चितवनको शक्तिखोरमा २०६७ माघ ८ गते एउटा समारोह आयोजना गरेर 'जनमुक्ति' सेना विशेष समिति मातहत गएको घोषणा गरियो। कालिकोटको विकट गाउँबाट आएको फोनमा सोधिएको थियो - अब के हुन्छ त कमरेड! यस कार्यको सबैभन्दा पहिले अमेरिकी राजदूतावासले प्रेस विज्ञप्ति प्रकाशित गरेर प्रशंसा गर्यो। देशका राजनीतिक दलका नेताले शान्ति प्रक्रिया र संविधान निर्माण सफल हुने विश्वास सुदृढ भयो भने। कर्णालीको विकट गाउँको जनताको चासो, चिन्ता र प्रश्न तथा अमेरिकी दूतावासको चासो, खुसी र प्रशंसामा के भिन्नता छ भन्ने त भविष्यमा स्पष्ट हुनेछ। सामाजिक क्रान्ति (परिवर्तन) को विज्ञानलाई राम्ररी आत्मसात गरेर प्रयोग गर्ने हिम्मत गर्नेले नै जनताको प्रश्नको उचित जवाफ दिन सक्नेछ भन्ने चाहिँ स्पष्ट छ। त्यसैले ऐतिहासिक तथ्य र सामाजिक क्रान्तिको विज्ञानलाई आधार बनाएर विचार, बन्दुक र माघ ८ को घटनालाई हेर्नुपर्छ।
आजसम्म मानव जाति र सभ्यतामा भएका विकास, परिवर्तन र उपलब्धिमा वैज्ञानिक विचार र विचारद्वारा निर्देशित बन्दुकको भूमिका छ। हिन्दू, इसाई, मुस्लिम धर्ममा शान्ति र मानवताका नाममा चलेका बन्दुक र तलवार अनि बगेको रगतको साक्षी इतिहास छ। समाजको प्रतिक्रियावादी वर्गले प्रायः आदर्शवादको आलोकमा समाज परिवर्तनमा बन्दुकको भूमिकालाई अस्वीकार गर्छ तर बन्दुकमाथिको आफ्नो एकाधिकारलाई सुनिश्चित गर्ने गर्छ। यसरी जनता माथि शोषण, दमन, अन्याय र अत्याचारलाई लाद्ने गर्छ। यसविपरीत मार्क्सवादको आलोकमा सर्वहारा वर्गले समाज परिवर्तनमा वैज्ञानिक विचार र बन्दुकको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्छ र बन्दुकमा जनताको अधिकारलाई स्थापित गरेर शोषण, दमन, अन्याय, अत्याचारलाई अस्वीकार गर्छ। साथै मार्क्सवादले शोषण, बन्दुक र राज्यरहित समुन्नत समाज व्यवस्थाको परिकल्पना र अपेक्षा गर्छ। यसको निम्ति सर्वहारा वर्गको क्रान्तिकारी भूमिका आवश्यक ठान्छ।
नेपालमा नेपका (माओवादी) को नेतृत्वमा संचालित जनयुद्धमा विचार नभएर बन्दुकको मात्र प्रभुत्व रहेको भ्रम बुर्जुवा वर्गले नियोजितरूपमा पार्ने गरेको छ। यसबाट सहरिया मध्यम वर्ग पनि धेरै हदसम्म प्रभावित हुँदै आएको छ। वास्तवमा माओवादी 'जनयुद्ध' विचारको संघर्ष थियो र बन्दुक सहयोगीमात्र थियो। निश्चय पनि संघर्षको स्वरूप सशस्त्र थियो। पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेपछि संघर्षको सशस्त्र स्वरुपमा परिवर्तन भयो तर बन्दुकलाई सहयोगी बनाउँदै विचारको संघर्ष भने कायमै छ। यस संघर्षमा विचार र बन्दुकलाई एक अर्काको परिपूरक बनाउन, बन्दुकमा जनताको अधिकार स्थापित गर्न र क्रान्ति (परिवर्तन) लाई सुनिश्चित गर्न सकिएन भने अहिलेको विचारको संघर्ष असफलत हुनेछ र फेरि कुनै न कुनैरूपको अर्को सशस्त्र संघर्ष अगाडि आउनेछ। नेपालमा अहिले हासिल सामाजिक जागरणसहित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धिको निम्ति नेतृत्वदायी भूमिका जनमुक्ति सेनाको बन्दुकले खेलेको हो। अरू बन्दुकले सुरुमा नकारात्मक र अन्त्यमा सकारात्मक र सहयोगी भूमिकामात्र खेलेको हो। यस तथ्यलाई जति राम्ररी आत्मसात गरेर सम्बोधन गर्नसक्यो त्यति सहज र वैज्ञानिक सामाधान निकाल्न सकिन्छ। नेपालमा परिवर्तनका लागि उठेका बन्दुकलाई विचारले सम्बोधन गर्न नसक्नु मुख्य समस्या हो। इतिहासको यो नकारात्मक परम्पराको पुनरावृत्ति हुनु हुँदैन।
अहिले गाउँमा जनतामाथि स्वेत आतंक थोपरिएको छ र विगत जनयुद्धकालमा उठेका जनतासँग प्रतिशोध लिने काम भएको छ। जनताले आफूसँग जनमुक्ति सेनाको बन्दुक छ भन्ने विश्वासमा कांग्रेस र एमालेको राजनीतिक आवरणमा गाउँमा चलिरहेको स्वेत आतंकलाई पचाउने वा सहने काम गरेका छन्। जनताले आफूसँग बन्दुक नरहेको र निशस्त्र भएको महसुस गरे भने आत्मरक्षाका लागि बन्दुकको खोजी वा माग गर्नसक्ने स्थिति आउन सक्छ। त्यसैले जनमुक्ति सेनासँग भएको बन्दुकलाई राम्ररी सम्बोधन गर्न त्यसमा जनताको अधिकार स्थापित गर्नु पर्छ। जनताको अधिकार स्थापित गरेर बन्दुकलाई राम्ररी सम्बोधन गर्न पूर्ण क्रान्ति वा परिवर्तनले मात्र सक्छ। तसर्थ, शान्ति प्रक्रिया वा सेना समायोजनको प्रश्न नेपालको नयाँ संविधान निर्माणसँग जोडिएको सबाल हो। यसलाई सरकार निर्माणसँग मात्र जोडेर समाधान खोज्नु गलत हो।
जनमुक्ति सेनाको बन्दुकलाई कसरी सम्बोधन गर्ने र नेपालको शान्ति प्रक्रिया सफल पार्ने भन्ने सबालको फैसला मुख्यत नेपालका राजनीतिक पार्टीले त्यसमा पनि ठूला पार्टीले गर्ने विषय होला। तर यसबारे सामान्यतः राष्ट्रिय, अन्तराष्ट्रियरूपमा जनताका पक्ष विपक्षमा उभिनेहरुले चासो लिएका छन् र लिनु पनि पर्छ। जनमुक्ति सेनाको बन्दुक बारे विशेषतः नेपाली जनता, नागरिक समाज र बौद्धिकहरूले एउटा बहस गर्नु जरुरी छ। के वास्तवमा अहिलेको नेपालको राजनीतिक समस्याको जड जनमुक्ति सेनाको बन्दुक नै हो त? समस्याको जड प्रतिगामी राष्ट्रिय आत्मसमर्पणवादी विचार प्रवृत्ति र वैदेशिक हस्तक्षेप हो। त्यसमा विजय सुनिश्चित नभई माओवादीलाई निशस्त्र पार्न खोज्नु पनि समस्याको सही समाधान होइन।
बुर्जुवा वर्गले दिने गरेको स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा घोडचडी सेना, तरवार र बन्दुकको संगीनमा परिणत भइसकेको विश्लेषण मार्क्स, एंगेल्सले गरेका थिए। शान्ति र निशस्त्रीकरणको नारा दिएर साम्राज्यवादले जनतालाई ठग्ने र जनतामाथि शोषण दमन कायम राख्ने गर्छ भनेर लेनिन, स्टालिने भनेका छन्। माओले राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ र बन्दुक नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन भनेका छन्। त्यसैले नेपालको क्रान्तिमा सहिदको रगत, जनताको आसु र पसिनाबाट निर्माण भएको जनमुक्ति सेनासँग दुई प्रकारको हतियार छन् - एउटा मस्तिष्कमा रहेको विचारको बन्दुक र अर्को कन्टेनरमा रहेको भौतिक हतियार। साम्राज्यवादीहरू यी दुईवटै हतियार नष्ट गर्ने अभियानमा लागेका छन् र त्यही अभियानअन्तर्गत नै अमेरिकी दूतावासको सराहनाको प्रेस विज्ञप्ति आएको हो। जनताले मार्क्स, एंगेल्सका रचनाहरू त पढेका छैनन् होला तर जनमुक्ति सेनासँग रहेको ती दुईवटै हतियारको रक्षा हुन्छ कि हुँदैन र हुन्छ भने कसरी हुन्छ भनेर चिन्ता राख्दै प्रश्न सोधिरहेका छन्। पक्कै पनि हाम्रो महान तथा गौरवशाली एनेकपा (माओवादी) र शिविरमा रहेका जनमुक्ति सेनाका योद्धाले त्यो चिन्ता र प्रश्न बुझेका छन्। जनमुक्ति सेनालाई विशेष समिति मातहतमा गएको घोषणापछि जुनरूपमा अमेरिकी दूतावासको खुसी व्यक्त भयो त्यहीरूपमा जनताले दुःख व्यक्त गर्नु स्वाभाविक हो।
माघ ८ गतेको त्यस घोषणालाई अमेरिकी दूतावासले भन्दा जनताले भिन्न दृष्टिकोणले हेरेका छन्। हुनत, माघ ८ गतेको कार्यक्रम नयाँ पनि होइन तर जुन परिस्थितिमा भयो यसले दिएको सन्देश र जन्माएका प्रतिक्रिया हेर्दा नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया झन् जटिलतातर्फ प्रवेश गरेको देखिएको छ। यस प्रक्रियालाई राष्ट्र र जनताको हितमा सफल पार्न नेपाली जनताको संकल्पबद्ध एकता र संघर्ष आवश्यक छ।
प्रतिगामी राष्ट्रिय आत्मसमर्पणवादी विचार प्रवृत्ति, वैदेशिक हस्तक्षेप र माओवादी अडान आफ्नो सारतत्वमा विचार र बन्दुकको अन्तर्सम्बन्धलाई वैज्ञानिक ढंगले परिभाषित गर्ने कि नगर्ने? बन्दुकमा जनताको अधिकार स्थापित गर्ने कि नगर्ने? क्रान्तिलाई पूर्णता दिएर राष्ट्र र जनताको जीवनमा आमूल परिवर्तन सुनिश्चित गर्ने कि नगर्ने? यसका लागि चलिरहेको निर्णायक संघर्षमा जनता र राष्ट्रको विजय सुनिश्चित हुने कि नहुने र गर्ने कि नगर्ने भन्ने विषय नै नेपालको शान्ति प्रक्रियाका मूल समस्या हुन्। यस विषयको गम्भीरता र संवेदनशीलताको विचारै नगरी माओवादीलाई नागरिक पार्टी बन्नुपर्छ भन्ने नाममा आत्मसमर्पण गराउने दुस्साहस गरियो भने स्थिति झन् भयानक र विस्फोटक बन्नसक्छ। जनमुक्ति सेनाको बन्दुक क्रान्ति र परिवर्तनको लागि उठेको हो र यसलाई नेपाली जनताले धेरै माया गरेर राखेका छन्। परिवर्तन वा क्रान्तिको सुनिश्चितता नगरी माओवादीलाई निशस्त्र पार्न खोजियो भने बन्दुकको रक्षार्थ फेरि नेपाली जनता अगाडि आउन सक्छन्। जनताको यो विचार नै वैज्ञानिक र सर्वश्रेष्ठ विचार हुनेछ। माघ ८ गतेले सामान्यतः सबैलाई र विशेषतः नेपाली जनतालाई जागरुक र सतर्क हुन निर्देशित गरेको छ।
लेखक एनेकपा (माओवादी)का केन्द्रीय सदस्य हुन्।