संविधानसभाको थपिएको म्याद सकिन पनि साँडे दुई महिनामात्र बाँकी छ। विसं २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रूपमा शान्ति र संविधान प्राप्त हुने जनताको आशा बिस्तारै निराशामा परिणत हुन थालेको छ। हुनत, अझै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तोकिएकै समयभित्र शान्ति र संविधानको कार्यभार पुरा गर्ने रटान छाडेका छैनन्। यसै अझै केही यही रटान नेपालीले सुनिरहनु पर्ने निश्चित प्रायः छ। जनतामा भने देशको राजनीतिक भविष्य र सम्भाव्य निकास कस्तो होला भन्ने विषयमा बढी चासो देखिएको छ।
संविधानसभाको निर्वाचन भएको साँडे चार वर्षभन्दा बढी हुँदा पनि किन संविधान बन्न सकेन। कहाँ गल्ती भयो? कस्ले गल्ती गर्यो? जनादेशको उपेक्षा किन गरियो? जनतालाई किन धोका दिइयो? भन्नेजस्ता यावत् प्रश्न अहिले उठेका छन्। तिनको जबाफ कसले दिने हो? एकअर्काको टाउकोमा दोष थुपार्ने त धेरै देखिएका छन् तर यी प्रश्नको सही उत्तर दिन भने कोही तयार देएनन्।
संविधानका मुख्य बँुदाहरूमा सहमति नभएको मात्र होइन कतिपय विषयमा त सहमतिको संभावनै देखिँदैन । शान्ति प्रक्रिया रणनीतिक दाउ पेचमा सीमित हुन पुगेको छ। संघीयताको विषय जटिलतर हुँदै गएको छ। यस्तो अन्योलबाट देशलाई मुक्त गर्ने विषयमा भने जिम्मेवार व्यक्तिहरूमा खासै चासो र चिन्ता देखिँदैन।
संविधानसभाले मुलुकलाई राजनीतिक निकास दिन सकेन। संघीयता नेपाली समाजका लागि अहिले सहज स्वीकार्य बन्न सकेको छैन। दोस्रो जनआन्दोलनको उपलब्धि शान्ति र संविधानलाई संस्थागत गर्ने कार्य नेपालका राजनीतिक दलका प्राथमिकतामा परेनन्। किन? किनभने संविधानसभा र संघीयता नेपाली जनताको आफ्ना खेती थिएनन्। अन्तै, उत्पादित वस्तु नेपालको माटोमा फल्न सक्छ कि सत्तै्कन भनेर यिनको बीजारोपण गर्नुअधि नेपाली माटोको परीक्षण पनि गरिएको थिएन। फलस्वरूप यी दुवैले जरा गाड्न नसके पनि कोही जिम्मेवार भएनन्। त्यसैको प्रतिफल नेपाली राजनीति झन्झन् जटिलतातिर उन्मुख भएको छ।
मूलतः नेपालका राजनीतिक दलका नेता पार्टीको सिद्धान्तप्रति इमानदार नहुँदा आजको परिस्थिति निर्माण भएको हो। मुलुक र जनताका लागि दलका नेताहरूको सत्ता दाउपेचको कौशल हैन सैद्धान्तिक पहिचान र अडान महत्वपूर्ण हुन्छ। मूलतः नेपाली कांग्रेसले सत्ता मोहका कारण आफ्नो पहिचान र अडान राख्न नसकेकाले अहिलेको अवस्था उत्पन्न भएको हो। आफ्नो सैद्धान्तिक अडानमा अडिने हो भने कांग्रेसले संसदीय प्रजातन्त्र छोड्न सत्तै्कन। कांग्रेस नेतृत्वलाई अडान छाडेर माओवादीसमक्ष आत्मसमर्पण गर्ने अधिकार पनि हुँदैन। संसदीय व्यवस्था छाड्ने हो भने कांग्रेसले महाधिवेन बोलाउनु पर्छ। तर, संविधानसभाको बाँकी अवधि अर्थात् दुई महिनाभित्र महाधिवेशन बोलाउन संभव छैन। एनेकपा (माओवादी) संसदीय व्यवस्थामा आउन सत्तै्कन। उसले संसदीय व्यवस्थालाई अस्वीकार गर्ने घोषणा गरिसकेको छ। यस अवस्थामा कसरी २०६९ जेठ १४ गते भित्र नयाँ संविधान पारित हुने सम्भावनै देखिँदैन। यस्तै, कांग्रेस जातीय आधारमा संघीयतामा जान सत्तै्कन भने माओवादीलगायत अरू दल र दबाब समूहका कारण जातीय आधार नलिई संघीयतामा जाने संभावनै देखिँदैन। यस्तो अवस्थामा पनि तोकिएको मितिभित्र संविधान बन्छ भने जनतालाई कति दिन ढाँटने? नेपालका प्रमुख राजनीतिक दलहरूबीच विद्यमान वास्तविक अन्तरद्वन्द्व यही हो तर यसैलाई दलका नेताहरू स्पष्टसँग प्रकट गर्न खोज्दैनन्। यही कारणले स्थिति जटिल हुँदै गएको हो।
अर्कातिर, बाँकी अवधिभित्र पनि संविधान बन्न सकेन भने देश गहिरो संकटमा फस्नेमा विवादै छैन। सबै दलका शीर्ष नेताहरू स्वयंले पनि यही भन्दैआएका छन्। देश संकटमै फस्यो भने त त्यसको जिम्मेवारी पनि कसै न कसैले त लिनुपर्छ। यसैले नेपाली जनतालाई मुलुकको अहिलेको अवस्थाका लागि को जिम्मेवार हा भन्ने स्पष्ट जबाफ दिनु जरुरी छ।
नेपाल नालायकहरूको देश हैन। निकट विगतमै पनि पनि नेपालको राजनीतिमा नेपाली कांग्रेसको नेतृत्वमा जति परिवर्तन र उपलब्धि विश्वका बिरलै नेता वा दलले गर्नसकेका छन्। कांग्रेसकै नेतृत्वमा हुकुमी राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र २३८ वर्ष पुरानो राजतन्त्र समाप्त भएको हो। यस्तै १२ वर्षसम्म सशस्त्र विद्रोहमा संलग्न माओबादीलाई राजनीतिक मूल प्रवाहमा ल्याउने कार्यमा पनि कांग्रेसकै नेतृत्व थियो। संविधान सभामार्फत देशको भाग्य निर्धारण गर्ने संविधान बनाउने २००७ सालदेखिकै नेपाली जनताको धोको पुरा गर्न पनि कांग्रेसकै नेतृत्वमा संविधानसभाको निर्वाचन भयो। कांग्रेसकै नेतृत्वको सरकारले देशलाई संघीयतामा लैजाने संझौता मधेसवादी दललगायत जनजातिका प्रतिनिधिहरूसंग गरेको हो। यति धेरै काम एउटै दलले गरेको इतिहास विश्वमै छैन। तैपनि, कांग्रेस आज नेपाली राजनीतिमा भूमिकाविहीन बन्न पुगेको छ। संविधानसभा निर्वाचनपछिका चार वर्षमा चारैओटा सरकार बने। तरर सबैको नेतृत्व कम्युनिस्टहरूले दलले गरे। कांग्रेसले जति लोभ गरे पनि सरकारको नेतृत्व गर्नु त परै जाओस् सम्मानपूर्वक सहभागी हुने अवसर पनि पाएन। नेपाली राजनीतिमा परिवर्तनको सधैँ नेतृत्वगर्ने कांग्रेस यस्तो अवस्थामा पुग्नुको सही कारण खोजिएमात्र कांग्रेस सुधि्रन र र नेपाली राजनीतिले निकास पाउन सक्छ।
संविधानसभाको प्रयोग विफल भयो भने त्यसको माओवादीलाई जाँदैन। संविधानसभा लोकतान्त्रिक अभ्यास हो तर माओवादीले कहिल्यै पनि बहुदलीय लोकतन्त्रप्रति प्रतिबद्धता प्रकट गरेकै छैनन्। उनीहरूलाई कसरी जिम्मेवार बनाउने? जसरी पनि सत्तामा जानेबाहेक अरू सिद्धान्त र दृष्टिकोणै स्पष्ट नभएको नेकपा (एमाले) लाई कसरी जिममेवार ठान्ने? त्यसैले नेपाली कांग्रेस जसको अगुवाईमा २०६२ र ०६३को आन्दोलन यसैले संविधानसभाको प्रयोग विफल भए त्यसको दोष त सत्ताका मोहामा वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रिय मेलमिलाप अपव्याख्या गर्ने र पार्टीको स्थापनाकालदेखिको नीति र सिद्धान्तविपरीत जाने नेपाली कांग्रेसलाई नै जान्छ। आन्दोलनका नायक गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न। उहाँको मूल्यांकन इतिहासलाई छाडौँ। तर सैद्धान्तिक विचलनका यावत् क्रियाकलापका सहनायक र खलनायक भने अहिले पनि सक्रियै छन्। सत्ता टिकाउन जोसँग जे सम्झौता पनि गर्नेहरूको अनुहार जनताले उतिबेला टीभीमा देखेका थिए। अहिले पनि बिर्सेका छैनन्। गिरिजाबाबु बेलुका ५ बजेपछि प्रायः निर्णय गर्नसक्ने अवस्थामा हुनुहुन्न भन्ने थाहा पाईपाई सधैँ आधा रातमा सम्झौता गराउने र पार्टीको अधिकार कार्य समितिबाट सभापतिलाई प्रत्यायोजन गराई सभापतिबाट भएको निर्णय भनेर कार्य समितिमा अनुमोदन गराउनेहरू अहिले पनि छँदैछन्। कार्य समितिकै निर्णयको मसी सुक्न नपाउँदै त्यसको ठिकविपरीत संझौता गरी देशलाई आजको अवस्थामा पुर्याउने कांग्रेसका ती सहनायक र खलनायकले संविधानसभाको असफलताको दोष बोक्नुपर्छ।
समग्र परिस्थिति विश्लेषण गर्दा नेपाली कांग्रेसमा आएको सैद्धान्तिक विचलनकै कारणले आजको परिस्थिति उत्पन्न भएको निष्कर्ष निस्कन्छ। अरू दललाई दोष दिने धेरै ठाउँ देखिँदैन। मूलतः सत्ता मोहका कारण कांग्रेसले संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई उपेक्षा गरेकाले पार्टी र देश दुवैको अस्तित्व संकटमा परेको हो।
नेपाली कांग्रेस प्रजातन्त्रवादी पार्टी हो। कांग्रेसले सत्ताभन्दा सिद्धान्तलाई प्राथमिकता दिनुपर्छ भन्ने पाठ वीपीले सिकाउनु भएको थियो। राष्ट्रियतालाई सबैभन्दा महत्व दिनुपर्ने शिक्षाको त वीपीले उदाहरणै प्रस्तुत गर्नु भएको थियो। नेपालका विवादहरूको समाधान नेपालभित्रै खोजिनुपर्छ भनेरै वीपी कोइराला आफुमाथि आठआठ मृत्यु दण्ड हुनसक्ने मुद्दा लाग्दा पनि २०३३ साल पौष १६ गते देशभित्र फर्कनुभएको थियो। यसैगरी वीपीले राष्ट्रवादी र प्रजातन्त्रवादीबाहेक कांग्रेसले अरूसँग सहकार्य गर्नुहुँदैन भन्नुभएको थियो। तर, सत्ता मोहमा हामीले यी सबै बिर्स्यौँ। देशको राजनीतिक दिशा तय गर्न दिल्ली गएर १२ बँुदे सम्झौता गर्यौँ। आजको राजनीतिको यो परीणामको कारण त्यहि थियो। त्यस सम्झौताको विषय वस्तुका बारेमा विमति नभए पनि त्यसको उपलब्धि दिल्ली संझौताको विरोध गर्ने नेपालका कम्युनिस्टहरूलाई जबाफ दिनेबाहे सिवाय अरू केही भएन। किनभने संझौताको थालनी नै गलत ठाउँमा भयो। सुरुआतै गलत भएपछि परिणाम राम्रो नहुने नै भयो। बाटै बिराएपछि गन्तव्यमा कसरी पुग्नु? जेहोस्, भइसकेका गल्ती हुनै नदिन सकिँदैन। त्यसबाट हुने क्षति कम गर्ने प्रयास चाहिँ गर्न सकिन्छ।
दुई वर्षको जनादेश पाएको संविधान सभाले पाँच वर्षमा पनि संविधान बनाउन सकेन। यसैले संविधानसभाको प्रयोग असफल भएको स्वीकार्न हिचकिचाउनु हुँदैन। अब जेठ १४ नजिकिँदै गर्दा असफल सिद्ध संविधानसभाको म्याद थप्न हैन विफलता स्वीकार गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तत्पर हुनुपर्छ। साथै, राजनीतिक दलहरूको साख जोगाउन र संविधानसभाबाटै संविधान निसृत भएको देखाउन सानो समिति बनाउनु उचित देखिन्छ। असफल सिद्ध संविधानसभाकै अर्काे निर्वाचन गर्नु तर्कसंगत हुँदैन। यसै पनि अहिले ६०१ जना सभासद देखाउने दाँतमात्र भएका छन्। सबै निर्णय त ठुला दलका शीर्ष नेताहरूले नै गर्ने गरेको नेपाली जनताले थाहा पाइसकेकै छन्। त्यसैले संविधानसभाले प्रमुख तीन दलका शीर्ष नेताहरू, संयुक्त मधेसी मोर्चाका प्रतिनिधि, साना दलहरूका प्रतिनिधि, सभामुख र उपसभामुख रहेको समिति निर्माण गरेर त्यसैलाई संविधान पारित गर्ने अधिकार दिनु उचित हुनेछ। यो लोकतान्त्रिक र तर्कसम्मत उपाय हुनसक्छ। संविधान निर्माण कार्यकोे जिम्मा त्यही समितिलाई दिई संसद्को निर्वाचन गरेर देशलाई संकटबाट बाहिर निकाल्न सकिन्छ। नत्र, देशलाई यस जटिलता संकटबाट मुक्त गर्न कठिन हुनेछ।