स्वार्थको द्वन्द्व
२६ चैत्र २०७६
•
४ मिनेट पाठ
स्वार्थको द्वन्द्व
हृदयमा प्रेम जोगाइराख। प्रेमबिनाको जीवन सूर्यको अनुपस्थितिमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ। – ओस्कर वाइल्ड (साहित्यकार) 
सम्पादकीय




प्रधानमन्त्री केपी शर्मा ओलीका केही सचिवालय सदस्य विभिन्न विवादमा मुछिएका घटना बाहिर आइरहेका छन्। सरकारी खरिद, ठेक्कापट्टा, प्रशासनिक हस्तक्षेपलगायतका धेरै घटनामा उनीहरू प्रत्यक्ष/परोक्ष संलग्नता र व्यक्तिगत फाइदाका लागि काम गरेका आरोप लाग्ने गरेको छ। ओलीले सचिवालय टिम एकपटक बदलिसकेका छन्। अहिले कार्यरत केही सदस्य एकपछि अर्को घटनामा मुछिँदै आएका छन्। यसले सरकार र स्वयं प्रधानमन्त्री ओलीको लोकप्रियतालाई घटाउने काम गरिरहेको छ। प्रधानमन्त्रीले पटक–पटक भ्रष्टाचारविरुद्ध निर्मम हुने प्रतिबद्धता व्यक्त गर्दागर्दै पनि सचिवालय सदस्यकै कारण विवाद देखिनुलाई गम्भीरपूर्वक हेर्नु आवश्यक छ।

सचिवालय सदस्यकै कारण प्रधानमन्त्रीको राम्रो उद्देश्य छायाँमा पर्ने अवस्था आउनु उचित होइन। पछिल्लो समय प्रधानमन्त्री ओलीका सचिवालय सदस्यमध्ये सबैभन्दा बढी विवादमा देखिएका छन् अस्गर अली। उनी ओलीका सूचना प्रविधि (आइटी) विज्ञ हुन्। अलीले पदीय हैसियत दुरूपयोग गरी स्वार्थअनुरूप काम गरिरहेका आरोप लाग्दै आएको छ। सरकारी निकायहरूले गर्ने सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा खरिद होस् वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठेक्कापट्टा सबैमा उनको भुमिका विवादित बन्दै आएको छ। स्वार्थ पूरा गर्न अलीले नजिकका व्यवसायीलाई मिलाएको आरोप छ। पछिल्लो समय उनले आफू आबद्ध निजी कम्पनीको सेवा विस्तार गर्न सरकारी कामलाई ढिलासुस्ती गराउन सफल भएको आरोपसमेत छ। 

अस्गर निजी क्षेत्रको इ सेवा नामक व्यापारिक कम्पनीसँग आबद्ध छन्। यो अनलाइन विद्युतीय भुक्तानी प्रदायक कम्पनी हो। यही कम्पनीको व्यवसाय विस्तारका लागि अलीले सरकारी गेटवे प्रणाली प्रयोगमा ल्याउन २ वर्षभन्दा बढी रोकेका छन्। यसबीचमा इ सेवालाई उनले एक दर्जनभन्दा बढी सरकारी निकायमा पुर्‍याउन सफल भएका छन्। प्रधानमन्त्रीका सल्लाहकार र आइटी विज्ञका रूपमा अधिकांश सरकारी निकायले सूचना प्रविधिका विषयमा अलीसँग समन्वय गरेर काम गर्दै आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले पनि नेसनल पेमेन्ट गेटवे प्रणाली लागु गर्न अलीसँग परामर्श र समन्वय गर्दै आएको थियो। तर ओलीले इ सेवाको व्यवसाय प्रबर्द्धन गर्न सरकारी गेटवेलाई यो वा त्योको बहानामा २ वर्षभन्दा बढी समय लागु गर्न दिएनन्। 

यसबीच उनले इ सेवालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको इपिएस, वैदेशिक रोजगार विभाग, राहदानी विभागसहितका करिब दर्जन सरकारी निकायमा घुसाएका छन्। अलीले काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुद (साफ गेम) मा पनि राष्ट्रिय खेलकुद परिषद्लाई प्रभावमा पारेर इ सेवामार्फत टिकट बिक्री गर्ने सेटिङ मिलाएका थिए। सरकारले २५ करोड रुपियाँ खर्च गरेर राजस्वलगायत सरकारी निकायसँग हुने कारोबार भूक्तानी सहज बनाउने उद्देश्यले यो प्रणाली खरिद गरेको थियो। नेसनल पेमेन्ट गेटवे सञ्चालनमा नल्याएको चर्को आरोप लागेपछि अहिले यो प्रणाली राष्ट्र बैंकलाई हस्तान्तरण गर्ने प्रक्रियामा छ। राष्ट्र बैंकको नेपाल क्लियरिङ हाउसमार्फत सञ्चालनमा ल्याउने तयारी गरेको छ।

निजी व्यवसायमा आबद्ध व्यक्तिलाई सार्वजनिक सेवाका कुनै पनि तहमा नियुक्त गर्दा कस्तो परिणाम निस्कन्छ भन्ने अस्गर अलीको यो एउटा उदाहरण मात्र हो। सत्तारुढ दलका स्वार्थका कारण निजी व्यवसायमा लागेका व्यक्तिहरू सरकारका विभिन्न निकायमा पुगेका छन् र अलीले जस्तै निजी व्यवसायको हितका लागि काम गर्दै आएका अनेकौँ उदाहरण छन्। संसद्मा पुगेका उद्योगी/व्यवसायीले खेलेको भूमिका विवादरहित बन्न सकेका छैनन्। विभिन्न संसदीय समितिमा बसेर नीति निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरूले व्यावसायिक हित र स्वार्थ हेरेको आरोप लाग्दै आएको छ। राष्ट्र बैंकका लागि बनाउन लागेको वाफियाको छलफल होस् वा शिक्षा नीतिको बहस, उद्योगी/व्यवसायीले मुलुकको भन्दा आफ्नै स्वार्थमा ध्यान दिने गरेका छन्। अर्बौँ लगानी गर्ने व्यवसायी सांसद र मन्त्री बने उसले सर्वसाधारण जनताको हित हेर्ला वा आफ्नो व्यवसायको ? उत्तर स्पष्ट छ। 

छिमेकी मुलुक भारतमा कुनै पनि व्यवसायीले बैंक तथा वित्तीय संस्था खोल्न पाउँदैन। एउटै व्यक्तिलाई व्यवसाय र बैंक खोल्न दिए अव्यावसायिक सम्बन्ध कायम हुन सक्ने र यसको मार सर्वसाधारणको निक्षेपमा पर्ने डरले यस्तो नीति बनाइएको हो। नेपालमा पनि यस्तै नीति ल्याउनेबारे बहस भए। नेपाल बंगलादेश बैंकमा विगतमा भएको घटनालाई अगाडि सारेर पनि छलफल गरियो। तर संसद्मा रहेका व्यापारीहरूको लबिङका कारण यो संभव भएन। निजी व्यवसायमा संलग्न अलीलाई विज्ञका रूपमा आफ्नो टिममा लैजाँदा कतै स्वार्थ त बाझिँदैन भनेर नियुक्तिकै बेला सोच्नुपर्ने हो। जसको परिणाम अहिले मुलुकले भोग्नुपरेको छ। अली संलग्न इ सेवा कम्पनीसँग एक दर्जन सरकारी निकायका तथ्यांक छन्। यसले कुनै पनि बेला त्यस्ता तथ्यांक दुरूपयोग हुने संभावना बढाएको छ। यो मुलुककै लागि गम्भीर विषय हो। त्यसैले प्रधानमन्त्री ओलीले तत्काल अलीलाई हटाउने र सरकारी तथ्यांक नेसनल पेमेन्ट गेटवेमार्फत सञ्चालनको व्यवस्था गर्नुपर्छ। किनकि अलीको व्यावसायिक स्वार्थमा प्रधानमन्त्री ओलीको शाख जोडिएको छ।   
अर्को समाचार
प्रतिनिधिसभा बैठकमा ‘स्वार्थको द्वन्द्व’
०९ साउन २०८१
•
३ मिनेट पाठ
प्रतिनिधिसभा बैठकमा ‘स्वार्थको द्वन्द्व’
नेपालको राजनीतिमा स्वार्थको द्वन्द्व निरन्तर बढ्दै गएको अवस्था छ। एक स्वार्थको सेवामा अर्कोविरुद्ध काम गर्ने हुँदा स्वार्थको द्वन्द्वले राजनीतिक अस्थिरता निम्त्याउने र बिचौलियालाई फाइदा पुग्ने काम भइरहेको छ। यस्तो अवस्थाले भ्रष्टाचार बढ्दै गएको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदले स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको आवश्यकता औंल्याएका छन्।




एमालेका सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेकाले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताए। उनले सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे। उनले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको बताए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन गर्न कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको विषयलाई पनि ध्यान नदिएको उनले बताए।

उनले संविधान जारी भएपछि ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालसम्बन्धी रिपोर्ट दिँदै भ्रष्टाचारयुक्त मुलुकमा नेपाल ५० अंकभन्दा तल रहेको बताएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद सुदन किराँतीले सत्तारुढ कांग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको प्रति असहमति राखे। उनले संविधान संशोधन गर्दा निर्वाचनमा मतदाताले कुनै उम्मेदवारलाई पनि भोट दिन्नँ भन्ने व्यवस्था गर्न आग्रह गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाए । सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिदसमेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताए। 

उनले भने, ‘कैलालीको धनगढी उपमहानगरपालिका–७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो। भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो। यसमा संलग्न दुईजना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न उनले माग गरे। उनले कांग्रेस एमालेलाई सार्वजनिक चर्चामा रहेका सबै भ्रष्टाचार तथा अनियमितताको छानबिन अघि बढाउन माग गरे। एमाले सांसद पदम गिरीले विद्युत् नपाएर केही उद्योगीले आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।

‘यदि कुनै पनि उद्योगी, व्यवसायीहरूले नियमबमोजिम राज्यलाई तिर्नुपर्ने शुल्क तिरेको छैन भने त्यो अनिवार्य तिर्नुपर्छ। तर कुनै आग्रह पूर्वाग्रह राखेर, कुनै पनि किसिमको स्वार्थ पूरा नभएको कारणले उद्योगी व्यवसायीको हुर्मत लिने हिसाबले यति पैसा दिनुपर्छ, होइन भने दिँदैनौं भन्छ भने त्यो अधिकार कसैलाई पनि हुँदैन,’ उनले भने। विद्युत् नपाएर केही उद्योगीहरूले आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था छ । योभन्दा दुर्भाग्यपूर्ण अवस्था अरू के हुन सक्दछ ?’

निवर्तमान ऊर्जामन्त्री माओवादी केन्द्रका शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको विद्युत्को लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनाएको बताए। डेडिकेटेड र ट्रंकलाइन विवादको मुख्य विषय उद्योगी व्यवसायीले नतिरेको विद्युत् महसुल उठाउने कि नउठाउने भन्ने रहेको उनको भनाइ छ। ‘जहाँसम्म विद्युत् प्राधिकरणले जारी गरेका बिलहरूबारेको प्रश्न छ। त्यसको निरूपण गर्ने कानुनी र संरचनात्मक व्यवस्था छ। पुनरवलोकनदेखि पुनरावेदनसम्मको कानुनी व्यवस्था छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस