नेकपा (एमाले) अध्यक्ष झलनाथ खनाललाई एनेकपा (माओवादी) ले प्रधानमन्त्री बन्न सहयोग गर्ने निर्णयमा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले विरोध गरेका थिए। विरोध पार्टीको स्थायी समितिको बैठकमा मात्र सीमित रहेन। संविधानसभा भवनमा पार्टी अध्यक्ष दाहालले उम्मेदवारी फिर्ता लिन हुँदैन भन्ने बेहोराको लिखतमा ५४ माओवादी सभासद्ले हस्ताक्षर गरेर नेतृत्वलाई बुझाएका थिए। हस्ताक्षर गर्नेमा बाबुरामका पक्षधर सभासद्मात्र थिए। गत वर्ष माघ २० को यो घटना धेरैले अझै बिर्सेका छैनन्।
पार्टीको आन्तरिक राजनीतिमा विरोधको स्वर उछाले पनि बाबुरामले खनाललाई मतदान गरेकै हुन्। उनले विरोधको नीति अख्तियार गर्नुमा खनालपछि आफू प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने रणनीति थियो। यसबीच बाबुरामले आफूलाई प्रधानमन्त्रीमा प्रस्तुत गर्न धेरै राजनीतिक चलखेल गरेका छन्। पार्टीका उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठलाई अध्यक्षको विरोधमा उर्तानसक्नु उनको जित हो। अहिले बाबुराम माओवादीबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका छन्। उनी मधेसवादीलगायत अन्य साना दलको सहयोगमा बहुमतीय सरकार बनाउने राजनीतिक अभ्यास गर्दैछन्। यता एमाले प्रभावी हुन नसक्ने सहमतीय राजनीति समाप्त भएपछि सर्तहरू अघि सारेर सत्ताको याचना गरिरहेको छ।
झलनाथ खनालले साउन २९ मा राजीनामा गरेपछि नेताहरू सहमतीय प्रधानमन्त्रीको गीत गाउन पछि परेनन्। दाहालले गत माघमा बहुमतीय प्रधानमन्त्रीसमेत बन्न नसक्ने एमालेको चट्टाने अडान फुटाउने काम गरेका थिए, झलनाथलाई प्रधानमन्त्री बनाएर। मुलुकलाई राजनीतिक निकास दिने काम भएको थियो दाहालको निर्णयले। प्रधानमन्त्रीको कुर्सी पाएपछि खनालको चट्टाने अडान पग्लिँदै गयो। अहिले राजीनामासँगै एक पटक बिउँझिएर फेरि थान्को लागेको छ। माओवादीको सहयोगमा व्यवस्थापिका संसद्को तेस्रो शक्तिका नेता खनाल बहुमतीय प्रधानमन्त्री बनेका थिए। माओवादी अनुदानको छ महिने ज्यालादारी सकिएपछि पनि खनालले सहमतीय सरकारको अडान छाडेका छैनन्। नेताहरूको सहमतीय बहानाबाजी क्रमश नांगिँदैछ।
मुखले सहमतीय भन्ने, व्यवहारमा माखो नमार्ने प्रवृत्तिको एउटा पात्र हुन् खनाल। अहिले यही प्रवृत्ति प्रत्येक दलका नेतामा देखिन्छ। आफ्नै पार्टीभित्रका चरम विमति समाल्न नसक्ने खनाल, नेपाली कांग्रेसका सुशील कोइरालाले सहमतीय सरकारको राग अलाप्नुको अर्थ छैन। हो, अन्तरिम संविधानमा सहमतीय सरकारलाई पहिलो प्राथमिकता दिनुमा शान्ति सम्झौता कार्यान्वयन हुन सकोस् र बैलैमा संविधान बनोस् भन्ने चाहना देखिन्छ। तर, संविधानसभा निर्वाचनपछिका प्रत्येक सरकार सहमतिको जामा पहिरिएर बहुमतीय हिसाबकिताबमा बनेको वास्तविकता लुकाएर लुक्दैन। सहमतीय सरकार बन्नुपर्छ भन्दै वक्तव्य दिँदैमा बन्ने होइन। सहमतिका लागि दलहरूबीच उदारता आवश्यक हुन्छ। पात्र र पार्टीहरूमा सहमतीय राजनीतिको आवश्यकता आत्मसात गर्ने क्षमताको चरम अभाव छ। एकले अर्कोलाई विरोध गर्न र सबैले सत्ता नेतृत्वको दाबी गर्नुलाई सहमतीय राजनीतिको मूल आत्मा ठान्ने नेताहरूबाट सहमति बन्न सक्दैैन। खनालले राजीनामा गरेपछि बितेका १० दिनमा सहमतिका नाममा पार्टी र नेताहरूले केके गरे? उत्तर सामुन्ने छ। मुलुकलाई बन्दी बनाउने काम भयो पार्टीहरूबाट। सार्वजनिक प्रयोजनका लागि चिप्ला वक्तव्यहरू जारी गर्नेबाहेक कुनै काम भएन। सहमतिका नाममा तीन दिनको म्याद थपिएपछि व्यवस्थापिका-संसद्को सबैभन्दा ठूलो दल माओवादी सहमतिका कामहरू पन्छाएर बहुमतीय चलखेलमा सक्रिय हुन चाह्यो। प्रमुख दल नै बहुमतीय खेलमा लागेपछि अन्य दलहरूले समाचार बनाउनेबाहेक सहमतीय अभ्यास गरेनन्। माओवादी र कांग्रेसले सहमतीय सरकारको आलोपालो नेतृत्व गर्नेजस्ता संवैधानिक पद्धति र मान्यताविपरीत वक्तव्यबाजीहरू गर्न पछि परेनन् दलहरू।
अन्तरिम संविधानको धारा ३८ मा सहमतीय सरकार बन्न नसके बहुमतमा सरकार बनाउनुपर्ने स्पष्ट व्यवस्था छ। संविधानसभाको निर्वाचनपछिका प्रत्येक सरकारहरू बहुमतीय गणितका आधारमा निर्माण भएको पृष्ठभूमिमा फेरि पनि सहमतिका नाममा किन नौ दिन अन्योलग्रस्त राखियो? कांग्रेस र एमालेले यस्ता प्रश्नको उत्तर दिनुपर्छ। आफूलाई संसदीय व्यवस्थाका हिमायती ठान्नेहरूले संसदीय व्यवस्थामा संसद्मा बहुमत ल्याउने राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने परम्परा हुन्छ भन्ने आत्मसात गर्नुपर्यो। माओवादी व्यवहारका आधारमा संसदीय पद्धति र मान्यताहरू कुल्चन मिल्दैन। कांग्रेस, एमाले सहमतिका नाममा जनताका प्रतिनिधिहरूलाई पन्छाउने काममा पटकपटक लागेका छन्। चार वर्षको विगतले स्पष्ट गरेको छ, राजनीतिक सहमति भनिने कुरा रहेछ, व्यवहारमा गरिने होइन।
माओवादी संसदीय पद्धति, परम्पराको पक्षपाती हुँदै होइन। उसले विस्तृत शान्ति सम्झौता पालना गरेको छैन। संविधानसभा निर्वाचनअघि नै टुंगो लगाउनुपर्ने माओवादी लडाकुको समायोजनका काम थाँती रहनुमा माओवादी एक्लो दोषी हो? पक्कै होइन। शान्ति प्रक्रियाका अगुवा दिवंगत् गिरिजाप्रसाद कोइरालाले राष्ट्रपति बन्ने आश्वासनमा माओवादीलाई प्रोत्साहित गरेका थिए भने अहिले उनका अनुयायीहरू माओवादीलाई सत्ताबाट वञ्चित गरेर उसलाई सच्याउने धन्दा गरेको दाबी गर्दैछन्। अरुलाई ठेगान लगाउने नाममा संसद्वादी दलहरूले आफ्नो मूल मान्यता र आधार त्याग्न मिल्दैन।
माओवादी सशस्त्र विद्रोहबाट उसले चाहेको वामसत्ता प्राप्त गर्न नसक्ने निचोडमा पुगेपछि मात्र शान्ति प्रक्रियाका नाममा खुला राजनीतिमा आएको हो। त्यसैले कांग्रेस, एमालेले भनेजस्तै संसदीय व्यवस्था माओवादीले स्वीकार गरिसकेको छैन। माओवादी आफ्ना लडाकु देखाएर सत्ता बार्गेनिङमा समेत पछि नपरेको अवस्थामा मधेसवादी दलको सहयोगमा बहुमतीय सरकार बनाउने सम्भावना छ। विगतका आधारमा मधेसवादी र माओवादीबीच यो समीकरण प्राकृतिक देखिँदैन। मधेसवादीहरूको सहयोगका पछाडि अरू को को छन् बाबुरामलाई हात थाप्ने? माओवादीसँग सत्ता राजनीतिमा केन्द्रित भएर धेरै लेनदेन गर्नुभन्दा कांग्रेस, एमालेले आफ्नो खस्किएको जनाधार मर्मत गर्न सक्रिय हुनु राम्रो हुन्छ।