साम्यवादी वर्तमानको ख्याल नगरी भविष्यलाई र पुँजीवादी भविष्यको पर्वाहै नराखी वर्तमानलाई हेर्दा रहेछन्। कम्युनिस्टलाई साम्यवादी भविष्यको र पुँजीवादीलाई नाफामूलक वर्तमानको मात्र चिन्ता हुँदो रहेछ।
गत कार्तिक २८, २०६७ का दिन मेरा स्तंभलेखहरूको संग्रह ‘भूमध्यरेखाः अर्थहीनताभित्र अर्थ खोज्दा' को विमोचन समारोहमा म दुई व्यक्तित्व साम्यवादी नेता बाबुराम भट्टराई र पुँजीपति व्यापारी उपेन्द्र महतोको बीचमा बसेको थिएँ। मेरो पत्रकारितागत लेखनको मूल धार राजनीति र कल्याण रहेका छन्। राजनीतिमा मैले खुला पत्र लेखेको र खुला पत्रकै रूपमा त्यसको पनि जवाफ दिने व्यक्ति भट्टराई थिए भने कल्याणको क्षेत्रमा मैले लेखेको खुला पत्रको जवाफ महतोले दिएका थिए। त्यसैले, मेरो पत्रको जवाफ पनि दिने र राजनीति र कल्याणलाई प्रतिनिधित्व गर्ने यी दुईजनालाई नै पुस्तक विमोचनका लागि आग्रह गरेको थिएँ। विमोचनका क्रममा झन्डै डेढ घन्टा उनीहरूसँग बस्दा मेरा मनमा केही धारणा तरंगित भैरहेका थिए। हाम्रा बहुरूपी साम्यवादी नेताहरूले परिस्थितिअनुसार साम्यवादलाई जसरी अर्थ्याए पनि वास्तविक सार के हो भने साम्यवादमा ‘नाफा' व्यक्तिको नभएर राज्यको हुन्छ। मेरो दाहिनेपट्टी सोही आस्थाका अनुयायी भट्टराई थिए जसले आफ्नो जो भएको सम्पत्ति पनि पार्टीलाई बुझाइसकेका छन्।
अनि मेरो देब्रेतिर बस्ने व्यक्ति यस संसारमा भट्टराईको आस्थाअनुरूपको राज्य व्यवस्था भएको भए आजका महतो बन्नैसक्ने थिएनन्। उनी सिराहाको एउटा गाउँको सामान्य परिवारबाट उठेर बहुराष्ट्रिय अर्बपति बनेका छन्। ‘नाफा' राज्यको होइन व्यक्तिको हुने पुँजीवादी मान्यताकै कारण उनी अर्बपति बनेका हुन्। समाजलाई न्यायपूर्ण र शान्तिपूर्ण बनाउन ती दुवैको उपस्थिति जरुरी छ। तर ती दुवैमा एक-एक भयानक कमजोरी रहेछन् जसको कारण समाज न्यायपूर्ण र शान्तिपूर्ण हुन ठूलो बाधा पुग्दो रहेछ। समाजवादी र कल्याणकारी सरकार भएको देशमा त्यस्तो कमजोरीलाई ठूलो हदसम्म राज्यले न्यून गरिदिन्छ तर अरू समाजमा भने ती कमजोरीका घातक असर पर्ने गरेका छन्।
साम्यवादीहरू वर्तमानको ख्याल नगरी भविष्यलाई र पुँजीवादीहरू भविष्यको ख्याल नगरी वर्तमानलाई हेर्दारहेछन्। साम्यवादीलाई साम्यवादी भविष्यको र पुँजीवादीलाई नाफामूलक वर्तमानको मात्र चिन्ता हुँदोरहेछ। साम्यवादीहरू सुन्दर भविष्यको आशामा वर्तमानलाई ध्वस्त पार्न पछि नपर्नेरहेछन् भने पुँजीवादीहरू समृद्ध वर्तमानको निम्ति भविष्यलाई ध्वस्त पार्न नहिचकिचाउने रहेछन्। यसरी सुन्दर समाज निर्माणमा विशिष्ट योगदान पुर्याउनसक्ने दुई प्रमुख वर्गमा एउटाले वर्तमानमाथि र अर्कोले भविष्यमाथि घात गर्दा रहेछन्। त्यसैको परिणाम हो, संसारमा मानिसहरूमा वर्तमान र भविष्यप्रतिको निराशा बढ्दो छ।
हाम्रा माओवादी मित्रहरूलाई वर्तमान बनाउने रहर, चासो, चिन्ता कहिले पनि भएन। उनीहरू ‘आफ्नो क्षमताअनुसार दिने र आवश्यकताअनुसार लिने' भविष्यको त्यो काल्पनिक स्वर्गको निर्माणका लागि बढो प्रतिबद्धताका साथ लडेका लड्यैछन्। मान्छे प्रकृतिको अंश हो। प्रकृतिको नियमअनुसार १२ घन्टा उज्यालो भयो भने १२ घन्टा अँध्यारो हुनैपर्छ। चौबीसै घन्टा उज्यालो हुनै सक्तैन। अँध्यारो र उज्यालोको अनुपातलाई विश्वका कयौं समाजवादी र कल्याणकारी राष्ट्रमा जस्तो कम गर्न सकिन्छ तर समस्या के भने हाम्रा माओवादी कम्युनिस्टहरू प्रकृतिको त्यस नियमलाई भविष्यको कुनै विन्दुमा पूर्णरूपले उल्टाएर संसारमा चौबीसै घन्टा घाम लगाउन सकिन्छ भन्ने विश्वास गर्छन्। भविष्यमा त्यो प्राकृतिक निमय उल्टिन्छ भनेर उनीहरू वर्तमानलाई ‘विशिष्ट संघर्ष' को परिस्थिति ठान्छन्। उनीहरूको दृष्टिमा पुरानो नभत्काई नयाँ निर्माण हुनै सत्तै्कन। त्यसैले भविष्य निर्माणका लागि विशिष्ट संघर्षको अवस्थामा वर्तमानलाई चिराचिरा पारे हुन्छ, मान्छेले मान्छेको घाँटी रेटे हुन्छ, संसदमा अर्थमन्त्रीलाई लछारपछार पारे हुन्छ, समाजिक सद्भाव र सहअस्त्विलाई विखण्डित तुल्याइदिए हुन्छ। सारांशमा, उज्ज्वल भविष्यको सैद्धान्तिक लक्ष्यका लागि वर्तमानलाई ध्वस्त पारिदिए हुन्छ। त्यही आस्था र त्यही विश्वासका कारण हाम्रा माओवादी नेताहरू लडेका लडयै्छन्। पुष्पकमल दाहाल र बाबुराम भटटराई चौबीसै घन्टा घाम लाग्ने त्यो काल्पनिक भविष्यका लागि गत तीसपैंतीस वर्षदेखि लडिरहेछन्। बिचरा! कामरेड मोहन वैद्य त त्यसरी लडेको ५० वर्षै भैसक्यो होला। तर उनीहरूले इतिहासको अविछिन्न गतिले निर्माण गरेको वर्तमानको जगलाई कसरी खलबल्याइसके भने अब उनीहरूको राज भयो भने पनि चाहेको परिवर्तन बाचुन्जेल देख्ने कुनै संभावनै छैन। सैद्धान्तिक परिवर्तनको अमूर्त रेखाहरूबाटै सन्तुष्टि लिएर उनीहरूको जीवन समाप्त हुनेछ। उनीहरू भन्लान् क्रान्ति निरन्तरको प्रक्रिया हो, हामीले बालेको क्रान्तिको ज्योतिलाई भावि पुस्ताले अगाडि बढाउने छ भनेर। तर यो त वर्तमान बनाउन नसक्नेले आफ्नो असफलता ढाक्न गर्ने सैद्धान्तिक तर्कमात्रै हो। वर्तमान बनायो भने, भविष्य आफैँ बन्छ। वर्तमान बनाउन नजान्नेले कुनै हालतमा भविष्य निर्माण गर्न सत्तै्कन। वर्तमानको सौन्दर्यलाई भस्म बनाएर अनिश्चित भविष्यको रेखाचित्रमात्र कोर्ने हो भने त भन्नैपर्ने हुन्छ, तीसपैंतीस वर्ष क्रान्तिका नाममा लडिरहेका माओवादी नेताको जीवनभन्दा दस वर्षमै देशका बीस हजार गरिब बालबालिकालाई सस्तो र स्तरीय शिक्षा दिने समाजसेवी उत्तम सञ्जेलको जीवन कयौं गुणा बढी सार्थक र सुन्दर लाग्छ। राजनीतिको चरित्रका कारण राजनीतिकर्मीले ठुल्ठूला कुरा गर्ने मञ्च पाउलान्, ठूला मानिसहरूसँग अन्तरक्रिया गर्लान् र सर्वसाधारणले उनीहरूलाई बढी चिन्लान्, सञ्चार माध्यममा सधैँ ठाउँ पाउलान् तर ठोस उपलब्धि हेर्ने हो भने वर्तमान भस्म पार्ने नेतालाई भविष्यप्रति आशावादी हुँदै आभार प्रकट गर्नुपर्ने खासै कारण देखिँदैन।
यो त भयो साम्यवादीका बारेमा। मेरो देब्रेपट्टि थिए धनाढ्य पुँजीपति उपेन्द्र महतो। महतो नेपालका लागि धन र मनका दुर्लभ संगम हुन् जसले आफ्नो धन सामाजिक हितमा खर्च गर्न थालेका छन्। उनका व्यक्तिगत राजनीतिक मान्यता जे भए पनि उनी पुँजीवादका प्रतीक पनि हुन्। किनभने सोही आर्थिक अवधारणाको परिणामस्वरूप उनी पुँजीपति बनेका हुन्। जसरी समानता र न्यायका लागि वकालत गर्ने साम्यवादीहरू समाजका लागि आवश्यक छन् त्यसैगरी समाजको समृद्धिका लागि पुँजीपति पनि नभइहुँदैनन्। तर साम्यवादीहरू वर्तमानभन्दा बढी भविष्यमुखी भएजस्तै पुँजीपतिहरू भविष्यभन्दा बढी वर्तमानमुखी भएपछि समस्या उत्पन्न हुने गर्छ। वर्तमानको नाफाको लालसाले पुँजीपतिहरूको भविष्यको आँखा बन्द गरिदिएको हुन्छ। सानो उदाहरण दिउँ, राजधानी काठमाडौंले सवारीको चाप धान्नै नसक्ने स्थिति बनिसकेको छ। तर सबारी साधनका धनाढ्य व्यापारीलाई त्यसको कत्ति पनि फित्र्र्की छैन। भोलि दश मिनेटको बाटोमा उनीहरू नै दुई घन्टा सबारी जाममा फस्नेछन्, काठमाडौंको वायु पदूषणले उनीहरू र उनीहरुकै परिवारको स्वास्थ बिग्रने छ। तर नाफाको लालसाले उनीहरूलाई बसरी गाँजेको छ भने उनीहरू सरकारलाई सार्वजनिक यातायातलाई चुस्त बनाएर निजी सबारी साधनको चापलाई कम गर्नुपर्छ भनेर भन्दै भन्दैनन्। किनभने, त्यसो गर्दा उनीहरूको व्यापारमा नकारात्मक असर पर्छ। तिनलाई वर्तमानमा पैसा कमाए पुग्छ, भविष्यको कुनै चिन्ता छैन। पुँजीवादीहरूको त्यही पवृत्तिले उनीहरू आफैं हिँड्नुपर्ने बाटोमा खाल्डै खाल्डो परेको छ भने आफैं बाँच्नुपर्ने धर्ती वातावरणीय विनाशबाट धुजाधुजा परिरहेको छ। अहिले नै नपाएका भए पनि भविष्यमा तिनकै सन्तानले पनि दुःख पाउने निश्चित छ।
त्यतिमात्र होइन उनीहरूको अधिक पुँजी मोहका कारण यो समाज र संसार भावी पुस्ताका लागि बढी असुरक्षित र अन्यायपूर्ण बन्दैछ। सक्नेले जति पनि कमाउने स्वतन्त्रता पाउनुपर्छ भन्ने पुँजीवादी मान्यता हो। तर सक्नेले कमाएको सबै आफैँ राख्न पाउने व्यवस्था कालान्तरमा समाजका लागि हितकर हुँदैन भन्ने तथ्य बढ्दोरूपमा उजागर हुँदै गइरहेको छ। अफ्रिकाका कयौं ठाउँमा खान नपाएर अस्थिपञ्जर मात्र बाँकी भएका आमा र बालबालिकाको मुखमा भनभन झिँगा भन्किरहँदा, स्वतन्त्रताको नाममा कुनै व्यक्तिको बिरलै प्रयोगमा आउने कयौं महल, जेट विमान र पानीजहाजको मालिक हुनुको औचित्य साबित गर्न कसरी सकिँदैन? संसारको चालीस प्रतिशत सम्पत्तिमाथि संसारका एक प्रतिशत धनाढ्यको नियन्त्रण रहनु र संसारका सबैभन्दा गरिब समूहका पचास प्रतिशत मानिसको हातमा एक प्रतिशत सम्पत्तिमात्र रहनु मानव सभ्यता र भावि पुस्ताका लागि शुभ संकेत हो कि होइन? यी कुनै मनगणन्ते तथ्यांक होइनन् वैज्ञानिक अध्ययन र अनुसन्धानका नतिजा हुन्। यस्तो स्थितिमा पुँजीपतिहरूले भविष्यका बारेमा सोच्ने कि नसोच्ने?
डेढ घन्टासम्म साम्यवाद र पुँजीवादका दुई प्रतिनिधि पात्रबीच बस्दा मलाई लागिरहेको थियो साम्यवादीले अलि बढी वर्तमानको र पुँजीवादीले अलि बढी भविष्यको बारे चिन्ता गरिदिने हो भने तिनको जीवन र यो संसार कति सार्थक र सुन्दर हुनेथियो!