'टेन थ्री' वरिपरि उब्जेका प्रश्न
२४ फागुन २०६८
•
१३ मिनेट पाठ
'टेन थ्री' वरिपरि उब्जेका प्रश्न
अनगिन्ती भाषा र लिपिको धनी मानिस आज अक्षरलाई ठुलो वस्तु नमान्ला । परन्तु, पुर्खाले पहिलो पटक आफ्नो सोचलाई बोलीका रूपमा र ध्वनि तथा अर्थलाई लिपिमा अंकन गर्नसक्नु चाहिँ ठुलै क्रान्ति थियो । पछि गएर सभ्यता र संस्कृतिको जग नै बन्ने क्रान्ति थियो यो ।
लिपीको प्रयोगभन्दा हजारौँ वर्षअघि मानिसका पूर्वजले अर्को ठूलो उपलब्धि हासिल गरेका थिए। तिनले बोलीलाई लयबद्ध गर्न सिकेका थिए। त्यसले गर्दा विभिन्न पुस्ताका अनुभव श्रुति स्मृति परम्पराबाट गाथाका रूपमा नयाँ पुस्तामा हस्तान्तरण हुन सम्भव हुन्थ्यो।




त्यसभन्दा पनि अगाडि मानिसले सायद नृत्य सिक्यो। त्यसले पनि यत्तिकै महत्वपूर्ण भूमिका खेल्यो - शब्दमा बाँधिएका ज्ञानलाई विस्मृतिबाट जोगाउन विभिन्न अंगको अनुशासित चाललाई ध्वनिसँग संयोजन गरेर।
अझ त्यसभन्दा धेरै धेरै अघि होला मानिसले आगो बाल्न र निभाउन सिकेको । ओहो, यो ज्ञान पाउनु, यो सीप जान्नु कत्रो ठुलो क्रान्ति थियो मानव इतिहासमा! मानव प्रजाति आज जे छ, जस्तो छ, त्यसका निम्ति त्यतिबेला आगोमाथिको नियन्त्रणले अकल्पनीय महत्वको भूमिका निभाएको थियो । जाबो आगो बाल्नु र निभाउनु कति ठुलो कुरा हो र आज? तर त्यो बेला, दैवी शक्ति ठानिएको, अग्निदेव नै भनिने गरेको आगोलाई नियन्त्रणमा राख्नु कम सानो उपलब्धि हो?
आज हामी जीवनलाई सजिलो पार्न अनेकौँ साधनको उपयोग गरिरहेका छौँ। कति त अपरिहार्य आवश्यकता नै भइसकेकाछन् हाम्रा निम्ति । आज ती साधनहरू हामीसँग हुनु केही आश्चर्य भएन। बरु नहुनु चाहिँ आश्चर्यजनक लाग्नसक्छ। तर आज ती जतिसुकै साधारण लागे पनि विभिन्न कालखण्डमा आविष्कार भएका साधनले त्यस बेला भने अत्यन्त ठुलो परिवर्तन ल्याएका थिए मानवजीवनमा । आज पनि उत्पादनका साधनमा भइरहेको विकासले हाम्रा सामाजिक गतिविधि र अन्तर्सम्बन्धमा निरन्तर परिवर्तन ल्याइरहेका छन्। यी परिवर्तन कति महत्वपूर्ण छन् भने यिनले हाम्रो पूर्णतातर्फको यात्रा र त्यसको निरन्तरतालाई नै प्रतिनिधित्व गरिरहेका छन्।
किन्तु, सामान्यतः हामी यो सबै बिर्सन्छौं । किनभने हाम्रो दैनिक जीवनमा मानिसका यी उपलब्धिको गाथा गाउँदा वा नगाउँदा खासै केही फरक पर्दैन।
समाज स्थिर छैन, हुन पनि सक्दैन। निरन्तर परिवर्तित भइरहेछ समाज। र, यो परिवर्तनको गति पनि झन्झन् तीव्रतर भइरहेको छ। आजको संचार तथा सूचना प्रविधिले यसे गतिलाई अझ तीव्र बनाएकोछ। आगोलगायत ऊर्जाका विभिन्न रूपबारेको बुझाइ र तीमाथिको नियन्त्रणले जसरी मानिसको विकास क्रममा क्रान्तकारी भूमिका खेल्यो, नृत्य, संगीत र लिपि मानव जीवनको अंग बनेपछि तिनले मानिसलाई तमाम प्राणीहरूबीचमा जुन स्थानको हकदार बनाए, आजको सूचना संचार तथा डिजिटल प्रविधिको विकासले त्यत्तिकै महत्वपूर्ण वा सम्भवतः त्यसभन्दा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । धेरैले यस उपलब्धिलाई पनि स्वतः सहजरूपमा प्राप्त सुविधा ठान्नु अस्वाभाविक भने हैन । 'आइलागेको कुरा हो, उपयोग गरूँ' भनेर मात्र धेरैले सोच्नु पनि पटक्कै अनौठो हैन। तर यथार्थमा भने मानव जातिको पूर्णतातर्फको यात्रामा अत्यन्त महत्वपूर्ण र त्र्र्कान्तिकारी उपलब्धि हो यो।
हिजोका उपलब्धिको महत्व बिर्सिंदा त्यति नोक्सान नहुन पनि सक्छ। तर वर्तमानकै गति र परिवर्तनको बेवास्ता गरेर बस्ने, अहिले नै भइरहेका घटनाले प्रतिनिधित्व गरेको समाज विकासको दिशालाई अस्वीकार गर्नेले भने धेरै गुमाउनुपर्ने हुन्छ, अरूमाथि निर्भर हुनुपर्ने हुन्छ र पछौटेपनको प्रतिनिधित्व गर्नुपर्ने श्राप स्विकार्नुपर्ने हुन्छ।
आजको दुनियाँमा सूचना प्रविधिको विकास र त्यससँग सम्बन्धित समाज विकासको दिशा र गतिलाई बेवास्ता गर्ने समुदाय र राष्ट्रका भागमा त्यही श्रापको बोझ पक्कै पर्छ।
हामी कत्तिको सतर्क छौँ त यसबारे? यथार्थको एउटा अंश यस्तो छ : देश पछाडि नपरोस् भनेर चिन्तित मानिसहरू यस देशमा पनि छन्। यस्ता मानिसमध्ये धेरै जसो युवा प्राविधिकहरू नै पर्छन्। तीमध्ये केहिले नेपाललाई ट्रान्स युरेसिया इन्फर्मेसन नेटवर्क (टीईआईएन)मा प्रवेश गराउन निकै मेहनत गरे।
सुरुसुुरुमा युरोपका केही देश र एसियाका केही नवविकसित देशहरूले अनुसन्धान र शिक्षाको क्षेत्रमा अन्तराष्ट्रिय सहयोग विकास गर्न खडा गरेको यो द्रुत गतिको सूचना संजाल दोस्रो चरणमा एसियाका केही अरू विकसितप्रायः देशहरूलाई सहभागी बनाउँदै विस्तार भयो। तेस्रो चरण -टिईआईएन - ३) मा आइपुग्दा तिनै नेपाली प्राविधिकको सत्प्रयासका कारण कतिपय दक्षिण एसियाली मुलुकभन्दा अगाडि नै नेपाल त्यो संजालमा प्रवेश गर्‍यो - उधारोमा। आबद्धताका निम्ति तिर्नुपर्ने शुल्कको ८० प्रतिशत मिनाहा भयो नेपालजस्ता गरिब मुलुकका निम्ति। यत्रो ठुलो अंश मिनाहा पाएर पनि तिर्नुपर्नेे बाँकी २० प्रतिशत नै वार्षिक ३५ लाखभन्दा माथि हुँदोरहेछ । कहाँबाट ल्याउने त्यत्रो रकम? कुनै पनि एउटा संस्थाका निम्ति त्यो ठूलो रकम हो। तर, राज्यले यसको महत्व बुझिदिने हो भने मात्रै पनि सरकारका निम्ति त्यो रकम पक्कै ठुलो हुने थिएन।
लाग्छ, राज्य चाहिँ यसका निम्ति तयार छैन। जुन निकायले यसको आवश्यकता स्वीकार गर्छ, उसँग अधिकार छैन। जोसंग अधिकार छ, उसका निम्ति यसको कुनै महत्व छैन।
यो संजाल अर्थात् टिईआईएन - ३ मा प्रवेश गर्नु भनेको फराकिलो ब्यान्डविथबाट शिक्षा र अनुसन्धानका निम्ति सम्पूर्ण विश्वसँग प्रत्यक्ष सम्पर्कमा रहनु हो। यस्ता अन्य संजाल पनि छन्, जसमा देश प्रवेश गर्न सक्छ। र यी संजालभित्र प्रवेश गरेर स्वास्थ्य, शिक्षा, वातावरण सुधार, दैवी प्रकोप नियन्त्रणजस्ता अनेक क्षेत्रमा जिम्मेवारीबोधसहित देशले उपलब्धि हासिल गर्न सक्छ, अन्तर्राष्ट्रिय समुदायको महत्वपूर्ण सदस्य बन्न सक्छ। एक्काइसौँ शताब्दीमा आएर बल्लबल्ल गणतन्त्र बनेको र प्रगतिको दौडमा विश्वका अन्य मुलुकलाई भेट्न धेरै मेहनत गर्नुपर्ने स्थितिमा रहेको मुलुकका निम्ति यो महत्वपूर्ण विषय हो कि हैन? हाम्रोजस्तो गरिब मुलुकले झन्झन् सहज प्राप्य, झन्झन् सस्तो, झन्झन् प्रभावकारी हुँदै गइरहेको साधनको उपयोग गर्ने कि झन्झन् महंगो हुँदैगइरहेको कुराको पछि दगुर्ने?
राज्यका केही निकायबाट यसको 'औचित्य साबित गर्न' भन्ने जस्ता प्रश्न सोधिने गर्छन्। ती सुन्दा साँच्चै अचम्म लाग्छ, केही हांसो उठ्छ र नराम्ररी मन दुख्छ। लाग्छ, परिवर्तनका निम्ति बलिदान भएका र आज पनि खतरा मोलिरहेका जनताको सपनामाथि उपहास भइरहेको छ, मानव जीवनकै सम्भावनाको अपमान भइरहेको छ।
मानिलिऊ, जनताले कुनै गोरेटोलाई सडक बनाउनुपर्ने आवश्यकता महसुस गरे रे। त्यसको माग लिएर राज्यको सम्बन्धित निकायमा पुगे। अनि, त्यस निकायबाट उनीहरूलाई भनियो - 'तपाईँहरू राम्रै माग लिएर आउनु भा'छ। तर त्यहाँ सडक बनाउने नै हो भने त्यो सडकमा कति गाडी गुडिरहेकाछन् र केका निमित्त गुडिरहेकाछन् सप्रमाण औचित्य प्रस्तुत गर्नोस् '। यसलाई के भन्ने? जुन सडक बनाउने जनताको माग छ त्यसमा गुडिरहेका गाडीको संख्या र तिनको नियतका बारेमा बताउन सम्भव हुन्छ? जनताले आवश्यक ठानेको विकास कार्यका निम्ति उनीहरूले औचित्य पुष्टि गरिरहनुपर्ने हुन्छ?
सुनेको कुरा हो - 'कुनै बेलाका जल्दाबल्दा मन्त्री र अहिले राष्ट्रव्यापी रूपमै बेइज्जतीको सामना गरिरहेका एकजना महाशयले शक्तिमा भएका बेला 'नेपालजस्तो गरीब मुलुकलाई किन चाहियो र?' भनेर झन्डै नेपालको अन्तरिक्षमाथिको अधिकार नै पराइलाई बेच्न खोजेका थिए रे!' नेपालीले के अनुसन्धान गर्छ र?' भनेर नाकै अगाडि आएको महत्वपूर्ण अन्तर्राष्ट्रिय संजालमा प्रवेश गर्ने विषयमा राज्यको कुनै निकायबाट अनिच्छा व्यक्त हुनु त्यस्तै प्रकृतिको हास्यास्पद र हानिकारक सोच भएन र?
सत्तामा को छ र विभिन्न रूपमा शक्ति सम्पन्न को को छन् देशमा भन्नेको महत्व हुने नै रहेछ। किनभने, समाज विकासको दिशालाई सकारात्मक वा नकारात्मकरूपमा यिनले प्रशस्त प्रभावित पार्नसक्ने रहेछन्। राम्रो मनसाय भएका असल मानिस ठाउँमा पुगून् भनेर आशा मात्रै गरेर बसौँ? कि विकासका निम्ति भिन्दै अभियानको सुरु गरौँ?
 

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस