तीन हजार तीन सय मिटरको उचाइ। कलिलो हेमन्तको सफा आकाश। नेपाली लेकको त्यो विशिष्ट मिठास मिश्रित शीतल बतास। अनि पूर्व क्षितिजबाट हतारो नमानीकन बिस्तारै बिस्तारै शालीनतापूर्वक उदाइरहेको सूर्य। उसैको भव्य स्वागतमा झैँ गरी धौलागिरी र अन्नपूर्ण शृंखलाका चुचुरामा चलिरहेको रंगहरूको दिव्य नाच।
क्षितिजबाट सूर्य फुत्त माथि निस्केपछि, त्यो दिव्य कला प्रदर्शनका मन्त्र मुग्ध दर्शक मध्येको म पनि सन्तुष्टि र आनन्दको लामो सास फेर्छु, र होसमा फर्कन्छु - ओहो जाडो पो रहेछ। अनि हामी दुनियाँले नचिनेको एउटा अनाम हिरोतिर फर्कन्छौँ - गमबहादुर। त्यो अनकनटार डाँडामा वर्षौंदेखि वायरलेसको टावर कुरेर बसेका छन् ती। र, अहिले बिस्तारै गति लिँदै गरेको सामुदायिक लज पनि हेर्ने थप जिम्मा पाएका छन् यिनले। सञ्चार माध्यमहरूमा देखा परिरहने कर्मवीर महावीरसँग उनको नाम जोडिँदैन। तिनै गमबहादुर भाइसँग हामी कफी माग्छौँ। अनि, तात्तातो कफी रित्याएर बाटो लाग्छौँ।
यो यात्रामा मसित दुईजना साथी छन्। अहिलेसम्मका निम्ति यी असल र विशेष मानिस पनि करिब करिब अनाम छन्।
दिनेश - एकजना मेधावी युवा। ऊ चिकित्साशास्त्रको अध्ययनपछि अनुसन्धानमा लाग्यो र सात वर्ष विदेशका विख्यात विश्वविद्यालयहरूमा बिताएर नेपाल फर्क्यो - देशको खोक्रो मायाले मात्र हैन, केही गर्छु नै भनेर। उनकी अर्धांगिनी तान्या दुई ससाना बच्चा लिएर आफ्ना प्रियतमको इच्छा र सपनालाई साथ दिन साथै आइन्।
अनि अर्का - चित्र भाइ - म्याग्दीको पहाडमा हुर्केको ठीटो, जो स्कुलमा बच्चाहरूलाई पढाउने, आधारभूत दन्त चिकित्सकका रूपमा गाउँलेको सेवा गर्ने, महावीरजस्ता अगुवाको सबै काममा सघाउनेदेखि बारी खन्ने, घर बनाउने, हामीजस्ता सहरिया पाहुनालाई जंगलमा बाटो देखाउने ... जे पनि गर्छ, हाँसी हाँसी र निपुणताका साथ।
तीन दिनदेखि दिनेश र मसँगै छौँ। बाटो लागेदेखि नै हामीबीच विभिन्न विषयमा कुराकानी भइरहेको छ। कुराकानीका विषय त्यत्तिकै जुट्दै जान्छन् - सहजतापूर्वक र अप्रत्याशित ढंगले। बितेका तीन दिनमा हामीले कति कुरा गर्यौँ भन्ने लेखा नै छैन। यतिबेला फेरि अर्को प्रसंग निस्कन्छ - उत्तिकै अप्रत्याशित।
'दिनेश, तिमीले धेरै समय माइक्रोबायोलोजीभित्रैको अनुसन्धानमा बितायौ हैन?'
'भाइरोलोजी। धेरै जसो काम मैले भाइरस इम्युनोलोजीमा गरेँ'
'मलाई कुनै कुनै बेला लाग्छ, तिमीले उतै बसेर आफ्नो अनुसन्धान जारी राखेको भए पो राम्रो हुन्थ्यो कि!' बोलिसक्ने बित्तिकै मैले यो के भने जस्तो लाग्छ मलाई।
ऊ छक्क परेर मेरो अनुहार हेर्छ, म उसको अनुहार हेर्छु। उसले के देख्छ कुन्नि? म भने उसको अनुहारमा अलिकति विष्मय र असन्तुष्टी देख्छु - कता कता अलिकति रिस पनि मिस्सिए जस्तो।
'मलाई त्यस्तो लाग्दैन। धेरै विचार गरेर मात्र यता फर्कने निर्णय गरेको हो हामीले। यो निर्णय अरू धेरैलाई मूर्खतापूर्ण पनि लाग्न सक्छ भन्ने थाहा पाउँदा पाउँदै... तर तपार्इँ किन यसो भन्दै हुनुहुन्छ?'
ऊ नेपाल फर्केको केही समयपछि नै हाम्रो भेट भएको थियो। ज्यादै खुसी भएको थिएँ म। ऊ विद्यार्थी छँदादेखि चिनेको हो मैले र सुरुदेखि नै उसमा रहेको सामाजिक उत्तरदायित्वबोधबाट, उसको बौद्धिक क्षमताट म प्रभावित थिएँ। मभन्दा धेरै कान्छो, युवा पुस्ताको एउटा अत्यन्त मेधावी, वैज्ञानिक सोच र प्रतिभाको धनी चिकित्सक, एउटा वैज्ञानिक, ऊ आफ्ना अनेक सम्भावनालाई एकातिर पन्छाएर देशको मायाले फर्किएको छ - किन खुसी नहुनु? युवा पुस्तासँग काम गर्ने लालचाको भारी बोकेर हिँडिरहेको मलाई ऊसँगको भेटले अझ बढी लोभ लागेको थियो। यसपाली म्याग्दी र पर्वतका गाऊँहरूमा टेलिमेडिसिन र भर्च्युअल क्लासरुमहरूको निहुँ पारेर उसलाई लिएर हिँडेको थिएँ। तर यतिखेर, कुहिराले ढाकेको त्यस लेकको बाटोमा हिँडिरहेको बेला, म नै यस्तो कुरा भनिरहेछु जस्को अर्थ सजिलै 'तिमीले देश फर्केर गलत गर्यौ' भन्ने लाग्न सक्छ।
मलाई असजिलो अनुभव भयो, लाज लाजजस्तो लाग्यो। केही सम्हालिँदै मैले भने - ' आजकल म प्रकृतिका नियमहरू कसरी अस्तित्वको हरेक अंशमा करिब करिब उस्तै रूपमा अनूदित हुँदारहेछन् भन्ने कुराले विस्मित हुन्छु, रमाइलो लाग्छ। तिमी इम्युनोलोजीमा, त्यो पनि भाइरल इम्युनोलोजीमा काम गरिरहेको मान्छे, एउटा अर्को आयामको ढोकामात्रै पहिल्याउने हो भने सायद 'थ्योरी अफ एभ्रिथिङ'मा अर्को ईँट वा हुनसक्छ एउटा तला नै थप्न सक्थ्यौ होला। फिजिसिस्टहरूले खोजिरहेको सार्वभौतिक सिद्धान्तमा जीववैज्ञानिक र चिकित्साशास्त्रीय आयाम थप्न सक्थ्यौ होला'
उसले सायद चित्त बुझाएन। केहीबेर हामी दुवै चुप लाग्यौँ। चित्र भाइ त सुरुदेखि नै चुपचाप सुनी मात्रै रहेको थियो। बिस्तारै बिस्तारै हामी फेरि कुरा गर्न थाल्यौँ। हामी पस्यौँ - मानव शरीरको त्यो अद्भूत दुनियामा जहाँ एक एक कोषिका बीचको सम्बन्ध, संयोजन, गतिविधि मानिसको समाजजस्तै लाग्छ, सिंगो संसारजस्तो लाग्छ, अझ ब्रण्डजस्तै लाग्छ।
शरीरको कुनै पनि सानो भागमा सूक्ष्म हानिकारक जीवाणुको प्रवेश भयो भने प्रतिरक्षाको जिम्मा पाएका कोषिकाहरू तुरुन्तै प्रभावित हुन्छन्, परिचालित हुन्छन्, र त्यो अवाञ्छित तत्वलाई नष्ट गर्न लागिपर्छन्। विभिन्न कोषिकाहरूबीचको अन्तर्सम्बन्ध, तिनीहरूबीचको 'संवाद', आवश्यकताअनुसार उनीहरूको भूमिकामा, स्वरूपमा र संरचनामा समेत आउने परिवर्तन - साँच्चै अद्भूत लाग्छ। रगतभित्र, रगतबाहिर, शरीरका अनेक रसमा घुलेर रहेका कैयौँ रसायन छन् जो आवश्यकताअनुसार स्वचालित अस्त्रका रूपमा शरीरमा हुने अवाञ्छित गतिविधिविरुद्ध परिचालित हुन्छन् - अत्यन्त नियमबद्ध भएर। यो सब एउटा स्वस्थ र विकसित समाजभित्रको गतिविधिजस्तो लाग्छ। तर जब एउटा अंगमा सीमित यो अवाञ्छित तत्वविरुद्ध प्रतिरक्षाको लडाइँले विजय हासिल गर्दैन, सिंगो शरीरका सबै सबै संयन्त्र लागिपर्छन् आआफ्ना क्षमता बोकेर। यो ठुलो लडाइँ पनि मानव शरीरको जितमै टुंगिन्न्छ भन्ने ग्यारेन्टी हँुदैन। शरीरभित्रका अनेक हतियार जथाभावी चल्न थालेपछि शत्रुलाई भन्दा आफँैलाई हानि हुन पनि सक्छ। यो सब ठ्याक्कै त्यसरी नै हुन्छ जसरी सामाजिक-राजनीतिक विकृति वा अन्याय, असमानताविरुद्धको न्यायपूर्ण लडाइँले उचित नेतृत्व पाएन र अनियन्त्रित भएर अतिवादमा परिणत भयो भन सिंगो राष्ट्रले, सम्पूर्ण जनताले दुःख, कष्ट र अधोगति भोग्नुपर्ने हुन्छ।
बेलाबेलामा अनेक किसिमका गडबडी हुन्छन् शरीरभित्रको यस नियमबद्धतामा।
शरीरमा प्रत्येक दिन असंख्य कोषिका बिग्रेर क्यान्सर सेलमा परिणत हुन्छन्। ती 'बिग्रेका' हानिकारक भएका कोषिकालाई खत्तम पार्न शरीरभित्र अनेक संयन्त्र सञ्चालित हुन्छन् - फलतः अधिकांश मानिसलाई क्यान्सर रोग लाग्दैन। तर कुनैबेला यसरी बिग्रेका कोषिकालाई खतम पार्ने भूमिका पाएका सेलहरू आफँै नै तिनै खराब, 'आबारा', गतिछाडा, हानिकारक क्यान्सर सेलहरूसँगको 'क्रस टक'मा अत्यन्त जटिल जीववैज्ञानिक प्रकृयाबाट हुने 'गोप्य सञ्चार' मा व्यस्त हुन्छन् र उल्टै क्यान्सरलाई फैलिन सहयोग गर्न पुग्छन् जसरी मानव समाजमा पनि हरेक युगमा गद्दारीका कथा सिर्जना हुने गर्छन्।
मानिसको भ्रूणको विकास क्रममा सिर्जना हुने असंख्य सेलहरू क्रमशः पुनर्नियमन स्वीकार्दै, अनुशासनबद्ध हुँदै, मानव शरीरलाई आकार र गति दिन्छन् । यस क्रममा विकासको खास विन्दुमा देखापरेका असंख्य सेलहरू पूर्वनिर्धारित ढंगले क्रमबद्ध मृत्युवरण गर्छन् - एपोप्टोसिसको प्रवि्र्कयाबाट। नत्र मानव शरीर मासुको अचम्मको थुप्रो बन्दो हो। खास कालखण्डको आवश्यकताअनुसार एउटा निश्चित परिस्थितिमा सिर्जना भएका संस्थालाई बदलिइसकेको स्थितिमा पनि यथावत राख्ने मोह राख्दा, सामाजिक एपोप्टोसिसविरुद्ध जबर्जस्ती लाग्न खोज्दा समाज पनि त्यस्तै अनावश्यक र हानिकारक 'मासुको थुप्रो' भएको असंख्य उदाहरण हाम्रै सामु छन्।
मानव शरीरमा भाइरसहरू पस्दा अर्काका बारीमा चर्न पसेको गाईजस्तो मात्र हुँदैन। तीमध्ये कति त मानव शरीरकै महत्वपूर्ण कोषिकाभित्र पसेर, तिनीहरूको स्वधर्म परिवर्तन गरिदिएर, तिनका सूक्ष्म अवयवलाई आफ्नो सेवा गर्ने दास बनाएर, त्यहींँभित्र आफ्नो साम्राज्य खडा गरेर बसिदिन्छन्। अनेक रोग व्याधिले पिर्ने मात्र हैन, आयु छोटिनेमात्र पनि हैन, शरीरकै स्वाभाविक र महत्वपूर्ण कोषिकाको स्वधर्ममै परिवर्तन हुन्छ। मानव शरीरभित्र देखिने यो अद्भूत दृश्य सामाजिक, राजनीतिक क्षेत्रमा पनि प्रशस्त देखिन्छ। राजनीतिक दलहरू, संघ र संस्थाका तात्कालिक कार्यनीति र रणनीतिमा गलत तरिका अपनाइयो भने यस्ता उपाय नै भाइरससरह मानिसको, संघसंस्थाको स्वत्वमा प्रवेश गरेर स्वधर्म परिवर्तन भइरहेको हुन्छ।
हाम्रो संवाद मानव शरीरको सूक्ष्म र स्थूल परिदृश्यमा पसेर निस्कँदा सामाजिक राजनीतिक आयामका चुनौती लिएर निस्क्यो। ताजुब छ, यत्रो चुनौती हुँदाहुँदै पनि समाज भने चलिरहेकै छ। मानिसहरू बाँचिरहेकै छन्। विज्ञानले थोरै प्रश्नको मात्र जवाफ खोज्न सकेको छ आजसम्म। थाह नपाएका धेरै प्रक्रिया होलान्, थाह नभएका धेरै तत्व होलान् जसले अस्तित्वलाई धानेका छन् जसरी हाम्रै वरपरका अनाम हिरोहरूले, नचिनिएका असल मानिसहरूले धानेका छन् समाजलाई।
हामीलाई लाग्यो प्रकृतिका नियमहरुबाट शरीरविज्ञान र चिकित्साविज्ञानले धेरै सिक्न सक्छ। राजनीतिले पनि त सिक्नैपर्ने धेरै कुरा छैनन् र?