संविधानसभाको चुनौती र जटिलता क्रमशः बढ्दैछ। संविधानसभाबाट संविधान बन्छ कि बन्दैन, बन्यो भने कस्तो बन्छ भन्ने जनताको जिज्ञासा र आशंका झन् बढेर गएको छ। संविधानसभाबाट कस्तो संविधान बनाउने र नेपाली क्रान्तिलाई कसरी पूर्णता दिने भन्ने विषयमा चलिरहेको बहस माओवादीमा उत्कर्षमा पुगेर पार्टी एकता र फेरि प्रधानमन्त्रीको राजीनामा मागसहित अगाडि बढेको छ।
निर्मम विचारधारात्मक संघर्षद्वारा हाँसिल एनेकपा (माओवादी) एकतालाई शान्ति र संविधानविरोधीका रुपमा अर्थ्याउने दुष्प्रयत्न पनि भएको थियो । संविधानसभाबाट कस्तो र कसको संविधान बनाउने? अधुरो नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने? यथार्थमा माओवादी एकता यिनै विषयसँग सम्बन्धित थियो। त्यसैले संविधानसभाबाट सामन्तवाद, साम्राज्यवादविरोधी जनताको संघीय गणतन्त्रमा आधारित संविधान बनाउनेमा कायम माओवादी एकता भएको थियो। फेरि विग्रहको संकेत देखिँदैछ। यसले संविधानसभा र नयाँ जनवादी क्रान्तिमा के कस्तो प्रभाव पार्ला? यो एकता कहाँसम्म जाला?
जनताको संघीय गणतन्त्रमा आधारित सामन्तवाद, साम्राज्यवादविरोधी सारतत्व भएको संविधानले मूलतः तीन प्रकारका असमान सम्बन्ध तोडेर नयाँ सम्बन्ध कायम गर्नुपर्छ। अर्थात् तीन प्रकारका असमान सम्बन्ध तोडेको संविधान नै जनसंविधान हुनेछ। पहिलो, जमिनमा कायम असमान सामन्ती सम्बन्ध, दोस्रो, अन्तर्राष्ट्रिय असमान विषेश सम्बन्ध, र तेस्रो एकात्मक सामन्ती राज्यको कारण आन्तरिकरुपमा कायम विभिन्न वर्ग जाति, लिंग, क्षेत्र र समुदायबीच उत्पीडनकारी दमनपूर्ण सम्बन्ध। हाम्रो विश्लेषणमा यी तीन असमान सम्बन्ध अन्त्य भयो भने नेपालको अर्धसाम्ान्ती र अर्धऔपनिवेशिक पुरानो ंंंउत्पादन सम्बन्धमा परिर्वतन हुन्छ। यही परिर्वतनलाई सम्बोधन गर्ने संविधान नै नयाँ नेपालको संविधान बन्छ। नेपालमा आजसम्म राज्य र जनताको मुक्तिका लागि जति पनि संघर्ष भए, तिनका न्यूनतम लक्ष्य र उद्देश्यमाथि उल्लेखित तीन प्रकारका असमान सम्बन्धको अन्त्य गर्नु हो। तर, जनताका संघर्षहरु जहिले पनि आफ्नो लक्ष्य, उद्देश्यमा नपुग्दै तुहिने गरेका छन्। अब संविधानसभाले जनताको क्रान्तिकारी संघर्षलाई सफलतामा पुर्याउँछ वा सम्झौताद्वारा फेरि तुहाउँछ, हेर्न बाँकी छ। हाम्रो प्रयास जनताको आन्दोलन संविधानसभामार्फत सफलतातिर अघि बढोस्, बीचमै नतुहियोस् भन्ने हो।
नेपालमा सबै राजनीतिक पार्टीहरुका साथै राजा महेन्द्रले पनि भूमिसुधारको नारा दिए। तर, व्यवहारमा कहिल्यै भूमि सुधार भएन। प्रारम्भमा जनताको क्रान्तिकारी भूमि सुधारको नारा र कार्यक्रम बोके पनि कालान्तरमा पार्टी र नेताहरुले आफ्नो पद, प्रतिष्ठा, सत्ता र कुर्सीका लागि भूमि सुधारको नीति र कार्यक्रम व्यवहारतः त्याग गर्ने गरेका छन्। संविधानसभाबाट बन्ने नयाँ संविधानले क्रान्तिकारी भूमिसुधारको व्यवस्था गरेर भूमिमा कायम असमान सामन्ती सम्बन्ध अन्त्य गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गम्भीर छ। जनयुद्धकालमा कब्जा जमिनको विषयलाई लिएर संविधान निर्माण कार्य नै प्रभावित हुने गरी पार्टीहरु द्वन्द्वमा छन्। कब्जा जमिन मालिकलाई फर्काउनैपर्ने र फर्काउनैहुन्न भन्नेको द्वन्द्वको सापेक्षिक हल गर्नमात्र होइन, दीर्घकालीन हिसाबले पनि त्यो कब्जा जमिन राज्यले लिएर व्यवस्थापन गर्नुपर्ने हो। किसानबाट जमिन खोस्दा वैकल्पिक व्यवस्था गर्नुपर्ने थियो। विडम्बना, वर्तमान सरकारले हठात जमिन फिर्ता गर्ने निर्णय गर्यो। नयाँ संविधानका लागि पार्टीहरुबीच सम्पत्तिको हदबन्दी नलाग्ने र राज्यले जमिन अधिकरण गर्दा मुआब्जा दिनुपर्ने सहमति भयो। यसले नयाँ संविधानमा भूमिसुधारको सुनिश्चितता हुनेमा गम्भीर प्रश्न खडा गरेको छ। परिणामतः माओवादी बहस सडकमै आयो। अहिले क्रान्तिकारी भूमिसुधारद्वारा भूमिमा रहेको असमान सामन्ती सम्बन्धको अन्त्य गर्ने नीतिमा माओवादी दृढ र एक रहेको पुनः स्पष्ट गरियो। यो कुरा नयाँ बन्ने संविधानले सुनिश्चित गर्नुपर्छ। त्यस्तै, दोस्रो असमान वैदेशिक सम्बन्धमा परिर्वतन हो। नयाँ बन्ने संविधानमा भारतलगायत अन्य देशहरुसँग भएका असमान सन्धि, सम्झौता खारेज गर्नुपर्छ। वैदेशिक ऋणलाई पनि खारेज गर्नुपर्छ। तर, यो परिर्वतित नेपालको आवश्यकता र जनताको अपेक्षाविपरीत भारतीय शासक वर्गले परम्परागत हैकम कायमै राखेको छ । उसले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा आफ्नो विषेश भूमिकाको माग गरेको छ। संविधानसभाबाट बन्ने नयाँ संविधानले प्रथमतः असमान अन्तर्राष्ट्रिय सम्बन्ध र जमिनको सम्बन्धलाई तोड्नुपर्छ। दोस्रो, आन्तरिकरुपमा शोषण, दमन र उत्पीडनमा पर्दै र पारिँदै आएका वर्ग, जाति, लिंग र क्षेत्रका जनतालाई राज्य सत्ताको अधिकारद्वारा सुसज्जित पार्दै एकताबद्ध बनाउनुपर्छ। सिद्धान्ततः यस विषयमा सबै राजनीतिक पार्टीहरु सहमत देखिए पनि अन्ततः भिन्न दुई वर्गीय दृष्टिकोण र राजनीतिक विचारको टक्कर परिरहेको छ। अन्ततः यो टक्कर पुरानो उत्पादन सम्बन्धमा सुधारात्मक परिर्वतन कि आमूल परिर्वतन भन्ने नै हो। अहिले शासकीय स्वरुप र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनपछिको बहस, विवाद र विभाजन यही वर्गीय टक्करको स्वाभाविक परिणाम हो। त्यसैले अर्धसाम्ान्ती र अर्धऔपनिवेशिक पुरानो उत्पादन सम्बन्धमा सुधारात्मक होइन, आमूल परिर्वतनको प्रतिनिधित्व गर्ने संविधान नै सामन्तवाद र साम्राज्यवादविरोधी सारतत्वको जनताको संघीय गणतन्त्रमा आधारित संविधान हो। यही संविधान निर्माणनिम्ति माओवादी एकताबद्ध भएको हो। यस एकतालाई शान्ति, संविधानविरोधी बनाएर संविधानसभा नै असफल बनाउने र त्यसको दोष माओवादीमाथि थोपर्दै प्रतिक्रान्तिकारी अधिनायकत्व लाद्ने षड्यन्त्रमा प्रतिक्रियावादी शक्तिहरु लागिपरेका छन्। अर्कातिर यस्तो जनसंविधान नबनेको खण्डमा माओवादी एकता पनि सिद्धान्तहीन एकतामा परिणत हुने देखिन्छ।
नेपालको शान्ति र संविधान अघि नबढ्नु तथा सफल नहुनुका प्रमुख तीन कारण छन्। नेपाल र नेपालका राजनीतिक पार्टीहरुले आत्मनिर्णयको अधिकार प्रयोग गर्ने स्वतन्त्रता प्राप्त नगर्नु। यो नेपाल अर्धऔपनिवेशिक अवस्थामा रहिरहनुको परिणाम हो। दोस्रो, संविधानसभा निवार्चनपछि माओवादीको पक्षमा देखिएको जनमतलाई संसदीय पार्टीहरुले अस्विकार्नु। संसदीय पार्टीहरुले संविधानसभा चुनावपछि माओवादीलाई साइजमा ल्याउने रणनीति अख्तियार गरेका छन्। माओवादीको प्रतिरक्षाका साधन (उसका राजनीतिक एजेन्डा र जनमुक्ति सेना ) खोस्ने नीति लिएका छन्। उनीहरुले यस रणनीतिमा परिवर्तन नगरेसम्म शान्ति र संविधानको काम सहजै अघि बढ्ने देखिन्न। तेस्रो र अन्तिम कारण भनेको माओवादीलगायत सबै राजनीतिक पार्टीहरुले संविधानसभाको चुनावलाई संसद्को चुनावजस्तो गरी बुझेर संविधानभन्दा सरकार प्राथमिकतामा पारेर जनताको भूमिकालाई बेवास्ता गर्नु हो र संविधानसभालाई जनताको संघर्षको साधन नभएर साध्य बनाउनु हो। यसको पछाडि मुख्यतः माओवादीमा संसदीय प्रभाव पर्दै गएको देखिन्छ। जनताको गणतन्त्रमा आधारित सामान्तवाद, साम्राज्यवादविरोधी संविधान बनाउने पार्टी नीतिले एकातिर नयाँ जनवादी क्रान्तिको रणनीतिको सेवा गर्छ भने अर्कोतिर पार्टीलाई संसद्वादविरुद्ध खडा गर्छ।
रणनीतिको सेवा गर्ने कार्यनीति र कार्यक्रममात्र वैज्ञानिक हुन्छ। रणनीतिबाट अलग्गिएको कार्यनीति र कार्यक्रम बन्यो भने त्यो विचलन हुन्छ। व्यावहारिक बन्ने नाममा पार्टी मदन भण्डारीको बाटो समात्न पुग्छ। नेपालका कम्युनिस्टलगायत राजनीतिक पार्टीहरु सुरुमा विचार र राजनीतिका लागि जीवन समर्पण गर्ने नीति अँगालेर देश र जनताको हितमा काम गर्न सफल भए पनि पछि व्यावहारिक बन्ने नाममा विचार र राजनीति जीवनका लागि भन्ने नीति अवलम्बन गरी देश र जनतालाई धोका दिने गरेका छन्। सिद्धान्ततः कानुनले क्रान्ति गर्दैन। त्यसैले संविधानसभाबाट जनताको गणतन्त्रमा आधारित संविधान बन्ने सुनिश्चित गर्न सकिँदैन। व्यवहारतः संविधानसभाको करिब चार वर्षको अनुभवले जनसंविधान बन्न प्रायः असम्भव छ भन्ने देखिएको छ। यस स्थितिमा शान्ति र संविधानका बाधक उपरोक्त तीन कारणहरुको निराकरण गर्न जनताको आन्दोलन विकास गर्ने पार्टी नीतिले नै क्रान्तिले कानुन बनाउने मालेमावादी विचारको प्रतिनिधित्व गर्छ। आन्दोलनमा पार्टी जति सशक्त र सफल हुँदै जान्छ, त्यति नै श्ाान्ति र संविधान सफल हुने सुनिश्चित हुन्छ।
लेखक एनेकपा (माओवादी) केन्द्रीय सदस्य हुन्।