नेपाली कांग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेल विजयी भएका छन्। गिरिजाप्रसाद कोइराला शेरबहादुर खुमबहादुर सुशील कोइरालाले बनाएका गुट उपगुटको खिचातानीका कारण साना-ठूला आकांक्षाहरुको भद्रगोल डबली बन्न पुगेको कांग्रेसको महत्वपूर्ण पदमा पौडेलजस्ता न पार्टी न संसद् कतै पनि आफ्ना मान्छे बनाउन नसक्ने भनी हियाइएका नेताको जितले ठूलै तरंग पैदा गरेको हुनुपर्छ । यी शान्त स्वभावका कांग्रेसीका लागि यो जित उनकै बर्कतका कारण प्राप्त भएको भनेर दाबी गर्ने ठाउँ भने छैन। यो त उनीभन्दा शक्तिशाली र जालझेलमा खप्पिसहरुको पासा उल्टो परेर यिनको भागमा चिट्ठा परेकोमात्र हो । तर यो जितको दूरगामी महत्व छ र पौडेलले चातुर्य आत्मविश्वास र इमानदारीसाथ आफ्नो जिम्मेवारी पूरा गर्न सके यो उनी र पार्टी दुवैका लागि ऎतिहासिक अवसर सावित हुनेछ । सम्भवतः मुलुकका लागि समेत उनको जितको सकारात्मक अर्थ छ । पौडेलको निर्वाचनले कांग्रेसमा तानाशाही प्राधिकारझैँ सकि्रय कोइराला युगको अन्त्यको प्रष्ट संकेत गरेको छ साथै शेरबहादुर देउवाको ढाँटढुट पेलपाल र अवसरवादमा आधारित राजनीतिको कमजोरीलाई पनि उजागर गरेको छ । कोइरालाको पुत्रीमोह र देउवाको पत्नीमोहको नकारात्मक पक्षको पोल पनि खोलेको छ यो चुनावले।
संसदीय दलको चुनावका बेला बनेको सुजाता-आरजुको अस्वाभाविक गठजोडले देउवाको पराजयलाई टार्न नसकेको र कुनै बेलाका उनका विश्वासप्राप्तहरुले उनको साथ चटक्क छोडेको घटना देउवाका आँखा खोल्न पर्याप्त भएको हुनुपर्छ । पटक-पटक प्रधानमन्त्री बन्न थालेपछि कांग्रेसजनको भरोसालाग्दो नेताबाट केही भुइँफुट्टा ऐँजेरुहरुको पि्रय देउवादाइमा सीमित भएका शेरबहादुरले केही वर्षयता आधा दर्जन जति प्रमुख सहयोगीको साथ गुमाइसकेका छन् । कांग्रेसमा देउवाको उत्कर्षमा प्रखर मनोवैज्ञानिक प्रभाव दिन सफल बौद्धिक वर्ग अधिकांशले उनको साथ छाडिसकेका छन् । उनको सरलता र सबैप्रति देखिने सहयोगी भावनामा ह्रास आउनु उनका हकमा मात्र होइन समग्र नेपाली कांग्रेसकै हकमा समेत निराशाजनक विषय हो । यसपटकको संसदीय दलको चुनावमा प्रदीप गिरीले देउवाको साथ छोडेको घटना झ हेर्दा सामान्य देखिए पनि यसको प्रचारात्मक मूल्य ठूलो छ । प्रदीप गिरीले नेपाली कंाग्रेसभित्र हुर्किएको परिवारवाद र कोइराला हैकमवादको विरोध गर्न कार्यर्ताको अगुवाइ गर्दैआएको र उनले लगभग निराशक्त ढंगले कुसंस्कारविरुद्ध लेख्दै बोल्दै आएको सन्दर्भमा उनको पछिल्लो झुकाव हेर्नैपर्ने हुन्छ । यसरी हेर्दा गिरीले देउवालाई पनि कोइराला कम्पनीकै कोटीमा राखेर व्यवहार गरेको देखिन्छ । यसले देउवाको धमिलिएको छविलाई जगजाहेर गरेको छ । कांग्रेस संसदीय दलका नयाँ सभापति रामचन्द्र पौडेललाई प्रभावशाली नेताका रुपमा आफूलाई रुपान्तरित गर्न सजिलो पटक्कै छैन । चरम गुटबन्दीको कारण कुनै पनि निर्णय सहज प्रकिया र समयमा हुन नसक्ने खालको संस्कार बसेको कांग्रेसको संसदीय दलको साचालन प्रभावकारी ढंगबाट गर्न र पार्टीको संस्थापना पक्षसँग कामकाजी सम्बन्ध बलियो बनाउँदै अगाडि ब७३द्दघघडस७३द्दघडज्ञसनु चुनौतीपूर्ण काम हो । सरकारमा पार्टीबाट पठाइएका मानिस पौडेलको विश्वास र पहुँच दुवैबाट पर छन् । संसदीय दलका अधिकांश सदस्य हिजोसम्म आफ्नो अलग्गै गुट नभएका पौडेलसँग निकट थिएनन् । उनीहरुलाई संविधानसभामा पुर् याउनमा पनि पौडेलको खासै योगदान थिएन । यस्तो अवस्थामा संसदीय दलको प्रमुखको हैसियतले कांग्रेसलाई जिम्मेवार प्रतिपक्ष र प्रभावशाली राजनीतिक संगठनको रुपमा प्रस्तुत गर्न जिम्मा पाएका पौडेलले पार्टीका सांसदहरुलाई गुट उपगुटको साँघुरो परिधिबाट माथि उठाएर सच्चा कांग्रेस र जिम्मेवार विधि निर्माता बनाउन उत्प्रेरित गर्नसक्नुपर्छ जुन कठीन छ । यहीँनेर पौडेलको क्षमताको पनि परीक्षण हुनेछ ।
कांग्रेस समग्रका लागि भने पौडेलको विजयको प्रतीकात्मक महत्व छ । आजको चुनौतीपूर्ण अवस्थामा कांग्रेसलाई प्रासंगिक र निर्णायक शक्तिका रुपमा राष्ट्रिय राजनीतिको फलकमा उपस्थित गराइरहन पार्टीले आजसम्म अख्तियार गर्दै आएको ढुलमुले र क्षणिक अवसरवादमा आधारित नीति र कार्ययोजनाले मात्र पुग्दैन । सबै मामिलाका लागि नयाँ सोच दृष्टि र अभियानको आवश्यकता छ । यसरी समयानुकूल पार्टी सञ्चालनका लागि नेतृत्व पनि नयाँ र सबैलाई समेट्न खोज्ने र सक्ने संभावना पनि भएको व्यक्तिको हातमा जानु जरुरी छ । संसदीय दलको चुनावको नतिजाले अहिलेसम्म कमजोर नेताका रुपमा हेरिंदै आएका रामचन्द्र पौडेललाई त्यस्तो नयाँ सम्भावनाका रुपमा संकेत गरेको छ र उनीसमन्वयकर्ताको प्रतीक बनेका छन् ।
पौडेलले पार्टीको गुटबन्दी कमजोर पार्दै एकतालाई बलियो बनाउने प्रकृयाको प्रस्थानविन्दूका रुपमा आफ्नो उदयलाई पेस गर्नसक्छन् । उनले प्रतिनिधित्व गर्ने भावनामा सामान्य कांग्रेसजनको मात्र होइन प्रजातान्त्रिक संस्थापनाको भलो चाहने नेपाली जनताको आकांक्षासमेत प्रतिबिम्बित हुने हुनाले यसलाई कुनै एक व्यक्तिको उत्थानको आलोकमा मात्र हेर्न मिल्दैन । नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियालिरहेकाहरु रामचन्द्र पौडेलको योग्यता र क्षमतामा शंका गर्दैनन् । उनको रेकर्ड खासै प्रेरणास्पद देखिँदैन । तर मध्यमार्गी छवि भएका उनले कांग्रेसमा अति जरुरी भइसकेको एकता र देउवा सुशील कोइराला सम्मिलित सामूहिक नेतृत्वको नीति लागू गराउन मियोको भूमिका निर्वाह गर्नसक्छन् । संसदीय समितिको चुनावका समयमा बनेको यिनको र सुशील कोइराला गुटको समीकरण आउँदा दिनमा झनै बलियो भएर जाने सम्भावना छ र यसले शेरबहादुर देउवालाई कांग्रेसको एकछत्र नेता बन्ने लोभ छोडेर कार्यकारी त्रयको महत्वपूर्ण सदस्य बन्ने सहज मौकाको उपयोग गर्न प्रेरणा दिनेछ भन्ने आशा गर्न सकिन्छ ।
वास्तवमा अहिले कांग्रेस आन्तरिक रडाकोमा अल्झिएर समय खेर फाल्ने बिलास गर्न सक्दैन । उग्रवामपन्थी लहर उठेको र त्यसलाई दक्षिणपन्थीले मलजल गरिरहेको अवस्थामा प्रजातान्त्रिक पार्टीका रुपमा कांग्रेसले सबै उग्रताविरुद्ध मोर्चा खोल्नु र मुलुकलाई उग्र राजनीतिको भुमरीबाट बाहिर निकाल्ने कत्र्तव्य पूरा गर्न छ । कांग्रेसका शीर्ष नेताको एकतामा मात्र यो काम पूरा हुन सक्छ र एकताको सूत्राधारका रुपमा काम गर्ने दायित्व पौडेलको हातमा आएको छ ।