एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आफ्नो केन्द्रीय समितिको विस्तारित बैठकको आयोजना गरेर नेपाल पर्यटन वर्षको पूर्वसन्ध्यामा गोर्खाको पालुङटार बजारलाई नयाँ गन्तव्यका रूपमा विकसित हुने मौका दिएको छ। रातारात करोडौं लगानीले सुविधासम्पन्न बनेको पालुङटार बजारले अहिलेको 'हाइब्रिड' विकास धान्न सक्ला वा नसक्ला, समयले बताउने कुरा हो। तर, माओवादी केन्द्रीय समितिको विस्तारित बैठक सकिन नपाउँदै नेपाली राजनीतिका अवरोध सम्याउन बैठकले योगदान दिने आशा धमिलिन थालेको छ। माओवादी नेता र कार्यकर्ता तन्मयतासाथ शान्ति र संविधानप्रतिको आफ्नो प्रतिवद्धता र वचनवद्धता दोहोर्याइरहेका छन्। अध्यक्ष पुष्पकमल दाहाल संविधान सभा निर्माणको श्रेय र त्यसको अभिभावकत्वको बोझ आफ्नो काँधमा उठाइरहनुभएको छ। त्यही बोझले संविधान निर्माणको प्रक्रिया पूरै थिचिएको छ।
कामचलाउ सरकारका प्रमुख बाघमेलामा रुस जानुभएको मौका पारेर नेपाली लोकतन्त्रका हिमायती मित्रहरू कांग्रेस-एमाले गठबन्धन निर्माण तयारीमा लागेको यो चीसो मौसमलाई माओवादी केन्द्रीय समितिको विस्तारित बैठकले कति तताउने छ? यसका लागि थप केही दिन पर्खिनै पर्नेछ। तर, सत्तामा रहेका राजनीतिक दलहरू र माओवादी दलबीच बजेट ताण्डवले जमाएको हिउँको ढिक्का फुट्ने सम्भावना भने साँघुरिएको छ। झट्ट हेर्दा परस्परमा अत्यन्त विपरीत देखिने माओवादी नेताहरूको चिन्तन शैलीमा प्रकारान्तरले खासै फरक देखिएको छैन। यति हो कि बाबुराम भट्टराई उदारवादी बाटोवाट जनविद्रोहमा पुग्न चाहनुहुन्छ भने मोहन वैद्य पालुङटारबाटै जनविद्रोहको आगो सल्काउन चाहनुहुन्छ। घुमाउरो बाटो हिँडदा आवश्यक पर्ने पानीको तुमलेट र विद्रोहको आगो सल्काउन चाहिने सलाई अध्यक्षको कब्जामा छ। यो अवस्थामा कथित विपरीत मतका नेताहरूले गर्न सक्ने कुरा निकै सीमित छन्।
केन्द्रीय समितिको विस्तारित बैठकको मुख्य समय पार्टीका दुई वरिष्ठ नेता मोहन वैद्य किरण र बाबुराम भट्टराई तथा अध्यक्ष पुष्पकमल दाहालबीचको कागजी दन्तबझानमा सकिएका छन्। जिल्ला र क्षेत्रीय स्तरका नेताहरूको प्रतिक्रिया अझै दुईचार दिन जारी रहने अनुमान गर्नु गलत हुने छैन। व्यवस्थापिका संसद अधिवेशन अन्त्य भएको र संविधान सभा कुम्भकर्णको निद्रामा डुबेको अहिलेको समयमा माओवादी नेताहरूका लागि राजधानीमा खासै काम पनि देखिएको छैन। नेताहरूबीच अहिले चलेको प्रारम्भिक गन्थनको टुंगो लागिसकेपछि मात्रै भावी कार्यनीतिको मन्थन सुरु हुनेछ। नटुंगिएका विवादहरू महाधिवेशनमा टुंग्याउने प्रतिवद्धतासहित नेताहरूले एकताको नारा गुन्जाउने छन्। त्यसपछि सकिनेछ कार्य समितिको बैठक र त्यसका साथै सकिने छ माओवादी पार्टी फुट्ने र सकिने ज्योतिष गणनाको खेती।
माओवादी पार्टीका तीन नेताबीच अहिले दस्तावेजमार्फत उठाइएको विवाद न नयाँ हो, न सार्वजनिक चासोको विषय नै हो। माओवादी पार्टीमा देखिएका यी आन्तरिक समस्या जुनसुकै पार्टीमा पनि हुन्छन्। यसको महत्व यतिमात्रै हो कि माओवादी नेतृत्वले आफूभित्रका यी तीनै प्रवृत्ति पालैपालो प्रयोग गर्दै आएको थियो। शान्ति र संविधानका नारामा बाबुराम भट्टराईको स्वर सुरिलो र कर्णप्रिय थियो भने जनविद्रोहको नारामा मोहन वैद्यको चर्को आवाज दबाउन सक्ने कोही देखिएको थिएन। प्रचण्ड दायाँ कानले बाबुराम र वायाँ कानले वैद्यका नारा सुन्दै मदमस्त पल्टिने गर्नुहुन्थ्यो। पालुङटार बैठकमा प्रचण्डले विगत बीस वर्षदेखि पार्टी आफ्नो नेतृत्वमा चलेको र यी दुवै नीतिको उद्गम आफैंबाट भएको बताउनुभएपछि अव त्यो स्थिति अन्त्य भएको मात्रै होइन, माओवादीमा सामूहिक नेतृत्वको सम्भावना पनि अन्त्य भएको छ।
यसपटक वैद्य र भट्टराई दुवै नेताले दुई भिन्न दस्तावेज प्रस्तुत गरे पनि अध्यक्षविरुद्ध आर्थिक अपचलनको आरोपमा दुवै नेताको समान विचार थियो। हेडक्वार्टरका खातापातासहित बैठकमा पुग्नुभएका अध्यक्षले दुवै नेताको आरोपको खण्डनमात्रै गर्नु भएन, सबै तहको हिसाबकिताब जाँच गराउने चुनौती नै दिनुभयो। कार्यसमितिमा अध्यक्षविरुद्ध आरोपहरू जति चर्का सुनिएका थिए, त्यत्ति नै चर्को आवाजमा अध्यक्षको स्पष्टीकरण आएपछि पार्टीका दुवै नेता रनभुल्ल परेको देखियो। अध्यक्षको स्पष्टीकरणले बाबुरामको स्वरमा कम्पन नल्याए पनि वैद्यको स्वर मत्थर भयो। उहाँले अध्यक्षसँग आफ्नो वैचारिक निकटता इमान्दारीपूर्वक कबुल गर्नुभयो। यी आन्तरिक विरोधाभास रहँदारहँदै राजनीतिक विषयमा नेतृत्वबीच मतभेदका अवस्था देखिएनन्। यसले गर्दा माओवादीको आगामी कार्यनीति अविचलित रूपमा अगाडि बढ्ने सम्भावना छ।
माओवादीले आफनो नेतृत्वमा सरकार निर्माणको दाबी र नारा नछाडे पनि पालुङटार बैठकले सरकार निर्माणका लागि सक्रिय प्रयत्न गर्ने सम्भावना निकै कम गरिदिनेछ। सरकार निर्माणका जटिलतामा अल्भि्कइरहनुभन्दा 'संगठनात्मक शक्ति विस्तारमा आफूलाई सक्रिय राख्ने' नेताहरूबीचको सहमति नै यो बैठकको उपलव्धि हुनेछ। यसैका लागि अध्यक्ष प्रचण्डले पार्टीको युवा नेतृत्वलाई पुल्क्याउनुभएको छ। अनमिनको बिदाइपछि सेना समायोजनमा थपिने जटिलताबारे माओवादी नेतृत्व निकै गम्भीर हुन थालेको अनुभव जानिफकारले गरेका छन्। आगामी दिनमा माओवादी पार्टीले शान्ति र संविधानका प्रश्नमा सक्रिय रूपले संवेदनशील हुने र राजनीतिक प्रक्रियामा त्यत्तिकै बढी निष्त्रि्कय हुने कार्यनीति अपनायो भने कसैले पनि आश्चर्य मान्नुपर्ने छैन।
सहमतिको सरकार निर्माणका लागि एमाले पार्टीले संसदमा देखाएको निष्त्रि्कय सक्रियता अन्त्य गर्ने प्रयत्न सुरु भए पनि एमालेका सबै नेता त्यसमा सहमत हुने सम्भावना क्षीण देखिएको छ। निष्त्रि्कय सक्रियताको अन्त्य खोज्दा पार्टी विभाजनको विन्दुमा पुग्ने भयका कारण पनि नेताहरूले खासै चासो देखाएका छैनन्। अहिलेका लागि एमालेको यो नीति माओवादीका लागि फाइदाजनक छ। आगामी छ महिना देश, शान्ति प्रक्रिया र संविधान सभाका लागि जटिलतम साबित हुनेछन्। छ महिनापछि संविधान सभाको म्याद अर्को एकवर्ष थप्न माओवादी असहमत भयो भने अर्को संविधान सभा चुनावको विकल्प रहने छैन। यो परिस्थितिको निर्माण नै माओवादी नेतृत्वको सम्भावित कार्यनीति हुनसक्दछ।
माओवादीको यो कार्यनीतिले नेपाली कांग्रेसलाई अप्ठेरोमा पार्ने निश्चित छ। माओवादी र कांग्रेसबीच सांस्कृतिक, राजनीतिक र सैद्धान्तिक मतभेद छन्। कांग्रेसको वर्तमान नेतृत्वले पार्टीलाई पुँजीवाद र प्रजातन्त्रमा विश्वास गर्ने उदारवादी समूहमा होइन, अनुदारवादी खेमामा उभ्याएकाले पनि माओवादीसँग साझा समझदारीमा पुग्न सकिने विषय एकदमै पातलिएका छन्। त्यसैले पनि, प्रमुख दलहरूबीच सहमतिको मन्त्रोच्चारण राजनीतिक रूपले अर्थहीन बनेका छन्। यो स्थिति कसरी सम्हालिने छ वा कसले सम्हाल्नेछ? अहिलेको प्रश्न यो होइन। लोकतन्त्र भवितव्यमा पर्न लागेको छ। अहिलेको चिन्ता यति मात्र हो।