संविधान सभा निर्वाचनपछि एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराई चौथो प्रधानमन्त्री भएका छन्। शान्ति प्रक्रियाको सूत्रधार दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई परास्त गरेर मधेसवादी दलहरूको समर्थनमा उनी प्रधानमन्त्री भएका हुन्।
माओवादीले मधेसवादीसहितको माधवकुमार नेतृत्वको सरकारलाई ‘रिमोटबाट सञ्चालित र कठपुतली' भन्दै आएका थिए। व्यवस्थापिका संसद्ले एकै पटकको मतदानमा प्रधानमन्त्री छान्नसक्नु सकारात्मक हो। सहमतीयबाहेक अरू सरकारमा नजाने ‘कसम' खाएका भट्टराई अन्ततः कांग्रेस र नेकपा (एमाले)लाई पाखा लगाएर बहुमतीय प्रधानमन्त्री बने।
प्रधानमन्त्री भएपछि भट्टराईले परम्परा तोडे। उनी सहित गेट वा सहिद स्मारक गएनन्। किर्तिपुरको चम्पा देवीमा रहेको पुष्पलालको सालिकमा फूल चढाए र मुठ्ठी उठाएर फर्के। पुष्पलाल श्रेष्ठलाई सबै नेपालीले सम्मान गर्छन्। उनले आफ्नो जीवन देश र जनताका लागि समर्पित गरेका हुन्। तर के उनी राष्ट्र निर्माता हुन्? या शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठभन्दा उनको योगदान धेरै हो? यी चार सहिदहरू माछा मार्न जाँदा खोलाले बगाएर मरेका हुन् की देश र जनताका लागि बलिदान भएका हुन्? नेपालका उग्रवामपन्थीहरूले पुष्पलाललाई जीवनभर दक्षिणपन्थी र गद्दार भनेका हुन् की होइनन्? कहिलेदेखि श्रद्धा पलायो माओवादी नेताको पुष्पलालप्रति? बाबुरामजीलाई प्रधानमन्त्री भएपछि १९९७ देखि २०६२/०६३ सम्मका आन्दोलनमा सहिद हुनेहरूको सम्झना किन भएन? उनकै १० वर्षे विद्रोहकालमा जीवन गुमाएकाको स्मरण गर्न किन सकेनन्? बीपी, गणेशमान र गिरिजा कोइरालाभन्दा पुष्पलालको योगदान बढी हो? प्रधानमन्त्रीले यो मनन गर्ने कि नगर्ने? उनले विदेशी गाडी चढेनन्। यसलाई सबैले सराहनीय कदम ठानेकै छन्। तर उनले लगाएको पोसाक कहाँको हो? के कालो टोपी लगाएपछि सबै छोपिन्छ?
के उपप्रधानमन्त्रीले लगाएको पोसाक तराईका आदिवासी थारूहरूको आफ्नो मातृ पोसाक हो? कसैले जानकारी दिएहुन्थ्यो। जीवनको महत्वपूर्ण समय बिताएको पार्टीबाट पटकपटक मन्त्री हुँदा दौरा सुरुवालको विकल्प पनि सोच्न नसक्ने व्यक्तिहरूले अहिले दौरा सुरुवाल जलाउने कुरा गर्दा दुनिया हाँसेको छ। यसभन्दा सस्तो प्रहसन अर्को के हुनसक्छ? जीवनभर जहाँबाट पद प्रतिष्ठा प्राप्त भयो त्यहाँ बस्दा आफ्नो जाति र भूगोलको एक शब्द नबोल्ने र अहिले आएर मसिहा बन्न खोज्ने व्यक्तिहरूको नांगोरूप यसभन्दा अर्को हुनैसक्तैन।
नेपाली जनता हुन त २०६३ वैशाख १२ गते ऐतिहासिक आन्दोलनको सफलतामा रमाइरहेका बेला अहिलेका प्रधानमन्त्री संयोजक रहेको संयुक्त क्रान्तिकारी जनपरिषद्का नाममा एउटा विज्ञप्ति आएको थियो। त्यसमा संसद् पुनर्स्थापना धोका हो, हाम्रो आन्दोलन जारी छ भनिएको थियो। तर जनताले साथ दिएनन् अन्ततः संविधानसभा निर्वाचन भयो। मुलुक यहाँसम्म आइपुग्यो। त्यतिमात्र होइन नेपालका कम्युनिस्टहरूले २००७ सालको जनक्रान्तिको सफलतालाई समेत धोका भनेका थिए र तिनैले २०१७ सालको राजा महेन्द्रको कदमलाई प्रगतिशील ठहर गरेका थिए। यस्तै तिनले २०३७ को जनमत संग्रहमा पहेँलोलाई मतदान गरेर पञ्चायत जिताएकै हुन्। उग्रवामपन्थीले २०४६ सालमा पनि आन्दोलनको सफलतालाई अस्वीकार गरेका हुन्। माओवादीले राजतन्त्रसँग सहकार्य गरेको तथ्य अहिलेका प्रधानमन्त्रीले नै उजागर गरेको तथ्य हो। कांग्रेस र एमालेलगायतका दलहरू राजाविरुद्ध आन्दोलनको मैदानमा रहँदा आन्दोलनप्रति नै उदासीनता देखाएर राजदरवारमा विन्तीपत्र हाल्ने व्यक्तिहरू यतिखेर नयाँ पार्टीमा छन्। र यिनैको सहयोगमा भट्टराई प्रधानमन्त्री भएका छन्। प्रकारान्तरले यो गठबन्धन प्रवृत्तिगत मिलाप हो भन्दा फरक पर्दैन। मधेसवादी दलहरूभित्रको सद्भावना पार्टीमात्रै निरन्तर आन्दोलनमा छ। यसबाहेक अरु सबै बर्खे च्याउमात्र हुन्। राजा ज्ञानेन्द्रले कति बेला बोलाउलान् भनेर दौरा सुरुवाल सिलाएर बसेका व्यक्तिहरू अहिलेको गठबन्धनका अगुवा भएका छन्।
यति हुँदाहुँदै पनि अहिलेका प्रधानमन्त्रीबाट जनताले धेरै आशा गरेका छन्। भट्टराईले सबै दललाई साथमा लिएर शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र नयाँ लोकतान्त्रिक संविधान बनाउने हो। सबै प्रयत्न यसैमा लगाउने हो तर उनले आफूले जे गरेपनि हुन्छ भन्ने मानसिकताबाट मुक्त हुन जरुरी छ।