यी पंक्ति लेखिरहँदा सप्परीको कञ्चनपुर बजार आन्दोलित छ। कञ्चनपुर बजार बन्द छ, कञ्चनपुरबासी राजमार्ग बन्द गर्ने उद्योग गर्दैछन्। जेपी गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै जेल हालेपछि उनको गृहनगर कञ्चनपुरबाट उठेको यो विरोध कहाँसम्म कसरी फैलने हो वा मथ्थर हुँदै जाने हो वा फैलने हो? अहिल्यै आकलन गर्न मिल्दैन।
कञ्चनपुरबासीको स्वाभाविक आक्रोशजस्तै फैसलाको लगत्तै राजविराजमा मधेससी जनाधिकार फोरम गणतान्त्रिकका समर्थकहरूले विरोध प्रर्दशन गरेका थिए।
फैसलापछि अहिलेकै राजनीतिक व्यवस्थामा जेपीको राजनीति समाप्तप्रायः भएको छ। फौजदारी कसुर लागेको मानिस राजनीतिक प्रतिस्पर्धामा भाग लिन पाउँदैन। जेपी आफैँले फैसलापछि भनेका छन्, 'अब म राजनीतिक पार्टीको नेता वा कार्यकर्ताका रूपमा सायद रहन्न।' जेपी र उनका कतिपय समर्थकहरूको दृष्टिमा सर्वोच्चको फैसला मधेसविरोधी हुन पुगेको छ। फैसलाको लगत्तै जेपीले भनेका छन्, 'सर्वोच्चको फैसलालाई संघर्षको रूपमा लिएको छु। मधेसी जनताका लागि सुरु गरेको आन्दोलनबापत मलाई दण्डित गर्ने काम भएको छ। म जेलबाट निस्किएपछि पनि मधेसी मुद्दालाई फेरि अगाडि बढाउनेछु।' जेपीको फैसलापछि राजनीतिक वृत्तमा एकै पटक धेरै खाले प्रश्नहरू मुखरित भएका छन्। उनी डेढ वर्षका लागि जेल गएका छन्, बिगो र जरिवाना गरी करिब डेढ अर्ब रुपियाँबराबर सम्पत्ति जफत हुने भएको छ। यो उनको व्यक्तिगत कुरा भयो। मुलुकको राजनीतिक परिदृश्यमा उनीमाथिको आरोप र क्रिया प्रतिक्रियाले गहिरो अर्थ राख्छ।
अहिलेको सत्ता समीकरणमा चलाख नेता जेपी प्रमुख खम्बामध्ये एक हुन्। उनी बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने मूल्यमै मधेसी जनाधिकार फोरम फुटाएर फोरम गणतान्त्रिकको अध्यक्ष बनेका हुन्। मधेसवादी दलको बैसाखीमा टिकेको यो सत्ता समीकरणलाई जेपीको फैसलाले ठूलो अर्थ राख्ने संकेत देखिँदैछ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने राजनीतिक परिस्थितिमा जेपीले नयाँ पार्टी खोलेर मूल पार्टी मधेसी जनाधिकार फोरमलाई कमजोर बनाएको विश्लेषण गर्नेहरूको संख्या ठूलो छ। फोरमको आन्तरिक राजनीतिमा अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जेपीबीच मनमुटावको स्थिति बढ्दै गएर पार्टी फुटेको आकलन गर्नेहरूभन्दा घटनाक्रमहरूले जेपीको पार्टी गठनको प्रारम्भिक राजनीतिक ध्येय पुष्पकमललाई प्रधानमन्त्री बन्नबाट रोक्नु थियो भन्ने देखिन्छ। मधेसी मोर्चाको गठन, उसको विकास, विभाजनका घटनाहरू मसिनोसँग केलाउँदा बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रमुख राजनीतिक खेलाडीमध्ये जेपी राजनीतिबाटै अलग्गिएका छन्। त्यसैले जेपीसँगै यो सत्ता समीकरण कति टिक्ने भन्ने प्रश्न छ। सत्तासीन लोकतान्त्रिक मधेसी मोर्चाले जेपीको पक्षमा अडान लिएर उनले भनेजस्तै सर्वोच्चको फैसलालाई 'मधेसविरोधी'को संज्ञा दिन्छ कि दिँदैन? मोर्चाले जेपीको प्रतिरक्षा गर्ने हो वा परिस्थितिजन्य अवस्थामा अहिलेको सत्ता टिकाउन नयाँ कसरत गर्ने हो? जेपीको राजनीतिक अवसानसँगै उनले नेतृत्व गरेको पार्टीमा विचलन देखिन थालेको छ। सत्ता राजनीतिका कारण मधेस मुद्दाको नारामा केन्द्रमै खुलेर राजनीतिक दलको मान्यता पाएको फोरम गणतान्त्रिकको जनाधार कमजोर छ। कतिपय जिल्लामा जिल्ला नेतृत्वसमेत गठन हुन नसकेको अवस्थामा पार्टीका अध्यक्ष नै खोरमा पसेपछि बाँकी नेताहरूले के गर्ने हुन्? उपेन्द्रलाई अधिनायकवादीको आरोप लगाउँदै खोलेको पार्टीमा जेपीको जस्तो चातुर्य अरूमा देखिँदैन। सत्ता राजनीतिमा रमाउने फोरमका केही अनुहारहरू लिएर बाबुरामलाई सघाइरहेका चतुर खेलाडीको उत्तराधिकारी फोरम गणतान्त्रिकबाट तत्काल देखिँदैन। फोरम गणतान्त्रिकलाई जसोतसो जोगाउने वा भत्कन दिने? मधेसी मोर्चासामु चुनौती छ।
सर्वोच्चको फैसलापछि फोरम अध्यक्ष उपेन्द्र यादव हर्षउत्सव मनाइरहेका छन्। सत्ताबाहिर रहेका र माओवादीसँगको राजनीतिक लेनदेनमा पुष्पकमल दाहालसँग नजिक देखिने उपेन्द्र यादवले अहिलेको अवसरलाई कसरी समाल्छन्, राजनीति त्यसैले फैसला गर्नेछ। गणतान्त्रिकका सभासद्हरूमा एकले अर्कालाई नेता मान्न नसक्ने स्थिति रहेकाले कतिपय सदस्य मूल पार्टीमै फर्कने मानसिकतामा देखिन्छन्। केही सातायता जेपीका गतिविधि विवादास्पद अभिव्यक्तिका कारण पार्टी आन्तरिकरूपमा विभाजित र कमजोर हुँदै गएको थियो। जेपीबिनाको मधेसी राजनीति कसरी अघि बढ्ने हो, अहिल्यै आकलन गर्न सकिन्न। केही साताअघि 'मधेस हिंस्रक मनस्थितिमा रहेको र काठमाडौँसँग मधेसको सम्बन्ध टुट्नसक्ने जस्ता उनका विवादास्पद अभिव्यक्तिलाई सामान्य अर्थमा लिन मिल्दैन। मधेस हिंस्रक मनस्थितिमा रहेको र काठमाडौँसँग सम्बन्ध टुट्नसक्ने जेपीका अभिव्यक्ति सर्वोच्चको फैसलाको पूर्वानुमानमा गरिएको आक्रोशमात्र हो भन्नेहरूको संख्या ठूलो छ। वाकपटुता र सबै खाले सत्ताको अनुभवी जेपीले काठमाडौँसँग सम्बन्ध टुट्नसक्ने विश्लेषणमा अदालतबाट हार्छु भन्ने मनोविज्ञान हो वा त्यसभन्दा बढी, केलाउन आवश्यक छ।
मधेसवादी दलहरूको उदय जेपीको भूमिका र लगानीका आधारमा विश्लेषण गर्दा सतहमा देखिएभन्दा फरक किसिमले मधेसवादी आन्दोलनको उठान र विकास भएको छ। माओवादी 'सशस्त्र द्वन्द्व' ले मुलुकको राजनीति प्रभावित भइरहेको बेला भित्रभित्रै मधेसी क्षेत्रीय राजनीतिले पनि आकार लिइरहेको थियो। त्यस्ता आन्दोलनहरूमा जेपीको प्रशस्त लगानी छ। २०५२ सालमा गैरसरकारी संस्था मधेसी जनाधिकार खोलेर मधेसको हक अधिकारबारे वकालत गर्दै आएका उपेन्द्रलाई राजनीतिक छलाङ मार्न उत्पेरित गर्नेमध्ये सम्भवतः जेपी अगुवा हुन्। २०६० सालदेखि नै सबै खालका मधेसी राजनीतिज्ञ, प्राज्ञिक र व्यावसायिक व्यक्तिहरू मिलेर मधेसवादीको एउटै पार्टी बनाउनुपर्छ भन्ने मान्यतामा जेपीले धेरै काम गरेका थिए। त्यो बेला वीरगञ्ज, जनकपुर, राजविराज, विराटनगरजस्ता मधेसी क्षेत्रमा क्षेत्रीय स्तरका सम्मेलन गरेर २०६१ असार १२, १३ मा काठमाडौँमा आइपुगेको मधेसी अभियानले राजनीतिक उद्देश्यको 'मधेसी राष्ट्रिय मञ्च' गठन गरेको थियो। अन्तिम समयमा आएर मञ्चको रचनाकार जेपी त्यसमा सहभागी भएनन्। हुनसक्छ, त्यो बेला उनले मञ्चको औचित्य देखेनन्। उनी मञ्चभन्दा राजनीतिक पार्टीको आवश्यकतामा जोड दिन्थे। त्यसैले उनी फोरमतिर लागे। उपेन्द्र मधेस आन्दोलनको नेतृत्व गरिसकेपछि जेपी त्यहाँ पनि अटेनन्। उनी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठनका प्रारम्भिक दिनमा महन्थ ठाकुरसँगै थिए। पछि उनी तमलोपामा बस्न चाहेनन्। मधेसीका हक, अधिकारका लागि 'क्रान्तिकारी' बाटो अख्तियार गर्नुपर्छ भन्ने मान्यताका जेपी र उपेन्द्र पटकपटक नजिकिएका र टाढिएका छन्। अहिले यी दुईको सम्बन्ध नराम्ररी बिथोलिएको छ। जेपीको जेल चलानपछि सप्तरीमा लड्डु बाँडिएको, दीपावली भएको र उनी मधेसको कंलक हुन् जस्ता उत्तेजित आक्षेपहरूमै उपेन्द्र रमाइरहने हुन् वा मधेसको बदलिँदो माग सम्बोधन गर्नसक्ने हुन्? जेपीको पतनसँगै मधेसमा उपेन्द्रको उदय हुने सम्भावना देखिँदैछ।