सेनाको राजनीति
२० माघ २०६७
•
१० मिनेट पाठ
सेनाको राजनीति
नेपाली सेनाको मुख्यालय, भद्रकाली बेलाबेलामा चर्चामा आउँछ। कहिले ऊ आफँै समाचार बनाएर पस्कन्छ। कहिले सञ्चारमाध्यमले नै उसलाई विवादमा ल्याउँछन्। सेना समाचारको विषय हो कि होइन? यसमा मतान्तर होला।
सेना समाचार बन्नु हुँदैन भन्नै मेरो मान्यता हो। सेना प्रत्येक राष्ट्रको प्रमुख सुरक्षा अंग हुन्छ र राष्ट्रप्रमुखमातहात रहन्छ। सिद्धान्ततः नेपाली सेना पनि यस्तै हैसियतमा छ। नेपालको अन्तरिम संविधानले सेनालाई राजनीतिक सामाजिक मामलाभन्दा टाढा राखेको छ।
राजनीतिक मामलामा उसले चासो राख्ने, हस्तक्षेप गर्ने छुट संविधानले दिएको छैन। तर, सेना राजनीतिक मामलामा नजानिँदो तरिकाले चलखेल गरिरहेको अनुभव पटकपटक भएको छ। सेनाको विगत विश्लेषण गर्दा राजनीतिक फाँटमा उसको चलखेल उति धेरै देखिन्नथ्यो। २०२७ सालमा महेन्द्र र २०५९ सालमा ज्ञानेन्द्रका ... कु' सार्थक बनाउन बन्दुक उठाएको सेनाको ऐतिहासिक पृष्ठभू्मि लुकाएर लुक्दैन। तर, अहिले सेना बदलिएको छ। ऊ खुलमखुला राजनीतिक वक्तव्यबाजी गर्न पछि परिरहेको छैन।
सात महिनादेखि सरकार गठन हुन सकेको छैन। शान्ति प्रक्रिया असरल्ल छ। ढिलै भए पनि सकारात्मक केही काम भएका छन्। शान्ति प्रक्रियाको प्रमुख पक्ष माओवादीले आफ्ना लडाकुु विशेष समितिमातहत ल्याउन सहयोग गर्‍यो। अब चार वर्षदेखि थाँती उनीहरूको समायोजन र पुनर्स्थापनाको चुनौतीपूर्ण काम सामुन्ने छन्। तर, विकसित राजनीतिक घटनाक्रमसँगै सेना बृहत् शान्ति सम्झौताको व्याख्याता बन्न खाजेको देखिन्छ। लडाकुु समायोजनबारे उसले आफ्नो अडान दोहोर्‍यायो। हाकाहाकी स्थापित मापदण्डमा सम्झौता हुँदैन भन्यो। प्रवक्ता रमिन्द्र क्षेत्रीले सरकारको निर्णय सेनाले स्विकार्ने चिल्ला कुरा गरे। तर उनको पेटबोलीको निहितार्थ सेनाको मापदण्डमा सम्झौता नगर्ने भन्ने हो।
प्रवक्ताको माग एकछिन परै राखौँ। सेनापति छत्रमानसिंह गुरूङले पनि त्यस्तै भाषा प्रयोग गरे, प्रधानमन्त्रीलगायत दलका नेतासामु। पवक्ताले पत्रकार सम्मेलन गरेर आफ्नो माग पेस गरेको थिए। बिडम्बना, प्रधानमन्त्री माधवकुमार नेपालले सेनापतिलाई प्रधानन्त्री निवासमै बोलाएर लडाकुु समायोजनबारे दलहरूले बनाएको मोडलमा विमति राख्ने मौका दिए। आफूअर्न्तगतको सेनापतिसमक्ष दलहरूको प्रतिवेदन पेस गर्न पछि नपर्ने प्रधानमन्त्रीबाट धेरै अपेक्षा गर्न सकिन्न। त्यसो त त्यहाँ प्रधानमन्त्रीमात्र थिएनन्, उनले कांग्रेस सभापति सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र रामशरण महत तथा एमाले अध्यक्ष झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेललाई निम्त्याएका थिए। माघ १६ को साँझ बालुवाटारमा सम्पन्न उच्चस्तरीय बैठकमा के-कस्ता कुरा भए? सबै सार्वजनिक भएका छैनन्, हुन सम्भव पनि छैन। तर, समाचारहरूमा प्रधानसेनापतिले दलहरूले छलफलमा ल्याएका प्रस्तावमाथि गम्भीर विमति जनाएको कुरा आयो। छत्रमानले माओवादी लडाकुलाई सेनामा मिसाउन सेनाका आधारहरू मान्नुपर्ने जिकिरमात्र गरेनन्, माओवादी लडाकुको बैग्लै सुरक्षा दल बनाउनेमा पनि विमति जनाए। राजनीतिक नेतृत्वले लडाकु समायोजनबारे सेनासँग परामर्श गर्न र उसबाट प्राविधिक सल्लाह लिन सक्छ। तर, राजनीतिक नेतृत्वसमक्ष सेनाले सर्त वा माग राख्न मिल्दैन। त्यस्तौ आँट कुन व्यावसायिक मर्यादाअर्न्तगत गरियो, बु‰न कठिन छ।
माओवादी लडाकुको समायोजन र पुनर्स्थापना राजनीतिक विषय हुन्, यसलाई सैनिक भर्ती गर्ने सामान्य विषयजस्तो ठान्न मिल्दैन। राजनीतिक मामला हो भन्ने जर्साबहरूलाई राम्ररी थाहा हुनुपर्छ । कतिपय जर्नेल शान्ति सम्झौतामा सामूहिक समायोजन उल्लेख नभएको तर्क गर्छन्। त्यस्ता तर्कको अर्को पाटो पनि छ। अर्थात्, शान्ति सम्झौतामा एक्काएक्लै, लडाकुको छाती, उचाइ, गोलाइ नापेरमात्र भर्ना गर्ने पनि लेखिएको छैन। सशस्त्र विद्रोह नेपालमा मात्र भएको होइन। अन्य देशका प्रशस्त उदाहरण छन्। विद्रोही सेनालाई समायोजन र प्रतिस्थापन गरिएका अन्यन्त्रका उदाहरण यत्रतत्र भेटिन्छन्। त्यसैले सेना आफैँले समायोजनको व्याख्या गर्ने होइन। उसले त सरकारले दिएको निर्देशनअनुसार कार्यान्वयन गर्ने, गराउनेमात्र हो। सरकारसँग राय बझाउनुलाई नै जर्साबहरूले आफ्नो ...बहादुरी' ठान्ने हो भने त्यो बौद्धिक टाटपल्टाइबाहेक केही हुने छैन। समायोजन शब्दको मर्म र अन्यत्रका अभ्यासलाई ख्याल गर्दै बाटो प्रशस्त गर्नु सेनाको प्राथमिक कर्त्तव्य हुनुपर्छ।
दोष सेनाको मात्र छैन। उसलाई उसकै हैसितयमा राख्न नसक्नु नेताहरूको कमजोरी हो। रक्षामन्त्री विद्या भण्डारी स्वयं सेनाको प्रवक्ताजस्तै छिन्। माओवादीको विरोधमा उत्रन सेनाको सहारा लिनु क्षणिक रामरमाइलोमात्र हो। सेनाले बलमिच्याइ गरिरहेको हो वा नेताहरूको लाचारीको फाइदामात्र उठाएको हो? यसको छिनोफानो आवश्यक छ।
राजनीतिका पेचिला मामलामा चासो राख्नुभन्दा परिवर्तित व्यवस्थामा आफूलाई लोकतन्त्रीकरणतर्फ उन्मुख गर्नु उसको पहिलो कर्त्तव्य हो। मुखले लोकतन्त्रको सैद्धान्तिक व्याख्या निरकंुशहरूले पनि गर्न सक्छन्। त्यसैले नेपाली सेनाले आफ्नो विगत आत्मसात गर्दै परिवर्तित राजनीतिमा आफैँलाई रुपान्तरण गर्न सक्नुपर्छ।
मुख्यालय भद्रकालीका जर्नेलहरूले राजनीतिक हिसाबकिताबमा दिमाग खियाउनुभन्दा आफ्नो आँगनको वनमारा निर्मूल पार्न ध्यान दिए कम्तीमा केेन्द्रीय कार्यालय सुन्दर देखिन्थ्यो। सैनिक मुख्यालयवरिपरि नियाल्दा स्पष्ट हुन्छ, जर्नेलहरू वनमाराको पर्खाल रुचाउँदा रहेछन्। वनमाराको ठाउँमा सुन्दर बगैँचा फुल्न सक्थ्यो। मुख्यालयमा सायद मालीको अभाव छैन। दशरथ रंगशालाबाट सहिदद्वारतर्फ पैदल यात्रा गर्नेहरूले सायद दोस्रो पटक यो बाटो हिँड्न नपरोस् भन्ने कामना गर्छन्। कारण, सेनाको काँडे तारबारलाई वनमारा झाडीले सुरक्षितमात्र बनाएको छैन, दिसापिसाब गर्न सजिलो ठाउँ पनि बनाएको छ। सार्वजनिक शौचालय भन्न मिल्छ, सेनाको आडैको पेटी। पोहोर सहिदद्वारबाट शिलालेख चोरियो। भद्रकाली क्षेत्रमा साँझपख बारम्बार लुटपाट भएका समाचारहरू बन्छन्। यसको अर्थ सेनाले सडकको सुरक्षा गर्नुपर्छ भन्ने होइन। उसले आफ्नो आङको राम्रो पहरासमेत दिन नसकेको उदाहरणमात्र दिइएको हो। लाग्छ, सैनिक मुख्यालय र टुँडिखेललाई राणा प्रधानमन्त्रीहरूले घोडामा चढेर पहरा दिइरहेका छन्। तर, ती सुन्दर सालिकहरू पनि धुलाम्मे छन्।
अर्को समाचार
भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा
२७ फागुन २०७५
•
६ मिनेट पाठ
भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा
राजधानी कराकसमा शनिबार आयोजित सरकार पक्षीय र्‍यालीमा सम्बोधन गर्दैै भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो। तस्बिर : एजेन्सी
कराकस - भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ‘कू’ लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ। 

शनिबार सरकार पक्षीय र्‍यालीमा सम्बोधन गर्दै राष्ट्रपति मादुरोले सुरक्षा फौजको प्रशंसा गरेका हुन्। उनले भेनेजुएलाभर भएको विद्युत् आपूर्ति बन्द ‘ब्ल्याकआउट’ को पछाडि विपक्षीको हात रहेको आरोपसमेत लगाए। भेनेजुएलामा शनिबार सरकार पक्षीय र विपक्षीको बेग्लाबेग्लै प्रदर्शन भएका छन्। 

राजधानी कराकसमा विपक्षी नेता गुआइडोका केही समर्थक र प्रहरबीच झडप भएको  समाचार पनि बाहिरिएको छ। यसै वर्षको जनवरी २३ का दिन भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायतका राष्ट्रले उनलाई मान्यता दिए पनि देशको शक्तिशाली सेना हालसम्म मादुरोप्रति नै वफादार देखिएको छ भने चीन, रुस र टर्कीजस्ता देशहरु पनि उनकै पक्षमा देखिएका छन्। 

मिराफ्लोर्स राष्ट्रपतीय दरबारबाहिर सम्बोधन गर्दै राष्ट्रपति मादुरोले गुआइडोलाई अमेरिकाको जोकर र कठपुतलीको संज्ञासमेत दिएको बिबिसीले उल्लेख गरेको छ। ‘उनीहरुले देशको सशस्त्र फौजलाई सैन्य कू गर्न आह्वान गरेका थिए तर सुरक्षा फौजको सन्देश स्पष्ट थियो–उनीहरुले कूको आयोजना गर्न चाहनेलाई उचित जबाफ दिएका छन्,’ राष्ट्रपति मादुरोले सम्बोधनका क्रममा बताए। 

यसैबीच भेनेजुएलामा शनिबार नै विपक्षीहरुले पनि देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी कराकससहितका सहरमा विपक्षीको प्रदर्शनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सरकार विरोधी केही प्रदर्शनकारीले ‘हत्यारा’ भन्दै प्रहरीलाई धकेलेपछि उनीहरुविरुद्ध सुरक्षाकर्मीले बल प्रयोग गरेको बताइएको छ । प्रहरीले प्रदर्शनकारीलक्षित खुर्सानीको धुलो छरेको थियो। 

विपक्षीको र्‍यालीमा सम्बोधन गर्दै विपक्षी नेता गुआइडोले आफूले देशव्यापी भ्रमण गर्ने बताए। उनले देशव्यापी भ्रमणका क्रममा राजधानी कराकसमा निकट भविष्यमै हुने विशाल प्रदर्शनमा सहभागी हुन आम जनतामा आह्वान गर्ने पनि बताए। ‘हामी सबै भेनेजुएली नागरिकलाई राजधानी कराकसमा भेला गर्दैछौं किनभने हामी उनीहरु सबैलाई एकताबद्ध बनाउन चाहन्छौं,’ सम्बोधनका क्रममा उनले बताए। 

विपक्षी नियन्त्रणमा रहेको देशको राष्ट्रिय सभाको नेतृत्व गरिरहेका विपक्षी नेता गुआइडोलाई ५० भन्दा बढी राष्ट्रले अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्। विपक्षीले बहिष्कार गरेको गत वर्ष सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेको भन्दै मादुरोले यसै वर्षको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतीय पदको शपथ लिएपछि भेनेजुएलाको राजनीति पुनः तनावग्रस्त हुन सुरु भएको हो। 

मादुरो नेतृत्वको सरकारले निष्पक्ष निर्वाचन नगराउने भन्दै विपक्षीले सो निर्वाचन बहिष्कार गरेका थिए। मादुरोले अर्को कार्यकालका लागि शपथ लिएपछि विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपतिको रूपमा घोषणा गरेका थिए। उनले देशको संविधान उल्लेख गर्दै आफू भेनेजुएलाको अन्तरिम राष्ट्रपति भएको घोषणा गरेलगत्तै अमेरिकाले मान्यता दिएको थियो। 

भेनेजुएलाको संविधानअनुसार वैधानिक राष्ट्रपतिको गैरउपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपतिका रूपमा रहने व्यवस्था छ । त्यसरी बनेका अन्तरिम राष्ट्रपतिको प्रमुख कार्य नै लोकतान्त्रिक रूपमा देशमा निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्नु रहेको छ।

मादुरो नेतृत्वको सरकार अवैधानिक भएकाले देशको संविधानअनुसार आफू अन्तरिम राष्ट्रपति भएको गुआइडोको दाबी छ । उता, मादुरोले भने अमेरिकाको निर्देशनमा विपक्षी नेता गुआइडोले देशमा ‘कू’ को प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन् । 

आर्थिक रूपमा अत्यन्तै समस्याग्रस्त भेनेजुएलाको पछिल्लो राजनीतिक तनावका कारण लाखौं मानिस छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भइरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस