शान्ति, संविधान र जनतालाई राहतको नारा दिएर प्रधानमन्त्री भएको चार दिनमा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले विगतका नयाँ प्रधानमन्त्रीभन्दा बेग्लै हुने प्रयास गरेका छन्। राजनीतिक वृत्तमा विद्वान् कहलिएका मार्क्सवादी चिन्तक भट्टराईबाट नेपाली समाजले ठूलो आश गरेको छ।
पाँच वर्षदेखि शान्ति सम्झौता कार्यान्वयन हुन नसकेको, संविधान निर्माणमा गतिरोध आएको र मुलुक अराजकतामा भासिएको स्थितिबीच बाबुरामले व्यवस्थापिका संसद्को चौथो शक्ति मधेसी मोर्चाको सहयोगमा जिम्मेवारी पाएका हुन्।
संविधानसभाको सबैभन्दा ठूलो दल, माओवादीलाई सशस्त्र 'जनयुद्ध' त्यागेर प्रतिस्पर्धी राजनीतिमा ल्याउने रचनाकार र यसअघि पुष्पकमल दाहालको सरकारमा अर्थमन्त्रीको हैसियतमा बनाएको छवि आदि कारणले बाबुरामबाट जनताले ठूलै गरेका हुन्। नेपालमै बनेको मुस्ताङ गाडी चढेर उनी चर्चामा छन्। आउँदा दिनमा उनले घोषणा गर्ने राहतका प्याकेजले उत्तिकै कभरेज पाउनेछ। सार्वजनिक जीवनमा चर्चा पाउन जनतालाई थोरै बहुमत राहत कार्यक्रम काफी हुन्छन्।
नेपाली कम्युनिस्ट नेतामध्ये सबैभन्दा चलाख बाबुरामले अब के, कस्ता राहत कार्यक्रम घोषणा गर्लान्, अहिल्यै लेखाजोखा नगरौँ। भनाइ छ, पुँजीवादीहरू कमाउन जान्दछन्, बाँड्न जान्दैनन्। कम्युनिस्टहरू बाँड्न जान्दछन्, कमाउन जान्दैनन्। यही भनाइलाई आधार मान्दै अहिले यतिमात्र अनुमान गरौँ, बाबुरामको राहत कार्यक्रम मुलुकको दीर्घकालीन आर्थिक उन्नति गर्ने आधार हुनेभन्दा पनि सार्वजनिक जीवनमा सरकार टिकाउने औजारमात्र हुनेछ। एक्काइसौं शताब्दीको आर्थिक उदारीकरणको युगमा बाबुरामको मार्क्सवादी चिन्तन कति प्रभावी हुने हो?
बाबुरामको सत्ताको आयु राहत प्याकेजभन्दा शान्ति र संविधान कामहरूको गतिशीलतामा निर्भर हुनेछ। शान्ति र सविधानजस्ता जकडिएका मुद्दा डेढ महिनाभित्रमा टुंगो लगाउन नसके सत्ता छाड्ने संकेत बाबुरामले दिएका छन्। प्रधानमन्त्री हुनेबित्तिकै हतारमा थालिएको लडाकु समायोजनका काम, प्रधानमन्त्री भएको भोलिपल्टै संविधानसभाको म्याद तीन महिना थपिएको पृष्ठभूमिले केही सकारात्मक संकेत देखाएको छ। लडाकु समायोजनका कामले भदौ १४ देखि नै प्राथमिकता पाएको छ। चार वर्षअघि सम्पन्न भइसक्नुपर्ने कामहरू अहिले सुरु हुँदा मात्र पनि रमाउनुपर्ने स्थिति छ। कस्तो बिडम्बना, थाँती काम सम्पन्न गर्ने प्रतिबद्धता सकारात्मक काम भन्दै प्रचारित भइरहेको छ। 'भदौ १४ देखि नै काम थालेको सन्देश जाओस्' भन्ने मानसिकताबाट प्रोत्साहित हुन मिल्दैन। यहाँ विगतमै भइसक्नुपर्ने काम माओवादी आफ्नै कारणले ढिलो सुरु हुन सकेको आत्मविश्लेषण काफी हुन्छ। विगतका एमाले नेतृत्वका सरकारहरूको अयोग्यताबीच बाबुरामबाट समाजले धेरै आशा गरेको हो। बाबुरामको सत्ताको औचित्य माओवादी आफैँले अड्काएका शान्ति स्थापना र संविधान निर्माणका काम फुकुवा गरेरमात्र स्थापित हुने होइन। माओवादीको राजनीतिक सफलता प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग चिसिएको सम्बन्ध र विश्वासको संकट समाप्त पार्नुमा रहनेछ।
कांग्रेस र एमालेजस्ता दलहरूको विश्वास लिन नसकेको अवस्थामा मोर्चाकै बलमा मात्र बाबुरामको सत्ता लामो समयसम्म टिक्नसक्ने देखिन्न। अनेक टुक्रामा विभाजित मधेसी दल माओवादीसँग बार्गेनिङ गर्ने क्रममा मात्र मोर्चाजस्तो बनेका हुन्। बहुमतीय गणितमा संख्या पुर्याउन भरथेगको भूमिका पुर्याएको मधेसी मोर्चालाई फकाइराख्न सहज छैन। मोर्चालाई आधा मन्त्रालय दिएर मात्र पुगेको छैन। उनीहरूले कमाउ मन्त्रालयहरू ताकेका छन्। सरकार गठनको यो धरातलीय यथार्थबीच प्रधानमन्त्रीको 'भष्टाचारमा शून्य सहनशीलता' कोरा गफमात्र हुने खतरा छ। सत्ताको गणितमा मधेसी मोर्चाको समर्थन अभर पार्ने खालको छ। माओवादी त्यति बलियो छैन जति संविधान निर्माण र शान्ति स्थापनाका लागि आवश्यक हुन्छ।
मोर्चासँगको सहयोग पाउन गरिएका सम्झौता मसिनोसँग केलाउने हो भने माओवादी सत्ताका लागि अत्यधिक लचिलो भएको देखिन्छ। मोर्चालाई रिझाउन राज्य पुनर्संरचना आयोग गठन नगर्ने राजनीतिक सौदाबाजी गरिएको छ। तराईको सुरक्षामा सुधार ल्याउन जनउत्तरदायी सुरक्षा कार्यक्रमको अवधारणा अघि सारिएको छ। जनउत्तरदायी सुरक्षाको नाममा हातहतियारसन्बन्धी ऐनमा परिमार्जन गरेर प्रहरी र प्रशासनलाई कमजोर बनाउन खोजिएको अर्थ पनि लगाइँदैछ ।
मधेसवादीसँगका सम्झौताका अरु पाटा पनि छन्। मोर्चाको सहयोगमा बाबुराम सत्तासीन हुनुका पछाडि विभिन्न प्रश्न मुखरित छन्। गत वर्ष मधेसी मोर्चाले दाहाललाई अन्तिम समयमा धोका दिएका थिए। मधेसवादीबाट धोका पाएपछि दाहालले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाएका हुन्।
प्रधानमन्त्री चयन हुनुअघि खनाललाई दाहालले संसद्मा गरेको भाषणमा नेपालको राजनीतिमा चलखेल गर्ने छिमेकीलाई गतिलो जबाफ दिएको सन्देश थियो। भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत बनेर काठमाडौँ आएका श्यामशरणले दाहाललाई प्रधानमन्त्री बन्नबाट रोकेको पृष्ठभूमिमा अहिले मोर्चासँग जबाफ खोजिँदैछ, बाबुरामलाई समर्थन किन? श्यामशरणको आगमनसँगै पोहोर मोर्चामा विभाजन भएको थियो। मोर्चामा आबद्ध एक खाले मधेसवादी दल 'तटस्थ'को राजनीतिक बाटोमा अडिग थिए भने अर्को खालेले फ्लोरक्रसको चुनौती पेस गरेको थियो। त्यसैले प्रश्न स्वाभाविक छ, दाहाललाई प्रधानमन्त्री बन्न नदिने एजेन्डामा विभाजित मधेसी मोर्चा अहिले बाबुरामलाई प्रधानमन्त्री बनाउन रातारात एकजुट कसरी हुन सक्यो? यस प्रश्नले माओवादी र मधेसवादीको यो गठबन्धन प्राकृतिक देखिँदैन। त्यसो त मधेसी मोर्चासँगको चार बुँदे सम्झौतामा नेपालले दुवै छिमेकीसँग सम्बन्ध सुधार गर्ने अर्थपूर्ण बुँदा पनि राखिएको छ। सम्झौतामा भनिएको छ, 'नेपालका दुवै छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सुधारमा उच्च प्राथमिकता दिइनेछ। नेपाल र सम्बन्धित मित्र राष्ट्रसँगको दुई पक्षीय सम्मान र हितलाई ध्यानमा राखेर सहमति हुन नसकेका विषयमा सहमति गरिनेछ।' सम्झौतामा यस्ता बुँदा कसका कारणले किन राख्न आवश्यक पर्यो? नेपालका प्रत्येक राजनीतिक परिवर्तनहरूमा नयाँ दिल्लीले कस्तो भूमिका खेल्यो? यस प्रश्नले स्वाभाविक आकार लिन्छ। अहिले पनि मधेसवादी मोर्चाको समर्थनमा दिल्लीको भूमिकाको लेखाजोखा भइरहेको छ।
नेपालको राजनीतिक वृत्तमा परिरिचत भारतीय कूटनीतिज्ञ एसडी मुनीको भनाइ अथपूर्ण छ। मुनीले ट्वीटरमा लेखेका छन्, 'मधेसी समूहहरूको सहयोगमा भट्टराईलाई प्रधानमन्त्री बन्न दिएर भारतले बुद्धिमतापूर्ण काम गरेको छ।' मुनीको भनाइलाई आधार मान्ने हो भने बाबुराम प्रधानमन्त्री हुनुलाई भारतले सहज ठानेको रहेछ। त्यसो त अहिले पुष्पकमलसँगै भारतको सम्बन्ध विगतजस्तो तीतो छैन। नेपालका लागि नवनियुक्त भारतीय राजदूत जयन्तप्रसादले बुधबारमात्र दाहाललाई भेटे। यो उनको पहिलो नेता भेट हो। उनीहरूबीच शान्ति प्रक्रिया, संविधान निर्माण र सरकारका कारकारबाहीबारे कुरा भएको छ। यसअघिका दिल्ली दूत राकेश सूदको कार्यकालमा चिसिएको सम्बन्ध जयन्तप्रसादको आगमनसँगै सुधारिने स्थितिमा पुगेको हो?