काठमाडौंका हलमा शनिबारबाहेक बिहान फिल्म चलाउन नपाइने नियम केही दिनमा लागु हुँदैछ। चलचित्र विकास बोर्डले 'विद्यार्थी वर्गको भविष्यका लागि' र 'सभ्य समाजको निर्माण गर्न' भन्दै यो नियम ल्याइएको तर्क दिएको छ। बिहानको प्रदर्शनीमा कलेजका विद्यार्थीले युनिफर्ममै फिल्म हेर्नु समाजको लागि असभ्य हो भन्ने ठहर बोर्डको छ। फिल्म गम्भीर कलात्मक विधा हो।
तर, यो अनौठो नियम लाद्न खोज्ने चलचित्र विकास बोर्ड पदाधिकारीले फिल्मलाई 'केटाकेटी बिगार्ने वस्तु' ठानेका रहेछन्। विकास बोर्डका पदाधिकारी फिल्मकर्मी नै हुन्। उनीहरू घुमाउरो शैलीमा सकार्दैछन्, 'हामीले विद्यार्थीको भविष्य बिगार्नसक्ने फिल्म बनाइरहेका छौं, कृपया नहेरिदिनुस्।'
किताबजस्तै फिल्म पनि शिक्षाको प्रभावकारी माध्यम बनिसकेको अवस्थामा बोर्डको यस्तो नियमले फिल्म विधामात्र होइन समाजको गति पनि पछाडि धकेल्छ। एउटा विद्यार्थीले १० वर्षे स्कुले जीवनमा नपाएको ज्ञान एउटा सुन्दर फिल्मबाट पाउन सक्छ। यो सम्भावनालाई उनीहरू किन बु‰दैनन्? कहिलेकाहीँ कलेज बंक गरेर फिल्म हेर्नु कुलत होइन, बरु फिल्म हेर्न नपाउँदा उनीहरू अरु कुलतमा चाहिँ लाग्न बाध्य हुनसक्ने डर हुन्छ। एकचोटी कलेज बंक गरेर फिल्म हेर्न जाँदा पढाइमा लगनशील हुने प्रेरणा त्यही फिल्मले नै दिनसक्छ। कक्षाकोठाबाट मात्रै सिकाइ हुन्छ भन्नु भ्रम हो।
खेलकुद, संगीत, फिल्म, किताब र इन्टरनेटले बालबालिका र किशोरकिशोरीलाई बौद्धिक पोषण दिन्छ। कलेज बंक गरेर फिल्म हेर्नु, डिस्को जानु, डेटिङ जानु वा सानातिना गल्ती गर्नु मान्छेको स्वभाविक हुर्काइको प्रक्रिया हो। यसमा जतिसुकै लगाम लगाउन खोजिए पनि सोचेजस्तो हुँदैन। कलेजको कक्षा छोडेर कुनै विद्यार्थी फिल्म हल पुग्छ भने समस्या फिल्मको होइन, सम्बन्धित कलेज र शिक्षा नीतिको हो। विद्यार्थीले किन कलेज बंक गर्छन्? कारण खोजिनुपर्छ। कलेज बंक गर्छ भनेर कलेजभन्दा बाहिरको 'दुनियाँ'लाई बन्द गर्नु ठीक होइन।
अमेरिकामा सन् १९१८ देखि नै स्कुलको पठनपाठनमा फिल्मको प्रयोग सुरु गरिएको हो। बालबालिकालाई सानै उमेरदेखि फिल्मसँग हुर्काइन्छ। किनकि फिल्म पनि पाठ्यसामग्री र ज्ञानको स्रोत हो। त्यही भएर बालबालिकाका निम्ति उपयोगी फिल्म त्यहाँ प्रशस्त निर्माण हुन्छ। भारतमै पनि त्यस्तो फिल्म बनोस् भनेर नेसनल फिल्म अवार्डमा 'उत्कृष्ट बाल फिल्म'को छुट्टै अवार्ड दिइन्छ। नेपालमा पनि त्यस्ता फिल्म बनाउन प्रोत्साहन चाहिने होइन र?
केही फिल्मकर्मीले हलमा युनिफर्म लगाएका विद्यार्थीलाई प्रवेश दिन रोक्नुपर्ने सुझाव दिएका छन्। यो सुझाव पनि तर्कसंगत छैन। फिल्म मान्छेले हेर्ने हो, युनिफर्मले होइन। अमेरिकामा निश्चित उमेर समूहकालाई निश्चित फिल्म देखाइने भनेर वर्गीकरण गरिन्छ। नेपालमा पनि यस्तो प्रणाली ल्याउन सकिन्छ। फिल्मले इतिहास, भाषा, संस्कृति, विज्ञान, भुगोल, मनोविज्ञान, दर्शन र समग्रमा जीवन नै बु‰न सिकाउँछ। फिल्ममा कथावाचनका लागि अपनाइने रचनात्मक शैलीले विद्यार्थीलाई पनि रचनात्मक बनाइदिनसक्छ। राणाकालमा सर्वसाधारणका छोराछोरीलाई शिक्षा लिनबाट बञ्चित गराएजस्तै हुनसक्छ बोर्डको यो नियम। फिल्म कलाको पछिल्लो सशक्त माध्यम हो। शब्दले व्यक्त गर्न नसक्ने कुरा यसले सजिलै बुझाइदिन्छ। त्यसैले 'कक्षाकोठामा फिल्म' भन्ने नीति अन्तर्राष्ट्रिय बहसमा छ। अमेरिकामा सन् १९७१ मै राल्फ जे एमेलियोले पठनपाठनमा फिल्मको भूमिकाबारे 'फिल्म इन दि क्लास रुम' भन्ने किताब लेखेका थिए। धेरैले फिल्मको आविष्कारलाई नयाँ शिक्षा प्रणालीको सुरुवात मानेका थिए। फिल्मको परिभाषामा यसलाई शिक्षाको जल्दोबल्दो माध्यम नै मानिन्छ। शिक्षणमा फिल्मको उपयोगिताबारे धेरै विद्वानले ठेलीका ठेली कार्यपत्र लेखेका छन्।
हाम्रो चलचित्र विकास बोर्डले पनि लेखाउनु पर्ने हो। तर, उसले त उल्टै फिल्मलाई 'विषाक्त खुराक'को बिल्ला लगाइदिएको छ। विद्यार्थी मात्र होइन शिक्षकले पनि फिल्म हेर्न जरुरी छ। हामीकहाँ फिल्मको बहुआयामलाई स्विकार्ने परिपाटी नहुनुको कारण शिक्षकले फिल्म नबुझेर पनि हो। कक्षा लिँदा बेलाबेला फिल्मको सहारा लिनुपर्ने जमानामा नेपालका शिक्षकशिक्षिकाले विद्यार्थीहरुलाई फिल्म हेर्नबाटै रोक लगाइरहेका छन्।
स्कुल र कलेजमा फिल्म लाइब्रेरी आवश्यक छ। पाठ्यसामग्रीसँग मिल्दोजुल्दो विषय भएको फिल्म कक्षामा देखाएर विद्यार्थीबीच अन्तर्क्रिया गराउन सकिन्छ। यसप्रकारको बौद्धिक अभ्यासले विद्यार्थीको दृष्टिकोण फराकिलो बन्न मद्दत पुग्छ। फिल्म पठनपाठनको वैकल्पिक माध्यम हो।
नेपाली फिल्म कमजोर हुनुको कारण फिल्म साक्षरता सन्तोषजनक नभएर पनि हो। बालबालिकालाई सानैदेखि फिल्मको कलात्मकतासँग हुर्काउन सकियो भने त्यसले फिल्म साक्षरता बढ्नेछ। भविष्यमा दक्ष फिल्मकर्मी र असल दर्शकको उत्पादन हुनेछ। बिहानको सोमा विद्यार्थीको भीड लागेर मर्निङ सो बन्द गराउँदा भोलि दिउँसो नै विद्यार्थी आउन थाले भने के गर्ने? दिउँसोको सो पनि बन्द गर्ने? फिल्मको सो समय तोक्ने अधिकार विकास बोर्डले हललाई नै छोडिदिनुपर्छ।
जुन पार्टीले नेपालीलाई १६ वर्षकै उमेरमा मताधिकार दिनुपर्छ भनेर अडान लिएको थियो, त्यही पार्टीका अध्यक्ष भएको चलचित्र विकास बोर्डले हलमा फिल्म हेर्ने विद्यार्थीलाई कसरी विवेकहीन देख्यो? प्लस टुका विद्यार्थी १६ वर्ष हाराहारीका हुन्छन्। तिनलाई सकारात्मक रुचि पूरा गर्न किन रोक्ने? हलमा गएर फिल्म हेर्नु भनेको सामूहिकतामा विश्वास गर्नु पनि हो। मान्छेलाई प्रविधिले एक्लै रमाउने बनाइरहेको छ। तर, फिल्म हलले भीडभाडमा घुलमिल गर्ने वातावरण दिन्छ। विद्यार्थीलाई कोठामा एक्लै झोक्राएर बस्ने प्राणी बनाउने कि सामाजिक बनाउने?
हलिउडको ब्लकबस्टर फिल्म 'अवतार'बाट विद्यार्थीलाई पर्यावरण, प्राकृतिक स्रोत, आदिवासी अधिकार, अध्यात्म, उपनिवेशीकरण, पशुपंछी अधिकार लगायतका विषयमा शिक्षित गराउने उद्देश्यले अहिले 'ग्लोबल अवतार एजुकेसन प्रोजेक्ट' नै सञ्चालन भइरहेको छ। मर्निङ सो अलि अघि बन्द गरिएको भए धेरै विद्यार्थीले यो फिल्म नै हेर्न पाउने थिएनन् होला। फिल्मसँग जोडिएको प्रोजेक्टमा सहभागी हुने त परकै कुरा भयो।
फिल्मलाई बढीभन्दा बढी उपयोगी बनाउनु, यसको कलात्मकतामा वृद्धि गर्नु र फिल्मलाई जीवनको अभिन्न अंगको रूपमा स्थापित गर्नु चलचित्र विकास बोर्डको प्राथमिकता हुनुपर्ने हो। तर, यसले विभिन्न बहाना निकाल्दै फिल्म प्रदर्शनीलाई नै खुम्चाउने भएको छ। विद्यार्थीको नाममा हल बन्द गराएर गैरविद्यार्थीको फिल्म हेर्ने अधिकारको सुरक्षा पनि बोर्डले गर्न सकेन। बोर्डले नेपालमा कस्तो खालको फिल्म संस्कृति निर्माण गर्न लागेको हो, कुन्नि?