प्रकृतिमा आधारित समाधान खोजौँ
०९ जेष्ठ २०७७
•
१० मिनेट पाठ
प्रकृतिमा आधारित समाधान खोजौँ
सन् २०२० को सुरुवातसँगै कोभिड–१९ का कारण मानव जाति संकटमा परेको छ। पछिल्लो समय जलवायु परिवर्तनका जोखिमले मानव जातिलाई बढी संकटमा पार्दै आएको पृष्ठभूमिमा अहिले आएर कोभिड–१९ ले मानवीय संवेदनशीलतालाई थप संकटमा पारिदिएको छ। यो संकट यति धेरै सर्वव्यापी छ कि एकातिर सिंगो मानव जाति र अर्कोतिर कोभिड–१९ जुधेको अवस्था छ। यो संकटले मानव जातिलाई मात्र समस्यामा पारेको छैन, यसको दायरा अब बिस्तारै वन्यजन्तु र वनस्पति अर्थात जैविक विविधतामा पनि पर्दैछ। मानव जातिको अस्तित्व वन्यजन्तु र वनस्पतिमा अन्तरनिर्भर भएकाले पनि भोलिका दिनमा यो संकट अझ व्यापक भएर जाने सहजै अनुमान गर्न सकिन्छ। शायद त्यही भएर होला, संयुक्त राष्ट्र संघले यस वर्षको जैविक विविधता दिवसको नारा हाम्रा समाधान प्रकृतिमा छन् भनेर मानवलाई प्रकृतिसँग मिलेर बाँच्नका लागि आह्वान पनि गरेको छ। यस वर्षको विश्व जैविक विविधता दिवसको सन्दर्भ पारेर यस लेखमा कोभिड–१९ र जलवायु परिवर्तनले नेपालको जैविक विविधतामा पारेको असर र समाधानका उपायबारे चर्चा गर्न खोजिएको छ।    

नेपाल जैविक विविधतामा धनी छ भनेर दोहोराइरहनु पर्दैन। हाल नेपालमा २१२ प्रजातिका स्तनधारी, ८८६ प्रजातिका चरा, २३२ प्रजातिका माछा र विविध प्रजातिका कीराफट्यांग्रा, करिव १७०९७ प्रजातिका वन्यजन्तु रहेका अनुमान छ। त्यस्तै गरी फूल फुल्ने र नफुल्ने गरी १३०६७ भन्दा बढी प्रजातिका वनस्पति भएका अनुमान छ। अझै नेपालमा अध्ययन÷अनुसन्धानको अभावमा कति वनस्पति र वन्यजन्तुबारे त जानकारी नै छैन। जे होस्, नेपाल वन्यजन्तु र वनस्पतिको विविधतामा धनी छ र यसरी धनी हुनुमा यहाँको भौगोलिक विविधता, ठाउँअनुसारको स्वच्छ हावापानी, उत्तरदेखि दक्षिण बगेका नदी प्रणाली र मलिलो माटोको भूमिका महत्वपूर्ण मानिन्छ। प्रकृतिका यी अमूल्य निधिको दिगो संरक्षण र व्यवस्थापन गर्नु हामी सबैको साझा कर्तव्य र दायित्व दुवै हो। मानव अस्तित्व बचाइराख्नका लागि पनि वनस्पति र वन्यजन्तुलाई बचाईराख्नुपर्ने हुन्छ।  

जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन।  
नेपालमा भएका वन्यजन्तु र वनस्पतिको संरक्षण र व्यवस्थापन तथा त्यहाँबाट प्राप्त हुने वस्तु र सेवाको बुद्धिमतापूर्ण तरिकाले सदुपयोग गर्नका लागि नेपाल सरकारले विभिन्न मोडालिटीका संरक्षित क्षेत्र पनि स्थापना गरेको छ। हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा ििकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र गरी २० वटा संरक्षित क्षेत्र स्थापना भएका छन्। यी क्षेत्रले देशको कुल भूभागको २३.३९५ क्षेत्रफल ओगटेका छन्। जसमध्ये १२ वटा संरक्षित क्षेत्र उच्च हिमाली क्षेत्रमा, एउटा संरक्षित क्षेत्र पहाडी क्षेत्रमा र बाँकी ७ वटा संरक्षित क्षेत्र तराई क्षेत्रमा अवस्थित छन्। राष्ट्रिय निकुञ्ज र आरक्ष दुर्लभ र लोपोन्मुख वन्यजन्तुको संरक्षण र तिनको बासस्थानलाई मध्यनजर गरेर स्थापना गरिएको छ भने संरक्षण क्षेत्रहरू सामुदायिक विकासमार्फत प्रकृति संरक्षण गर्ने दोहोरो उद्देश्यले स्थापना भएका छन्। सरसर्ती हेर्दा हिमाली र तराई क्षेत्रमा संरक्षित क्षेत्रको उपस्थिति प्रतिनिधिमूलक भए पनि पहाडी क्षेत्रमा राष्ट्रिय निकुञ्ज र आरक्षको स्थापना अत्यन्त न्यून छ जबकि वैज्ञानिकहरूका अनुसार दुर्लभ र लोपोन्मुख वन्यजन्तु र वनस्पतिको बासस्थानको दृष्टिले मध्यपहाडी क्षेत्र सबै भन्दा धनी मानिन्छ।            

वनस्पति र वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्दा सरोकारवालाहरूको सहकार्य र समन्वयमा मानव प्रकृतिको सहअस्त्तिव कायम हुने गरी संरक्षित क्षेत्रको एकीकृत व्यवस्थापन गर्ने विश्वव्यापी मान्यता छ। यसै मान्यतालाई आत्मसात गर्दै नेपाल सरकारले पनि वन्यजन्तुको बासस्थान व्यवस्थापनका लागि निकुञ्ज विभागका प्राविधिक कर्मचारी, संरक्षित क्षेत्रभित्र हुने चोरी सिकार र अवाञ्छित गतिविधि नियन्त्रण गर्न नेपाली सेना, संरक्षित क्षेत्र बाहिर हुने वन्यजन्तुको अवैध व्यापार नियन्त्रण र कानुन कार्यान्वयनमा नेपाल प्रहरी, संरक्षित क्षेत्रको संरक्षण र त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो उपयोग गर्नमा स्थानीय समुदाय र आर्थिक एवं प्राविधिक सहयोग जुटाउन डब्लुडब्लुएफ, एनटिएनसी र जेडएसएल जस्ता संरक्षण साझेदार संस्थाको सहकार्यमा संरक्षित क्षेत्रको एकीकृत व्यवस्थापन गर्दै आएको छ। त्यसै गरी नेपालले रामसार, साइटिस, आइयुसिएन, सावेन, जैविक विविधता र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जस्ता अन्तरसरकारी निकायको पक्षराष्ट्र भई अन्तर्राष्ट्रिय समुदायसँग समेत समन्वय र सहाकार्य गर्दै आएको छ। अझ सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो। 

हामीले नेपाल जैविक विविधतामा धनी छ र जैविक विविधता संरक्षण र व्यवस्थापन गर्ने हाम्रो नीति र कार्यक्रम राम्रो छ भन्दाभन्दै थाहा नपाइकन धेरै प्रजातिका वन्यजन्तु र वनस्पति लोपोन्मुख अवस्थामा पुगेका छन्। 
वन्यजन्तु र वनस्पतिबिना मानव जीवनको कल्पना पनि गर्न सकिँदैन। हामीले हरेक क्षण फेर्ने श्वास÷प्रश्वास होस् वा बिहान र बेलुकाको खानेकुरा, हामीले लगाउने कपडा होस् वा घर, कुनै न कुनै सबै वन्यजन्तु र वनस्पतिबाट प्राप्त भएका हुन्छन्। वन्यजन्तु र वनस्पतिको यति धेरै अन्तरसम्बन्ध हुँदाहुँदै पनि नेपालका जैविक विविधताको क्षेत्रले थुप्रै चुनौती सामना गर्नुपरेको छ। व्यवस्थित बसोबास नहुँदा वन क्षेत्रको अतिक्रमण, विकासका नाममा डोजर संस्कृति, वन्यजन्तुका बासस्थानको खण्डीकरण, क्षयीकरण र नास, अनियन्त्रित आगलागी र चरिचरण, मिचाहा प्रजातिको विगविगी, मानव–वन्यजन्तु द्वन्द्व, चोरी सिकार र अवैध व्यापार जस्ता चुनौती दिन÷प्रतिदिन बढ्दो छ। मन्द विषका रूपमा जलवायु परिवर्तनको असर वन्यजन्तुको बासस्थान, तिनले पिउने पानी र खान र समग्र पारिस्थितिकीय प्रणालीको स्वास्थ्यमा देखा पर्दैछ। हुँदाहुँदा कोभिड–१९ र लकडाउनको असर वन्यजन्तु र वनस्पतिको चोरी सिकार र अवैध व्यापारमा वृद्धि हुन पुगेको छ। हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा वीनाका लागि कस्तूरी मृगको चोरी सिकार हुनु यसको ज्वलन्त उदाहरण हो। सामान्यतया वन्यजन्तुले मानव क्षति पुराउँदा मानव–वन्यजन्तु द्वन्द्व र मानिसले वन्यजन्तुलाई क्षति पुराउँदा वन्यजन्तु अपराधका रूपमा परिभाषित गरिँदै आएको अवस्था छ। जे होस्, मानव–वन्यजन्तु द्वन्द्व हुँदा सकेसम्म धेरै र छिटोछरितो तरिकाबाट राहात उपलब्ध गराउने र वन्यजन्तु अपराध भएमा प्रभावकारीरूपमा कानुन कार्यान्वयन गर्नुपर्ने हुन्छ जुन हुँदै पनि आएको छ।    

हामीले नेपाल जैविक विविधतामा धनी छ र जैविक विविधता संरक्षण र व्यवस्थापन गर्ने हाम्रो नीति र कार्यक्रम राम्रो छ भन्दाभन्दै थाहा नपाइकन धेरै प्रजातिका वन्यजन्तु र वनस्पति लोपोन्मुख अवस्थामा पुगेका छन्। पृथ्वीको सतहको तापक्रम बढ्दा कति वन्यजन्तुका पिउने पानीका स्रोत सुकेका छन्। कति वन्यजन्तु आगलागीको चपेटामा परेका छन्। खडेरीका कारण जमिनको उत्पादकत्त्व घटेको छ, बाघ, भालु, गैँडा, अर्ना र हात्ती जस्ता दुर्लभ वन्यजन्तु झन झन खतरामा परेको महसुस भएको छ, कमिला, धमिरा, पुतली र मौरी, जस्ता ससाना वन्यजन्तु प्रजनन नै गर्न नसक्ने र कति वन्यजन्तु रोगव्याधिको सिकार हुन पुगेका छन्, कति वन्यजन्तु लोप हुन पुग्दा बिरुवाको प्रागसेचन प्रक्रिया अवरुद्ध हुन पुगेको छ।

कोभिड–१९ ले गर्दा वन्यजन्तुमा आधारित पर्यटन धराशायी भएको छ। पर्यटनमा आधारित हवाई र स्थल यातायात ठप्प छ, होटेल, रेस्टुरेन्ट बन्द छन्। लाखौँ मानिसले आफ्नो रोजगारी र रोजीरोटीको स्रोत गुमाएका छन्। मानिसको जीवन प्रक्रिया अवरुद्ध भएको छ। आर्थिक वर्षको सुरुमा नेपालको अर्थव्यवस्थामा ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएकामा २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।      

त्यसो भए अब के गर्ने त ? जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन। आज जुन जुन देशले बढी मात्रामा हरितगृह ग्यास उत्सर्जन गरेका थिए, तिनै देशमा कोभिड महामारीको प्रकोप देखिनु पक्कै पनि संयोग मात्र होइन। यस्तो अवस्थामा जैविक विविधतासँग जलवायु परिवर्तन र कोभिड–१९ को अन्तरसम्बन्धलाई समयमा केलाउन सकिएन र यी दुवै समस्याले पारेको असर र जोखिमलाई न्यूनीकरण र नियन्त्रण गर्नका लागि प्रकृति संरक्षण गर्न सकिएन भने भोलि गएर थप संकटमा नपरिएला भन्ने छैन।  

कोभिड–१९ ले दिएको एउटा महत्वपूर्ण सन्देश के हो भने अब मानिस स्वस्थ र सभ्य जीवन जिउन चाहन्छ भने प्रकृति संरक्षण गर्नुको विकल्प छैन। यहाँनेर हामीले बुझ्नुपर्ने र मनन गर्नुपर्ने एउटा तथ्य के छ भने मानवताको अस्तित्व प्रकृतिमा अन्तर्निहित सम्बन्धसँग छ। संस्कृतमा एउटा भनाइ नै छ– प्रकृति रक्षित रक्षिता अर्थात प्रकृति सुरक्षित भए मात्र तिनले हाम्रो रक्षा गर्छिन। कहिलेकाहीँ वन्यजन्तु, संरक्षित क्षेत्र र जैविक विविधता संरक्षणको कुरा गर्दा मानिस पहिला कि वन्यजन्तु पहिला भन्ने बहस पनि सुन्न पाइन्छ। लाग्छ, मानिस पहिला भन्ने तथ्यमा बहस गर्नु नै पर्दैन। मानिस नै पहिला हो, यसमा दिविधा नै छैन। तर मानिसलाई केन्द्रमा राख्नका लागि पनि वरिपरिका वन्यजन्तु र वनस्पति संरक्षण गर्नुपर्ने हुन्छ। तसर्थ यहाँ को अगाडि र को पछाडि भन्ने नै होइन। अर्थात को पहिलो र को दोस्रो भन्ने प्रतिस्पर्धाको पनि होइन। सवाल त एकअर्काको परिपुरक हुने वा नहुने अर्थात एकअर्काको सहअस्तित्व स्वीकार गर्ने कि नगर्ने भन्ने नै हो। मानिसलाई दैनिकरूपमा बस्ने, खाने र लाउने वस्तु र सेवा तिनै वन्यजन्तु र वनस्पतिबाट आउने हो। वनस्पति र वन्यजन्तु नै नभए कहाँ बस्ने ? के खाने ? के लाउने ?  
(सहसचिव, वन तथा वातावरण मन्त्रालय)  
अर्को समाचार
जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : श्रेष्ठ
२३ चैत्र २०८०
•
१ मिनेट पाठ
जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानव जातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन्। ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताए।

विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरअगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैंभित्रको भावना जागृत गराउने, भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताए। उनले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्वपूर्ण विषय भएको उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराधजन्य कार्यमा संलग्न हुने, अरुलाई दुःख दिने कुरामा जोडिने मान्छे ध्यान साधनामा तल्लीन हुन नसक्ने बताए।

सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत छन् सोङले चीन र नेपालको सम्बन्ध हिमाल र नदीबाट मात्रै नभई बुद्ध र बुद्धिज्ममार्फत पनि जोडिएको बताए। उनले नेपाल बुद्धिज्मको मुहान भएको उल्लेख गर्दै प्राचीनकालदेखि नै नपाल र चीनको सम्बन्ध मैत्रीपूर्ण भएको बताए। अरनिको, भृकुटीजस्ता नेपाली चिनियाँका पनि गौरव भएको उनको भनाइ थियो।

राजदूत सोङले आधुनिक संसारमा मान्छेलाई शान्त र आनन्दका लागि लुम्बिनीबाट विशेष सन्देश प्रवाह गर्न सकिने बताए। लुम्बिनीको पर्यटन प्रवर्द्धनमा नेपाल र चीनको भ्रातृत्व तथा साथित्वको भावनाले थप मद्दत पु¥याउने उनको भनाइ थियो।

लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा विश्व ध्यान दिवसको अवसर पारेर आज लुम्बिनीस्थित मायादेवी मन्दिरपरिसरको पवित्र उद्यान क्षेत्रमा भिक्षु, भिक्षुणी, अन्य सर्वसाधरणलगायतले ध्यान गरेका थिए। –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस