सफलताको सूत्र
१७ माघ २०७६
•
७ मिनेट पाठ
सफलताको सूत्र
नेपालमा होस् वा अन्य देशमा, अचेल योग गर्ने प्रचलन बढेको छ। शारीरिक रूपमा तन्दुरुस्त, आकर्षक देखिन र निरोगी भएर बाँच्न योग आवश्यक छ भन्ने कुरा सबैले बुझेका छन्। तर जीवन अंकगणितीय हिसाबले मात्र चल्दैन। उफ्रिनु, दौडिनु, श्वासप्रश्वास र प्राणायामले शरीरलाई ठीक राख्न खोजेर मात्र योगको लाभ नमिल्न सक्छ। योगको अर्थ नै जोड भएकाले योग गर्ने व्यक्तिमा आउने रूपान्तरणमा के–के कुरा थप जोडिएर ऊ सार्थक जीवन जिउन सक्ने भयो, त्यो महत्वपूर्ण हुन्छ। बाहिरी योगसँगै आउने आन्तरिक योग अर्थात् ध्यानलाई ध्यान दिएनौं भने योगको मर्म पूरा हुँदैन। त्यसैले योग–साधनाले जीवन आन्तरिक र बाह्य दुवै रूपमा सन्तुलित र स्वस्थ बनाउनु नै योग र ध्यानको आर्जन हुनेछ। समग्रतामा योग र ध्यानको मर्म आत्मसात् गर्न यी ३ आयाम मात्र बुझ्यौं भने पनि जीवनोपयोगी हुन सक्नेछ ः

१. गुणात्मक निद्रा ः अचेल योग गर्ने व्यक्तिमा पनि गुणात्मक निद्रा नभएको पाइन्छ भने योग र ध्यान नगर्ने व्यक्तिमा त झन् यस्तो अवस्था हुँदै हुँदैन। गुणात्मक निद्रा भन्नाले ८–९ घण्टा सुत्नु मात्र होइन, कति गहिरो निद्रा लाग्यो भन्ने कुराले महŒवपूर्ण हुन्छ। ३–४ घण्टा निदाउने मान्छेले पनि गहिरोसँग निदाउन सक्छ र उठ्दा आनन्द र स्फूर्ति महसुस गर्न सक्छ। तर ८–९ घण्टा सुत्दा पनि गहिरो निद्रा परेन भने उठ्दा झन् थकान महसुस हुन्छ। त्यसैले योगद्वारा शारीरिक श्रम गरी मनलाई शान्ति र आनन्द मिल्ने कर्म गर्न सकियो भने मीठो निद्रा पाउन सकिन्छ। निद्रा स्वस्थ जीवनशैलीको एउटा महत्वपूर्ण पाटो हो।

उपलब्ध समय, सम्पत्ति, सम्बन्ध, शिक्षा, ध्यान सबै जीवनका उर्जा हुन्। यिनको व्यवस्थापन गर्न जाने सफल र सुखी भइन्छ नजाने असफल भइन्छ।

२. भावनात्मक स्वास्थ्य ः मानिसको जीवनमा तनाव, रोगलगायत जति पनि अराजकता आउँछन्, ती कुनै बाहिरी वातावरण र रोगबाट मात्र सिर्जना भएका हुँदैनन्। शारीरिक श्रमसँगै हामीमा आत्मविश्वास कत्तिको जागृत भएको हुन्छ, त्यो जान्न जरुरी हुन्छ। धेरैजसो रोग, तनाव बाहिरबाट होइन, व्यक्तिको मनस्थितिबाटै उत्पन्न हुन्छन्। ध्यान र योगबाट आफ्नो मनोभावलाई सम्यक्, सकारात्मक र ऊर्जावान् राख्न कोसिस ग¥यौं भने जीवन स्वस्थ रहन्छ। स्वास्थ्यको अर्थ– हामी कति औषधि सेवन गर्छौं, कति स्वास्थ्य जाँच गराउँछौं, कतिपटक विदेश गएर उपचार गराउँछौं भन्नेमा होइन, अरूसँग हाम्रो व्यवहार कस्तो रहन्छ, सम्बन्धमा मधुरता छ कि छैन, बोलीचालीमा शिष्टाचार झल्किन्छ कि झल्किँदैन, यस्ता कुरामा भरपर्छ। त्यसैले असल आचरणले नै हाम्रो स्वास्थ्य निर्धारण गर्छ।

३. आत्मानुशासन ः मेरो आचरण, अनुशासन, खानपान कस्तो हुनुपर्छ ? म जीवनमा के बन्ने र कसरी जीवन सफल बनाउने, त्यो निर्णय मेरै हातमा छ। त्यो नै आत्मानुशासन हो। मैले के गर्न चाहेको ? त्यसको परिणाम सकारात्मक आउँछ किन नकारात्मक ? त्यसले अरूको कल्याण गर्छ कि गर्दैन ? त्यसअनुसारका काम अर्थात् व्यवसाय र नोकरीमा लाग्नु जीवन सुखी राख्ने लक्षण हुन्। एउटा कुरामा सफल हुँदा जीवनका अरू आयाममा सन्तुलन हुन्छ कि हुँदैन भन्ने ख्याल गर्नु पनि उत्तिकै जरुरी छ। भौतिक सम्पत्ति प्रशस्त भएपछि खानपान, मनोरञ्जन, औषधोपचार, शिक्षादीक्षा भई नै हाल्छ, अरू के चाहियो र भन्ने सोचाइले जीवनलाई अधोगतितिर लैजान पनि सक्छ।

भौतिक सम्पन्नता पनि आवश्यक छ, तर हाम्रो अनुशासन प्राकृतिक जीवनशैलीमा आधारित भएन भने जीवनमा भौतिक सुख त मिल्ला, तर आत्मिक शान्ति मिल्दैन। बाहिरी मान, सम्मान, पद, प्रतिष्ठा र पैसाले भित्री आनन्द, शान्ति, योग र ध्यान कायम राख्न सकिन्छ कि सकिन्न, त्यो महŒवपूर्ण कुरा हो। जीवनका बाहिरी कर्मका साथै स्वाध्यायलाई पनि समय दिन सक्नुपर्छ। अन्यथा, बाहिरी सफलताले भित्रको अभाव र अशान्ति अन्त्य हुँदैन। आफ्नो मनोविज्ञान र स्वभाव पत्ता लगाएर त्यसअनुसार सुख, शान्ति र समृद्धिको मार्गमा हिँड्ने कला ध्यान र योगबाट प्राप्त हुन्छ।

आफ्नो जीवनको मुख्य योजना नै सही मार्ग बनाउन सक्नुपर्छ। उपलब्ध समय, सम्पत्ति, सम्बन्ध, शिक्षा, ध्यान सबै जीवनका उर्जा हुन्। यिनको व्यवस्थापन गर्न जाने सफल र सुखी भइन्छ नजाने असफल भइन्छ। हामी सबै असाधारण प्रतिभा लिएर जन्मेका छौं। असाधारण मनोविज्ञानको परिणाम असाधारण नै सफलता हुन्छ भने असाधारण ऊर्जा र असाधारण संकल्पबाट असाधारण मनोविज्ञान निर्माण हुन्छ।
अर्को समाचार
चतुरे र राजनीति
२५ साउन २०६९
•
८ मिनेट पाठ
चतुरे र राजनीति
चतुरेहरूसँग घ्राणशक्ति र सफलताको सूत्र अनौठो हुन्छ। कुन बेला कुन राजनीतिक दल र दलभित्र पनि कुन गुट हावी छ भनेर हिसावकिताब राखिरहेका हुन्छन्। शक्तिकेन्द्रमा को छ र पुग्नेवाला छ? उनीहरू दन्त्य कथाको राजकुमारले राक्षसको काल कहाँ लुकेको छ भनेर पत्ता लगाएझैं शक्तिकेन्द्रको मुख्य कमजोरी पत्ता लगाउँदै त्यसैको घोडा चढेर हस्तिनापुर सयर गर्छन्।
भावनामा उरालेर, वासनामा फसाएर, लोभको पासोमा अड्क्याएर, उत्तेजनाको चक्रब्यूहमा हेलिदिएर, मनोत्रासमा अल्झाएर, कृतिम आतंक खडा गरेर, रुढिवादमा झोकिदिएर । जे गरेर हुन्छ शक्तिलाई निर्वस्त्र पारेपछि सदा भोग्न पाइन्छ भन्ने मान्यता राख्छन्।

त्यसका लागि चतुरेहरू भावना, आदर्श र स्वभिमानले भन्दा पनि दिमागी खेलको सहारा लिन्छन्। चाल चल्छन्। अत्यन्तै व्यावहारिक हुनु र व्यवहारले मागेको सिद्धान्त प्रतिपादन गर्दै त्यसैलाई तर्क शक्ति दिन्छन्। शक्तिको आर्जन चुतुर्‍याइँ र बठ्याइँबाट गरेपछि त्यसैलाई रत्याउँदै तर्कलाई चाबुक दिन्छन्। अहिले माओवादी, काग्रेस र एमालेलगायत् समकालीन राजनीतिको यो राष्ट्रिय आदर्श चरित्र बनेको छ। चतुरेहरूको यही बिगबिगी देखेर परिस्थति पनि खित्का छोड्दै हाँसिरहेको छ। प्रत्यक्ष वा परोक्ष चतुरेहरूले पार्टी चलाएका छन् कि पार्टीले चतुरेहरूलाई चलाएका छन् भन्ने प्रश्न उब्जिएको छ।

राजनीतिमा चतुरे र व्यापारमा दलालको एउटै चरित्र, मान्यता, आदर्श र प्रतिबद्धता हुन्छ्न्। चतुरेहरू आफ्नो औचित्य र आरक्षणका लागि युक्ति र बुद्धिको कलामय प्रयोग गरेजस्तै दलालहरूको पनि स्तरअनुसारका नाम र भूमिका हुन्छ। दुवैको चरित्र भनेको मूल्य नतिरी कलाको भरपुर उपयोग गर्दै फाइदा असुल्नु। शक्ति र ग्राहकको असफताका लक्षण देखिनेबित्तिकै उपियाँले लास छाडेझैं जहाज डुब्न थाल्दा मुसाहरू पहिले नै समुन्द्रमा हाम फालेझंै।

जबसम्म लोभ देखाउन सक्दैन् तबसम्म ठगले दुनियाँमा कुनै ग्राहक पाउँदैन। जति ज्यादा मान्छे लोभी र महŒवाकांक्षी हुन्छ, त्यति नै चतुरे र ठगहरूबाट ठगिनेमा दरिन्छन्। लोभ र ठगको नाता भनेको अति पुरानो हो। शक्ति र रूप अत्यन्तै चञ्चल हुन्छ। त्यसलाई कज्याउनु सामान्य मान्छेको बुताको कुरा हैन। कुन बेला कुन पेचकस कहाँ प्रयोग गर्ने भन्ने कुशलता भने चतुरेहरूसँग मनग्गे हुन्छ। कसरी शक्तिकेन्द्र पग्लन्छ र एम्बुसमा स्वयंसेवी बनेर फस्छ भन्ने हेक्का राखेका हुन्छन्। चतुरेहरू यस्ता 'महान्' मान्छेलाई ठग्छन्, जसले ठगिएको कुरा अन्यत्र भन्न पनि लजाएका हुन्छन्।

चतुरेहरू कुनै पनि पार्टी, आदर्श र सिद्धान्तप्रति नभई आफैंप्रति मात्र इमानदार हुन्छन्। भरोसा हुन्छ। तर शक्तिकेन्द्रलाई भने विश्वास जितेर सुविधाको जोगाड गर्न भने माहिर हुन्छन्। उनीहरू सफलताको वफादार मात्र हुन्छन्। राजनीतिक चतुरेहरू 'सक्छौ जित्नेको पछाडि लाग, सक्दैनो हार्नेको पछाडि किमार्थ नलाग' भन्छन्। उनीहरूको कथन छ- 'त्यति पनि सक्दैनौ भने पक्षधारिताको अत्यन्तै संवेदनशील घडी आउन सक्छ, त्यसबेला युद्धरत् पक्षलाई जित्यो जित्यो भनेर थपडी बजाउ। ताली बजाउने मेरै पक्ष हो भन्ने भान दुवैलाई पार्न सक्। लडाइँ सकिएपछि जित्नेलाई आफनो समर्थनमात्रै होइन, मैदानमै उत्रिएर ताली पड्काउने मै त थिएँ नि भनेर साखुल्ले बन्दै शक्तिको भर्‍याङ चढ्। तर चढ्नेबित्तिकै अरु पनि माथि उक्लन् सक्लान् भनेर भर्‍याङ भने मिल्क्याइदेउ।'
आधुनिक पश्मिेली चाणक्य मेकियाभेलीले व्यावहारिक दृष्टान्त दिँदै आधुनिक राजनीतिमा चतुरेहरूलाई कालजयी दीक्षा दिए। अभिभावक दरिए। राजनीति भनेको भावना, आदर्श र सिद्धान्तको अनुयायी र कर्ता नभई समयको नाडी छामेर भूमिकामा उत्रने दिमागी खेल हो भन्ने उनको दीक्षा रह्यो। नैतिकता, आदर्श भनेको जितेपछि स्थापित हुने नजिर मात्र हुन भन्ने मान्यता बन्यो। आधुनिक माइकावेलीका चेलाहरू अझ माओवादी पंक्तिमा देखिन्छन्। माओवादीमा ज्यादा, नवमाओवादीमा अलि कम। उनीहरू हामीले लडेको जनयुद्ध भनेर हाकाहाकी भन्नेमात्र हैन, जनयुद्धको सौन्दर्यशास्त्री र व्याख्यातासमेत बनेका छन्।

अझ गुटको वर्चश्व भएका पार्टीमा त उनीहरूको महŒव नै वास्तविक कार्यकर्ताभन्दा ज्यादा हुन्छ र विडम्बना, उनीहरूलाई नै नेता मान्न विवश हुन्छन् या पलायन हुन्छन्। चतुरेहरू शक्तिशाली गुटभन्दा कमजोरको फुर्को समातेर औचित्य दिलाउँछन्। पार्टी फुट्नु र आफ्नो महŒव देखाउनु, सानै शक्तिले राष्ट्रिय महŒव पाउनु भनेको ठूलो पार्टीको सामान्य कार्यकर्ताभन्दा सानो पार्टीको ठूलो नेता बनेर आफ्नो अस्तित्व बोध गराउने चतुरे खेल पनि बन्छ। पार्टीभित्र गुट बन्नु र गुटको फुर्काे समाएर अग्लो देखिने चतुर्‍याइँ पछाडि पनि यही सोच हावी हुने गरेको छ। उनीहरूबारे गम्दा र चतुरेहरूलाई नै सलाम गनुपर्ने दयनीय अवस्था आउँछ। र, मोहनविक्रम सिंहको २०२६ सालमा भद्रगोल जेलमा लेखिएको र युगनृत्यमा छापिएको शहीदप्रतिको एउटा कविता सान्दर्भिक लाग्छ :
राम्रै भयो
तिमी मरेर गयौ
नत्र तिम्रो ज्युँदो लासले
भूगोल पार्कको परिक्रमा गरिरहेको हुन्थ्यो कि

आखिर राजनीतिका चतुरे हुन या व्यापारीका दलाल। दुवै लगानीबेगरको नाफा खाने परजीवी प्राणी हुन। दुवैका कुनै सिद्धान्त र आदर्श हुँदैनन्। यो हरेक प्रतिकूलतामा पिठ्युँ फर्काएर कुलेलम् ठोक्ने जात हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस