संविधानको उपहास
२९ भदौ २०६८
•
११ मिनेट पाठ
संविधानको उपहास
एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले भदौ ११ मा रातारात गरेको चारबुँदे सहमतिमाथि बहस चलिरहेको छ। उपाध्यक्ष मोहन वैद्यको गुट अध्यक्ष र प्रधानमन्त्री भट्टराईले सुटुक्क मधेसवादीसँग सम्झौता गरेकोमा सबैभन्दा आक्रोशित छ।  




बेलाबेला संस्थापन र वैद्य पक्षमा विभाजित हुने र कारबाहीमा समेत उत्रन पछि नपर्ने माओवादी कार्यकर्ता तल्लो इकाईसम्म विभाजित छन्। वैद्य पक्ष साँचो विवादका नाममा संस्थापनविरुद्ध उत्रेको देखिए पनि मधेसवादीसँगको सम्झौता असन्तोषको प्रमुख कारण बनेको छर्लंग छ। यता नेकपा (एमाले) मधेसवादीसँगको सम्झौता खारेज हुनुपर्ने निचोडमा पुगेको छ। एमालेको केन्द्रीय समितिमा चारबुँदे सहमति खारेज हुनुपर्छ भन्ने आवाज उठेपछि मधेसी मोर्चाका नेताहरू एकजुट भएका छन्। मोर्चामा आबद्ध नेताहरूले बुधबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना माग पूरा गर्न दबाब दिए। मोर्चाका नेताहरूको यो दबाब एमालेको निर्णयको जबाफमा आएको औपचारिकतामात्र हो वा बाबुरामको सत्ता गिराउने प्रपञ्च?
मुलुकको सक्रमणकालीन राजनीतिका करिब एक दशकमा राजाको सक्रिय नेतृत्वबाहेक पहिलो पटक सरकारबाट बाहिर बसेको एमालेले सम्झौतालाई अवसरवादी दस्तावेज भनेको छ। अवसरवादमा एमाले र मधेसवादी आफैँ उदाहरण हुन्। यस्ता आरोपले बाबुरामलाई खासै दबाब दिने हैसियत नैतिक हैसियत भने राख्दैन। मधेसवादीसँग सम्झौताविरुद्ध माओवादीभित्र रडाको मच्चिरहेको र एमालेले समेत खारेज गर्ने प्रस्ताव अघि सारेको पेचिलो अवस्थामा बाबुरामको सरकार छ। यो मधेसवादी दलको काँधमा अडिएको छ। सत्ताको जगमा रहेका मधेसवादीले सम्झौताका अक्षरका देखाउँदै ठाउँ छाडे भने बाबुरामको सत्ता टिकाउने कुनै विकल्प बाँकी रहँदैन। शान्ति प्रक्रियाका थाँती कामहरू प्राथमिकतासाथ समाधान गर्ने, जनतालाई राहतका प्याकेज बाँड्ने र प्रधानमन्त्रीको मितव्ययी जीवनशैलीले सार्वजनिक जीवनमा लोकप्रिय बनाउन सहयोग गर्ला तर सत्ता टिकाउन काम गर्दैन। मधेसवादी मोर्चाको सवाल भने अनुमान गर्न सकिने खालको छैन। सत्ताकै लागि मधेसवादी दलमा बारम्बार विभाजन भएको छ। भावी मन्त्रीको नाम निश्चित गर्न नसकेकैले मोर्चाको हैसियत स्पष्ट हुन्छ। यसबाहेक, बाबुरामको सत्ताको जगमा दिल्लीले सिमेन्टको काम गरेको विश्लेषण भइरहेको छ। त्यसैले मधेसवादी जगमा अडिएको बाबुराम सत्ता राम्रो काम गरेरमात्र टिक्ने देखिँदैन। सत्ता सञ्चालनका लागि आवश्यक सबैखाले तन्तुलाई सही, दुरुस्त राख्नसक्नु र पार्टीभित्रका विरोधीलाई थामथुम पार्न सक्नुमा बाबुराम सरकारको भविष्य निर्भर छ।
सत्ता राजनीतिबाहिर बस्न नसक्ने एमालेले मधेसवादीसँगको सम्झौता खारेज हुनुपर्छ भन्ने माग राख्नु सोझै बाबुरामको राजीनामा नमाग्नुमात्र हो। प्रधानमन्त्री निर्वाचनमा बाबुरामविरुद्ध कांग्रेसका रामचन्द्र पौडेललाई मतदान गरेकाले उसलाई यही सरकारमा सहभागी हुन नैतिकरूपले अप्ठेरो छ। एमालेका 'जिम्मेवार' नेताहरूमा दुई धारणा देखिन्छन् । एक खाले नेताहरू नयाँ सरकार गठन हुनुपर्छ भनिरहेका छन्। केही नेता यही सरकारलाई डेढ महिनासम्म 'पर्ख र हेर'को नीतिबाट आकलन गर्नुपर्ने पक्षमा छन्। अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न एमालेले मधेसी मोर्चासँग भएका चारबुँदे सम्झौता खारेजीको माग गरेको प्रस्टै छ।
बाबुरामले मधेसी मोर्चाको साथ लिइराख्नु कम चुनौतीपूर्ण छैन। प्रधानमन्त्री बन्न मोर्चासँग उदार उधारो सम्झौता गरिएको थियो। तर, सबै सम्झौता कार्यान्वयन गर्न सहज छैन। कतिपय मामला बाबुरामले चाहेरमात्र पूरा हुने देखिन्न। कांग्रेस, एमालेलगायत प्रमुख दलले औँलो उठाउँदा कतिपय बुँदा निस्तेज हुन सक्छन्।
मधेसवादीसँगको सम्झौतामध्ये कतिपय पूरा नहुने संकेत दुई सातामै देखिएका छन्। सवैधानिक र कूटनीतिक पदहरू १५ दिनभित्र पूरा गर्ने मोर्चासँगको सम्झौता मोर्चाको हकमा कमजोर हुन पुगेको छ। सम्झौतामा मोर्चाले भागबन्डाको राजनीति घुसाएको छ। संवैधानिक पदको नियुक्ति सरकार एक्लैले गर्न सक्दैन। त्यहाँ प्रतिपक्षी दलको पनि भूमिका हुन्छ। यसबाहेक प्रधानमन्त्रीले भागबन्डामा नियुक्ति नगर्ने र योग्य र व्यावसायिक मानिस नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महत्वपूर्ण पदहरूमा नियुक्तिको सन्दर्भमा के पनि देखिन्छ भने मधेसवादी दलमा महत्वपूर्ण जिम्मेवारी लिनसक्ने क्षमतावान् व्यक्तिको अभाव छ। अर्कोतर्फ मधेसवादी दलमा भइरहेका विभाजनले क्षमतावान् व्यक्तिसमेत लाखापाखा लागेका छन्।
चालु आर्थिक वर्षको बजेट परिमार्जन गरेर मधेसी दलका माग सम्बोधन गर्ने आश्वासन पनि छोटो समयमै निस्तेज भएको छ। सरकारले बजेट परिमार्जन नगर्ने भनिसकेको छ। आरक्षण विधेयकलाई मोर्चाको चाहनाअनुसार परिमार्जन गर्ने र मधेसी सेना गठनका मुद्दाहरू बाबुराम एक्लैले चाहेर पनि पूरा गर्न सक्दैनन्।
मधेसमा 'जनउत्तरदायी' सुरक्षा कार्यक्रम ल्याउन भइरहेको हातहतियार ऐनमा परिवर्तन गरेर प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको भूमिका कमजोर बनाउने सम्झौता पनि सहजै कार्यान्यन हुने देखिन्न। जनउत्तरदायी सुरक्षा अवधारणाले मधेसका जनतालाई राहत दिने कि मधेसका विभिन्न नामधारी आपराधिक समूहलाई खुकुलो बनाउने भन्ने प्रश्न छ। अर्धन्यायिक निकायबाट कानुनको दुरूपयोग हुन सक्ने खतरा छ। विद्यमान कानुनमा परिवर्तन गर्ने मधेसवादी दलको चाहना सैद्धान्तिक दृष्टिले सकारात्मक मान्न सकिन्छ। तर, अर्धन्यायिक निकायलाई कमजोर बनाउँदा मधेसमा मौलाएका अपराधी समूह अझ प्रोत्साहित गर्ने हुने त होइनन्? सुरक्षा निकायले मोर्चाको यस मागलाई अर्थपूर्र्णरुपमा लिएको छ।
मधेसी मोर्चा र माओवादीबीच राज्य पुनर्संरचना आयोग नबनाउने सहमति सविधानको शब्द र भावनाविपरीत छ। तराई भनेर चिनेने नेपालको पूर्व-पश्चिमको दक्षिणी मैदान एउटै प्रदेश बनाउनुपर्छ भन्ने क्षेत्रीय संघीयता माग पुनर्संरचना आयोग बनेको अवस्थामा गुम्न सक्ने भयले मोर्चा विपक्षमा उभिएको होइन। माओवादीलाई एक छिन पर राखौँ, लोकतान्त्रिक पद्धतिलाई मुख्य आधार भन्ने मधेसवादी दलहरूले संविधानमा उल्लेखित व्यवस्था कार्यान्वयन नगरौँ भनेर सम्झौता गर्छन् भने उनीहरूको लोकतान्त्रिक व्यवस्थाप्रतिको निष्ठा शंकाको घेरामा पर्छ। संघीयता मुलुकको सबैभन्दा पेचिलो मुद्दा हो। प्रदेशहरू गठन गर्दा मुलुकलाई कसरी र कति चिरामा विभाजन गर्ने, प्रदेशहरूलाई केकस्ता अधिकार दिने र प्रदेश-प्रदेशका जनताबीच कस्तो सम्बन्ध रहने भन्ने अहम् प्रश्न सत्तासँग मात्र सम्बन्धित छैनन्। यो संविधान संशोधनबाट मात्र गर्न सकिन्छ। राजनीतिको यो कखरा मधेसी मोर्चालाई थाहा नभएको होइन। सत्ता प्राप्तिका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहने मधेसवादी र सत्ताका लागि जस्तोसुकै सम्झौतामा हस्ताक्षर गर्ने माओवादीले अन्तरिम संविधानको धज्जी उडाएका छन्।
अर्को समाचार
लोकतान्त्रिक शासन प्रणालीको उपहास : बार एसोसिएसन
०७ जेष्ठ २०७८
•
२ मिनेट पाठ
लोकतान्त्रिक शासन प्रणालीको उपहास : बार एसोसिएसन
सर्वोच्च बार एसोसिएसनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिबाट गरिएको आव्हानलाई लोकतान्त्रिक शासन प्रणालीको उपहास भएको जनाएको छ।




बारले वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएको उल्लेख गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया आरम्भ गर्नका लागि राष्ट्रपतिबाट गरिएको आव्हानप्रति एसोसिएसनको ध्यानाकर्षण भएको जनाउँदै प्रम ओली र राष्ट्रपति भण्डारीको कदमले लोकतान्त्रिक शासन प्रणालीको उपहास भएको जनाएको हो।

एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै ‘संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्दछ। सो बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा मात्र सोही धाराको उपधारा (५) बमोजिमको सरकार गठन गर्नको लागि राष्ट्रपतिबाट आव्हान गर्नुपर्ने हुन्छ। राष्ट्रपति तथा मन्त्रिपरिषद्बाट “सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको र मिति २०७८।१।२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको’ भन्नुलाई मन्त्रिपरिषद्को औचित्यहिन निष्कर्ष भएको जनाउँदै त्यसले संविधानको आधारभूत संरचनाको रुपमा रहेको जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको उपहास गरेका ठहर समेत गरेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने अधिकार मन्त्रिपरिषद् र राष्ट्रपतिलाई नभई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको अधिकार हो भन्ने यो बारको अडान रहेको छ ।

संविधानको धारा ७६ (३) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीलाई सोही धाराको उपधारा (४) बमोजिम विश्वासको मत दिने/नदिने भनी निर्णय गर्ने अधिकार प्रतिनिधि सभालाई रहने हुँदा त्यसको प्रयोग गर्न बञ्चित गराई राष्ट्रपति र मन्त्रिपरिषद्को मिलोमतो भएको समेत बारको भनाइ छ ।

‘स्पष्ट देखिने गरी एक्कासी धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया आरम्भ गरिएको कार्यले संविधानको कपटपूर्ण रुपमा प्रयोग भई मूल कानूनमाथि जालसाजी र धोका भएको यस बारको निष्कर्ष छ।’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा ‘एकातिर प्रतिनिधि सभालाई छल्ने र अर्कोतर्फ प्रधानमन्त्रीले पदबाट राजीनामा नै नदिई अर्को प्रधानमन्त्रीको नियुक्तिका लागि अनुरोध गरेकै आधारमा राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि आव्हान गरिएको कार्यले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पदमा रही राजनीतिक अभिष्ट पूरा गर्ने दाउमा रहेको देखिन्छ।’ भनिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस