अंग्रेजीमा ' लिड, फलो अर गेट आउट अफ दि वे' अर्थात नेतृत्व गर, पछि लाग नभए बाटो छोड्' भन्ने एउटा कथन छ। करिब तीन सय वर्षअघिको थोमस पेनको यो उक्ति अहिले पनि उत्तिकै सार्न्दभिक छ। थोमस पेन सन् १७०७ मा बेलायतमा जन्मेका थिए। पछि बेलायती उपनिवेशबाट अमेरिकालाई मुक्त गराउने आन्दोलनमा अग्रणी हुन पुगे। सन् २००२ मा गरेको बीबीसीले गरेको सर्भेक्षणमा चर्चित सय जना व्यक्तित्वमा उनी ३४ नम्बरमा छन्। थोमसको मृत्यु सन् १८०९ मा भएको थियो।
पेनको लिड, फलो अर गेटआउट द वे' भन्ने उक्ति नेपालका सन्दर्भमा माओवादी नेता मोहन वैधमाथि लागू हुनुपर्ने देखिएको छ। वैद्य, माओवादीका चिन्तक, दार्शनिक मानिन्छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु कहलिएका वैद्य अहिले गोरखाको पालुङटारमा चलिरहेको माओवादी विस्तारित बैठकमा सहभागी 'कमरेड'हरूको मनमस्तिष्कमा क्रान्तिकारी ऊर्जा उत्पन्न गर्न व्यस्त छन्।
वैध, बाबुराम र पुष्पकमलका दस्ताबेजमा हुने छलफललाई पार्टीको आन्तरिक मामला भन्न सकिएला। माओवादीमा कुन विचारले प्रधानता पाउने निर्णय पार्टीको आन्तरिक विषय हो। तर माओवादीभित्र विकसित वैचारिक द्वन्द्व लोकतन्त्रको हितमा छ कि छैन भन्ने विषयमा भने सबैले चासो दिनु आवश्यक छ। माओवादीको आन्तरिक लडाइ शान्ति संझौताका शब्द र भावना अनि संविधान सभाको उद्देश्यअनुरूप छ त? पालुङटारमा व्यक्त विचारका आधारमा हेर्दा माओवादी लोकतान्त्रिक विधि र पद्धतिमा हिड्न हिचकिचाइरहेको देखाउँदैछ। माओवादीले बन्दुक बिसाउनु ठीक कि बेठीक भन्नेजस्ता प्रश्न शान्ति संझौतामा हस्ताक्षर भएको ५ वर्ष पछिसम्म पनि बहसको विषय बनिरहनु शुभ संकेत होइन। माओवादी संविधान सभाको जनादेश र शान्ति संझौताविपरीतको विवादमा रुमल्लिएको छ। विस्तारिक बैठकमा पेस भएका परस्पर विरोधी दस्ताबेज महाधिवेशनसम्म तानिन सक्छन्। त्यसो हुनु माओवादी अन्योलग्रस्त रहिरहनु हो। वैद्य, माओवादीले क्रान्तिकारी कार्यदिशा लिनुपर्छ भन्दैछन्। उनले अध्यक्ष दहालको दस्ताबेजलाई बाबुरामको भन्दै त्यसबाट अलग हुन र आफ्नो कित्तामा आउन चेतावनी पनि दिएका छन्। वैद्यको ठाडो विरोध पाँच वर्षअघिको चुनवाङ निष्कर्षप्रति छ। त्यही बैठकले माओवादीलाई सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आउने बाटो खोलेको थियो। चुनवाङ, दिल्ली हुँदै खुला राजनीतिमा आउने रणनीतिक बाटोको रेखांकन बाबुरामले गरेका हुन्। अहिलेसम्म माओवादी त्यही बाटोमा हिँडेको दाबी पनि गर्दैछ। आफ्नो प्रत्याक्रमण चरण संकटग्रस्त अवस्थामा पुगेको बेला बाबुरामलाई श्रम शिविरमा थुनेर दाहाल 'मालिक'सँग सम्झौता गर्न हौसिएका थिए। राजा ज्ञानेन्द्रले माघ १९ को सम्बोधनमा माओवादीलाई 'बाटो बिराएकाहरू' भने पछिमात्र उनी झस्किएका हुन्। त्यसपछि दाहालले त्यस बेलाको शाही घेरा छाडेर बाबुराममार्फत दिल्ली हुँदै काठमाडौंको सडक राजनीतिमा प्रवेश गरेका हुन्। यो वास्तविकता धेरै पुरानो होइन। बाबुरामले कोरेको बाटोमा दाहाल चालक बनेका छन्। माओवादीको मूल समस्या यही हो।
माओवादीले चुनावाङ बैठकबाट शान्ति प्रक्रियामा आउने निर्णय गर्दा वैद्य भारतको सिलगुडी जेलमा थिए। वैद्य र गजुरेलहरू भारतका जेलमा राखिनु र दाहाल र भट्टराई भारतकै पाहुना हुनुको राजनीतिक हिसाबकिताब हुँदै गर्ला। वैद्यले भने चुनवाङ बैठकले लिएको राजनीतिक दिशामै प्रहार गर्दे आएका छन्। आफू संलग्ननै भएको बैठकको सर्वसम्मत निर्णयमा राय बझाउनु राजनीतिक संस्कार होइन। साम्यवादका शास्त्रीय गफ चुटेर चर्चामा रहनुभन्दा वैद्यले आफ्नो बाटो निश्चित गर्नु आवश्यक छ। माओवादीलाई 'जनगणतन्त्र' को जोखिममा धकेल्ने काममा वैद्यको शक्ति केन्द्रित छ। कतिसम्म भने आफूले भनेअनुसार पार्टी नचलाए पार्टीबाटै अलग हुनेसम्मको घुर्की उनले लगाएका छन्। वैद्यको घुर्की दाहालका निम्ति भने बाबुरामलाई तह लगाउने हतियार बन्न पुगेको छ। वैद्यका सामु दुई विकल्प छन्। दाहालको हतियार बनेर शान्ति प्रक्रिया बिथोल्ने श्रेय लिने कि थोमस पेनको 'लिड, फलो ओर गेट आउट अफ द वे ' भन्ने कथन चरितार्थ गर्ने?