समायोजनमा जाने एनेकपा (माओवादी) का लडाकुलाई कुन पद दिने भन्ने बहस चुलिएको छ। एनेकपा (माओवादी) भन्छ, 'कम्तीमा सहायक रथी हाम्रो बटमलाइन।' संसद्वादी दलहरु भन्छन्, 'माओवादी लडाकुलाई मेजरभन्दा माथिको पद दिनै सकिन्न।' मानव समाजमा राज्यसत्ताको प्रयोग हुन थालेपछि सेनाको आवश्यकता महसुस भयो। त्यसको संरचनागत निर्माण र विकास पनि गर्न थालियो।
अर्थात् सेना भनेकै राज्यको केन्द्रीकृत शक्ति हो भन्ने मान्यता त्यति बेलैदेखि स्थापित भएको हो। सेना निर्माणको मूल उद्देश्य राज्य र राष्ट्रियता रक्षा हो। तर, नेपालको सेनाले अढाई सय वर्षीय जहानियाँ शाही शासनअघि राज्य र राष्ट्रियता रक्षाका लागि सकारात्मक भूमिका खेले पनि त्यसपछि भनेे शाही परिवारको रक्षामा मात्र सीमित रह्यो।
जनताको परिवरिर्तत चेतना र वस्तुगत परिस्थितिलाई आत्मसात गर्दै माओवादी विद्रोह र ०६२/६३ सालको जनआन्दोलनबाट प्राप्त गणतन्त्रलाई साथ दिएर नेपाली सेनाले त्यही अढाई सय वर्षीय शाही शासनअघि खेलेको आफ्नो सकारात्मक भूमिकालाई नयाँ परिवेशमा पुनः प्रदर्शित गर्यो। यता संसद्वादी दलहरुलाई सेनासहितको माओवादीप्रति गम्भीर आशंका र आतंक दुवै थियो। त्यही आशंका र आतंकका कारण उनीहरुले राजतन्त्र अन्त्यसँगै नेतृत्वविहीन बनेको सेनामाथि नेतृत्व स्थापित गर्ने प्रयत्न गरिरहेका छन्। तत्कालीन शाही सेना सामन्ती संरचनाकै उपरिसंरचना थियो। संसदीय व्यवस्था एवं संसद्वादी दलहरुप्रति राजतन्त्रको अन्त्यपछि अहिलेको नेपाली सेनाको सद्भाव अलि बढी हुनु अन्यथा होइन।
गणतन्त्र स्थापनासँगै सेनामाथि सम्पूर्ण प्रभाव कायम गर्ने आफ्नो योजनाबाट ध्यान अन्यत्रै मोड्न माओवादीलाई 'सेनामाथि खेल्न खोजेको' आरोप लगाउने संसदीय दलहरुको वास्तविकता स्पस्ट छ। परिवर्तित अवस्थामा सेनाको संरचनालाई समावेशी, लोकतान्त्रिक, जनउत्तरदायी एवं जननिर्वाचित सरकारको अभिन्न अंगका रुपमा विकास गर्न राज्य पुनर्संरचनासँगै यसको पनि पुनर्संरचना गर्नुपर्छ। यो ००७, ०३६, ०४६, माओवादी विद्रोह हुँदै पछिल्लो ०६२/६३ सालको जनआन्दोलनको संयुक्त जनादेश हो। ०४७ सालको संविधान बहिष्कार गरेर 'जनयुद्ध'मा हाम फालेको माओवादीले विश्वभरि राज्यको अवधारणाबारे नयाँ बहस हुने गरी आफ्नै सत्ता, अदालत र सेना निर्माण गर्यो। गिरिजाप्रसाद कोइराला सरकारको प्रतिरोध गर्न बनाइएको थियो माओवादी सेना। निरंकुश शाही शासनविरुद्ध आन्दोलन उत्कर्षमा पुग्नुअघि कोइरालाले त्यही माओवादी सेनालाई उपत्यकाबाहिर आक्रमण तीव्र पार्न माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत आग्रह गरेका थिए। कोइरालालाई राज्यको सेनाप्रति आशा थिएन, अर्थात् उनले त्यस सेनालाई तत्कालीन ज्ञानेन्द्रको सेनाका रुपमा मात्र बुझे। त्यतिमात्र कहाँ हो र! सर्वोच्च अदालतलाई पनि नारायणहिटी दरबारभित्र राखे हुन्छ भन्नसम्म भ्याए। होलेरी काण्डमा सेनाले जननिर्वाचित सरकारलाई असहयोग गरेको कारण देखाउँदै कोइरालाले राजीनामा दिएका थिए।
०६२/६३ को जनआन्दोलनपछि पनि कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र र अहिलेको नेपाली सेनाप्रति विश्वस्त नभएरै माओवादी सेनाको ब्यारेकीकरण गर्न सहमत भएका हन्। उनलाई आशंका थियो, बाहिर अर्को सेना भएन भने राजाले फेरि बदमासी गरे आन्दोलनबाट प्राप्त उपलब्धि पनि गुम्ने र आफूहरु असुरक्षित हुने डर थियो। कोइरालाले आफ्ना निकटस्थसँग भनेको कुरालाई कांग्रेसभित्रै कोइराला निकट मानिने एक युवा नेताले ०६५ साउन दोस्रो साता आयोजित एक कार्यक्रममा भनेका थिए, 'माओवादी सेना नहुँदो हो त सायद हामी सबै अहिलेसम्म ज्ञानेन्द्रको जेलमा हुने थियौँ।'
यी सबै घटना र परिवेश केलाउँदा साँच्चिकै जनताप्रति उत्तरदायी हुने लोकतान्त्रिक व्यवस्था संस्थागत गर्ने हो भने २१ औँ शताब्दीको राज्यमा सेनाको भूमिका र महत्व के कस्तोे हुने? यसमा खुलेर बहस गर्न हिच्किचाउनु हुँदैन। नेपालको भावी राज्य संरचनामा सेनालाई ब्यारेकमा सीमित गर्ने होइन, जनसेवाका लागि प्रेरित गर्दै जननिर्वाचित सरकारको आदेशमा चल्ने सिर्जनात्मक र जनउत्तरदायी आधुनिक संगठनका रुपमा विकास गर्नु समायोजनको मूल मर्म हुनुपर्छ। बरु यस मर्मलाई नेपाली सेनाले स्वाभाविकरुपमा लिन थालेको संकेत मिलेको छ। सेनाको सकारात्मक सोचको प्रभाव संसद्वादी दलहरुमा परे पनि उनीहरुले समायोजनको मर्मलाई भित्रैदेखि आत्मसात गर्न सकेका छैनन्। समायोजनको आफ्नै अवधारणाबाट माओवादी मूल नेतृत्व पनि विचलित भएको हो कि भन्ने आशंका छ।
यही मर्म पक्रने गरी माओवादीले नै नयाँ अवधारणा ल्याएको हो। माओवादीले भने आफ्नै अवधारणाको जगमा उठेको बहस आफ्नै पार्टीभित्रै सीमित गरिदिएको छ, यो दुःखद् पक्ष हो। आफ्नो आधिकारिक धारणाबाट मूल नेतृत्व विचलित हुन खोज्दा माओवादीमा यो स्थिति पैदा भएको हो। अर्को बिडम्बना के भने, सेनामाथि प्रभाव बढाउन चाहने संसद्वादी दलहरुले कुनै नौलो अवधारणा अहिलेसम्म प्रस्तुत गर्न सकेका छैनन्। बरु सेनालाई परम्परागतरुपमै राख्ने उल्टो गति पक्रेर आफूलाई यथास्थितिवादी दलका रुपमा प्रस्तुत गरिरहेका छन्।
नयाँ राज्य संरचनामा चाहिने नयाँ सुरक्षा नीतिसहित नयाँ सेना निर्माणको बहसमा सेनाको नेतृत्वसमेत कुनै न कुनै रुपमा सहभागी भइरहेको छनक मिलेको छ। सीमित सहायक नेतृत्वबाहेक सेनाको मूल नेतृत्व त्यस बहसबाट जन्मिने नयाँ परिवेशलाई आत्मसात गर्न तयार देखिएको छ। यसको मुख्य कारण अहिलेको बदलिँदो राजनीतिक परिवर्तन नै हो।
माओवादीभित्रको एउटा तप्का आफैँले बनाएको सेनालाई समायोजनको मूल मर्म त्याग्दै कसरी छिटो विघटन गर्ने र संसदीय राजनीतिमा आफूलाई कसरी सेट गर्ने भन्ने हतारोमा छ। आफ्नो अवधारणा लागू गर्ने सबालमा माओवादीभित्र एकमत भएको भए हामी नेपाली अहिलेजस्तो समायोजनको मुद्दामा किचलो गरिरहेका हुने थिएनौँ।
समायोजनसम्बन्धी सेनाको प्रस्तावलाई प्राविधिकरुपमा मात्र सीमित नभई राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने विस्तृत शान्ति सम्झौताको मूल भावनाप्रति सेना प्रतिबद्ध थियो र छ भन्ने कुरा अहिले स्पष्ट हुँदै गएको छ। सेनाभित्रको सीमित तप्का त्यो बेला होस् वा अहिले पनि परिवर्तनलाई आत्मसात नगर्नेमात्र होइन, यसलाई भाँड्न पनि सक्रिय हुन खोज्छ। भलै, त्यो मूलप्रवाहमा छैन।
परिवर्तनसहित शान्ति र संविधानले मात्र स्थायित्व हुन्छ भन्ने कुरा संसदीय दलहरुले नबुझेका होइनन्। तर, संसद्वादी सबै दलहरुभित्र एउटा भिन्न तप्का छ जो समायोजनका नाममा आत्मसर्मपण गराउँदै मुर्दा शान्ति अनि यथास्थितिवादी संविधान ल्याउन जनअनुमोदित एजेन्डा र मुद्दाहरुलाई जबर्जस्ती कुल्चने प्रयास गर्छ र शान्तिप्रक्रियालाई भाँड्ने प्रयास गर्छ। त्यो तप्का कहिले हाबी हुन्छ, कहिले रक्षात्मक स्थितिमा पुग्छ। अहिलेको शान्ति र संविधान निर्माणको प्रक्रियालाई यही तत्व र प्रवृत्तिले अवरोध गरिरहेको बुझ्न कठिन छैन।
संविधानसभा निर्वाचन भएको चार वर्ष बितिसक्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न नहुनुमा राज्य, सेना, जनता, संघीयता, समावेशीलाई हेर्ने फरक दृष्टिकोण छ। तर, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रुपले परिवर्तन र सिंगो राज्यको पुनर्संरचनाबिना जनताले खोजेजस्तो संविधान बन्दैन, शान्ति स्थापना पनि हुँदैन।
इतिहास साक्षी छ, गणतन्त्र, संघीयता, संविधानसभा, धर्मनिरपेक्षता, समावेशी राज्य, समानुपातिक मुद्दा माओवादी विद्रोहले स्थापित गरेको हो। त्यसमा माओवादी लडाकुको अहम् भूमिका थियो। संसद्वादी दलहरुले माओवादी लडाकुलाई शान्तिका बाधक ठान्नु बेग्लै कुरा हो।