एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले ज्यापु समाजको १८ औँ वार्षिक साधारणसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) लाई बार्गेनिङ गरिरहेको आक्षेप लगाए। आफूसँगै अतिथिको रूपमा आसीन कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाललाई इंगित गर्दै दाहालले दुई पार्टी मिलेर माओवादीसँग बार्गेनिङ गरिरहेको र माओवादीलाई ठेगान लगाउनुपर्छ भन्ने मान्यतामा लागेकाले समस्या सुल्झन नसकेको दाबी गरे।
दाहाल भन्दै थिए, 'हामी लचिलो भएर समस्या समाधान गर्न लागिपरेका छौँ, तर उहाँहरू ( कांग्रेस) र एमाले ) बार्गेनिङमात्र गरिरहनु भएको छ।' कांग्रेस र एमालेले कुनकुन मुद्दामा माओवादीसँग बार्गेनिङ गरिरहेका छन्, त्यो भने दाहालले खुलाएनन्।
दाहालले बार्गेनिङ प्रसंग उठाउनुमा कारणहरू छन्। सरकारको नेतृत्व आफ्नै पार्टीमा भएका बेला माओवादीसँग बार्गेनिङ गर्नु कांग्रेस, एमालेजस्ता प्रतिपक्षीहरूका लागि स्वाभाविक राजनीतिक अभ्यास हो। बार्गेनिङ आफैँमा नराम्रो कुरा पनि होइन। दर्शन, विचार, कार्यक्रम र कार्यशैलीमा भिन्नता भएका राजनीतिक दलहरू आ-आफ्नै अडानमा बसे भने संविधान बन्दैन। चार वर्षको इतिहासले के संकेत गरेको छ भने दलहरूबीच लेनदेनबाटै, सरकार बन्ने र ढाल्ने क्रममा प्रशस्त बार्गेनिङ भएका छन्। अब दलहरूबीच शान्ति प्रक्रिया र संविधान लेखनमा बार्गेनिङ आवश्यक छ। अडानहरूले समाधान निस्कँदैन।
प्रधानमन्त्री भएलगत्तै बाबुराम भट्टराईले माओवादी हतियार राखेका कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने काम गरे। उता संवैधानिक समितिअर्न्तगत विवाद समाधान समितिका संयोजक दाहालले पनि संविधान लेखनलाई अघि बढाउने सक्रियता देखाए। दाहाल र भट्टराईको उत्साहजनक सक्रियताले थोरै भए पनि आशा जगाएको छ। व्यवहारमा भने लडाकु समायोजनको थालनी माओवादीका दार्शनिक मोहन वैद्यबाट तातोपानी खन्याउने काम भइरहेको छ। संविधान लेख्ने दाहालको हतारोलाई कांग्रेस-एमालेले ब्रेक लगाएका छन्। संविधानसभाअघि भइसक्नुपर्ने लडाकु समायोजनको काम तीन वर्षपछि त्यो पनि आफ्नै सरकारको नेतृत्वमा हुन लाग्दा पनि कोकोहोलो मच्चाउने पार्टीका 'जनविद्रोहवादी' लाई तह लगाउन नसक्नु दाहालको कमजोरी हो। शान्ति प्रक्रिया माओवादीकै कारण ब्रेक लागेको देेखिन्छ। त्यही समस्या देखाएर संविधान लेखनको काम ठप्प पार्ने उद्यम गरेका छन् कांग्रेस र एमालेले।
पछिल्लो पटक आफ्नै पार्टीको नेतृत्वमा सरकार र संविधानसभाको म्याद थपिएपछि दाहाल संविधानसभाका विवादास्पद मुद्दाहरू सुल्झाउन उत्साहित बनेको विवाद समाधान समितिका सदस्यहरूको अनुभव छ। तर, उनको सक्रियता लामो समय टिक्न सकेन। तेस्रो पटक संविधानसभाको म्याद थपिएको भदौ १४ को पर्सिपल्टै विवाद समाधान उपसमितिको बैठकमा विवादास्पद सबै मुद्दा सुल्झाउने मानसिकतामा प्रस्तुत भएका थिए दाहाल। उनको उत्साह एक सातै टिक्न सकेन। भदौ २३ को बैठकमा समितिको औचित्य समाप्त भएको गरम अभिव्यक्ति दिए उनले। कांग्रेसले शान्ति प्रक्रिया टुंगोमा नलागी संविधान लेखन अघि नबढ्ने अडान लिएपछि उनी आक्रोशित भएका हुन्। शीर्ष नेताहरूबीच एक किसिमको भनाभनमै बैठक समाप्त भयो। अर्को बैठकको टुंगो छैन। दाहालले कांग्रेस नेता रामचन्द्र पौडेललाई 'हामीले चाहेको व्यवस्था तपाईँहरूको जस्तो होइन' हाकाहाकी भनिदिए। विवाद समितिमा देखिएको नेताहरूको रौद्र रूपले संविधान बन्ला त भन्ने प्रश्न स्वाभाविक छ। तर, दाहालको कांग्रेस-एमालेसँग बार्गेनिङ भइरहेको भनाइले उनीहरू ढिलोचाँडो सौदाबाजी गर्न तयार रहेको देखिन्छ।
संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणाली संविधानका खास विवादास्पद मुद्दा हुन्। यी तीन मुद्दामा माओवादी, कांग्रेस र एमालेका आ-आफ्नै अडान छन्। सबै आ-आफ्नै अडानमा रहेने हो भने संविधान बन्दैन। तीनमध्ये पार्टीहरूबीच लिने र छाड्नेबारे गृहकार्य पनि भएका छन्। प्रमुख दलहरू यी तीन मुद्दामा बार्गेनिङ र सौदाबाजी गर्न धेरै हदसम्म सकारात्मक छन्। कुरा शान्ति प्रक्रियामा अड्किएको मात्र हो।
शान्ति प्रक्रियाले गति लिने विश्वासिलो आधार बने संविधानका विवादास्पद बुँदा मिल्न सहज हुन्छ। यसका लागि माओवादी अग्रसरता आवश्यक छ। सबैभन्दा ठूलो, सत्ताधारी र शान्ति प्रक्रियाको पक्ष भएकाले दलको हैसियतले माओवादीले जिम्मेवारीबोध गर्नुपर्यो। दाहालले वैद्यहरू देखाएर जिम्मेवारीबाट पन्छन मिल्दैन। संविधान बनाउन कांग्रेस, एमालेले अड्को थापे भन्ने आक्षेप लगाउनुभन्दा शान्ति प्रक्रियालाई गति दिन दाहालको प्राथमिक काम हुनुपर्छ।
संघीयताबारे कांग्रेस आयोग बनाउनुपर्ने अडानबाट पछि हटेर विज्ञ समिति बनाउन नरम हुँदैछ। राज्य पुर्नसंरचना र राज्यशक्तिको बाँडफाँट समितिले मूलतः जातीय आधारमा १४ चिरामा विभाजन गरेको मुलुकबारे पुनर्विचार हुने संकेत देखिएको छ। संवैधानिक समितिमा पुगेका १४ प्रदेशको प्रस्ताव अहिले विवाद समाधान उपसमितिको कार्यक्षेत्रभित्र छ। संघीयताबारे भएका निर्णयमाथि माओवादीभित्रबाटै पुनर्विचार गर्नुपर्ने आवाज आएको पुष्ठभूमिमा विज्ञ समिति गठन समाधानको एउटा विकल्प हुनसक्छ। विज्ञ समितिले प्रदेशहरूको रेखांकन, नाम, संख्या जस्ता विवादास्पद बुँदामा काम गर्नसक्यो भने कांग्रेसको माग पूरा हुनेछ भने माओवादी, एमालेभित्र गुम्सिएका असन्तोषहरू सम्बोधन हुन्छ। जातीय संघीयता प्रत्येक राजनीतिक पार्टीमा बहसको विषय बनिरहेको छ।
विवादास्पद शासन र निर्वाचन प्रणालीबारे पनि दलहरू आ-आफ्ना अडानबाट पछि हटेका छन्। विवाद समाधान उपसमितिअर्न्तगत एक कार्यदलका सदस्यहरूले छलफलबाट निकालेको सूत्रअनुसार यी मुद्दाहरू सम्बोधन हुन सक्छन्। कार्यदलका सदस्यहरू माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपति मुलुकको कार्यकारी अधिकार हुनुपर्छ भन्ने अडान छाडेर राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कार्यकारी अधिकार राख्न सहमत हुने बताउँछन्। निर्वाचित राष्ट्रपति पाएपछि संघीय संसद्बाट प्रधानमन्त्री चयन हुनु माओवादीका लागि आपत्तिजनक हुनेछैन। यस्तो अवस्थामा एमालेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनपर्छ भन्ने अडान पछाडि पर्न जान्छ। राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कार्यकारी अधिकार राख्ने कुरामा कांग्रेस-एमाले सहमत भए पनि कांग्रेसको मुख्य आपत्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुहुँदैन भन्नेमा केन्द्रित हुनसक्छ। सदस्यहरू यसमा थप बार्गेनिङ आवश्यक देख्छन्। निर्वाचन प्रणालीबारे माओवादी आफ्नो बहुसदस्यीय प्रत्यक्ष निर्वाचनबाट पछि हटेर संविधासभामा अँगालिएको मिश्रित प्रणालीमा अख्तियार गर्न सहमत भएको बुझिन्छ। दाहालको 'संविधानसभामा जे अभ्यास गरियो, यसकै सेरोफेरोमा जानुपर्छ' भन्ने अभिव्यक्तिले निर्वाचन प्रणाली ठूलो समस्या देखिँदैन। कांग्रेस-एमाले दुवै मिश्रित प्रणालीको पक्षमा छँदैछन्।
घटनाक्रमहरूले मुख्य दलहरू संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा लेनदेन गरेर सहमतिमा पुग्नसक्ने देखिन्छ। मुख्य दलहरूबीच हुनसक्ने सौदाबाजीको यो पोको भने शान्ति प्रक्रिया सुनिश्चित हुनुअघि खुल्ने देखिन्न।