सुरक्षा कमजोरी कि चुनौती?
१७ फागुन २०६८
•
११ मिनेट पाठ
सुरक्षा कमजोरी कि चुनौती?
गएको सोमबार नेपाल आयल निगमको प्रवेश द्वारमा भएको बम विस्फोटले राजधानीको सुरक्षा व्यवस्थामा सन्देह उत्पन्न गराएको छ। यही एउटा घटनाका आधारमा राजधानीको सुरक्षालाई कमजोर भन्न नमिल्ने प्रहरीका उच्च अधिकारीहरूले दाबी गरेका छन्। गृहमन्त्री विजयकुमार गच्छदारले चाहिँ यसलाई सुरक्षा कमजोरी नभई चुनौतीमात्रै मानेका छन्।
किन्तु, अहिले सुरक्षा निकायको चरम राजनीतिकरण गरिएको सर्वविदित छ। जासुसी संयन्त्र पनि विफल देखएिको छ। अनि सुरक्षा निकायका वरिष्ठ अधिकारी भ्रष्टाचारदेखि हत्यासम्मका अपराधमा संलग्न भएको भटिँदो प्रहरी संगठनको छवि बिग्रेको छ। यस्तो अवस्थामा सुरक्षा व्यवस्था कमजोर नभई चुनौतीमात्रै थपिएको तर्क गर्नु यथार्थ लुकाउने हास्यापद अभ्यासमात्रै हो।

नेपालमा लगभग दशकैपिच्छे ठुलो राजनीतिक परिवर्तन भए पनि प्रहरीकोे राजनीतिकरण कायमै रह्यो। प्रहरीमा राजनीतिकरणको विष भर्ने गृहमन्त्रीहरूको सूची बनाउने हो भने गच्छदार स्वयम् उति पछि पर्दैनन्। आदेश अवज्ञाको आरोपमा प्रमुख जिल्ला अधिकारीको सरुवा, बढुवाको ठाडो आदेश, आपराधिक छवि भएका निकट सहयोगीलाई राजनीतिक संरक्षण, सरुवाबढुवामा प्रहरी महानिरिक्षकसँगको सिङौरी आदि गच्छदारका हस्तक्षेपका फेहरिस्त हुन्। गृहमन्त्रीले एकातिर यस्ता चर्तिकला कायम राख्नु र अर्कोतिर प्रहरीमा हस्तक्षेपलाई शून्यमा झारेको भन्दै गर्व गर्नु पनि हास्यास्पदै देखिन्छ।
सरकारैपिच्छे परिवर्तन हुने गृहप्रशासनको नेतृत्व र सरुवा-बढुवाको राजनीतिले राम्रो काम गर्ने प्रहरी अधिकारीहरूको मनोबल गिराएको छ। विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि थुप्रै गृहमन्त्री भए। तीमध्ये गृहप्रशासन सुधार गर्ने भित्री इच्छाशक्ति भएका एकादुई बाहेक कोही देखिएनन्। यो दुई दशकमा नेपालमा प्रहरीमाथिको राजनीतिक हस्तक्षेप कति रह्यो भन्ने यसैबाट अन्दाज गर्न सकिन्छ।
प्रहरीलाई सुदृढ पार्न यसको व्यवसायीकरण जरुरी हुन्छ। तर स्थापनाको छपन्न्ाौँ वर्ष पुरा गरिसके पनि नेपाल प्रहरीले कार्यगत स्वतन्त्रताको अभ्यास गरेको छैन। प्रहरी प्रशासनलाई स्वतन्त्र, पारदर्शी र उत्तरदायी बनाउन स्पष्ट कानुनी प्रावधानका साथै राजनीतिक प्रतिबद्धता पनि चाहिन्छ। तर सरकारको असामयिक परिवर्तन र दलगत स्वार्थले गृहप्रशासनलाई प्रभाव पारेको छ। मुलुक जति द्वन्द्वोत्तर संक्रमणमा गुजि्ररहेको छ, यहाँको सुरक्षा व्यवस्था उति जटिल बन्दै गएको छ। हत्या र आतंकका द्वन्द्वकालीन सम्झना मेटिएकै छैनन् तर शान्ति सम्झौतापछि पनि युद्धको विभीषिका कायमै छ। आपराधिक क्रियाकलाप, हुलदंगा, दण्डहीनता र कानुनी शासनको अनुपस्थिति गृहयुद्धका आधारभूत चरित्र हुन्। नेपालमा शान्ति सम्झौता भइसक्दा पनि यी घटना जारी नै रहनुले जनतामा युद्ध सकिएको आभास नै हुनसकेको छैन।
तराईतिर अपहरणका घटना बढेका छन्। सहरी क्षेत्रमा साना हतियारकोजगजगी छ। वरिष्ठ प्रहरी अधिकारीहरूबेलाबेलामा हुने हत्याकाण्ड र ठुला घोटालामा मुछिएका छन्। यसरी जनतामा प्रहरी स्वयं भ्रष्ट नेतृत्वको चंगुलमा फँसेको सन्देश गएको छ। अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणले सुरक्षा निकाय शिथिल छन्। सिद्धान्ततः एउटा आदर्श राज्यले जनतालाई दिने भनेको सुरक्षा र सेवा नै हो। तर सुरक्षाजस्तो आधारभूत जिम्मेवारी नै पुरा गर्न नसक्दा राज्य नै अशक्त सिद्ध भएको छ।
नेपालमा एक जना प्रहरीका काँधमा औसत ६ सयभन्दा धेरै मानिसलाई सुरक्षा दिनुपर्ने जिम्मेवारी छ। प्रहरी प्रशासन सुदृढ भइनसकेको यो सानो उदाहरणमात्रै हो। किन्तु, स्रोतसाधनको यही अभावलाई नै सधैँै अकर्मण्यताको प्रतिरक्षा गर्ने कवच बनाइएको छ। सुरक्षाको लागि साधनभन्दा अनुसन्धान बढी महत्वपूर्ण हुन्छ। सुरक्षा विज्ञानले प्रहरीलाई राज्यको हतियारमुखी सुरक्षा निकाय मान्दैन। बरु यसलाई शान्ति, सुरक्षा र कानुनी व्यवस्था लागु गर्ने नागरिक एकाइ मानिन्छ। त्यसैले यसलाई हतियारमुखी कम र अनुसन्धानमुखी बढी बनाउनु आवश्यक हुन्छ। आयल निगमअगाडि बम विष्फोट सुरक्षा अनुसन्धानको विफलताकै उपज हो। स्रोतको अभाव र राजनीतिकरणको पीडामा गुज्रेका नेपाली गुप्तचर निकायले ठुला दुर्घटनामा सामयिक सूचना दिनसक्ने सामर्थ्य राख्दैनन्। नारायणहिटी हत्याकाण्ड र सशस्त्र विद्रोहकालमा भएका ठुला आक्रमण हुनुअघि सूचना संकलनको असफलता यसकै उदाहरण हुन्।
प्रत्येक नयाँ गृहमन्त्रीले पद सम्हालेपछि नेपाल प्रहरीमा सुधार गर्ने मनचिन्ते योजना सुनाउँछन्। यस्ता थोरै योजनामात्रै कार्यान्वयनमा आएका छन्। उदाहरणका लागि प्रहरी सेवा आयोगको स्थापना सबै गृहमन्त्रीको सुगारटाइमात्रै बनेको छ तर कार्यकाल सकिने बेलामा गृहमन्त्रीहरूको व्यक्तिगत जीवन बलियो र प्रहरी प्रशासन भने झन्झन् कमजोर हुँदैगएको देखिन्छ। प्रभावकारी कार्यसम्पादनका लागि प्रहरीलाई जिम्मेवारी दिनु र जिम्मेवार बनाइनु दुवै महत्वपूर्ण हुन्छ। तर जिम्मेवारीमै विविध वादप्रतिवाद गृहमन्त्रालयका कर्मचारी, राजनीतिकर्मी र प्रहरी अधिकारीबीच चल्नेगरेको पाइन्छ। सरुवाबढुवा वा लाभदायक पदस्थापनका लागि राजनीतिक शक्तिकेन्द्र धाउने क्रम रोकिएको छैन। यसरी राजनीतिकरणलाई संस्थागत गर्न कतिपय प्रहरी अधिकारीले नै सघाएका छन्।
नेपालमा सुरक्षा अध्ययनसम्बन्धी कुनै पनि स्वायत्त वैज्ञानिक संस्था नहुनु सुरक्षा व्यवस्थाको अर्को कमजोरी हो। यी संस्था हुन्थे भने तिनले अनुसन्धानको मद्दतले तत्कालीन सुरक्षा चुनौतीसँग जु‰ने उपाय सुझाउन सक्थे। यिनको काम राष्ट्रिय सुरक्षासम्बन्धी थप अध्ययनका विषय खोतली भविष्यलाई अझ सुरक्षित बनाउनु पनि हो। अपराधका भिन्न स्वरूप, प्रवृत्ति र तिनको तुलना तथा भिन्नतामाथि गरिने वैज्ञानिक अनुसन्धानले मात्रै सुरक्षा व्यवस्थालाई थप शक्तिशाली बनाउन सक्छ। यस्ता संस्थालाई स्वतन्त्र कार्यसम्पादन गर्न सरकारी कार्यक्रम नै ल्याई आर्थिक एवम् संरचनागत सहयोग हुनु आवश्यक छ। यसले प्रहरीमा योजनाबद्ध रूपले समग्र मुलुकलाई नै सुरक्षित बनाउन सक्ने आत्मविश्वास बढ्छ।
अहिले विद्यमान सुरक्षा नीति पनि कानुनी व्यवस्था कायम राख्न अपर्याप्त र अवैज्ञानिक छ। प्रविधिको प्रयोग, मानव संसाधन परिचालनको लागि चाहिने भौतिक पूर्वाधारहरूले प्रहरीलाई प्रभावकारी बनाउने हो। प्रहरी कलेज तथा प्रहरी सेवा आयोगको स्थापना र प्रहरी प्रयोगशालाका लागि वैज्ञानिक उपकरण अहिलेको अपरिहार्य आवश्यकता हो। यस संगठनमा 'सही स्थानमा सही व्यक्ति' (राइट पर्सन एट राइट प्लेस) को नारा सधैँ लगाइन्छ तर अभ्यास कमैमात्र भएको छ। यसको सम्बोधन गर्नुसाथै प्रहरीमा पर्याप्त सेवासुविधा र सामयिक बढुवा हुनु मनोवैज्ञानिक सुदृढीकरणको लागि जरुरी छ। यससँगै प्रहरी निकायमाथि नियमित संसदीय निगरानी तथा यसलाई कार्यगत स्वतन्त्रता दिनु पनि महत्वपूर्ण हुन्छ।
अहिले त नेपाल प्रहरी संरचनागतरूपले नै कमजोर छ। सुरक्षा निकायको मनोबल र सामर्थ्य कमजोर भएपछि सुरक्षा व्यवस्था सुदृढ हुनसत्तै्कन। त्यसैले गम्भीर प्रकृतिका घटनामा कमजोरीको प्रतिरक्षा गरिरहन सुहाउँदैन। यस्ता घटना केवल सुरक्षा चुनौतीमात्रै हैनन् बरु यिनबाट पाठ सिकी सुधारका कदम थाल्नु गृहमन्त्रीका सामुको चुनौती हो।
(लेखक द्वन्द्व अनुसन्धाता हुन्।)

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस