एमाले नेतृत्वमै समस्या
२० फागुन २०६८
•
१५ मिनेट पाठ
एमाले नेतृत्वमै समस्या
बाह्र वर्षपछि खोलो फर्किएको छ। अर्थात् २०५६ साल पुस ९, १० र ११ गते पोखरामा तत्कालीन राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको १२ वर्षपछि यही फागुन २१ गते नेकपा (एमाले) केन्द्रीय प्रतिनिधि परिषद्को बैठक काठमाडौँमा बस्दैछ। नीति निर्माण, निर्णयको कार्यान्वयन, समग्र पार्टी कामको समीक्षा, केन्द्रीयता र जनवादबीचको नियन्त्रण र सन्तुलन, नेतृत्व र कार्यकर्ताबीच अन्तरसंवादजस्ता दृष्टिले प्रतिनिधि परिषद् राष्ट्रिय महाधिवेशनपछिको शक्तिशाली निकाय हो।
विगतमा यसको व्यापक क्षेत्राधिकार नै निष्त्रि्कयताको कारण बन्यो। कार्यकर्ताको नियन्त्रण, निगरानी, सुझाव, खबरदारी र परीक्षालाई आफ्नो महत्वाकांक्षाका लागि बाधक हुने ठानेर नेतृत्व विगतमा कार्यकर्ताको आवाज सुन्न र स्ाामना गर्न डरायो। संकटहरू हुल बाँधेर आउन र पाइलैपिच्छे असफलता तथा हन्डर हातलागी हुन थालेपछि अतिकेन्द्रीयताले कमजोर जनवादको आवश्यकता बोध गर्छ र नेतृत्वले कार्यकर्ता सम्झने गर्छ। गडबढी र मनपरीमाथि अंकुश लगाउन खोज्दा 'विनाश काले विपरीत बुद्धि'ले घेरिएका उच्चहरू आफ्नो आन्तरिक मामिलामा तुच्छहरूले हस्तक्षेप गरिदिएको ठान्छन्। दुईदुई वटा सरकार आफ्नै अदूरदर्शिता, बेमेल, कटुता र कमजोर मनोबलका कारण पतन भएपछि बल्ल एमालेका शीर्ष हस्तीहरू हारेको जुवाडेकै शैलीमा भए पनि एकै ठाउँमा आउनु र ढिलै भए पनि परिषद् बैठक आयोजना हुनु एमाले उठाउने सत्प्रयासको आरम्भ हो।
एमाले गौरवमय बलिदान, जबजजस्तो विचार जुझारु र जागरुक युवा तथा वैचारिक, व्यावहारिक र व्यावसायिक बुद्धिजीवी तथा कुशल संगठकहरूको सशक्त संगठन हो। किन्तु, माछोमाथि बाटै बिग्रन्छ। समवयी नेता, घातप्रतिघातको लामो अभ्यास, बाह्य आक्रमण र षड्यन्त्रको सघनता, आन्तरिक गृहकार्य र समझदारीको अभाव, पछिल्लो दशकमा अध्ययन, विश्लेषण र अन्तर्क्रियामा लागेको खिया, तर्क, सत्य र तथ्यमाथिको निरन्तर हमला आदि हेर्दा एमालेमा समस्या नेतृत्व पंक्तिमै देखिन्छ। पूर्वराजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालजस्ता सिद्धहस्त खेलाडीको नेतृत्वमा आक्रामक बनेका राजावादी, कांग्रेसी र माओवादीबाट एमालेको साख जोगाउन मदन भण्डारीजस्तै नेताको आवश्यकता थियो। विलक्षण प्रतिभा भएको नेतृत्वको अभाव सामूहिक नेतृत्वबाट पनि पूर्ति गर्न सकिन्थ्यो। लोकतन्त्रमा शीर्ष नेता सर्वगुण सम्पन्न हुनैपर्छ भन्ने छैन। शिष्ट र निष्कपटचाहिँ हुनैपर्छ।
सोमालिया र सुडानजस्तै जर्जर मुलुकमा स्वीजरल्यान्डमा जस्तै शिष्ट र शान्त प्रकृतिका मातहत कमिटी र भातृ संगठन बनाउनुको महँगो मूल्य एमालेले हरेक चुनावमा चुक्ता गर्दैआएको छ। चुनावी पराजयका अतिरिक्त वर्गीय दृष्टिकोण, जनतासँग घनिष्ट सम्बन्ध, कार्यकर्ताको उत्पादन, प्रशिक्षण, परिचालन र संरक्षण, प्रचारकार्य, वैचारिक र बहसका क्षेत्रमा व्यापक अन्तर्क्रिया र समन्वयजस्ता मामिलामा पनि एमाले चुनौतीका तुलनामा पछि पर्दैगएको छ। शान्ति, लोकतन्त्र, सामाजिक न्याय, रूपान्तरण, सामाजिक सदभाव, देशभक्ति, जनजीविका, समानताजस्ता विषयमा वैचारिक र राजनीतिकरूपले सबैभन्दा स्पष्ट पार्टी नै यसरी सुस्त हुनुको मार नेपालको समग्र राजनीतिले भोग्नुपरेको छ। अराजकता, विखण्डन, जातीय र क्षेत्रीय विभेद बलशाली हुँदैआएको बेला एमालेको शक्ति संकुचित गर्ने आन्तरिक प्रकृतिका गडबढी हटाउनमा केन्द्रीय प्रतिनिधि परिषद्को यो बैठक कोसेढंुगा साबित हुनुपर्छ। युवापुस्ताकोेेे परिपक्वता, आलोचनात्मक चेत र हस्तक्षेपको मात्र बढ्दै जानु र छाला जोगाउने प्रवृत्ति निरुत्साहित हुनुको अर्थ नेताहरूको मनमौजी, जालसाझी र झगडा गर्ने व्यवहारमा पूर्णविराम लाग्नु हो। वर्गीय राजनीतिमाथि जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक असमानता र त्यसले पैदा गरेको कुण्ठा, प्रतिशोध, अराजकता, अनुशासनहीनताको प्रभुत्व हुँदा पनि पार्टी रमिते र रक्षात्मक देखिएको छ। पार्टीको संगठन, विचार र जनमतको भर्‍याङ चढेर जातीय मुखिया, धार्मिक पन्डा, मुल्ला र पादरी तथा अरूका प्रतिनिधि हुने होड चलेको छ। कम्युनिस्ट आचरणबाट च्युत भएर 'मै लाऊँ मै खाऊँ' प्रवृत्ति बढेको छ। पार्टीका नेता तथा कार्यकर्ता जनताको परीक्षणको विषय हुनुपर्छ भन्ने मान्यता बोकेको पार्टीका नेता तथा कार्यकर्ताका दैनिकी अन्य पार्टीभन्दा पृथक् हुनसकेको छैन। पार्टीमा योग्यता भएका, निष्ठा नडगेका, छवि स्वच्छ भएका र वैचारिकरूपले धारिला हिराहरू उपेक्षा, मूल्यांकनको अभाव र षड्यन्त्ररूपी कालो कोइलाको थुप्रोमा छोपिएका छन्। फूलका थुंगाहरू तल र गोबरका गुइँठामाथि पर्दाको विसंगति बेहोर्न एमाले अभिशप्त छ। यी तमाम समस्याको जरो उखेल्ने आँट र ऊर्जा भएको पार्टी पंक्ति अहिलेको आवश्यकता हो। परिषद्का सहभागीको छलफल र पहल यही युगीन चुनौतीको सम्बोधन गर्न अग्रसर हुनुपर्छ।
पूर्णकालीन र भूमिगत राजनीति, सशस्त्र संघर्ष, आत्मनिर्भर पार्टी अर्थतन्त्रको विकास, जनवर्गीय संगठनको निर्माण, कुशल परिचालन र समन्वय, स्वदेश केन्द्रित एवम् जनाधारित राजनीतिमार्फत् पञ्चायती व्यवस्थालाई भित्रैदेखि कमजोर पारेर एमाले चार दशकदेखि निरन्तर नेपाली राजनीतिमा दरोसँग उभिएको छ। सन् १९९० को दशकमा कम्युनिस्ट आन्दोलनले विश्वव्यापी धक्का बेहोरेको बेला पनि ओठतालु नसुकाउने दुनियाँको एकमात्र कम्युनिस्ट पार्टी एमाले थियो। कतिपय पलायनवादी कम्युनिस्ट पार्टीहरू त्यही बेला समाजवादका नक्कली पखेटा फ्याँकेर असली अनुहारमा आए। उग्रवामपन्थीहरू घुसपैठ र संशोधनवादको थाप्लोमा सम्पूर्ण दोष थोपेर आफू 'पानीमाथिको ओभानो' हुन खोजे। एमालेले भने सोभियत समाजवादको असफलतालाई ठीक ढंगले बु‰न र असफलतालाई द्वन्द्ववादी ढंगले विश्लेषण गरेर सही निष्कर्ष निकाल्न सक्यो। स्ाोभियत समाजवाद निर्माणको चरणमा कम्युनिस्ट पार्टीको अधिनायकवादीकरण र सरकारको अति नियन्त्रणकारी चरित्र निरुपणमा रहेकोे कमजोरी, विकासको चरणमा देखिएको संशोधनवाद, सुधार, सशस्त्रीकरण तथा युद्ध, अन्त्यतिर शान्ति, खुलापन र पुनःनिर्माणका नाममा आत्मसमर्पणवादी नीतिको ठोस समीक्षास्ाहित पाठ सिक्न एमाले कुसाग्र देखियो। नेपाल कम्युनिस्ट आन्दोलनको विखण्डन, एकता, आरोहअवरोह, नेपालको समग्र लोकतान्त्रिक आन्दोलनको उतारचढाव र मौलिकता, दक्षिण र देब्रे कोणको भड्कावको समेत अध्ययन र विश्लेषणपछि जबज प्रतिपादन र अवलम्बन गरी नेपाली क्रान्तिको शान्तिपूर्ण स्वरूप, सफलताका पक्षमा सबैभन्दा आवाज बुलन्द भएको कण्ठ एमालेकै हो। बहुदलभित्र एक्लो वीर हुन थालेको नेपाली कांग्रेस र संविधानसभा निर्वाचनपछि सेनापति काण्ड र आमहड्ताल प्रकरणमार्फत अधिनायकवाद लाद्न हौसिएको माओवादीको चुलिएको महत्वाकांक्षाको व्यवस्थापन गर्न सकेको पनि एमालेले नै हो। किन्तु, नेतृत्वले पदका लागि 'गंगा आए गंगादास, जमुना आए जमुनादास' बनेका कारणले भने एमालेको पहिचानमा समस्या खडा भएको छ र प्रतिष्ठामा क्षति पुगेको छ। कांग्रेस बलियो हुँदा उसैलाई बल पुर्‍याउने भड्काव, पात्र र प्रवृति देखिए भने माओवादी सबल भएर आउँदा उसैको सहयोगी भूमिका खेल्ने व्यवहार पनि नेतृत्वमा देखियो।
सिद्धान्ततः एमालेमाथि शंंका गर्ने ठाउँ छैन। रूपान्तरणकारी भएर कांग्रेसलाई र लोकतान्त्रिक भएर माओवादीलाई स्ाोच्न बाध्य पारेको भए पनि स्वर्ण पदक विजेता खेलाडीहरूले कास्य र रजत पदकधारीको चाकरी गरेजस्तै नेतृत्वको छवि, भूमिका, पहल र प्रचारयुद्ध फिक्का र फितलो देखिनु एमालेको अभिशाप हो। त्रिशंकु संसद् वा संविधानसभा भएको बेला अवसरको बाँडफाँट वा लेनदेन पारस्परिक सम्मान र समानताको आधारमा हुनुपर्थ्यो। तर, लालची लेनदेन, अवसर पाउने आश र गुम्ने त्रासले मौन रहनेे, प्रस्ट कुरा नगर्ने, लतारिने वा बाउँठिनेजस्ता कमजोरी विगतमा नेतृत्वले देखायो। उग्रवामपन्थी वा यथास्थितिवादीबीचको तानातानमा लोकतान्त्रवादी रूपान्तरणकारी शक्ति बाधक हुँदैन। दुई थरी अतिवादी कुनै विन्दुमा मिल्छन् भने पनि एमालेको विमति भएका सत्य कुरा भन्न डराएकाले यथास्थितिवादी र उग्रवामपन्थीले नै एमाले पार्टी 'न भाले न पोथी' भनेर उपहास गर्दै जनतामा भ्रम पार्न सकेका छन्। नेतृत्वको पदको लोभले प्रचारयुद्धमा एमाले रक्षात्मक हुनुपरेको छ।
नीति, नेतृत्व, नियत, नैतिकता र निर्णयमा एकरूपता ल्याउनु जनाधारित राजनीतिमा विश्वास राख्ने दलका लागि महत्वपूर्ण विषय हो। इतिहास हेर्दा प्रस्ट हुन्छ, कुनै शक्ति केन्द्रको अनुकम्पा, बाह्य हस्तक्षेप वा आशीर्वादले होइन, आन्तरिक एकता र जनतासँगको घनिष्ट सम्बन्धले मात्र एमाले उँभो लाग्ने गरेको छ। कांग्रेस, प्रेस, विदेश र मधेसले दुई दशकसम्म एमालेको हात बाँधी दिएर माओवादीबाट नाक फुटाइदिए। हात बाँध्ने शक्तिलाई न्याउरी मारी पछुतोको अवस्थामा पारेर हात मुक्त पार्नु र नाक ताक्ने पहलमानको ओठ तालु सुकाउने गरी शक्ति सञ्चय गर्नु अहिलेको प्राथमिकता हो। उदाहरण बनेर शान्ति र संविधानका लागि प्रभावकारी र हस्तक्षेपकारी भूमिका खेल्नु र प्रमुख शक्ति बन्ने तयारी गर्नु एमाले उठाउने सत्यप्रयासको विशेषता हुनुपर्छ। ढिलै भए पनि नेतृत्वले गुटबन्दीेको विनाशकारी 'मिसाइल परीक्षण' स्थगन गरी भावनात्मक एकता र स्वच्छ प्रतिस्पर्धाको प्रस्ताव अघि सारेको छ। एमाले उठाउन नेतृत्वले गरेको होस्टेमा हैँसे गर्ने विवेक देखाउनुमै परिषद् बैठकको सफलता र सार्थकता निर्भर हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस