निजी क्षेत्रको व्यवहार
२३ मंसिर २०६७
•
८ मिनेट पाठ
निजी क्षेत्रको व्यवहार
प्रमुख राजनीतिक दलहरू गएको मंसिर ८ गते मुलुकमा सरकारी, सार्वजनिक, निजी गरी तीन खम्बे अर्थ व्यवस्था कायम गर्ने सहमतिमा पुगेका छन्। संविधानको निर्देशक सिद्धान्तमा आर्थिक व्यवस्था कस्तो राख्ने भन्ने प्रश्नमा लामो बहसपछि एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका दलहरू तीनखम्बे आर्थिक नीतिको शाब्दिक निचोडमा आएका हुन्।
संविधान निर्माणमा असहमति रहेका विषयमा सहमति कायम गर्न गठित उच्चस्तरीय राजनीतिक कार्यदलको बैठकले टुंगो लगाएअनुसार जस्ताको तस्तै लेखियो भने नयाँ संविधानमा 'सार्वजनिक, सहकारी र निजी क्षेत्रको स्वतन्त्र विकास र सहभागितामार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै जाने राज्यको नीति हुनेछ ' भन्ने उल्लेख हुनेछ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय कार्यदलले केही साता यता लामो समयदेखि विवादास्पद विषयमध्ये केहीको छिनोफानो गर्दै आएको छ। विवादग्रस्त विषय किनारा लाग्दै जानु राम्रो हो तर दलहरूले देखाउनका लागि मात्र सहमति गरेका त होइनन् भन्ने आंशका पनि छ।
मुलुकको आर्थिक प्रणालीका सम्बन्धमा माओवादी, काग्रेस, एमालेलगायतका प्रमुख दलमा गहिरो मतभेद थियो। निजी क्षेत्रको भूमिका महत्वपुर्ण हुनुपर्छ भन्ने कांग्रेस र एमालेको धारणाविपरीत माओवादी भने सबै क्षेत्रमा राज्य नियन्त्रणको पक्षमा थियो। पार्टीको नीति र घोषणा पत्रविपरीत 'उदार हृदय'ले निजीक्षेत्रको भूमिकालाई स्थान दिने माओवादी सहमति ठूलै परिवर्तन हो। 'उत्पादनका साधनहरूमा क्रमश सरकारको स्वामित्व स्थापित गर्दै लगिने' पार्टीको नीति भए पनि माओवादीले निजी क्षेत्रलाई स्थान दिन सहमत भएको छ। बैठकपछि माओवादी नेता देव गुरूङले 'निजी क्षेत्रको लगानीका लागि बाटो खुला राखिएको छ ' भन्नुले पनि परिवर्तनको संकेत गरेको छ।
मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका पनि राजनीतिक परिवर्तनमा बहसको विषय बन्ने गरेको छ। नेपालले पंचायती व्यवस्थाको अन्तिम समयमा उदार आर्थिक प्रणालीमा हिड्ने गोरेटो कोरेको थियो। विसं २०४६ सालको परिवर्तनपछि पञ्चायतकालमा कारिएको गोरेटो निजी क्षेत्रका लागि राजमार्ग बन्न पुग्यो। माओवादी खुला राजनीति आएर संविधान सभा निर्वाचनपछि सबैभन्दा ठूलो दल बन्दा त्यसमा सन्देह भएको थियो। अहिलेे धेरै हदसम्म त्यो अन्योल समाप्त भएको छ। अर्थात्, माओवादी निजी क्षेत्रको भूमिकालाई उपेक्षा गर्न नसक्ने अवस्थामा पुगिसकेको छ।
यसबाट लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा निजी क्षेत्रले महत्वपूर्ण स्थान पाउने विश्वास गर्न सकिन्छ। मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्नेमा विवाद छैन। निजी क्षेत्रको प्रतिस्पर्धाले सेवा र वस्तुको मूल्य निर्धारण हुन्छ भन्ने मान्यता छ। निजी क्षेत्र बजारमुखी हुन्छ र घाटामा सञ्चालन हुन सक्तैन तर निजी क्षेत्रको भूमिका सम्बन्धमा पनि बहस आवश्यक छ।
नेपालले तीन दशकदेखि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै आएको। खुला र प्रतिस्पर्धी बजारका नाममा निजी क्षेत्रलाई सरकारले शिक्षा, स्वार्थजस्ता आधारभूत सामाजिक विकासका क्षेत्रसमेत सुम्पेको छ। यी दुवै क्षेत्रमा निजी व्यवसायीले ठूलो लगानी गरेका छन्। तर दुवै क्षेत्रमा व्यवसायिक नैतिकताविपरीत 'कालो बजार' गरिएको त छैन?
संख्यात्मक दृष्टिले निजी क्षेत्रको लगानी र सेवाको आंकलन गर्दा प्रगतिको ग्राफ उकालो लागेको देखिनेछ। तर गुणस्तर, शुल्क र सेवामा निजी क्षेत्र कति इमानदार भएको छ त? निजी क्षेत्रले स्वास्थ्य र शिक्षामा हात हालेपछि यसलाई महंगो र विक्रीको वस्तु बनाएको गुनासो धेरै हुन थालेको छ। उदाहरणका लागि अन्तिम अवस्थामा पुगेको बिरामीलाई कृत्रिम श्वासप्रश्वास दिएमा बाँच्नसक्छ भन्ने लागेमा भेन्टिलेटरमा राखिन्छ। तर त्यसैका नाममा सिकिस्त बिरामीलाई लुट्ने काम भइरहेको छ। यो त एउटा उदाहरण मात्र हो। अधिकांश चिकित्सक धूर्त व्यापारीजस्ता देखिएका छन्। राज्यले अपनाएको खुला बजारमुखी अर्थ व्यवस्थाबाट फाइदा उठाएर निजी क्षेत्रले लुटतन्त्र चलाइरहेको त छैन?
खुला आकास नीतिअर्न्तगत नेपालका वायु सेवा कम्पनीले चमत्कार गरेको समाचार बन्ने गरेको छ। नेेपाली आकासमा बर्सेनि जहाज थपिने र यात्रु बढ्ने क्रम जारी छ। वायु सेवा कम्पनीहरू खुला आकास नीतिप्रति इमानदार छन् त? हालैमात्र पनि तीनवटा वायुसेवा कम्पनीले मिलोमतोमा भाडा निर्धारण गरे। अर्थात् उनीहरूले कार्टेलिङ गरे। वायु सेवा संचालक संघले आफ्नो निर्णयलाई कार्टेलिङ भन्न नमिल्ने दाबी गरेको छ। आकासको व्यापार गर्नेहरूबाट जारी विज्ञप्ति 'जो चोर उसैको ठूलो स्वर' भनेजस्तो भएको छ। ट्याक्सी चालकहरूले मनलाग्दी भाडा लिँदा कारबाही गरिएको विरोधमा काठमाडौंमा सडकै अवरुद्ध गरे। अर्थात्, उपभोक्तालाई बिनारोकतोक ठग्न पाउनुपर्छ भन्ने सोच ट्याक्सी चालकहरूको देखियो। आर्थिक कारोबारमा चमत्कार गरेको दाबी गर्ने बैंकहरूले केही महिनाअघि निक्षेपको ब्याजदरमा कार्टेलिङ गरे। अर्थात्, कार्टेलिङ गरेर उपभोक्तालाई ठग्न विद्यालय र अस्पताल, हवाइ र सडक यातायात सञ्चालकदेखि बैंकरहरूसम्मले तँछाडमछाड गरेको देखिएको छ। यस पृष्ठभूमिमा नेपालको निजी क्षेत्र खुला बजार नीतिप्रति कति इमानदार छ भन्ने विवेचना अनिवार्य भएको छ।
अर्को समाचार
लगानी सुरक्षामा निजी क्षेत्रको चासो
नागरिक
२६ पौष २०७१
•
८ मिनेट पाठ
लगानी सुरक्षामा निजी क्षेत्रको चासो
वीरगन्ज-लगानी सुरक्षा, लगानीमैत्री नियम कानुन तर्जुमा र प्रवर्द्धनका लागि सरकारको सकारात्मक व्यवहार हुनुपर्ने माग निजी क्षेत्रले दोहोर्याुएको छ। वीरगन्ज उद्योग वाणिज्य संघको ३९औं साधारण सभामा उद्योगी व्यवसायीले नयाँ संबिधान नबने राजनीतिक अस्थिरता अझै बढ्नेमा चिन्ता जनाए।राजनीतिक अन्तरद्वन्द्वले लगानी असुरक्षित हुने उनीहरुको साझा चिन्ता देखियो। वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरणको तयारीमा रहेका अध्यक्ष अशोककुमार वैद्यको अध्यक्षतामा शनिबार यहाँ भएको कार्याक्रममा निजी क्षेत्रको धारणा आएको हो। 

नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले अनावश्यक विरोध र लबिङका कारण आर्थिक विकासमा अवरोध हुने गरेको बताए। साधारण सभा उद्घाटन सत्रका प्रमुख अतिथि गभर्नर खतिवडाले ‘ऐन, नियम बनाउने प्रक्रियामै राजनीतिकरण हुने गरेको' दुखेसो गरे। 

‘ऐनको मस्यौदा तयार नहुँदै विरोधमा लबिङ सुरु हुन्छ। आर्थिक समृद्धिका लागि आवश्यक कानुनको जरै उखेेल्ने प्रवृत्तिले समस्या भएको हो,' खतिवडाले भने, ‘अत्यावश्यक कानुनी प्रबन्धमा स्वार्थ हाबी हुनुहँुदैन।' राष्ट्र बैंकले बैंकरहरुको मात्र हित नहेरी बैंकका सेवाग्राहीको हितको रक्षा गर्नुपर्ने र निजी क्षेत्रको तर्फबाट उठाइएको माग सम्बोधन भइसकेको उनले जानकारी गराए। बैंकका ग्राहकको हितलाई ध्यानमा राखेर राष्ट्र बैंकले हालै ‘ग्राहक हित सुरक्षा निर्देशिका' जारी गरेको जानकारी गराउँदै उनले अब निर्देशिकाअनुसार बैंकले ग्राहकलाई दिने सेवा र त्यसबापत लिने शुल्कबारे जानकारी पारदर्शी तरिकाले गराउनुपर्ने बताए। 

गभर्नर खतिवडाले चीनसँगको व्यापारमा चिनियाँ मुद्रा चलनचल्तीमा ल्याउने तयारी भइरहेको जानकारी दिए। चीनसँग मुद्रा प्रचलनमा सम्झौता भएपछि चिनियाँ मुद्रामै बैंक खाता खोल्न पाइने छ। डलरको सट्टा चिनियाँ मुद्रा मै भुक्तानी दिनेलिने व्यवस्था भएपछि चीनबाट पनि भारतको जस्तै सहज व्यापार सम्भव हुने उनले बताए। अहिले वाणिज्य बैंकमा ५० अर्ब रुपैयाँ थप लगानी क्षमता भएको बताउँदै खतिवडाले लगानीका क्षेत्रको विविधीकरणमा जोड दिए। 

बैंकमार्फत हुने लगानीको २० प्रतिशत नयाँ क्षेत्रमा गर्ने नीतिगत तयारी भइरहेको उनले जानकारी दिए। व्यवसायी बलियो भएन भने बैंक बलियो नहुने उनको तर्क थियो। कृषिको व्यवसायीकरणका लागि जग्गा करार ऐन, औद्योगिक नीति र ऐन तथा श्रम ऐन ल्याउने तयारी भइरहेको गभर्नर खतिवडाले जानकारी दिए। 

कार्यक्रममा विशिष्ट अतिथि रहेका नेपाल उद्योग वाणिज्य माहासंघका उपाध्यक्ष किशोर प्रधानले अर्थतन्त्र उकास्न सकिने सम्भावित क्षेत्रको रुपमा कृषि पर्यटन र जलविद्युतलाई सबैले स्वीकार गरे पनि त्यस अवधारणालाई साकार बनाउनेतर्फ नीतिगत प्रगति नभएको गुनासो गरे। ‘व्यावसायिक कृषिको लागि जग्गा करार ऐन जरुरी छ, ठूलो लगानी आवश्यक पर्ने जलविद्युतमा लगानीकर्ता आकर्षित गर्न सक्नुपर्छ र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाहेक सरकारी पहल पनि आवश्यक छ,' प्रधानले भने, ‘टेबुलमै थन्किएका औद्योगिक व्यवस्था ऐन र श्रम ऐन ल्याउन राजनीतिक नेतृत्व वर्गले चासो लिन आवश्यक छ।' 

कार्यक्रममा उपस्थित करिब एक दर्जन संविधानसभा सदस्यलाई लक्षित गर्दै उनले नीतिगत विकास, स्थानीय निकायको चुनाव र माघ ८ मै संविधानको लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे। ‘समयमा संविधान आएन भने त्यसले देशमा सुरु हुने द्वन्द्वमा उद्योगी व्यवसायी पछि हट्नेछन्,' प्रधानले चेतावनी दिए, ‘त्यसो भयो भने आर्थिक उन्नति रोकिनेछ। र, तपाईं राजनीतिक दलका नेताहरुलाई चुनावमा चन्दा पाउन पनि कठिनाइ हुनेछ।' 

कार्यक्रममा बोल्ने वक्ताहरुले आगामी राजनीतिक अवस्थाप्रति चिन्ता जाहेर गरे। उनीहरुले आर्थिक विकासका लागि नीतिगत सुधारका लागि जोड दिए। संघका पूर्वअध्यक्ष गणेश लाठले वषौंदेखि आफूहरुले आवाज उठाए पनि सबभन्दा बढी राजस्व दिने वीरगन्जमा राजस्व न्यायाधीकरण र वाणिज्य इजलासको एकाइ स्थापना हुन नसकेकोमा दुःख व्यक्त गरे। सबभन्दा धेरै खाद्यान्न उत्पादन हुने यहाँ खाद्य अनुसन्धान कार्यालय समेत नहुनुलाई उनले बिडम्बनापूर्ण भने। 

कार्यक्रमा विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिकर्मी र सरकारी अधिकारीको उपस्थिति थियो। 

आगामी नेतृत्वमा केडिया
संघको आगामी नेतृत्वमा लगभग सहमति भइसकेको संघका सदस्यहरुले बताएका छन्। संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका प्रदीप केडिया अध्यक्ष बन्ने निश्चित भइसकेको संघका सदस्यले बताएका छन्। साधारण सभाको उद्घाटन सत्रका प्रमुख अतिथि गर्भनर खतिवडा र विशिष्ट अतिथि प्रधानले मञ्चबाटै केडियालाई आगामी अध्यक्ष भनेर सम्बोधन गरेका थिए। 

‘औपचारिकता दिनमात्र बाँकी छ,' वर्तमान समितिका एक पदाधिकारीले भने। वरिष्ट उपाध्यक्षमा ओमप्रकाश शर्मा, द्वितीय उपाध्यक्षमा गोपाल केडिया, तृतिय उपाध्यक्षमा सुबोध गुप्ताको नामा सहमति बनेको उनले बताए। महासचिव सहित अरु पदाधिकारीमा सहमति जुटाउने प्रयास भइरहेको संघले जनाएको छ। १२ पधाधिकारी सहित ३६ सदस्यीय कार्यसमिति दुई वर्षका लागि निर्वाचित हुने छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस