एनेकपा माओवादीको पालुङटार बैठक आन्तरिक विवादका प्रमुख विषयलाई भविष्यका लागि थाती राखेर एकपटक फेरि जनविद्रोहको झण्डा बोक्ने निर्णयका साथ सकिएकोछ। माओवादी नेताले आफ्ना सैद्धान्तिक अवधारणाको प्रयोगद्वारा नेपाली समाज र परिवेशको आमूल परिवर्तन गर्ने दाबी गर्दै आएका छन्। जनवादी शासन व्यवस्थालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य प्राप्तिका लागि उनीहरुले पालुङटारमा पनि विकल्परहित रुपमा विद्रोहको एकमात्र बाटो पहिल्याएका छन्। सामन्तवादी सामाजिक व्यवस्थाको चॆपुवामा परेर माओवादी बनेका बहुसंख्यक कार्यकर्तालाई भावनात्मक एकतामा बाँधी राख्न विद्रोहको नाराको अर्को आकर्षक विकल्प छैन। संघर्ष विद्रोह र क्रान्तिजस्ता शब्दलाई संसारका सबै कम्युनिस्ट पार्टीले राजनीतिक ऊर्जाका रुपमा प्रयोग गर्दै आएका छन्। यी शब्दका सीमाभन्दा बाहिरका कल्पनाशील चिन्तनलाई नेतृत्वले संशोधनवाद ठहर्याउने गरेको छ।
कुनै पनि कम्युनिस्ट नेताका लागि संशोधनवादी शब्दको प्रयोग आफैंमा गाली बन्ने गरेको छ। यसपटक पालुङटारमा वावुराम भट्टराईका लागि यो शब्दको प्रयोग हुने लख धेरैले काटेका थिए। 'अहिलेसम्म प्राप्त उपलब्धिको जगेर्ना गर्दै जन विद्रोहमा पुग्ने' उहाँको उदारवादी प्रस्ताव र भारतसँग लड्नुभन्दा पहिले देशभित्रको सामन्तवादी वर्गसँग लड्नुपर्ने वैचारिक निष्कर्षका कारण उहाँ संशोधनवादी धारमा हुत्याइने वौध्दिक समाजको अन्दाज अस्वाभाविक थिएन पनि। सम्भवतः सत्ता र शक्तिको खेलमा उहाँको उपयोगितालाई ध्यानमा राखेर होला नेतृत्वले उहाँको विचारमाथि दंगा फसाद गराएन। उहाँका विरुद्ध संशोधनवादी शब्दको प्रत्यक्ष प्रयोग पनि गरिएन। प्रमुख तीन नेताले एकअर्कालाई लक्षितगर्दै मुखको तीतो पोखे पनि एकताको डोरी छिनेन। समय र परिस्थितिअनुसार चल्नसक्ने नेतृत्वको खुबी देखेका सामान्य माओवादी कार्यकर्ता पार्टी र आफनो भविष्य सुरक्षित तुल्याउन नेताहरु जुटेर लाग्नुपर्ने विचार प्रकट गर्दै फर्किए।
माओवादी केन्द्रीय समितिको यो विस्तारित बैठकले शान्ति संविधान लोकतन्त्र र देशका बारेमा के निर्णय लियो त बैठक सुरु हुनुभन्दा पन्ध्रदिन अघिदेखि यसको राजनीतिक महत्व स्थापित गर्न सक्रियरुपले जुटेका वुध्दिजीवी र पत्रकारहरु अध्यक्ष पुष्पकमल दाहालको थकित अनुहार मोहन वैद्यको सुस्त आवाज र वावुराम भट्टराईको आक्रामक व्यवहारको चर्चा गरेर चित्त बुझाउँदै छन्। पालुङटारबाटै माओवादी पार्टीको विखण्डन सुरुहुने विश्लेषणमा रमाएका विश्लेषकहरु साथीहरुलाई माओवादी राजनीतिमा फाटेका धाँजाको तस्बिर देखाउन व्यस्त छन्। विस्तारित बैठकले जनविद्रोहको बिगुल फुक्ने आशामा बसेका क्रान्तिकारीहरु विद्रोहको नयाँ क्यालेण्डर बनाउन व्यस्त छन्। नांगो आँखाले हेर्दा विस्तारित बैठक कसैले सोचेकोजस्तो पनि भएन। माओवादी पार्टीलाई हात्ति र वरिपरि उभिएर तमाशा हेर्नेलाई दृष्टिविहीन साबितगर्न नेताहरु सफल भए।
पालुङटार बैठकको तहमा पुगेर विश्लेषण गर्ने हो भने शान्ति संविधान र लोकतन्त्रको कार्यसूचीलाई माओवादीले आफ्नो पहिलो प्राथमिकताबाट तल ओरालेको स्पष्ट देखिन्छ। आफ्नो नेतृत्वमा सरकार निर्माणको अवसर निकै कमजोर भएको पीडाले पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिलाई समानरुपले प्रभावित गरेको छ। यसका साथै आफनो नेतृत्वमा सरकार बनेपनि 'शक्ति र सत्तामाथि प्रभुत्व स्थापित नभएसम्म' वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको लक्ष्यअनुरुप संविधानको निर्माण सम्भव नभएको यथार्थलाई सबैले स्वीकार गरेको देखिएको छ। अध्यक्ष दाहालले आधिकारिक स्वरमा माओवादी 'एक थान संविधान'को पछि नलाग्ने र अहिलेको मोडलमा 'सेना समायोजन' नहुने बताएर आफ्नो पार्टी आगामी दिनमा शान्ति प्रक्रियाको बाटोमा निष्क्रिय रहने स्पष्ट संकेत दिनुभएको छ। आगामी छ महिनाका लागि तय गरिएको पार्टीको कार्य नीति र रणनीतिले शान्ति र संविधानका लागि दबाबमूलक आन्दोलनको मात्रै खाका कोरेको छ। परिणाममुखी प्रक्रियाबारे आशा र उत्साहका शब्दहरु मौन राखिएका छन्। शान्ति प्रक्रिया र संविधानसभाको प्रमुख पक्षका रुपमा रहेको पार्टी नै शान्ति प्रक्रियामा निष्क्रिय रहेर आन्दोलनको बाटामा लाग्ने हो भने अनिश्चित राजनीतिक भविष्यका लागि बढी केही चाहिँदैन। यति नै पर्याप्त हुन्छ।
कामचलाउ प्रधानमन्त्रीलगायत देशका सवै प्रमुख राजनीतिक दलका नेता यति बेला माओवादी नेता पालुङटारबाट फर्किएपछि राजनीतिक सहमति जुटाउने आशामा अड्किएका छन। सबैलाई थाह छ यो सहमतिको छेउ र टुप्पोको ठेगान छैन। दुवै पक्षका नेताले एक अर्कोले सहमति पालना नगरेको आरोप लगाउँदै आएको सन्दर्भमा नयाँ सहमतिका सम्भावना निरस्त नभएपनि न्यून भएका छन्। अब माओवादी बलियो वातावरण नबनेसम्म वार्ता र सहमतिको मनस्थितिमा देखिएका छैनन्। हालका लागि पार्टीभित्रको रडाकोलाई जनवादी तरीकाले साम्यपार्न सफल माओवादीहरु सहमतिका आधारमा शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माण कठिन भएको निष्कर्षमा पुगेका छन्। नयाँ स्थितिमा माओवादी शान्ति र संविधानप्रति संवेदनशील देखिएपनि राजनीतिक प्रक्रियामा उनीहरुको अपेक्षित सक्रियता रहने देखिँदैन। माओवादीलाई शान्ति प्रक्रियामा सक्रिय राख्ने हो भने राजनीतिक दलहरुले नयाँ संविधान निर्माण नहुन्जेलसम्मका लागि सर्वदलीय सरकार निर्माणको पहल गर्नु आवश्यक छ। पक्ष र विपक्षको विभाजनका आधारमा गठन हुने कुनै पनि सरकारले अहिलेको राजनीतिक गाँठो फुकाउन सक्तैन। त्यसो होइन भने दलहरुले साहस र सुझबुझका साथ अहिलेको संविधान सभा भंगगर्ने र निर्वाचनद्वारा नयाँ संविधान सभा गठन गर्ने सहमति गर्नुबाहेकको अन्य कुनै पनि विकल्प टिकाउ हुन सक्दैन।
माओवादी फेरि जंगल नफर्किने बारॆ देशका अधिकांश विश्लेषक एकमत छन्। शब्दार्थकै आधारमा पनि उनीहरु पक्कै जंगल फर्किने मनस्थितिमा देखिँदैनन्। शक्तिको आधार खुम्चिँदै गएको राज्यसत्ता अनपेक्षित हस्तक्षेपका कारण गिर्दै गएको राष्ट्रिय मनोबल अत्यन्त कमजोर स्थितिमा पुगेको अर्थतन्त्र र विखण्डनको ओरालो लागेको सामाजिक अवस्थाले सामान्य जनता निराशा र हतासामा पुगेको अवस्थामा विद्रोहका लागि जंगल गइराख्नु पर्दैन। विभिन्न वर्ग जाति र समूहका स्वार्थ असन्तोषको बारुदको थुप्रोमा उभिएर सलाई कोर्न तयार रहेको अहिलेको अवस्थामा माओवादीले आफनो खल्तीबाट सलाइको बट्टा निकाले भने यो अर्को दुर्भाग्यको प्रारम्भ हुनेछ। यसैपनि माओवादीको राजनीतिक गाडी कति बेला कुन मोडमा मोडिने हो भन्ने अन्दाज गर्नु सजिलो छैन। शान्ति प्रक्रिया सुरु भएको चार वर्ष बितिसक्दा पनि त्यसको अपेक्षित परिणाम नआएको चुनाबमा जितेर सबभन्दा ठूलो पार्टी बन्दा पनि राज्य संयन्त्रमा स्थापित हुन नसकेको र पार्टी सरकारमा पुगेर पनि ससाना तर आधारभूत परिवर्तनगर्न समेत असफल भएकोले माओवादी कार्यकर्ता विश्वासहीनताको अवस्थामा पुगेका छन्। विश्लेषकको अपेक्षाअनुसार माओवादीभित्रको विद्रोही धार सुस्ताएको छैन। बरु माओवादीभित्र मौलाउन थालेको आमूल परिवर्तनका लागि लड्ने चाहना स्थानीय र क्षेत्रीय स्तरका अरु पार्टी र समूहमा पनि सर्न थालेको छ।
पालुङटार बैठकको सन्देश सामान्य जनताले सहजरुपमा बुझने खालको छैन। नेताहरुले यसको व्याख्याको जिम्मा सहभागी कार्यकर्तालाई दिएका छन्। ती कार्यकर्ताले यसको व्याख्या कसरी गर्नेछन् भन्ने त केही समयपछि देखिन थाल्नेछ। माओवादीको स्वरुप र चरित्र अरु पार्टीको भन्दा बेग्लैछ। अरु पार्टीका नेता आपुना कार्यकर्ताको व्यवस्थापन गर्न अधिकार सम्पन्न छन् तर माओवादी कार्यकर्ता आपुना नेताको व्यवस्थापनमा दक्ष साबित भएका छन्।