमा नयाँ एकता कायम गर्न र बहसलाई निष्कर्षमा पुर्याउन भनेर पारित त्यो निर्णय र विधिलाई पार्टी र समग्र सत्तामा टिकिराख्ने साधनका रुपमा मात्र प्रयोग गर्न खोज्ने पुष्पकमल दाहाल-बाबुराम भट्टराई समूहको क्रियाकलापलाई अन्ततः वैद्य पक्षधरले सहन सकेन। परिणामतः त्यो समूह एक्लै भए पनि कार्यक्रम लिएर जाने घोषणा गर्न बाध्य भयो। वैद्य समूहका अनुसार पार्टीको नीति र विधिलाई प्रयोग गर्न खोज्दा प्रतिकार गर्ने भन्ने दाहाल-भट्टराई समूहको भनाइले पार्टी नीति र अवधारणाप्रति ऊ इमानदार छैन। यी दुवै विषय केलाउँदा के निष्कर्षमा पुग्न सकिन्छ भने माओवादीभित्र मौलाएको दृष्टिकोणको टकराव पार्टीकै नीति, अवधारणा, विधि र निर्णय कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयसँग सम्बन्धित छ।
पार्टी निर्णय कार्यान्वयन नगराउने पंक्तिको अग्रभागमा अध्यक्ष पुष्पकमल दाहाल नै उभिएका छन्। अहिलेसम्म उनले आफूलाई यसरी नै पुष्टि गरे। सहायक कारणहरु अरु पनि होलान् तर माओवादी विवादका मुख्य कारक दाहाल नै हुन्। विचारका हिसाबले अहिलेको बहस वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र प्रधानमन्त्रीसमेत रहेका अर्का उपाध्यक्ष बाबुराम भट्टराईबीच हो। तर दाहालको दोधारे शैलीले पार्टीभित्र चल्दै आएको दृष्टिकोणको बहस विवादमा रुपान्तरित हुनपुग्यो।
'हामी भिन्न धातु (दृष्टिकोण) ले बनेका मान्छे हौँ,' जनयुद्धकालभरि दाहालले बोल्ने वाणी हो यो। तर, अहिले दाहालको त्यो आफ्नै धातुमा खिया लाग्न थालेको छ। उनी त्यो बेला 'हामी रुँदैरुँदै हाँसेका छौँ, हाँस्दाहाँस्दै रोएका छौँ' भन्थे। कुनै हिन्दी चलचित्रको 'रोते रोते हँस्ना सिखो, हँस्ते हँस्ते रोना' भन्ने गीतबाट दाहालले उक्त भनाइ साभार गरेका हुन् भन्ने नबुझेर इमानदार कार्यकर्ताले 'प्रचण्डपथको नयाँ विचार संश्लेषण' भन्ने बुझे। आफ्नो सम्पूर्ण जीवन क्रान्तिमा सुम्पे। अहिले त्यसको वास्तविकता बुझेर होला, पश्चातापमा छन्। यति बेला दाहाल आफैँ मज्जाले हाँसिरहेका छन्, तर आफैँले बाँडेका सपना बीचैमा तुहाएर दुनियाँका छोराछोरी रुवाइरहेका छन्। शान्तिकालमा आएपछि उनी कहिलेकाहीँ रुन्थे। उनको त्यो रुवाइ यथार्थमा के उद्देश्यबाट प्रेरित थियो भन्ने कार्यकर्ताले मात्र होइन, दुनियाँले राम्ररी बुझिसकेको छ।
हुन त दाहाल हिजो के हुन्, र अहिले के हुँदैछन्, त्यो बाहिरका भन्दा माओवादीभित्रकै वैद्य-बादलहरुले बुझेका छन्। दाहाल र उनी पक्षधर समूहप्रति माओवादीबाहिरको तप्काले बुझ्ने र आलोचना गर्ने अनि भित्रकाले गर्ने उद्देश्य र शैली फरक छ। कहिलेकाहीँ भित्रकाले आलोचना गर्दा बाहिरका रमाउँछन्, बाहिरकाले आलोचना गर्दा भित्रकाको मन खिन्न हुन्छ। कारण, आलोचनाको नियत फरक छ। बाहिरकाले सिध्याउने गरी आलोचना गर्छन्, भित्रका स्थापित नेता कार्यकर्ता एवं शुभचिन्तकले गर्ने उनी र उनी पक्षधरको आलोचना अन्ततः रुपान्तरणका लागि हो।
अर्को गााँठी कुरा, अन्तर्संघर्ष उत्कर्षमा पुर्याएर भए पनि दबाबविना जनताका पक्षमा शान्ति वा संविधान दुवै नबन्ने भएकाले संघर्ष अनिवार्य छ भन्ने दृष्टिकोणलाई पार्टी नीति बनाउन वैद्य-बादल पक्ष सफल हुन्छ, तर कार्यान्वयन गर्ने बेला संस्थापनको पेलाइमा पर्छ। यसले मूल नेतृत्वप्रति आशंका र अविश्वास पैदा गर्छ। त्यही अविश्वास स्वरुप वैद्य-बादल पक्ष पार्टी निर्णयलाई एकलौटी भए पनि कार्यान्वयन गर्न खोज्छ, संस्थापनले रोक्न खोज्छ। यही फरक दृष्टिकोण र स्वार्थका कारण यति बेला माओवादी विवाद फेरि नयाँ स्तरमा चुलिएको छ।
माओवादीभित्रको विवादले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला, यो सार्वभौम प्रश्न हो। कतिपयले यसलाई नकारात्मकरुपमा व्याख्या गर्ने र आफ्नो पार्टीगत वा गुटगत स्वार्थमा बदल्ने प्रयत्न गरिरहेका छन्। परिवर्तनकारी तप्का, उत्पीडित, उपेक्षित समुदाय र वर्गले भने माओवादीभित्रको विवादबाट नयाँ चिजको जन्म हुने आशा पनि गरेका छन्। विवाद माओवादीभित्र मात्र होइन, बाहिर पनि छ। उदाहरणका लागि माओवादीले आगामी राज्यको शासकीय प्रणाली कार्यकारी राष्ट्रपतीय हुनुपर्ने भन्छ। कांग्रेसले यही संसदीय व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ भन्छ। यस विवादलाई स्वाभाविक ठान्ने र यसलाई बहस पनि ठान्ने तर पार्टीको आधिकारिक धारणामा अडिग हुनुपर्छ, जनआकांक्षासहित शान्ति र संविधान हुनुपर्छ भन्ने विषयमा चलेको बहसलाई नकारात्मकरुपमा मात्र हेर्ने चिन्तन सही होइन।
माओवादीभित्रको विवाद र बहसले राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजान फाइदा पुग्छ। किनकि, एक त अन्य दलहरुसँग राष्ट्रलाई नयाँ संरचनामा ढालेर नयाँ नेपाल बनाउने कुनै खाका छैन। दोस्रो, अहिले जेजति मुद्दा स्थापित छन् ती सबै माओवादीले विद्रोहमार्फत उठाएका हुन्। तर, शान्ति प्रक्रियासम्म सर्वसम्मत दृष्टिकोण र अवधारणाबाट अघि बढेको माओवादी पछिल्लो कालमा दाहाल-भट्टराई समूहले लचकताका नाममा संघर्षबाट स्थापित मान्यताहरु क्रमशः छाड्दै गएपछि फरक दृष्टिकोण जन्मिएको हो। सम्झौतामा लेनदेन त हुन्छ, संसदीय पार्टीहरु बढी लचक हुनुपर्ने हो, किनकि उनीहरुले अँगालेका नीति, अवधारणा र राजनीतिक प्रणाली असफल सिद्ध भइसकेका थिए। सायद जनताले पनि त्यही बुझेर हुनुपर्छ, संविधानसभाबाट माओवादीलाई सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गरे। नयाँ अवधारणाको प्रस्तावक माओवादी नै बढी लचक हुने तर असफल अवधारणाका हिमायती मानिनेहरु टसमस नहुने स्थितिले माओवादीभित्र विवाद नयाँ स्तरमा चुलिएको हो। अझ प्रस्ट शब्दमा भन्ने हो भने माओवादी विवादको असली कारक संसद्वादी दलहरु नै हुन्, जो परिवर्तित स्थितिमा राज्यको पुनर्संरचना होइन, मुलुकलाई यथास्थितिमै राख्न चाहन्छन्। वैद्य-बादलहरुले उठाएको विषय पनि यही हो। जस्तो, त्यस समूहले भन्छ, 'सामन्तवादको नाइके ढालिसक्यो, उसले बनाएको सांस्कृतिक संरचना पनि ढाल्नुपर्छ, वैदेशिक हस्तक्षेपमुक्त राष्ट्र निर्माण गर्नुपर्छ, त्यसैले सामन्तवाद र साम्राज्यवादविरोधी सारतत्व भएको संविधान निर्माण अहिलेको आवश्यकता हो।' अनि 'सामन्ती सत्तामा बनेको मुलुकको सुरक्षा नीति, संरचना र संस्कार भत्काएर त्यसको ठाउँमा आधुनिक नीति, संरचना र संस्कारसहितको सम्मानजनक शान्ति' भन्ने गरेको छ। त्यसो भए यो समूह कसरी शान्ति र संविधानको बाधक हुनसक्छ? यसको पुष्टि आरोप लगाउनेहरुले गर्न सकेका छैनन्।
माओवादी विवादको अर्को महत्वपूर्ण कारण भनेको शान्ति र संविधानबारे बनाइएको आफ्नै अवधारणाबाट माओवादीको दाहाल-भट्टराई समूह चिप्लिँदैछ। वैद्य-बादलहरु भने पार्टीको आधिकारिक अवधारणाअनुरुप शान्ति र संविधान निर्माण हुनुपर्यो भनिरहेका छन्। माओवादीले जनयुद्धमा जानुअघि मोहनविक्रम सिंहसँग यही दृष्टिकोणमा भिन्न भएर तत्कालीन एकता केन्द्र छाडी नेकपा (माओवादी) नामको नयाँ पार्टी निर्माण गरेको थियो। कतै यी दुई फरक दृष्टिकोणको टकरावले उत्कर्ष रुप लिएपछि जनयुद्धकालअघिको तत्कालीन एकता केन्द्रमा जस्तै अहिलेको माओवादीमा त्यही शंृखला (विभाजन) दोहोरिने त होइन भन्ने आशंकाहरु बढ्दै गएका छन्। यस आशंकाबाट तर्सिएर कतै 'माओवादी-कांग्रेसबीच पार्टी एकता' खोजेजस्तो (भलै त्यो सम्भव छैन) वैद्य-दाहालबीच एकता नहोस् भन्नेहरु पनि माओवादीभित्रै तमाम देखिन्छन्।
संसदीय राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यले हजारौँको त्याग र बलिदानबाट स्थापित दृष्टिकोणलाई साधनका रुपमा मात्र प्रयोग गर्न खोज्दा असन्तुष्ट पक्षले त्यसको रक्षाका लागि आफ्नै पार्टीभित्र आवाज उठाएको हो। यसलाई माओवादीको दाहाल-भट्टराई समूह र माओवादीइतर दलहरुले गम्भीरपूर्वक लिनु जरुरी छ। नयाँ राज्य संरचनासहितको जनपक्षीय संविधान र दिगो शान्ति स्थापनाका लागि एक कदममाथि उठ्दै नयाँ राष्ट्र निर्माणका लागि सहकार्य गर्नु सबै पार्टी र मुलुककै निम्ति श्रेयस्कर हुन्छ। त्यसले माओवादीभित्रको दृष्टिकोणको टकराव हल हुने मात्र नभई राष्ट्रले नै नयाँ नेपाल निर्माण गर्ने दीर्घकालीन दृष्टिकोण पनि पाउँछ।