विकासे पण्डितहरू भन्छन् - 'कम्युनिस्टहरू कमाउन जान्दैनन् बाँड्न सिपालु हुन्छन् तर पुँजीवादी चाहिँ कमाउन जान्छन् बाँड्न जान्दैनन्।' नेपालमा यो चरितार्थ भएको छ। मुलुकको राजनीतिमा कम्युनिस्ट प्रभाव बढ्दै गएको छ। पुँजीवादीले वितरणलाई बेवास्ता गरेर कम्युनिस्ट प्रभाव बढाइरहेका त छैनन्? 'सर्वहारा'का नाराका पछिपछि पुँजीवादी किन र कसरी लहसिँदै छन्? नेपालमा अधिकांश गैरसरकारी संस्था कसले, कसरी चलाइरहेका छन्? तिनका हर्ताकता को को छन्? तीनलाई कसले पैसा दिइरहेको छ? यस्ता प्रश्नको उत्तर खोज्दै जाँदा बाँड्नमात्र जान्ने कम्युनिस्ट र बाँड्नै नजान्ने पुँजीवादीबीच 'कार्यगत' एकता भएको रमाइलो दृश्य देखापर्छ।
शासनको मुली सरकार दाताका सामु हात पसार्नुलाई आफ्नो कर्तव्य ठान्छ। दाताकै 'प्रेसक्रिप्सन'मा नेपालीको जीवनस्तर उकास्ने कल्पनामा बर्सेनि नयाँनयाँ योजना घोषणा गरिन्छ। दाताको पैसा खर्च हुन्छ, प्रगतिको प्रतिवेदन पनि तयार हुन्छ।
अहिले अर्थ मन्त्रालयका अधिकारी मुलुकका लागि बजेट बनाउन तल्लीन छन्। अर्थात् उनीहरू जनसाधारणलाई सपना बाँड्ने काममा व्यस्त छन्। असार मसान्तमा पेस हुनुपर्ने बजेट किन मंसिरमा प्रस्तुत हुँदैछ? प्रश्नको उत्तर खोज्दैगयो भने कम्युनिस्टहरूको भाइझगडा प्रमुख कारण रहेको भेटिन्छ। त्यसो त कम्युनिस्ट ससंर्गबाट कांग्रेस पनि अछुतो रहेन। कांग्रेस पनि सस्तो प्रचारवाजीमा उत्रन लाज मानिरहेको छैन। अहिले बजेटमा अर्थमन्त्रीले राज्यकोषको पैसा जनतामा बाँड्ने कस्ताकस्त्ाा कार्यक्रम ल्याउने हुन् भन्नेमा धेरैले चासो राखेको देखिन्छ। हुनत, राष्ट्रिय सहमतिको पछिल्लो मौसमी रागले एमालेका कतिपय 'पपुलिस्ट' कार्यक्रम तुहिन पनि पुग्लान्। तर मूल ध्याउन्ना चाहिँ कनिका छराइ नै भएको स्पष्टै छ।
बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतना आमाबाबुलाई दिनुको साटो छोराछोरी पढाएबापत भत्ता दिने चिन्तनबाट निर्देशित भएर बजेट बनाउन लागिएको छ। शिक्षामन्त्रीको असहमतिले प्रतिविद्यार्थी मासिक ५० रुपैया भत्ता दिने कार्यक्रम नआउने भनिए पनि समस्त बजेट यही चिन्तनबाट निर्देशित छ। राज्यले कलिला विद्यार्थीको टाउको गनेर छुट्ट्याउने भनिएको करिब ५ अर्ब रुपियाँ राज्यकोषको ढिकुटीमा नगण्य होला तर, स्कुले नानीहरूमा त्यसले पार्ने असर भने दूरगामी हुन्छ। यसको लेखाजोखा कसले गर्ने? यो पैसा बाँड्ने योजनालाई अर्थसचिव रामेश्वर खनालको निजी कार्यक्रम भनिदैछ। यो खनालको आफ्नै सोच हो वा परिस्थितिले उनी एमालेका प्रवक्ता बनेका हुन? जथाभाबी पैसा बाँड्ने कार्यका विरोधी खनाल बदलिएकै हुन् भनेर विश्वास गर्ने आधार छैन। दाताहरूको दबाबमा उनले यस्तो निर्णय लिएका हुनसक्छ। दाताका विश्वासपात्र कम्युनिस्ट राजनीतिज्ञको गोटी अर्थ प्रशासक बन्न सुहाउँदैन।
नयाँ कार्यक्रम लागू गर्दा त्यसको लाभ, लागत र प्रभावको विस्तृत अध्ययन हुनुपर्छ। बालबालिकाका हातमा पैसा दिनु हँुदैन भन्ने सामाजिक मान्यता छ। राज्यले जुनसुकै संयन्त्र बनाएर दिए पनि केटाकेटीका नाममा घोषणा गरेको पैसामा उनीहरूको हकदाबी स्थापित हुन्छ। खनालले सोचेजस्तो त्यस पैसाले कापी, कलम किनिने होइन। सक्ने अभिभावका नानीले चकलेटमा पैसा सक्लान् नसक्ने अभिभावकले नुनतेल किन्लान्। कनिका छरेझैँ सबैलाई हचुवामा पैसा बाँड्ने कार्यक्रमले बालबालिका र अभिभावक परजीवी बन्न खतरा बढ्छ।
विद्यार्थीको टाउको गनेर विद्यालयहरूलाई अनुदान उपलब्ध गराउने प्रतिविद्यार्थी लागत (पीसीएफ) नीति र त्यस अर्न्तगतको सहुलियत शिक्षक कोटा घोटाला प्रकरणबाट खनाल अनभिज्ञ छैनन्। प्रत्येक वर्ष बजेटको सबैभन्दा ठूलो अंश शिक्षामा छुट्याइने गरिएको देखिन्छ। छुट्याइएको बजेटको करिब ९० प्रतिशत शिक्षकको तलबभत्तामा खर्च हुन्छ। निःशुल्क शिक्षाको कार्यक्रम कार्यान्वयन नभएको उदाहरण प्रशस्त छन्। टाउको गनेर पैसा अनुदान दिने नीति एकपछि अर्को गर्दै विफल भएको वास्तविकताप्रति आँखा चिम्लेर फेरि जनही पैसा बाँड्ने प्रसंग कसरी उठ्यो? शिक्षा मन्त्रालयसँग सरकारी स्कुलमा कति विद्यार्थी पढ्छन् भन्नेसम्मको सही तथ्यांक छैन। धेरैभन्दा धेरै विद्यार्थी देखाएर सरकारबाट अनुदान लिने प्रवृत्तिले विद्यार्थीको संख्या बढाइएको छ। विद्यार्थी संख्याका आधारमा पैसा छुट्याउँदा नक्कली नाम ह्वात्त बढाइको शंका हुन थालेपछि स्कुल र विद्यार्थीको तथ्यांक अध्यावधिक गर्ने कार्यक्रम अघि सारिएको छ। यसले पनि समस्या डरलाग्दो भएको देखाउँछ। नागरिकलाई स्तरीय शिक्षा दिनु राज्यको कर्तव्य हो। सरकार महिनाको ५० रुपियाँ 'जागिर' दिएर पन्छन हुँदैन। निःशुल्क भनिएको शिक्षामा पनि अधिकांश सार्वजनिक विद्यालय समेतले विभिन्न शुल्क लगाउँछन्। अधिकांश सरकारी स्कुलले स्थानीय स्रोतमा शिक्षक राखेका छन् वा जाली संख्या पेस गरेर राज्यबाट पैसा लिएका छन्। बजेटमा राखेरमात्र निःशुल्क शिक्षा कार्यान्वयन हुँदो रहेनछ भन्ने देखिइसकेको अवस्थामा सबैलाई भत्ता दिएर के हासिल गर्न खोजिएकोे हो?