पञ्चायतकालमा जनपक्षमा बोल्नेलाई अरार्ष्टि्रय तत्व भनिन्थ्यो। निरंकुशता लुकाउन पञ्चहरूले आलोचकविरुद्ध 'ब्वाँसोको छाला ओढेका भेडा' जस्ता शब्दसमेत प्रयोग गर्थे। पञ्चले अर्को गुटका पञ्चलाई नै 'भूमिगत गिरोह' भन्थे। तैपनि त्यो व्यवस्था ३० वर्षपछि २०४६ सालमा बाटो लाग्यो।
त्यसपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारको शपथ ग्रहणपछि आन्दोलनका नेता गणेशमान सिंहले भनेका थिए, सबैले एकजुट भएर मुलुकका लागि काम गर्नुपर्छ, अब बहानाबाजी चल्दैन। तर दुर्भाग्य, मुलुक त्यसपछि शृंखलाबद्ध बहानाबाजीमा होमियो। पहिलो जनआन्दोलनपछि यस्ता शब्द विभिन्न बहानाबाजीमा निकै फलाकिए। शिशु प्रजातन्त्र, दरबारको चलखेल, प्रतिगामीको षड्यन्त्र हुँदै यस्ता शाब्दिक यात्रा ०४८ सालको निर्वाचनपछि 'प्रजातन्त्र खतरामा छ' भन्नेमा परिणत भए। यी वाक्य र शब्द सुन्दा निकै अर्थपूर्ण भए पनि प्रयोग भने सबैले आफ्नो सत्ता रक्षाका लागिमात्र गरे।
मोफसलमा पनि सर्यो यो रोग। आफूमाथि पार्टीकै कार्यकर्ताले हातपात गरेपछि सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै एक मेयरले भनेका थिए, प्रजातन्त्र खतरामा छ। हुँदाहुँदा सत्ताधारीबाट हुने गरेका भ्रष्ट क्रियाकलापबारे आवाज उठाउँदा उसलाई 'प्रजातन्त्र विरोधी' को विशेषणबाट विभूषित गरियो। आफ्ना कमी-कमजोरी लुकाउन ढाकछोप गरिने यस्ता शाब्दिक हतियार प्रयोगमा माओवादी पनि कम देखिएन। खुला राजनीतिमा आएपछि पनि माओवादीबाट भएका हत्याका कुरा उठ्दा त्यसका नेता कार्यकर्ताले 'एकाध घटना' भनेर पछ्याउँथे।
त्यसपछि उनीहरुले झन् खतरनाक शब्द ल्याए, शान्ति प्रक्रिया खल्बलिने। शिविरबाट गायव तीन हजार लडाकुको तलब, भत्ता खोइ भन्ने प्रश्नमा प्रधानमन्त्रीले नै यस्तो कुरा गरे शान्ति प्रक्रिया खल्बलिन्छ भने। राजनीतिमात्र होइन, खेलकुद पनि ग्रस्त रह्यो, कमजोरी ढाकछोप गर्न शब्दको आड लिने रोगबाट। दुई वर्षअघि मात्र राजधानीमा सम्पन्न पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम समयमा माओवादी जनसेना प्रतियोगितामा सहभागी भएको थियो। यही निहुँमा नेपाली सेनाले भाग लिन अस्वीकार गरेपछि विवाद भयो। विवाद सम्बन्धमा एउटा एफएमले सोधेको प्रश्नमा आफ्नो त्रुटि लुकाउन नसकेपछि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिवले उत्तर दिएका थिए, शान्ति प्रक्रिया बिथोलिन्छ भनेर।'
शपथग्रहण गर्नासाथ 'मुस्ताङ' को आड लिन पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले पनि आफ्नो भ्रष्ट सरकार बचाउका लागि पटकपटक यस्ता शब्दको ढाल तेर्स्याउने गरेका छन्। 'त्यसो गरे शान्ति प्रक्रिया बिथोलिन्छ' भन्ने वाक्यांशलाई यिनले थेगो नै बनाए। यही क्रमलाई पछिल्लो पटक बहालवाला मन्त्रीका रुपमा भ्रष्टाचारको अभियोगमा सजाय पाएका जयप्रकाशप्रसाद गुप्ताले पनि निरन्तरता दिए। उनले सर्वोच्च अदालतले गरेको निर्णयलाई अपहेलना हुनेगरी न्यायालयको निर्णय आफूमाथि नभई आफूले चलाएको मधेस मुद्दाविरुद्ध भएको टिप्पणी गरे। यी तिनै गुप्ता हुन्, जो कुनै बेला नेपाली कांग्रेसको पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आठ होइन, दुई पहरियामध्ये थिए। गिरिजाको प्रेस सल्लाहकार हुँदै मन्त्री बने। पदकै लागि गिरिजाविरोधी धारमा मिल्न पुगे। अनि त्यही पदका लागि मधेस आन्दोलनमा आफ्नो नाम जोड्दै मधेसी जनाधिकार फोरममा गए। पुनः पदकै लागि त्यस पार्टीलाई धोका दिएर फोरम गणतान्त्रिक गठन गरे।
मधेस आन्दोलनपूर्व आफू मन्त्री हुँदा उनले कहिल्यै मधेस मुद्दाबारे कतै कानेखुसीसमेत गर्नु आवश्यक ठानेनन्। मधेस आन्दोलनपछि भने एक्कासि उनी मधेसप्रेमी भए। अहिले उनी आफूलाई मधेसको मसिहाका रुपमा स्थापित गराउन खोज्दैछन्। केही दिनअघि मात्र उनले मुद्दा सम्बोधन नभए मधेसको सम्बन्ध राजधानीबाट टुट्ने बताउनु यसैको प्रमाण थियो। उनको त्यस भनाइलाई अदालतको सम्भावित निर्णयसँग जोडेर व्याख्या गरिएको थियो जुन सत्य साबित भयो। जातिवादको मुद्दा भारतीय राजनीतिमा अहिले पनि निकै बिकाउ मानिन्छ। धेरै वर्षअघि भारतीय पत्रकारले जातिवादप्रति व्यंग्य गर्दै लेखेका थिए, अब घरमा चोर समातिए पनि हतार गरेर कुटपिट गर्ने अथवा प्रहरी बोलाउने मूर्खता गर्नुहँुदैन। बरु चोरको जात सोध्नुपर्छ। अनि ऊ अहिले आन्दोलन गरिरहेको जातमा पर्ने भए चिया नास्ता ख्वाएर पठाउनुपर्छ। होइन भने आन्दोलनको सिकार भइने पक्का छ।
केही समयदेखि नेपालमा देखिन थालेको जातीय मुद्दा पनि कतै टाठाबाठाले आफ्नो भ्रष्टाचार लुकाउने कवचका रुपमा प्रयोग हुन थालेको त छैन? गुप्ताको पछिल्लो उद्गारले यतातर्फ सोच्न बाध्य बनाएको छ। हरेक व्यक्तिको कुनै न कुनै जात हुन्छ। अहिले देशका सबै जाति, जनजातिले आफ्नो अधिकारबारे आवाज उठाइरहेका छन्। यस्तो अवस्थामा जोकोहीले गुप्ताको बहाना रोज्नसक्छ। त्यसपछि नेपालमा पनि भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउँदा सम्बन्धित व्यक्तिको जात र त्यसले चलाइरहेको आन्दोलनको प्रकृति हेर्नुपर्ने बाध्यता आइलाग्न सक्छ।
नेपालमा सबैभन्दा गहिरोसँग जरा गाडिएर बसेको अपराध भ्रष्टाचार हो। यसले नेपाली राजनीतिलाई पूर्णरुपमा ढाकेको छ। बुझ्नुपर्ने मुख्य कुरा के हो भने अपराधीको कुनै जात हुँदैन।