समाजका प्रबुद्ध सदस्यहरूले कटुता बोकेर इतिहासको घाउ कोट्याउँदै एउटा निश्चित समुदायको 'हिरो' हुन खोज्ने कि त्यस्तो घाउमा मलम लगाउने कोसिस गरेर सिंगै देशको 'नायक' हुने?
इतिहास वर्तमान उभिने धरातल हो। तर धेरैले कि त इतिहासको गौरवमात्र गाएर वर्तमानलाई पुड्को बनाउँछन् कि सधैँ इतिहासको पीडा संझेर मौका पायो कि तीतो ओकल्छन्। इतिहासको गौरव र पीडा दुवै वर्तमानका लागि शिक्षा हुनुपर्ने हो तर समाजमा चिरा पर्दैजाँदा इतिहास पाठभन्दा बढी या अहंकार नभए प्रतिशोधमा परिणत हुँदोरहेछ। इतिहासमा उभिएर भविष्यको रेखा कोर्नु राम्रो हुन्छ तर इतिहासको भारी बोकेरै भविष्य निर्माण गर्नखोज्दा त्यसको परिणाम सुखद नहुनसक्छ।
लहैलहैमा बतासिने अल्लारे जमातमात्र होइन, एउटा जाति, समुदाय या क्षेत्रले मात्र होइन, सिंगो देशले चिन्ने, श्रद्धा र सम्मान गर्ने कतिपय प्रबुद्ध नेपालीले समेत तीतो इतिहासको कुम्लो बोकेर हिंडेको र बारम्बार त्यही कुम्लाका सामग्री कहिले स्पष्ट र कहिले घुमाउरो गरी पस्किरहेको देख्दा भने दुःख लाग्छ। सिंगो देशले जाति र क्षेत्रको घेराभन्दा धेरैमाथि राखेर हेरेको त्यस्ता व्यक्ति पनि अधिकांश देशवासीले उठाइदिएको धरातल र समग्र नेपालको सीमाबाट झरेर बारम्बार जातीयता र क्षेत्रीयताको साँगुरो धरातल र दायरामा खुम्चिँदा गर्व र उत्साह महसुस गर्छन्। तिनीहरू 'हामीले आन्दोलन गरेर, खोसेर लिएको अधिकार र सम्मान हो, काठमाडौंका कुलीन र सामन्ती वर्गले दया गरेर दिएको होइन' भन्ने सोचग्रस्त र गौरवान्वित छन्। 'आन्दोलन गरेर, खोसेर लिएको अधिकार र सम्मान हो' भन्ने टिप्पणी असत्य होइन तर इतिहासको सत्य त वर्तमानका लागि शिक्षा पो हुनुपर्छ, अहंकार र कटुता हो र? क्षमा र मेलमिलापमा परिवर्तित हुनसक्ने मात्र इतिहासमा नेल्सन मण्डेलामा रूपान्तरित हुन्छ र महान् हुन्छ।
त्यसो नगर्ने र इतिहासका कटुतालाई मात्र कोट्याइरहने हो भने त्यसले तीतोलाई निरन्तरतामात्र दिनेछ। सम्पूर्ण मानव इतिहास शोषण र कटुताले भरिएको त इतिहासमा अल्भि्करहनेहरूलाई अवगतै होला। आज मानव जातिले गर्व गर्ने प्राचीन कालका सात आश्चर्य हुन् या चिनको 'ग्रेट वाल' जहाँ काम गर्दागर्दै मरेकालाई पर्खालमै पुरिएको थियो या फ्रान्सको भसाई दरबार या भारतको ताजमहल या काठमाडौंका ऐतिहासिक दरबार स्क्वयार र भव्य मन्दिर ती सबै एउटा जाति या वर्गले अर्कोमाथि गरेको अन्याय र शोषणकै परिणाम थियो। जसका बारे हामी गर्व गर्छौं ती सबै शोषित र पीडितको पसिनाले भिजेको छ। के अब ती सबैलाई ध्वस्त पारिदिने? के अब ती सबैलाई सम्झिएर सकेसम्म बदला लिने? त्यतिमात्र होइन मानव अधिकारका बारे पर्याप्त बहस चल्न सुरु भएको दशकौं भइसक्ता पनि अन्याय र शोषण अन्त्य भएको छैन र संभवतः मानव चरित्रमा निहित आधारभूत दुर्गुणहरूका कारण त्यति सहजै त्यो अन्त्य हुने ा पनि छैन। न्यूनीकरण भने हुंँदै जानसक्छ र भएको पनि छ। तर जुनजुन समुदायले त्यो अन्याय र शोषणलाई मानव विकासक्रमको ऐतिहासिक पृष्ठभूमिमा राखेर बुझ्ने प्रयास गर्छन्, त्यहाँ अहंकार र कटुता घट्दै जान्छ। त्यो समाज बढी सहनशील र सुसंस्कृत बन्दै जान्छ। बुझ्ने प्रयास नगर्नेहरू अफ्रिकाका कयौँ मुलुकहरूजस्तै जातीय द्वन्द्वबाट ग्रस्त हुन्छन््। तिनको हाल पूर्व सोभियत संघ, वर्तमान रूस र चेच्चनिया, पूर्व युगोस्लाभिया या नजिकै आउने हो भने तामिल र सिंहला वा भारत र पाकिस्तानमा हिन्दु र मुसलमानबीच व्याप्त कटुतामा रूपान्तरित हुनसक्छ।
संसारका अरू देश र समाजस्तै नेपालमा पनि अन्याय र शोषणको इतिहास लामै छ। तर अरूको भन्दा हाम्रो अज्ञानको इतिहास पनि लामो छ। अज्ञान परमानन्द हो भने झैँं अज्ञानकै कारण हामी सहनशील पनि भयौं। किनभने हामीमा अधिकारबोधको ज्ञानले ल्याउने दुर्गुण सवार हुन पाएन। माओवादीले विकासक्रमको प्राकृतिक सिद्धान्तलाई मान्छे मार्ने अप्राकतिक सिद्धान्तले प्रतिस्थापित गरी एकैपटक छलाङ मार्ने सपना देखेपछि हामीमा अधिकार चेत त बढ्यो तर त्यसले सँगै सद्भाव र सहनशीलताको लामो परम्परालाई उत्तेजनामा परिणत गरिदियो। त्यही उत्तेजनालाई हामीले हिजोआज चेतना भन्ने गरेका छौँ। हरेक देशको इतिहासमा यस्ता घडी विभिन्नरूपमा आउँछन् र तिनले ल्याउने संक्रमणबाट सबै गुज्रनु पनि पर्छ। तर, लोकतान्त्रिक संक्रमण झनै जटिल हुन्छ। किनभने लोकतन्त्र हाम्रोजस्तो अविकसित समाजका लागि छाडातन्त्र पनि हो र हामीले २०४६ सालपछि जस्तो किसिमको लोकतन्त्रको अभ्यास गर्दै आएका छौँ, त्यो धेरै हदसम्म छाडातन्त्र हो।
यस्तो अवस्थामा सर्वसाधारणबाट हामीले धेरै अपेक्षा गर्न मिल्दैन। ती कहिले राजासँग बहकिए, कहिले नेपाली कांग्रेस, एमाले र माओवादीसँग बहकिए। अनि ती तराई केन्द्रित, जातिगत र क्षेत्रगत समूहसँग बहकिए। नेताहरूले नै नबुझिगरेको व्याख्यालाई अधिकांश स्थितिमा 'जनता' ले बुझे झैँ गरे। त्यसैको परिणामस्वरूप दशकौंदेखि नेपाली जनता राजनीतिरूपमा भौंतारिएका छन्। स्वर्गीय गणेशमान सिंहले 'जनता भनेका भेडा हुन्' भनेर संभवतः राजनीतिक दलहरूको आह्वानमा बहकिनुलाई आत्मअधिकारको सदुपयोग र देश र समाजका लागि गरिएको संघर्षका रूपमा हेर्ने जमातलाई संकेत गरेको हुनुपर्छ। हुन पनि जुन ढंगबाट हामी क्षणभरको आह्वानमा सडकमा उत्रिने, टायर बाल्ने र हिंसात्मक हुने गर्छाैं, त्यसलाई हेर्दा गणेशमान सिंहको टिप्पणीलाई कसरी गल्ती भन्ने र?
यस्तो समाजमा लेखको सुरूतिर उल्लेख गरिएजस्ता सिंगो राष्ट्रले नै सम्मान गर्ने प्रबुद्ध व्यक्तित्वहरूले नै इतिहासलाई कोट्याइकोट्याइ घाउमा खाटा बस्न नदिनु कत्तिको उचित होला? भलादमी देखिनका लागि लुकाउन खोज्दाखोज्दै पनि बेलाबेलामा औपचारिक र अनौपचारिकरूपमा व्यक्त भइहाल्ने कटुता बोकेर इतिहासको घाउ कोट्याउँदै एउटा निश्चित समुदायमा 'हिरो' हुन खोज्ने कि इतिहासको घाउमा मलम लगाउन कोसिस गरेर सिंगै देशको 'नायक' हुने? त्यो उनीहरूले नै सोच्ने विषय हो। त्यस्ता प्रबुद्ध भनिएका व्यक्तिहरूको चर्चा गरिसकेपछि हाम्रा कतिपय सांसदहरूको पनि कुरा गर्नैपर्ने हुन्छ। उनीहरूमध्ये कतिपय प्रबुद्ध छन् भने केही सामान्य र केही अज्ञानी होलान् तर जेसुकै भए पनि ती देशको व्यवस्थापिकाका सदस्य हुन् र ती सिंगो देशका नेता हुन्। ती आफ्नो निर्वाचन क्षेत्रका लागिमात्र होइन देशकै लागि जिम्मेवार छन््। आफ्नो क्षेत्रलाई विशेष ध्यान दिनु तिनको जिम्मेवारी होला तर घरको ख्याल गर्दा समाज र राष्ट्रलाई हानी नपुर्याउने नागरिकमात्रै असल ठहरिन्छ। हाम्रा प्रबुद्ध वर्गका कतिपय सदस्यले झैँ ती सांसदमध्ये कतिले घरको मात्र ख्याल गरेका छन्् र कतिले समाज र राष्ट्रकै हेक्का राखेका छन््, त्यो पनि तिनले नै बुझ्ने विषय हो।
यो लेखमा प्रबुद्ध भनेर कुनै लेखक, प्राज्ञ या नेताको नाम किटिएको छैन। कसैको सार्वजनिक टिप्पणी या लेखलाई उद्धरण पनि गरिएको छैन। तर जजस्ले खुलारूपमा वा भलादमी पनको आवरणले ढाकेर इतिहासको अहंकार र कटुता बोकेर हिँडेका र वर्तमानलाई तीतो बनाइरहेका छन्, त्यो, त्यसै गर्नेलाई नै थाहा होला। तिनलाई सञ्चार माध्यममार्फत् चिन्नेहरूलाई नै थाहा होला। अधिकार र सम्मान खोज्नुहुंदैन भन्ने होइन। 'मेरो बाजेले घिउ खा'थे, मेरो हात सुँघ' भन्ने मानसिकता बोकेका कपटभद्र सामन्तीहरूको शासन र मानसिकता कस्तो हुन्छ भन्ने यस लेखकले पनि राम्रैसंग अनुभव गरेको छ। तर त्यो तीतोलाई हामी सर्वसाधारणकहाँ पुग्नसक्ने विशेष सुविधा पाएका व्यक्तिहरूले यो या त्यस रूपमा बारम्बार व्यक्त गरिरहने हो भने, समाज र देशमा सहअस्तित्व र नेपालीत्वको भावना कसरी स्थापित होला? अहिले नै अकल्पनीय केही नहोला तर पढेलेखका र जानेबुझेका मानिएका व्यक्तिहरूले नै समाज र देशलाई विष्फोट भयो भने नियन्त्रण गर्न गाह्रो पर्ने विन्दु ल्याइपुर्याएका छौँ। दोहोर्याऊँ, इतिहास बोकेर हिंड्ने भारी होइन, पाठ सिक्ने शिक्षालय हो। इतिहासको घाउ कोट्याइरहनेहरूले अलिकति विचार गरिदिने हो कि?