एकीकृत माओवादीको सहयोगमा प्रधानमन्त्री बनेयता झलनाथ खनालको दैनिकी तनावमै बित्यो। एक साता उनी एक्लैले मन्त्रिपरिषद् हाँके। बल्लतल्ल बिना विभागीय तीन सहयात्री लिएर सानो आकारको मन्त्रिपरिषद् बनाए। मन्त्रिमण्डलमा पनि उनको खास सहयोगी वयोवृद्ध भरतमोहन अधिकारीमात्रै भए। गृहमन्त्रालय नपाएपछि सहयोगी दल नेकपा एमाओवादीले सरकारमा सहभागी नहुने धम्की दियो। शुभकामना दिने क्रममै सदनमा खनालले चेतवानी खेप्नु पर्यो।
किन झेल्दै छन् खनालले यो पीडा? सोझो अर्थमा बुझ्दा उनी पार्टीमा कमजोर छन्। अर्को पाटो हेर्दा सहयोगी माओवादीले सुरूमै असहयोग गर्यो। यी दुई पक्षलाई छाडेर भित्री रूपमा हेर्दा एमाले र माओवादीभित्रको दुई लाइनको लडाइँका सिकार अहिले प्रधानमन्त्री खनाल बनेका छन्। खनाललाई मतदान गर्ने विषयलाई लिएर माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले 'नोट अफ डिसेन्ट' लेखे। यसले पुष्टि गरेको छ, माओवादीले खनाललाई मतदान गर्न कति अप्ठेरो झेल्यो।
तीन मन्त्री बनाउनेको व्यथा उतिकै चर्को छ। बिहीबार बिहान दुई अध्यक्षको छलफलमा दुवै पक्षले गृहलाई 'बटम लाइन' बनाएपछि दिउँसो सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्यता थियो। खनाल निकटहरूले नै एक सातासम्म एक्लै मन्त्रिपरिषद् बन्दा सन्देश राम्रो नजाने भएकाले मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्य पर्यो। पार्टीभित्रैबाट खनालको राजीनामाको विकल्प नभएको धारणा आउन थालेपछि बिना विभागीय तीन मन्त्रीलाई शपथ खुवाइएको थियो।
खनाले आफू प्रधानमन्त्री बन्न २० गतेको अन्तिम समयमा पार्टीलाई खबरै नगरी सात बुँदे सहमतिमा हस्ताक्षर गरे। त्यस हस्ताक्षरले शान्ति प्रक्रिया नै धरापमा पार्ने त थिएन। तैपनि त्यो खनालको अलोकतान्त्रिक शैली थियो। अध्यक्ष संस्था हो, व्यक्ति होइन। सहमतिका लागि यस्तो भएको छ भनेर कम्तीमा नछुटाई नहुने पात्रद्वय निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल र केपी ओलीलाई जानकारी गराउनुपर्थ्यो। खनाल के निष्कर्षमा पुगे भने नेपाल–ओलीलाई जानकारी गराउँदा आफू प्रधानमन्त्री बन्न पाउँदिनँ। आखिर आफ्नै चिन्तनले उनी अप्ठेरोमा परे।
माओवादीलाई गृहमन्त्रालय भनेर खनालले नै प्रस्ताव गरे सहमति गर्दा। अहिले बैठकमा खनाल मुख खोल्न सक्दैनन्। जबाफ दिन्छन्, 'माधवजीले मान्नु भएन।' खनाल व्यवहारमा ज्यादा नै फितला छन्। नेपाल–ओली समूहको खरो आलोचनालाई उनले सहजै लिन्छन्। माओवादीप्रति नरमै देखिन्छन्। त्यसको गुण माओवादीले पहिले मत दिने निर्णय गरेर र दोस्रो पल्ट प्रधानमन्त्रीमा जिताएरै पुष्टि गर्यो। प्रधानमन्त्री निर्वाचित भएको केही घन्टामा उनकै निवास डल्लुमा खनालले यस पंक्तिकारसँग आफूलाई बचाउ गर्दै भनेका थिए– 'वामपन्थी धु्रवीकरण जरुरी छैन। कथित लोकतान्त्रिक मोर्चाको पनि आवश्यक छैन।' उनको यस विचारले पार्टीभित्रका दक्षिणपन्थी धारमा लहसिने नेता र यता क्रान्तिको मात्रै कुरा गरेर उग्रवामतिर सोच्ने माओवादीको शक्तिलाई चस्को पसेको देखिन्छ। यी जोडकोणबीच उभिएका खनालले पाएको मत अन्ततः सबै वामहरूकै हो। वाम ध्रुवीकरणको आरोपबाट पन्छिन उनले यसो भन्नु बेग्लै कुरा हो।
मन्त्रिपरिषद् विस्तार गृह मन्त्रालयले रोकेको होइन। माओवादीको आन्तरिक खिचलो सहायक बनेको छ। अहिलेसम्म माओवादीले पदाधिकारी वा स्थायी समिति सदस्यबाट सरकार नेतृत्व गरेर जाने विषयसम्म टुंगो लगाउन सकेको छैन।
सरकारमा सहभागी हुने निर्णय गर्नासाथ तीनै पक्षका पात्रबारे बजार हल्ला चलाइयो। भट्टराईको नैतिकता छ भने उनको पक्षधरलाई खनाल नेतृत्वको सरकारमा पठाउनु हुँदैन। कारण उनले खनाल प्रधानमन्त्रीका लागि उपयुक्त छैनन् भनेर स्थायी समितिमा 'नोट अफ डिसेन्ट' लेखिसकेका छन्। सहमति गर्ने अध्यक्ष द्वयले सहमति, सहकार्यका लागि पार्टीभित्रका केही पात्रलाई बिर्सनु हुँदैनथ्यो। त्यस्तो सहमति कार्यन्वयन गर्न अप्ठेरो हुन्छ। अहिलेको परिणाम त्यही हो। खनालले आफू प्रधानमन्त्री बन्ने हतारमा नेपाल–ओलीलाई साथ लिएनन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले भट्टराईलाई साथ लिएनन्।
बहुमतको आधार, संस्थापन पक्षको केन्द्रीयताबाट पार्टीभित्र निषेधको राजनीति गर्ने मनस्थितिका कारण मुलुक अनिर्णयको बन्दी बनेको छ। हेर्दा तीनतिर फर्किएका यी पात्रहरू पार्टीभित्रका जब्बर शक्ति हुन्। सामूहिक निर्णय र कार्यन्वयन उनीहरूबाटै हुने गरेका छन्। बैठक बसिरहेकै ठाउँबाट खनालले नेपाललाई फोन गरेर 'माधवजीले मान्नु भएन' भन्नुपर्दाको पीडा कस्तो होला? उता एमाओवादी अध्यक्ष दाहालले गृह जिल्ला गोरखामा रहेका भट्टराईलाई 'तत्काल सरकारमा नजाने फ्लोरबाट सहयोग गर्ने निर्णय लिनु पर्यो' भनेर अनुमति लिए। दुई अध्यक्षले गरेका संवादले के पुष्टि गरेको छ भने कुनै पनि सहमति गर्दा त्यसलाई कार्यान्वयन गराउन माओवादीबाट दाहाल, मोहन वैद्य, भट्टराई र एमालेबाट खनाल, नेपाल, ओलीको सहभागिता अनिवार्य छ।
माओवादीले तत्काल फ्लोरबाट सहयोग गर्ने भने पनि ऊ सरकारमा जान खुट्टा उचालिराखेको छ। केही दिन सरकारमा सहभागी नहुने भनेको माओवादीले शनिबारदेखि नै एक साताभित्र सरकारमा जाने तयारी गरेको छ। माओवादीमा अहिले मन्त्रिपरिषद्मा सहभागी हुने तीनै पक्षधर पात्रलाई चयन गरिसकेको छ। सम्भवतः माओवादी कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रिपरिषद्मा सहभागी हुनेछ।
शान्ति र संविधान निर्माण हुन नदिए 'जनविद्रोह' गर्ने बहुमतको निर्णय लिएको माओवादी त्यसको तयारीमा देखिन्न। सरकारमा सहभागी हुनुमै सजिलो हुनेछ। त्यही निष्कर्षमा माओवादीले खनाललाई सहयोग गरेको हो। मन्त्रिपरिषद् विस्तारमा गृहको विवाद एमाओवादीलाई निहुँमात्र हो। सरकारमा जान तीनै पक्षको सन्तुलन मिलाउन यो चालबाजी भएको हो। कतिसम्म भने एकता केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधरबाट समेत एक मन्त्री पठाउनुपर्ने बाध्यतामा माओवादीलाई छ। माओवादीको अहिलेको चाला 'श्रीमान्ले चिसै पानीले नुहाउने' घुर्कीजस्तै हुनेछ।