नारामा सीमित सुशासन
०१ चैत्र २०६८
•
१७ मिनेट पाठ
नारामा सीमित सुशासन
हिजोआज ‘सुशासन' नेताको भाषण, कर्मचारीको गफ, दाताहरूको सर्त र गैरसरकारी संस्थाको मागी खाने विषय भएको छ। विडम्बना, यी सबैले बुझ्ने सुशासनको अर्थमा भने समानता हुँंदैन। राज्य र सरकारका लागि समाजमा आफ्नो इच्छा लाद्ने काम सुशासन हो। निजी क्षेत्रको लागि सरकार दुब्लो र खोक्रो हुनु सुशासनको विशेषता हो। दाताहरूका लागि आफ्ना एजेन्डा र आग्रह लाद्ने माध्यम हो भने गैरसरकारी संस्थाहरूका लागि सरकारको सत्तोसराप गर्दै खोट देखाउने काम गर्न पाउनु वास्तविक सुशासन हो। कर्मचारीतन्त्रका लागि भने आफ्नो विद्वता छाँट्ने र आफु निकटका विज्ञहरूको सहभागिता गराउनु सुशासन हो। यस शब्दको जसरी दुरुपयोग गरिदैँछ त्यसलाई हेर्दा यसले आफ्नो मूल अर्थ नै गुमाउने डर देखिन्छ। वास्तवमौ ‘सुशासन' अहिले जसको टाउकोमा लगाए पनि मिल्ने टोपजस्तै भएको छ।
सुशासन सरकारको वैधानिकता सिद्ध गर्ने अभ्यास हो। यसले विशेषगरी सरकार र नागरिकहरूबीच असल सम्बन्ध स्थापित गर्छ। नागरिकहरूले राज्यलगायत सबै सार्वजनिक संस्थाहरूमा अपनत्व वा स्वामित्व महसुुस गर्ने र सार्वजनिक काम कारवाही पारदर्शी हुने तथा जनताका नाममा काम गर्नेहरू जनताप्रति उत्तरदायी हुने व्यवस्था सुशासन हो भन्न सकिन्छ। सरल अर्थमा सुशासन ‘रामराज्य' हो। राज्यका कामहरूको सबभन्दा उत्तम व्यवस्थापन सुशासन हो। यसका पात्रहरू राज्यका साथै नागरिक समाज, निजी क्षेत्र, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सामाजिक उत्तरदायित्व लिने सवै संस्था हुन्। शासनलाई सरकार एक्लैले हाक्न खोज्दा भएको असफलताले निजी क्षेत्रको आर्थिक शक्ति, सरकारी क्षेत्रको नियमन वा भयशक्ति र नागरिक समाजको सामाजिक ऊर्जा परिचालन शक्तिको साझेदारी र सहकार्यबाट मात्र सुशासन कायम हुनसक्छ भन्ने मान्यतामा यो अवधारणा आएको हो। त्यसैले ‘सुशासन' समाजका सवै क्षेत्रको साझा जिम्मेवारी हो। राज्य र सरकार यसका प्रमुख पात्रमात्र हुन्। सुशासनका लागि अति आवश्यक मानिने शासकीय गुण
(गभर्मेन्टालिटी) लाई आन्तरिकीकरण गरेर यसका लागि वातावरण सिर्जना गर्नु भने सरकारकै जिम्मेवारी हो।

नेपालमा नयाँ सरकार बन्नासाथ सुशासनको चर्को नारा दिने परंपरै बसेको छ। तर, सुशासनका खम्बा मानिएका पारदर्शिता र उत्तरदायित्व, जनताको स्वामित्व, समता र कार्यकुशलतालाई भने झन् झन् पारिएको देखिन्छ। सरकार हाँक्ने दलहरूकै काम कारवाही, आर्थिक क्रियाकलाप कति पारदर्शी छन् भन्ने च विगतका केही समाचारहरू हेरे स्पष्ट हुन्छ। दलहरू आफ्ना आर्थिक विवरण सार्वजनिक गर्दैनन्। सरकारी निकायका क्रियाकलाप अझ पनि पूर्ण पारदर्शी भएको पाइँदैन। सार्वजनिक पदमा आसीन हुनेहरूको उत्तरदायित्व परीक्षण गर्ने संयन्त्रहरू प्रभावहीन र कमजोर भइरहेका छन्। जनप्रतिनिधिको तर्फबाट उत्तरदायित्व परीक्षण गर्ने संसदीय समितिमा आफ्नो जिम्मेवारी वहन गर्नुभन्दा कार्यकारीले गर्ने काममा हात हाल्न बढी रुचि देखिएको छ। संवैधानिक निकायहरू नेतृत्वविहीन राखिएका छन्। लोकतान्त्रिक शासन व्यवस्थामा सरकार यिनै निकायहरूबाट नियन्त्रित र सन्तुलित हुनुपर्छ। यी निकायमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, निर्वाचन आयोग, लोकसेवा आयोगलाई लामो समयदेखि नेतृत्वविहीन अवस्थामा राखिएको छ। यी निकायका सुझावलाई समेत सरकारले उपेक्षा गर्ने गरेकाले प्रभावहीन हुँदैगएका छन्। हालै लोकसेवा आयोगको परामर्शविपरीत निजामती सेवा ऐन संशोधनको विधेयक व्यवस्थापिका संसद्मा पेस गर्नु यसको पछिल्लो उदाहरण हो। सार्वजनिक सेवा वितरणमा जनताको संलग्नता र स्वामित्व बढाउन उपभोक्ता समिति, संचालक समिति, व्यवस्थापन समिति आदि नाममा गठन गरिएका संस्थाहरू पूर्णरूपमा राजनीतिक दलहरूबीचको भागबन्डामा परेका छन्। केही दिनअघि मेलम्ची खानेपानी आयोजना स्थलका जनताले यसका विरुद्धमा विद्रोह गरी निर्वाचन गराएको समाचार चाखलाग्दो छ। सुशासनको लागि अति आवश्यक तत्वका रूपमा रहेको ‘विधिको शासन' को अवस्था ‘शक्तिको शासन' जस्तो देखिएको छ। निर्माण गर्ने र कार्यान्वयन गर्नेहरूबाटै कानुन तोडिने गरिएको छ। न्याय र निष्पक्षता, मान्य प्रक्रिया भताभुंग पारिएपछि ‘विधिको शासन' कसरी संभव हुन्छ र? यी र यस्तै प्रवृत्तिले ‘सुशासन' नेताहरूको भाषणमा सीमित छ।
नेपालमा सुशासनको माथि गरिएको चित्रण कुनै आग्रहवश गरिएको होइन र नकारात्मक विश्लेषण पनि होइन। यो तथ्य, घटनाक्रम र जनताका अनुभूतिमा आधारित छन्। विश्व बैंकको ‘गभर्नेन्स इन्डिकेटर' ले विश्वका विभिन्न मुलुकको ‘सुशासन'को स्थिति विश्लेषण गर्न छ वटा परिसूचक विकास गरेको छ। बैंकको पछिल्लो प्रकाशन ‘गभर्नेन्स इन्डिकेटर, २०१०' मा नेपालको स्थिति अत्यन्त कमजोर देखाइएको छ। नेपालको प्राप्तांक ‘आवाज र उत्तरदायित्व' मा ३०.५, राजनीतिक स्थिरतामा ५.७, ‘सरकारी प्रभावकारिता' मा २५.४, ‘नियमनकारी गुण' मा २४.४, ‘विधिको शासनमा' १६.१ र ‘भ्रष्टाचार नियन्त्रण' मा २८.७ देखाइएको छ। दस वर्षअघि सन् २००० को प्रतिवेदनमा यिनै परिसूचकहरूमा नेपालको अंक क्रमशः ४३.८, १२, ३७.१, २७.९, ४१.६ र ३३.२ थियो। यसबाट नेपालको ‘सुशासन'को अवस्था झन् खस्किदै गएको सिद्ध हुन्छ। अझ विचारणीय पक्ष त के छ भने सबभन्दा बिग्रिएको परिसूचकहरूमा ‘राजनीतिक स्थिरता' र ‘विधिको शासन' देखिएको छ। आफ्ना दलका कार्यकर्तालाई कानुनै नलाग्ने र उनीहरूका सबै अपराधहरू माफी दिने सरकारमा रहनेहरूको मानसिकता यसमका लागि दोषी छ। त्यस्तै कुनै पनि सरकारलाई वर्ष दिन पनि काट्न नदिने राजनीतिक अभ्यास पनि यसको लागि उत्तिकै दोषी छ।
वर्तमान सरकार गठन भएपछि ‘सुशासन कार्ययोजना, २०६८' घोषणा गरिएको छ। चार ‘स' अर्थात शान्ति, संविधान, सुशासन र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएको सरकारले सुशासन सम्बन्धी कार्ययोजना जारी गरेर सतहमा हेर्दा राम्रै काम गरेको छ। मुख्य नतिजा क्षेत्रको मापनयोग्य सूचक बनाइनु र त्यसको आधारमा अनुगमनको व्यवस्था गर्नु यसको प्रशंसनीय पक्ष मान्न सकिन्छ। अझ ‘जनतासँग प्रधानमन्त्री' कार्यक्रम सरकारलाई जनउत्तरदायी बनाउन नवीन प्रयोग मान्न सकिन्छ। कार्ययोजनाका अन्य व्यवस्था हेर्दा भने कुनै नवीन सोच देखिएन। कुनै न कुनै नाममा पहिलेका सरकारले कार्यान्वयनमा ल्याइसकेका नीति, कार्यक्रमलाई नयाँ शब्दावलीमा प्रस्तुत गरिएको छ। कुनै पनि सरकारले काम सुरु गर्नासाथ ल्याउने गरेको सार्वजनिक खर्चमा मितव्ययिता, आचारसंहिता, तत्काल सहुलियत कार्यक्रम, जनगुनासो व्यवस्थापन, भ्रष्टाचार नियन्त्रणजस्ता विषयदेखि लिएर निजामती प्रशासनभित्र बढी नै विवादमा पर्दै आएको निजामती सेवा ऐनको २४ घ १ को स्वतः बढुवा जस्ता विषयलाई मुख्य नीतिमा राख्नु यसको कमजोर पक्ष हो। अझ आगामी दिनमा कार्यान्वयन गरिने सुशासन सम्बन्धी क्रियाकलापहरूको अध्ययन गर्दा यो राजनीतिक प्रचारवाजीबाहेक केही नभएको स्पष्ट हुनेछ। यसमा समावेश गरिएका एकीकृत सेवा केन्द्रको स्थापनादेखि सहकारी पसलको व्यवस्थामा कुनै नयाँ अग्रसरता हो र?
यस कार्ययोजना समग्रमा अध्ययन गर्दा पुरानो ‘राज्यकेन्द्रित (स्टेट् सेन्ट्रिक) सुशासन' को अवधारणामा आधारित देखिन्छ। आधुनिक सुशासन समाज वा नागरिक केन्द्रिीत हुनुपर्छ। सरकारी एकलौटीको विकल्पका रूपमा आएको सुशासनको अवधारणाले नागरिक समाज र निजी क्षेत्रलाई समेट्न सक्नुपर्छ। सुशासन थाँक्रो जस्तै हो जहाँ समाजका सबै संस्थारूपी लहरा लहराउन पाउँछन्। तर, कार्ययोजनामा भने सबै ठेक्का सरकारले लिन खोजेको देखिएको छ। अनुगमन संयन्त्रमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र गृह मन्त्रालयका प्रतिनिधि रहेको संयुक्त अनुगमन समितिको व्यवस्था गरिएको छ। सेवाग्राहीहरूको प्रतिनिधित्व रहने सामाजिक लेखापरीक्षणको व्यवस्था भएको भए अनुगमन मूल्यांकनमा उनीहरूको भावना प्रतिविम्बित हुन सक्थ्यो। सुशासन ऐन र नियमावलीमा व्यवस्था गरिएको क्षेत्रीय र जिल्लास्तरीय अनुगमन समितिमा बरू एक जना भएपनि नागरिक समाजको प्रतिनिधि रहेकोमा यो कार्ययोजना त्यति पनि उदार हुन सकेको देखिएन।
कार्ययोजनाका अन्य केही व्यवस्था सुशासन ऐन र नियमावलीले गरेको विद्यमान व्यवस्था जत्तिपनि उपभोक्ता केन्द्रित देखिँदैन। सुशासन ऐन र नियमावलीमा सबै सेवाप्रवाह गर्ने कार्यालयमा नागरिक बढापत्रअनुसार काम नगरेमा क्षतिपूर्ति दाबी गर्न पाउने प्रावधान रहेको थियो। कार्यान्वयन नगर्नु सरकारकै कमजोरी भएपनि कानुनी व्यवस्था राम्रो थियो। तर, नयाँ कार्ययोजनाले तोकिएको क्षेत्रमा मात्र क्षतिपूर्तिसहितको नागरिक बढापत्रको व्यवस्था गरिने उल्लेख गरेर सुशासन ऐन र सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थालाई नै संकुचित बनाउन खोजेको
छ। त्यस्तै प्रत्येक महिना ‘शिष्टाचार अभियान' संचालन गरिने भनिएको छ, जुन हास्यास्पद देखिन्छ। सेवाग्राही मैत्रीवातावरण महिनामा एक दिनमात्र हुने र बाँकी दिन यस्तो व्यवहार नहुने अर्थ लाग्ने गरी प्रावधान राख्न हुँदैनथ्यो। क्षेत्रीय प्रशासन कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने व्यवस्थाले शान्ति सुरक्षा कायम गर्ने गृह मन्त्रालयको जिम्मेवारीमा आदेशको एकता नभई थप भद्रगोल हुनसक्ने जोखिम बढाएको छ।
सुशासनलाई सुदृढ पार्ने हो भने सार्वजनिक व्यवस्थाको हरेक प्रक्रियामा नागरिक वा उनीहरूको प्रतिनिधित्व गर्ने नागरिक समाजको संलग्नता बढाउनु पर्छ। परामर्श मंच, सार्वजनिक सुनुवाइ, कार्यदल, सम्मेलन, सामुदायिक संस्था, रिपोर्ट कार्ड जस्ता मंचहरूमा उनीहरूलाई संलग्न गराएर र विभिन्न समिति, बोर्ड, व्यवस्थापन समिति, सामाजिक लेखापरीक्षण समूह जस्ता संस्थामा वास्तविक सेवाग्राहीको प्रतिनिधित्व हुनुपर्छ। हाल सार्वजनिक संस्थाका संगठनात्मक संरचना, प्रक्रिया, कार्यविधि नागरिक पहुँचको लागि वबाधक त छैनन् भन्ने पनि समीक्षा हुनुपर्छ। यी संस्थाहरूको संरचनाभित्रै नागरिकहरूको प्रतिनिधित्व गराउन सकिन्छ वा विद्यमान प्रक्रिया संशोधन गरेर प्रक्रियामा नै उनीहरूको प्रतिनिधित्व गराउन सकिन्छ। कुनैपनि देशले आफुलाई लोकतान्त्रिक भन्छ भने सार्वजनिक पदाधिकारीहरू सबै नागरिकप्रति उत्तरदायी
हुनुपर्छ। तर सेवाप्रदायकलाई नागरिकहरूप्रति प्रत्यक्ष उत्तरदायी बनाउने संयन्त्रको विकास गरिएको छैन। अन्य मुलुकहरूमा प्रत्यक्ष उत्तरदायी बनाउने विभिन्न संयन्त्र सफल भएका छन्। नेपालमा पनि माथि उल्लेख भएका विभिन्न संयन्त्रमा कुन कुन व्यवहारिक हुन सक्छन्? मूल्यांकन गरी लागु गर्न सकिन्छ। समुदाय तहमा संचालन गरिने विभिन्न कार्यक्रममा भने ‘सिटिजन जुरी' को व्यवस्था लागु गर्न सकेमा निकै प्रभावकारी हुनसक्छ। जे होस् सरकारले सुशासन कायम गर्न खोजेकै हो भने परम्परागत राज्य केन्द्रित होइन नागरिक केन्द्रित अवधारणा भएको कार्यक्रम ल्याएमा जनसमर्थन पाउन सकिन्छ।
अर्को समाचार
जितु नेपाल सरकारसँग आशावादी, दीपकराज गिरी भन्छन्– ‘भ्रष्टाचारमुक्त र सुशासन अब नारामै सीमित हुनु हुँदैन’
२३ भदौ २०८३
•
३ मिनेट पाठ
जितु नेपाल सरकारसँग आशावादी, दीपकराज गिरी भन्छन्– ‘भ्रष्टाचारमुक्त र सुशासन अब नारामै सीमित हुनु हुँदैन’
गत वर्ष भदौ २३ गते भएको जेन जी आन्दोलनको मंगलबार एक वर्ष पुरा भएको छ। ‘नेपो किड्स’ तथा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने निहुँदेखि सुरु भएको यो आन्दोलन छोटो समयमै सत्ता विरुद्ध र भ्रष्टाचार नियन्त्रणमा परिणत भयो। भदौ २३, २४ मा भएको यो आन्दोलन सामान्य आन्दोलनसम्म मात्र सीमित रहेन। यो आन्दोलनमा ७६ जनाले आफ्नो ज्यान समेत गुमाए। सिंहदरबारदेखि कैयौँ सरकारी भवनसम्म जलाइयो।  

यही जेन जी आन्दोलनको दबाबले पुराना दलहरू सत्ताबाट बाहिरिए, एक वर्षअघि सडकमा देखिएको युवा असन्तुष्टिले नेपालको सत्ता समीकरण बदल्यो। बालेन नेतृत्वको सरकार जेन जीको बलमा सत्तामा आएको पाँच महिना पुरा भएको छ।  

यी विषयलाई केन्द्रमा राखेर कलाकार जितु नेपालसँग गरिएका छोटो कुराकानीमा उनी सरकारले जेन जीको मर्म पनि बुझ्नु पर्ने रहेको उल्लेख गर्दै भने–‘ आन्दोलनले देशमा ठुलो परिवर्तन ल्यायो। पुराना दल बाहिरिए नयाँ दलको प्रवेश सत्तामा भयो। जेन जीहरुले नै चाहेर बनेको सरकार हो। जस कारण सरकार जेन जीको भावना मर्म बुझेर अगाडी बढ्नु पर्छ। भर्खर भर्खर बनेको सरकार भए पनि यो सरकारलाई अब कही अलमल गर्ने, काम नगर्ने भने छुट छैन।’

नयाँ सरकारदेखि उनी आशावादी रहेको देखिनछन्। उनले थ भने–‘केही हदसम्म राम्रै भएको देखिन्छ। हाल रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीले देशलाई अकल्पनिय क्षति पुगाएको छ। जसले राष्ट्र नै कति वर्ष पछाडि धकेलिएको अवस्था आएको छ। बढी प्रभावित क्षेत्रमा सरकारको सक्रियता राम्रो देखियो। स्वयं गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा समेत पुगेका देखिए, त्यसलाई हामीले राम्रो मान्न सक्छौँ। यो विपत्तका कारण सरकारलाई पनि एक प्रकारको चुनौतीको सामना गर्नु परेको छ। नयाँ विकाशका कुरालाई अगाडी बढाउनु पर्ने समयमा पुनः निर्माणमा जुट्नु परेको छ। हामीले पनि नयाँ सरकारमाथि विश्वास गरेर धैर्यको साथ चल्नु पर्छ।’  

कलाकार तथा निर्देशक दीपक राज गिरीसँग गरिएका छोटो कुराकानीका सम्पादित अंश:

देशमा आन्दोलनपछि पनि पुरानै अवस्था दोहोरिँदै गएको हो कि परिवर्तन देख्नुभयो?

कुनै पनि वृहत् आन्दोलन जसले राजनीतिलाई यु टर्न गराउँछ यस्ता ठुला आन्दोलन राष्ट्रमा धेरै पटक भयो। यस्ता आन्दोलन पछि जनताको अपेक्षा आकासिन्छ। ‘अब सत्ता फेरियो देश राता रात भ्रष्टाचार मुक्त हुन्छ’ भन्ने जुन जनअपेक्षा छ। त्यो सम्भव छैन। किनकि ती स्रोत साधन भने हाम्रा पुराणै छन। त्यसमाथि हरेक वर्षका प्राकृतिक प्रकोपले झनै देशलाई ध्वस्त पारेको छ। जस कारण अपेक्षा अनुसारको परिवर्तन त देखा परेको छैन।  

गिरीले राष्ट्रमा देखा परेका एक मुख्य समस्यामा कुरा गर्दै भने–‘ दुई दलमा राष्ट्र बाटिएको अवस्था देखिएको छ। त्यो राष्ट्रको लागि घातक हो। पुराना र नयाँ दलमा यसरी जुन एक एकअर्कालाई आरोप प्रत्यारोप लगाउने एकले नयाँ सरकार विदेशीको इशारामा काम गरिरहेको, भने अर्को तर्फ पुराणो दल कामै नलाग्ने अब हामी नै सर्वश्र हो, जस्ता नयाँ पुराना दल बिचको यो शक्ति संघर्षले मुलुक नै दुर्घटना तर्फ जान्छ कि डर छ। '

तपाइको सरकारसँग के अपेक्षा छ?

सरकारको नारा नै मुलुकलाई भ्रष्टाचार मुक्त तथा सुशासन बनाउने थियो। अब त्यो नारामा मात्र सीमित नरहेर पुरा गर्नु पर्ने अवस्था देखिन्छ। मलाई लाग्छ, पहिला राष्ट्र भ्रष्टाचार मुक्त र सुशासन हुनु पर्ने आवश्यक पनि छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस