अग्लो घर टिकाउ हुन जग बलियो हुनुपर्छ। त्यसैले जगको गहिराइअनुसार भवनको उचाइ निर्धारण गरिन्छ। बलियो जग भएको भवन होँचो र कमजोर हुनुलाई भने अनौठो मानिन्छ। त्यस्तै अनौठोपन नेपाली खेलकुदमा देखिन्छ। हाल थाइल्यान्डमा जारी १९ वर्ष मुनिका खेलाडीको एसीसी एलाइट प्रतियोगितामा नेपाली टोलीले फेरि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। उमेर समूहमा नेपालले पाइरहेको यो सफलता पहिलो र अप्रत्याशित भने होइन। नेपालले १९ वर्षभन्दा कम उमेरतर्फ विश्वस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिचान कायम गरेको धेरै भइसकेको छ।
सन् २००० मा श्रीलंकामा भएको १९ वर्षभन्दा कम उमेर समूहको युवा विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोली दोस्रो चरणसम्म पुगेको थियो। नेपाली टोलीले पाएको त्यस सफलतामा वर्षाको पनि भूमिका थियो। त्यसको दुई वर्षपछि न्युजिल्यान्डमा भएको युवा विश्वकपमा नेपाल दोस्रो चरणमा पुग्न नसके पनि ऐतिहासिक सफलता प्राप्त गरेको थियो। प्रतियोगिताका क्रममा नेपाली टोलीले टेस्ट स्तर प्राप्त पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै प्लेट च्याम्पियनसिपको उपविजेता बन्न सफल भएको थियो। त्यसपछि नेपालले युवा विश्वकपको प्लेट च्याम्पियनसिप जितिसकेको छ। त्यस क्रममा नेपालले दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्ता टोलीलाई हराइसकेको छ।
न्युजिल्यान्डमा नेपाली टोलीको प्रदर्शन हेरेर केही अन्तर्राष्ट्रिय पूर्वखेलाडीले क्रिकेटमा नेपालको भविष्य राम्रो भएको लख काटेका थिए। नेपाली क्रिकेट अधिकारी, खेलाडी, खेल प्रेमी सबैले नेपाली क्रिकेट भविष्यमा अझ उचाइ पुग्ने विश्वास लिएका थिए। तर नेपाली क्रिकेटको त्यो 'भविष्य' अझ आइसकेको छैन। नेपालको त्यो युवा टोली अहिले राष्ट्रिय टिममा परिणत भइसकेको छ तर नेपाली क्रिकेटले अपेक्षा गरेअनुसारको सफलता भने प्राप्त गर्न सकेको छैन। अर्थात्, त्यतिबेला नेपाली टोलीको जग बलियो देखिएकाले त्यसैका आधारमा पछिको उचाइको कल्पना गरिएको थियो। तर, जग बलियो भए पनि नेपाली क्रिकेटले त्यो उचाइ प्राप्त गर्नसकेन। त्यसपछिको स्थिति हेर्दा बेलाबेलामा त्यही जग पनि हल्लिन थालेको भान हुन्छ।
के कारणले हाम्रो टोलीले राष्ट्रिय हैसियत प्राप्त गर्दासम्म पनि त्यस किसिमको प्रतिभा देखिँदैन र अन्तर्राष्ट्रिय स्तरमा हाम्रो टिमले अपेक्षित सफलता हासिल गर्न नसकेको हो? यो समस्या क्रिकेटमा मात्र नभई नेपालका अन्य खेलमा पनि छ। उमेर समूहसम्म हाम्रो प्रदर्शन अन्तर्राष्ट्रिय जगत्मा प्रभावशाली हुने तर भविष्य भने अपेक्षाअनुरूप उज्वल नहुने कारण के होला? हाम्रो खेलमा भविष्य भनेर कति समयको अन्तरालतर्फ इंगित गर्ने हो?
सन् २००० अथवा २००२मा भनिएको भविष्य कहिले आउने हो? त्यति बेलाको भविष्य भनेको अहिलेको वर्तमान होइन र? हो, भने अपेक्षा गरिएअनुसारको भविष्य किन भएन? त्यति बेला जगको गहिराइ हेरेर नेपाली क्रिकेटको भावि उचाइको अनुमान गरिएको थियो। तर जग बलियो भएको भनिए पनि भवनले त्यो उचाइ हासिल गर्न सकेको छैन।
यसको कारणबारे नेपाली टोलीका पूर्वकप्तान विनोद दासले केही समयअघि एउटा कार्यक्रममा नेपाली किशोरहरू जिम्मेवारी वहन गर्न नपर्ने भएकोले खेलमा समर्पित हुन्छन् भनेका थिए। तर बढ्दो उमेरअनुसार घरको जिम्मेवारी पनि सम्हाल्नुपर्ने भएकोले नेपाली टिमको क्षमता उमेर समूहको तुलनामा कम हुने उनको विश्लेषण थियो। यसो भनेर दासले नेपाली खेलाडीको भविष्य अनिश्चित भएकोतर्फ संकेत गरेका थिए।
किशोर अवस्थाका प्रतिभाशाली खेलाडी बढ्दो उमेरसँगै दुविधाग्रस्त हुने गर्छन्। खेलेर बाँच्न सकिने स्थिति देशमा नभएको उनीहरूलाई राम्रै थाहा हुन्छ। कुनै पनि युवा पछि व्यावसायिक खेलाडी बन्ने अठोट गरेर खेल क्षेत्रमा लाग्ने गर्दैनन्। पहिले सोखका लागि खेलिने अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लोभसम्म पुगेको होला। तर खेललाई व्यावसायिकरूपमै अँगाल्ने सोच धेरै कम खेलाडीमा हुन्छ। किनभने त्यो स्थिति देशमा अझ भइसकेको छैन। व्यवहारिकरूपमा हेर्ने हो भने अहिलेको अवस्थामा खेलाडीले खेलेर पाउने भनेको नाम र देशाटनको अनुभव हो। तर त्यतिमात्रले जीवन यापन हुँदैन।
खेलकुदको समग्र विकासका लागि यसमा व्यावसायिक सोच आउनु जरुरी छ,। खेलाडीहरूले मैदानमा जाँदा घर चलाउने र आफ्नो भविष्य सुनिश्चित गर्ने भन्ने बारे सोच्न नपरेमात्र नेपाली खेलको स्थितिमा परिवर्तन हुनेछ। अर्थात्, जग गहिरो बनाउँदैमा भवनको निर्माण आफैँ हँुदैन। जगले त उचाइको माप निश्चित त गर्छ तर भवनमा तला थप्न त निर्माणै गर्नुपर्छ।