गएको साता विहान आठ बजेसम्म झलमल्ल घाम लागेको थियो अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा। मौसम अचानक बदलियो र मुसलधारे पानी पर्न थाल्यो। उग्र जाडोले पुरै अछाम कठांग्रियो। अपराह्न तीन बजेतिर मौसममा सुधार आउँदासम्म वरपरका डाँडा हिउँले ढपक्क ढाकिएका थिए। यो अनौठो मौसममा सदरमुकाम मंगलसेन पुरै मदिरामय बनेको थियो। स्थानीय बासिन्दा मदिरा चिन्तनमा लिप्त थिए। जनप्रतिनिधिको वारेसका रूपमा स्थानीय विकास अधिकारीले बोलाएको जिल्ला परिषद्को बैठकमा प्रमुख राजनीतिक दलका नेता, स्थानीय संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका सदस्य र प्रतिष्ठितत बुद्धिजीवीहरू मदिराका बारे छलफल गर्दै थिए। अछाम जिल्लामा विगत पच्चीस वर्षदेखिको मदिरा निषेध जारी राख्ने कि नराख्ने? राजनीतिक दलका नेताका लागि यो निकै कठिन निर्णयको घडी थियो।
बाह्र वर्षको हिंसात्मक आन्दोलनका बेलादेखि जुवा र मदिराको कडा र सक्रिय विरोध गर्दैआएकोे देशको ठुलो राजनीतिक दल एनेकपा (माओवादी)का लागि यो ठुलो धर्म संकटको घडी थियो। यसका नेता ठाडै मदिरा निषेधको विरोध गर्नसक्ने अवस्थामा थिएनन्। मदिरालाई निषेध गरी रहनुपर्ने ठहर पनि थिएन उनीहरूको। जनताको मनःस्थितिअनुसार मदिरामाथिको नियन्त्रण यथावत् राख्नसक्ने अवस्थामा पनि थिएनन् उनीहरू। लोकतन्त्रको पक्षधर मानिने अर्को प्रमुख दल नेपाली कांग्रेसको अवस्था पनि माओवादीको भन्दा कम कष्टकर थिएन। मदिराको पक्षमा कसरी बोलौँ? नबोलौँ मार आफैँले खानुपर्ने भयो। मुखै फोरेर नबोल्दा पनि यी दुवै दलका नेता मदिरा निषेधको विपक्षमा उभिएको स्पष्टै देखिन्थ्यो। नेकपा (एमाले)को अवस्था भने यी दुवै दलहरूको भन्दा अलग मध्यमार्गी थियो। उसको नीति दोधारे थियो। मदिरा निषेध गर्दा पनि र नगर्दा पनि आफूलाई 'एडजस्ट'गर्ने नीति अख्तियार गरेको थियो उसले।
पञ्चायतकालीन शाही सरकारले २०४३ सालमा स्थानीय महिलाको मागअनुसार पुरै अछाम जिल्लामा मदिराको विक्री, वितरण र सेवन निषेध गर्ने निर्णय गरेपछि मानिसको मनमा गुम्सिन थालेको कुण्ठा २०६८ सालमा आएर एकैपटक विष्फोटक स्थितिमा पुगेको थियो। बजारमा शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनलाई हम्मेहम्मे परेको थियो। कुनै पनि बेला यहाँ गोली चल्न सक्छ – एकजना स्थानीय पत्रकार अतिरञ्जित वयान गर्दैथिए। स्थानीय व्यापार संघको अगुवाइमा मदिरा निषेध विरोधीहरू आन्दोलनमा थिए। जिल्ला परिषद्को बैठक चलिरहेको जिल्ला विकास समितिको भवन घेराउमा परेको थियो भने परिषद्को बैठकमा नेताहरू शारीरिक चलखेलको अवस्थामा पुगेका थिए। स्थानीय पत्रकारहरू टेलिभिजनका लागि 'ब्रेकिङ न्युज'को खोजीमा थिए। तर, नेताहरूले जत्तिकै गम्भीर र गरम बहस गरेपनि उनीहरू निरीह थिए। विडम्बना, नेपाली लोकतन्त्रमा जनप्रतिनिधि निर्णयको प्रमुख विन्दुमा थिएनन्। निर्णायक थिए, जिल्ला अधिकारी अर्थात् सीडीओ। स्थानीय चुनाव सम्पन्न भएर जनप्रतिनिधि सक्रिय भएको अवस्थामा होस् वा निर्वाचन नभएको अहिलेको अवस्थामा, केन्द्रीय सरकार नै आफ्ना कर्मचारीमार्फत् जनतामाथि प्रभावी हुँदैआएको छ। अछाम यसको अपवाद हुने कुरै भएन।
व्यापार संघका अध्यक्ष चन्द्र ढुंगानाले जिल्ला परिषद्को बैठकमा मदिराको नियन्त्रण कानुनसम्मत हिसावबले हुनुपर्ने तर्क राखेपछि जिल्ला प्रशासकले उनलाई 'तँ चुप लाग' भनेर अपमानजनक सम्बोधन गर्दा जनताको आत्मसम्मानको ठेकेदारी लिएका दलका नेताहरूको हाँसो गुन्जिएको थियो मंगलसेनमा। यस अपमानको विरोधमा भोलिपल्ट पुरै मंगलसेन र साँफेको बजार बन्द रह्यो, आन्दोलनकारीले मंगलसेन बजारको छेडोमा टायर सल्काएर विरोधको विधिवत् अनुष्ठान गरे। बन्दको साँझ मंगलसेन बजारमा निषेधित मदिराको खोलो बगाउने निर्णय गरेका थिए व्यापारीहरूले। यही सिलसिलामा बिहानैदेखि मंगलसेन बजारमा खपत भएका प्रतिबन्धित मदिराका हजारौँ बोतलहरू प्रदर्शन गरिए। यस प्रदर्शनले अछाममा मदिरा निषेध नौटंकीको पोल राम्रैसँग खोलिदिएको थियो। जिल्ला परिषद्को बैठकमा जिल्ला अधिकारीले मदिरा निषेध कायम राख्ने एकलकाँटे निर्णय गरेपनि बन्दको साँझदेखि नै कानुनसम्मत रूपमा मदिराको व्यापार सुरुगर्ने मनःस्थितिमा थिए व्यापारीहरू। देशमा पहिलो र दोस्रो जनआन्दोलन भएर कानुन नियममा मौलिक परिवर्तन भइसक्ता पनि २०४३ सालमा मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा मदिरा निषेध कायम राख्नुको कुनै तुक थिएन।
पच्चीस वर्षअघि महिलाहरू मदिरा सेवन गर्ने मर्दहरूबाट पीडित थिए भने यतिबेला मदिरा निषेधको नीतिबाट पनि तिनै महिला पीडित थिए। जति निषेध गरेपनि मर्दहरूको मदिरा सेवन बढ्दो गतिमा थियो। बरु विकृति नै बढी थपिँदै गएका थिए। अवैधरूपमा बनाइएका विषालु मदिराको सेवन बढ्दो क्रममा रहेकाले यसलाई निषेध होइन, कानुनी रूपले नियन्त्रित गर्नु आवश्यक थियो। त्यसैले पनि महिला मदिरा निषेधविरुद्ध उभिन बाध्य भएका थिए।
अछाममा मदिरा निषेध आचरणसँग होइन आम्दानीसँग जोडिएको छ। खुला बजारमा सय रुपियाँमा पाइने सामान्य रक्सीको बोतल कालो बजारमा पाँचसयमा विक्री हुनेगरेको छ। स्थानीयरूपमा उत्पादित रक्सी प्रतिगिलास सय रुपियाँ तिरेर पिउनेको संख्या हजारौँ छ। मदिराको पुरै बजार काला बजारिया र प्रशासनको मिलेमतोमा चलेको छ। मदिराबाट उठ्ने करौडौँको राजस्वबाट सरकार ठगिएको छ भने प्रशासक, कर्मचारी र प्रहरीका लागि तगडा आयस्रोत बनेको छ अवैध मदिरा। मंगलसेन डाँडाको टुप्पोमा बसेका अधिकृत कर्मचारी चौबिसै घन्टा मदिराको मातमा लटि्ठएका भेटिन्छन्। बजारमा निषेधित मदिरा पिउनेको लुकामारी चलिरहेको हुन्छ। सदरमुकाममैै मदिराको यति चर्को चलखेल छ भने अछामका दुर्गम गाउँहरूको स्थिति कस्तो होला भनेर कल्पना नै किन गर्नु र?
दुर्गम हुनुको व्यथा पनि यही हो। जनताले सरकारका नाममा अनेक प्रकारका आदेश र निषेध मान्नैपर्ने, आधारभूत सेवा र सुविधामा भने बिजोग बेहोर्नैपर्ने। कुरा संघीयताको गर्नुपर्ने, निर्णयजति केन्द्रले नै गर्नुपर्ने। विकासका कुरा त गर्नु नै परेन। एक दशकअघि यो स्तम्भकार मंगलसेन पुग्दा बजारको जुन अवस्था देखेको थियो, अहिले पनि त्यही अवस्था छ। फरक यत्ति हो! मंगलसेन कालोपत्रे सडकहरूको राष्ट्रिय सञ्जालसँग जोडिएको छ। सुविधा थपिएका छैनन्, बरु घटेका छन्। दरिद्र नारायणहरूको संख्या चर्कोरूपमा बढेको छ। लोकतन्त्र गणतन्त्र आएको छ र पनि जनताको हैसियत रैतीबाट माथि सरेको छैन। ती रैती थिए र रैती नै छन्। कांग्रेसका गोविन्दबहादुर शाह हुन् कि माओवादीका अक्कलबहादुर रावल, राजनीतिक दलका नेताहरूको हैसियत जिल्ला प्रशासकको भन्दा माथिल्लो तहमा उक्लिएको छैन। प्रशासनको कोपमा परियो भने चुनाव क्षेत्रै प्रभावित हुन्छ। जनमतको अर्थतन्त्र डगमगाउँछ। त्यसैले प्रशासनसँग समावेशी हुनुको विकल्पै छैन राजनीतिक दलका नेताहरूसँग।
अछाम होस् या असन, मानसिकताका हिसाबले सामाजिक परिवर्तन उल्टो गतिमा चलेको छ। राज्यको एकमुष्ठ पुनर्संरचना खोज्ने माओवादी र लोकतान्त्रिक सुधारको नारा दिने कांग्रेस दुवै प्रमुख शक्तिहरू चुकिसकेका छन्। देशको अकिञ्चन जनता यो यथार्थसँग अपरिचित छैनन्। तर, के गर्ने? अहिलेका लागि यो विडम्बना सहनुको विकल्प पनि त छैन।