संविधानसभाको सबैभन्दा ठूलो दल एनेकपा (माओवादी) का २ सय ३७ सभासद्मध्ये दुई जना पार्टी लाइनविरुद्ध उम्मेदवारी दिएर जित्ने पनि छन्। ती झापामा एमालेका केपी ओलीलाई पराजित गर्ने विश्वदीप लिङ्देन र सिन्धुलीकी निरू दर्लामी कुँवर हुन्।
संविधानसभा निर्वाचनमा माओवादी एमालेबीच तीव्र प्रस्तिस्पर्धा थियो। त्यसैले केपीलाई आधिकारिक माओवादीले हराए वा बागीले? जबाफ त्यति सजिलो छैन। सरल भाषामा भन्नुपर्दा ओलीलाई माओवादीले पछारिदियो। यता, सिन्धुलीको राजनीतिक रसायन भने अलि भिन्न थियो। त्यसको प्रभाव अहिलेसम्म माओवादीमा बेलाबेलामा प्रकट भइरहन्छ। कारण, निरूले संयुक्त जनमोर्चाका लीलामणि पोखरेललाई हराएकी थिइन्।
पार्टीले एकीरणको बृहत् योजनासाथ लीलामणि पोखरेल, अमिक शेरचन, गिरिराजमणि पोखरेललगायत तत्कालीन जनमोर्चा नेपालका आधा दर्जन नेतालाई सघाउने रणनीति लिएको थियो। संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिइसकेको अवस्थामा जनमोर्चालाई सघाउने रणनीति सिन्धुलीका माओवादी नेता-कार्यकर्ताले लत्याए र माओवादी सहिद शेरमान कुँवर 'विशाल' की पत्नी निरूलाई जिताए। पार्टी नीतिविपरीत उम्मेदवारी कायम राखेर निर्वाचित हुने निरू अहिले छर्लंग नछुट्टिए पनि उपाध्यक्ष मोहन वैद्यको जनविद्रोह लाइनमा छिन्। संविधानसभा निर्वाचनताक अहिलेजस्तो सडक, भाषण, वक्तव्यमा माओवादी नेतृत्व विभाजित थिएन। निरू बागी बनेर केन्द्रीय नीतिविरूद्ध उभिनसक्नु र निर्वाचित हुनुमा अरू धेरै राजनीतिक समीकरणभन्दा उनका श्रीमान्को हत्याले सिर्जना गरेको आक्रोश थियो। मतदाताहरूले सहानुभूतिको भोट खसाले, उनी निर्वाचित भइन्। २०६० भदौमा लावाङ, रुकुमको केन्द्रीय समिति बैठक सकेर जिल्ला फर्कने क्रममा केन्द्रीय सदस्यहरू विशाल र मोहनचन्द्र गौतम 'कुमार' लाई सेनाले बाटैमा हत्या गरेको थियो।
यी दुई नेताको सम्झनामा माओवादीले प्रत्येक वर्ष भदौ २० मा 'विशाल-कुमार' स्मृतिसभा आयोजना गर्ने गरेको छ। यो वर्ष पनि उनीहरूको सम्झनामा सातौँ स्मृतिसभा आयोजना गरियो। माओवादी अध्यक्ष पुष्पकमल दाहालको मय' प्रमुख आतिथ्यमा सहिदहरूलाई सम्झने औपचारिकतासाथ सिन्धुलीमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले सरकारका पाँच प्राथमिकताको चर्चा गरे। अध्यक्ष दाहालले राष्ट्रिय राजनीतिमा आफूले खेल्ने भूमिकाबारे धेरै र पार्टीभित्रका सामयिक राजनीतिबारे संक्षेपमा तर अर्थपूर्ण इतिहास सम्झाउने प्रयास गरे। उनी भन्दै थिए, 'माओवादीभित्र निकै तीखा बहस हुन्छन्, बहस र तर्कमा उभिन नसक्ने कतिपयले पार्टी छाडेर गएको इतिहास छ।' उता सचिव सीपी गजुरेल माओवादीभित्र दुई लाइन संघर्र्ष चर्किएको जनाउ दिँदै थिए। स्मृतिसभामा निरूको उपस्थितिमात्र रह्यो। अन्य केन्द्रीय नेतालाई समेत समय अभावमा मञ्चमा मात्र राखियो। उनीहरूको बोल्ने पालो आएन। तीन नेताको भाषणले माओवादीभित्र ठूलो रडाको छ भन्ने देखायो।
पार्टीका सहिद विशाल-कुमारको स्मृति कार्यक्रममा शीर्ष नेतालाई सिन्धुलीमा उतार्नसक्नुमा जिल्ला समितिको हात थिएन। स्मृतिसभा कहाँ, कसरी गर्ने र कोको प्रमुख नेता हुने भन्ने राजनीतिले जिल्लाका माओवादी नेता कार्यकर्ता विभाजित थिए। वैद्य पक्षले जनसांस्कृतिक मञ्चको आयोजनमा सदरमुकामको शुभेच्छा सिनेमा हलमा सांस्कृतिक कार्यक्रम गर्ने भन्दै टिकटसमेत बिक्री गरिसकेको थियो। कार्यक्रमको प्रमुख अतिथि स्यायी समिति सदस्य सीपी गजुरेलको नाम प्रचारमा थियो। संस्थापन पक्षले सदरमुकामबाट २० किलोमिटर पश्चिम विशालको जन्मथलो पिपलमाडीमा कार्यक्रम गर्ने र त्यसको आतिथ्य वर्षमान पुन र हरिबोल गजुरेलबाट हुने प्रचार गरिएको थियो। दुवै पक्षले कार्यक्रमबारे पर्चा, पोष्टर बाँडेका मात्र थिएनन्, एकले अर्काका प्रचारसामग्री च्यात्ने, जफत गर्नेसम्मका क्रियाकलाप भएका थिए।
सहिदका नाममा जिल्लाका माओवादी विभाजित हुने र एक अर्काविरुद्ध भौतिक आक्रमणको समेत खतरा टार्न तीन दिनअघिमात्र रातारात केन्द्रीय स्तरको कार्यक्रम तय गरिएको हो। सिन्धुली खुलामञ्चमा आयोजित विशाल-कुमार सातौँ स्मृति सभा केन्द्रीय नेताहरूको 'गरिमामय' उपस्थितिमा राम्ररी चल्न पाएन। दाहाल र गजुरेलले पार्टीभित्रको धाँजाहरू फराकिलो हुँदैगएको संकेत गरे। दाहाल 'नटिक्नेहरू छोडेर जान्छन्' भन्ने स्थितिमा पुगे। गजुरेलको माओवादीभित्र दुई धारको संघर्ष चलिरहेको सार्वजनिक अभिव्यक्तिको पृष्ठभूमिमा कम्युनिस्ट पार्टीहरूको प्रकृतिमात्र भनिराख्ने अवस्था देखाउँदैन। पछिल्लो समय नेताहरूका बोली र व्यवहारले माओवादी ठूलो दुर्घटनाको सम्मुख छ भन्ने संकेत गरिरहेको छ।
कतिपय अवस्थामा दुई लाइनको संघर्ष कम्युनिस्ट पार्टीभित्र स्वाभाविक र प्राकृतिक मानिन्छ। तर, माओवादीभित्र विकसित दुई लाइन संघर्षका बाटो भिन्नभिन्न छन्। बाबुराम राजनीतिक संघर्र्ष अन्त्य भएको निचोड निकालेर आर्थिक क्रान्तिबाट समाजवादमा पुग्ने सपना देखिरहेका छन् । वैद्य पक्ष भने राजनीतिक लडाइँ नसकिएको भन्दै जनविद्रोहको वकालत गरिरहेका छन्। साम्यवादमा पुग्ने यी दुई प्रकृतिमा नेताहरूको रणनीति नितान्त फरक छ।
मौसमअनुसार कहिले बाबुराम र कहिले वैद्यको विश्वास लिएर पार्टीका आन्तरिक विवाद व्यवस्थापन गर्दै आएका दाहालको कमान कमजोर बनेको छ। संयोजनकारी भूमिका गर्नुपर्ने दाहालले बाबुरामलाई काँध थापेपछि पार्टी मामला थप जटिल बनेको छ। जुनसुकै मूल्यमा बाबुरामलाई प्रधानमन्त्री बनाउने दाहालको अभीष्ट पूरा भएको छ। तर, भदौ ११ को मध्यरातमा मधेसी मोर्चाको समर्थन पाउन केकस्ता सम्झौता गरिए, सम्झौता किन दाहाल र भट्टराईले मात्र गरे भन्नेजस्ता गम्भीर प्रश्न उठेका छन्। अध्यक्ष दाहाललगायत सात पदाधिकारीले वार्ता गर्ने पार्टी निर्णयविपरीत मध्यरातमा दाहाल र भट्टराईले मात्र मधेसवादीलाई फकाउन सक्नुको कारण खाज्दैछ वैद्य पक्ष। आरोप-प्रत्यारोपको जुहारीमा दाहाल-भट्टराई वैद्य पक्षले पाँच मन्त्रालय मागेको र नपाएपछि विरोधमा उत्रेको आक्षेप लगाउँदैछन्। उता वैद्य पक्ष सत्ता प्राप्त गर्न छिमेकीसँग गोप्य सम्झौता भएको आरोप लगाइरहेको छ। गोप्य सम्झौताअनुसारै हतारमा कन्टेनरको साँचो विशेष समितिअर्न्तगत ल्याइएको उनीहरूको कथन छ। त्यसबाहेक आउँदा दिनमा एयर मार्सल, सुपुदर्गी सन्धि, नेपालको जलस्रोत विकासजस्ता मुद्दा प्रकट हुँदै जाने उनीहरूको शंकालु मनले विभाजनको खतरालाई मलजल गरिरहेको छ।
माओवादीभित्र पछिल्लो समय विकसित राजनीतिलाई नजिकबाट केलाउनेहरू दुई पक्षको दुरी निकै बढेको महसुस गरिरहेका छन्। साँचो विवाद मुख्य समस्या ढाकछोप गर्ने अस्त्रमात्र भएको उनीहरूको आकलन छ। हतारमा साँचो हस्तान्तरण गर्दा दाहाल-भट्टराईले सैन्य विभाग प्रमुख रामबहादुर थापा र संगठन विभाग प्रमुख वैद्यको विश्वास आवश्यक ठानेनन्। सरकार गठन र साँचो हस्तान्तरण दुवै कामप्रति वैद्य पक्षको शंकालु दृष्टि छ। संस्थापन पक्ष पनि पेलेर जाने र आइपरे कारबाहीसमेत गर्र्ने मानसिकता पुग्नु माओवादीका निम्ति राम्रो लक्षण होइन।