खेलकुदमा सधै खेलाडी र खेल जित्नुपर्छ। तर दुर्भाग्य नेपालमा खेल र खेलाडी सधै हार्छन राजनिति जित्छ। दशकपछि चैत अन्तिम साता भएको पाँचौ राष्ट्रिय खेलकुदमा राजनीतिकै जित भयो। 'बुढी मरी भन्दा पनि काल पल्कियो' भन्ने उखान खेलकुदमा ढयाक्कै लागु भयो।
खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेप आफ्नै संरक्षकको एउटा पत्रमा लत्रकै गल्नु पर्यो। संरक्षक अरु कोहि नभएर देशकै शक्तिशाली प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्। उनको लिखित आदेशमा अन्तिम समयमा माओवादी सेनालाई प्रवेश गराउन राखेप बाध्य भयो। पार्टी भित्रकै आन्तरिक दबाबका कारण प्रधानमन्त्रीले माओवादी सेनालाई राष्ट्रिय खेलकुदमा प्रवेश गराउन बाध्यमत्मक पत्र लेखेको बुझ्न गार्हो छैन। माओवादी नेताले आफ्ना सेनालाई प्रवेश नदिए राष्ट्रिय खेलनै रोक्ने धम्की दिए।
२०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद एतिहासमा कसैको आदेशका कारण अन्तिम समयमा टोली थप्नु परेको यो पहिलो घटना हो। अन्य सहभागीलाई गुमराहमा राखेर माओवादी सेनालाई राष्ट्रिय खेलमा प्रवेश गराइयो। यसले एकिकृत माओवादीको जिद्धि त पुरा भयो तर राष्ट्रिय खेलकुदको मर्ममा चोट पुर्यायो। खेलकुदमा एउटा गलत नजिर स्थापित भयो। भोली सत्तामा आउने जनसुकै दल पनि आफ्नो भातृ संगठनलाई राष्ट्रिय खेलकुदमा प्रवेशका लागि राखेपलाई दबाब दिने अवस्था बन्यो। विगतमा राजपरिवारको संरक्षकत्व रहदा पनि नभएको घटना यसपटक हुदा धेरैले माओवादीको व्यवहारमा शंका गरे जुन स्वभाविक थियो।
माओवादी सेनाले पदक जित्न भन्दा अन्य विभागिय टोली सरह हैसियत प्राप्त गर्न मात्र राष्ट्रिय खेलकुद प्रयोग गरेको सवैले बुझेकै हो। त्यसको अर्थ जनसेनामा खेल प्रतिभा छैनन् भन्ने होइन। तर हरेक खेलको आफ्नै प्रकि्रया छ। सुरुमा १४ अञ्चललाई सहभागि गराउने लक्ष्यका साथ राष्ट्रिय खेलकुदको सुरुआत भएको थियो। पछि त्यसमा क्षेत्रिय अवधारणाको विकास गरियो र क्षेत्रियको प्रतिनिधित्व गरायो ।
राष्ट्रिय खेलकुदलाई थप प्रस्पिर्धात्मक बनाउन विभागिय टोली नेपाली सेना र नेपाल प्रहरीलाई प्रवेश गराइयो। यसपटक सशस्त्र प्रहरीले पनि भाग लिने मौका पायो । विभागिय बाहेकका खेलाडीले जिल्ला हुदै क्षेत्रिय छनोटको चरण पार गरेपछि राष्ट्रिय प्रतियोगिता खेल्न पाउने प्रावधान छ। विभागिय टोलीलाई भने छनोटको प्रावधान राखिएको छैन। त्यसका पछाडी पनि तर्क छ। विभागिय टोलीका खेलाडीले जिल्ला क्षेत्रकै छनोट खेल्दा स्थानिय स्तरका प्रतिभा राष्ट्रिय प्रतियोगितामा आउने सम्भावना कम हुन्छ। नियमित अभ्यासमा रहने विभागिय टोलीका खेलाडीसँग स्थानियस्तरमा भिड्नुपर्दा धेरै खेलाडीले छनोट चरण नै पार गर्न सक्दैनन्। एथलेटिक्समा शसस्त्र प्रहरीले मात्र १९ वटा स्वर्ण पदक जितेबाट त्यसको पुष्टि हुन्छ। त्यसैले विभागिय टोलीलाई सिधै राष्ट्रिय प्रतियोगितामा खेलाइने प्रावधान राखिएको हो। खेलमा अब्बल भएकै कारण धैरैले विभागिय टोलीमा प्रवेश पाएको थु्रपै उदाहरण छन्। केशरी चौधरीलाई त्यसको उदहारणका रुपमा लिन सकिन्छ। उनलाई पाँचौं राष्ट्रिय खेलकुदको ठिक अगाडी पुलिसले लियो। केशरीले भाग लिएका छ वटै इभेन्टमा पदक जितन्। केशरी सुदुरपश्चिमाञ्चलबाट छनोट भएर आएको भए त्यहाँबाट प्रतिनिधित्व गर्ने अर्को प्रतिभाले मौका पाउने थिएन् । राष्ट्रिय खेलकुद नयाँ प्रतिभा पहिचानको थलोका रुपमा विकसित गराइनुपर्छ।
जिल्ला र क्षेत्रिय छनोटलाई पुरा गर्दै माओवादी सेनाका खेलाडी पनि राष्ट्रिय प्रतियोगितामा आउन सक्थ्ये जुन सर्व स्वीकार्य हुने थियो। यत्ति हो की छनोट हुने त्यो खेलाडीले माओवादी सेनाको नभै क्षेत्रको प्रतिनिधित्व गर्थो। तर माओवादीले राष्ट्रिय प्रतिनिधित्वमा पार्टीको सहभागितालाई अनिवार्य शर्त बनायो।
जनमुक्ति सेनाको महिला फुटबल टोलीमा रहेका चार खेलाडी क्षेत्रीय टिममा बोलाइएका थिए। तर माओवादीले आफ्नो टोली राष्ट्रिय प्रतियोगितामा भाग लिदैछ भनेर चार खेलाडीलाई पूर्वााचल टोलीमा राख्न दिएन ।
माओवादीका सेनालाई राष्ट्रिय खेलमा कुनै पनि हालतमा खेलाउनु थियो भने त्यसमा भाग लिने क्षेत्रिय टोली र विभागिय टोलीसँग एक पटक छलफल गरेर सहमति लिनु लाई समेत प्रधानमन्त्रीले जरुरी ठानेनन्। राखेपले पनि छलफलको प्रयास गरेन। चैतको २ गते नै माओवादी सेनाले सहभागिताका लागि पत्र लेखेपनि राखेपले त्यसलाई मन्त्रालय पठाएर आफ्नो काम पुरा भएको ठान्यो। सके सम्म माओवादी सेनालाई प्रवेश नदिने उसको प्रयास प्रधानमन्त्री दाहालको पत्रसँगै तुहियो।
युवा तथा खेलकुदमन्त्रीले समापनको भाषणमा शान्ति प्रकि्रयालाई सघाउ पुर्याउन माओवादी सेना सहभागि गराएको भन्दै लाचारी पोखे। त्यसै हो भने किन त्यसलाई पहिले टुंगो नलगाएको। माओवादी सेनाको पत्रलाई सिरानी हालेर अन्तिममा शान्ति प्रकि्रयाको बाहना बनाउनु सान्दर्भिक होइन। सरकारको नेतृत्व गरिरहेको पार्टीका सेनालाई राष्ट्रिय खेलकुदमा भाग लिन दिनु नपर्ने थु्रंपै तर्क हुदा हुदै त्यसलाई शान्ति प्रकि्रयासँग जोड्नु ठिक होइन। एउटा पार्टी विशेषको सेनालाई राष्ट्रिय खेलकुदमा प्रवेश गराउदा नै शान्ति प्रकि्रया सघाउ पुग्छ भने अहिले कहाँ छ त शान्ति प्रक्रिया।