समृद्धिका लागि प्रकृति संरक्षण
०९ पौष २०७६
•
१४ मिनेट पाठ
समृद्धिका लागि प्रकृति संरक्षण
समाज, संस्कृति र सभ्यता– प्रकृति र मानवबीच निरन्तर चलिरहने अन्तरसम्बन्ध र अन्तरसंघर्षका उपज हुन्। पूर्वी विश्व दृष्टिकोणबाट प्रभावित हाम्रो समाज र संस्कृतिले सदैव जीव, जगत् र जीवनको अन्तरसम्बन्ध र सहअस्तित्व स्वीकार गरेको पाइन्छ। मानिस आफूलाई प्रकृतिको एक अंश हो भन्ने ठान्छ, त्यसैले होला– अन्य समाजभन्दा पूर्वीय समाज प्रकृति, प्राकृतिक स्रोत र अन्य जीवजन्तु उपयोगमा धेरै हदसम्म संयमित र अहिंस्रक छन्।

रक्षित प्रकृतिबाट मात्र हाम्रो रक्षा हुन्छ भन्ने वैदिक मान्यता छ। त्यस्तै मानव जीवन धेरै हदसम्म  जंगल, जमिन, जीवजन्तु र जलको वरिपरि घुमेको हुन्छ भन्ने बुझाइ छ। वैदिक शास्त्रमा मानव जीवनको उतराद्र्धमा प्रकृतिसँग एकाकार हुन वानप्रस्थ आवश्यक ठानिन्छ। अठारौं शताब्दीका प्रसिद्ध अमेरिकन प्रकृतिप्रेमी जोन मिउर पनि भन्ने गर्थे– ‘जंगलमा गएपछि म आफ्नो ‘मन’ गुमाउँछु र ‘आत्मा’ प्राप्त गर्छु।’ वनजंगलमा विभिन्न रोगको निदान गर्न सक्ने उपचारात्मक गुण हुन्छन् भन्ने कुरा त वैज्ञानिक अध्ययनबाट पनि प्रमाणित भइसकेको छ। त्यसैले होला– जापान, कोरिया, अमेरिका, क्यानडा र युरोपका डेनमार्कजस्ता विकसित मुलुकमा रक्तचाप, एलर्जी, तनाव, डिप्रेसन, श्वासप्रश्वास आदि समस्याको उपचारका लागि वनजंगलमा घुमाउन लैजाने,  वन शिविरमा राख्ने चलन बढ्दो छ। जापानमा यस कार्यलाई ‘सिनरिन याकु’ (वनस्नान) भनिन्छ।

सकिन्छ, संरक्षित क्षेत्र पुस्तौंपुस्तासम्मलाई हुने गरी जोगाऔं, सकिँदैन, कम्तीमा नबिगारौं, नबेचौं– नेपाल र नेपालीको समृद्धि र सुखका लागि।

नेपाल प्राचीनकालदेखि नै वनजंगल, जडीबुटी  र पवित्र देवभूमिका रूपमा सुपरिचित छ। नेपाली समाजका संस्कृति र संस्कारमा प्रकृतिका विभिन्न पहलु जस्तै ः वनजंगल, जनावर, बोटबिरुवा, पहाड, हिमाल, नदीनाला, ताल तलैया, हरिया फाटँ आदिको गहिरो प्रभाव देखिन्छ। जसरी बिहानीको घामको किरणले शीत हराउने पार्छ, त्यस्तै मानिसका सबै पाप हिमालको एक दर्शनले नास हुन्छ भन्ने पौराणिक भनाइ छ। त्यसैले होला– हामीले परापूर्वकालदेखि नै प्रकृति र प्राकृतिक स्रोतको सम्मान, संरक्षण र सदुपयोगमा विशेष महŒव दिएको पाइन्छ। नेपाली समाजले आर्थिक स्रोतका रूपमा मात्र नभई सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्पदाका रूपमा समेत वनजंगल, नदीनाला, पहाड संरक्षण गरिरहेको छ।

विकास र विज्ञानको प्रगतिसँगै मानव–प्रकृति सम्बन्धका उद्देश्य र संरक्षण विधिमा फरक पर्नु स्वाभाविक भए पनि यसका आधारभूत र मौलिक तŒव सदैव उस्तै हुन्छन्। त्यसैले होला– नेपाली समाज प्रकृति संरक्षणमा सदैव सकारात्मक पाइन्छ। फलस्वरूप आज नेपाल प्रकृति संरक्षणमा विश्वमै अग्रस्थानमा छ। सन् १९७० को मध्यदेखि आधुनिक संरक्षण परिपाटी अँगालेको नेपालले हालसम्म २० वटा संरक्षित क्षेत्र बनाइसकेको छ। देशको कूल भूभागको २३ प्रतिशतभन्दा बढी क्षेत्रफल ओगटेका संरक्षित क्षेत्र– विश्वमै संकटापन्न अवस्थामा रहेका बाघ, गंैडा, हात्तीजस्ता वन्यजन्तु जोगाउन र सगरमाथाजस्ता संसारकै अग्लो हिमशिखर र विश्वकै गहिरो कालीगण्डकी घाँटीजस्ता अद्वितीय भूस्थल संरक्षण गर्न सफल भएको छ।

संरक्षित क्षेत्र, नेपाल आउने ५० प्रतिशतभन्दा बढी पर्यटकको आर्कषणको केन्द्र बनेका छन्। बढ्दो वन विनाशका कारण ‘हरिया टापु’जस्ता भएका हाम्रा संरक्षित क्षेत्र विभिन्न बोटबिरुवा र जीवजन्तुको अन्तिम आश्रयस्थल र प्रमुख ‘कार्बन सञ्चित’ क्षेत्र बनेका छन्। विज्ञका अनुसार हाम्रो वनजंगलले सञ्चित गरेको ११५७.३७ मिलियन टन कार्बनको करिब ३० प्रतिशत (३४४.२० मिलियन टन) कार्बन संरक्षित क्षेत्रमा मात्र सञ्चित छ। प्रतिटन मूल्य १० डलर मात्र राख्यो भने पनि संरक्षित क्षेत्रमा सञ्चित कार्बनको मूल्य झन्डै ४ खर्ब हुन्छ। जुन दिगो विकास लक्ष्य प्राप्त गर्न लाग्ने वार्षिक बजेटको २५ प्रतिशतजति हो।

प्रकृति आफैंमा अथाह र रहस्यमय छ। संसारमा हरेक वर्ष नयाँ बोटबिरुवा र जीवजन्तुका प्रजाति पत्ता लाग्ने क्रम जारी छ। गत वर्ष मात्र नेपालमा एक दुर्लभ चरा प्रजाति, एक माउसुली र नेपालमा मात्र पाइने दुईवटा सुनाखरी प्रजाति पत्ता लागेको समाचार प्रकाशन भएको थियो। त्यस्तै सन् २००९ मा ३ सय ५३ नयाँ प्रजाति पूर्वी हिमाली क्षेत्रमा पत्ता लागेको रिपोर्ट सार्वजनिक भएको थियो। जसमध्ये ९४ वटा वा २७ प्रतिशत प्रजाति नेपालका थिए। नेपालजस्तो देश, जहाँ जैविक विविधताको सर्वेक्षण पर्याप्त भएका छैनन्, जान–अन्जान प्राकृतिक क्षेत्रको क्षतिबाट हाम्रा अमूल्य प्राकृतिक स्रोत पहिचान र हामीलाई तिनको महŒवबारे ज्ञान हुनुअघि नै ती नष्ट हुन सक्छन्। यसबाट हाम्रा भावी पुस्ताको अनुसन्धान, आविष्कार र आर्थिक अवसर खुम्चिन पुग्छ।

प्रकृति संरक्षणको महŒवलाई अझ बढी उजागर गर्न यहाँ प्रकृतिबाट प्रेरित भएर मानिसले कसरी उपयोगी आविष्कार गर्छन् भन्ने केही उदाहरण उल्लेख गर्नु उपयुक्त होला। बुलेट ट्रेनको इन्जिनको थुतुुनो किङफिसर चराको चुच्चोबाट लिइएको हो, फ्रान्सका विश्वप्रसिद्ध इफेल टावरको डिजाइन उभिएको जिराफबाट लिइएको भनाइ छ। लामखुट्टेको सुँडबाट प्रेरणा लिई जाँच गर्न रगत निकाल्ने सियोको परिमार्जन गरिएको हो। त्यस्तै भर्खर एककजना चराप्रेमीले माकुरोको जालोबाट प्रेरित भएर चरा नठोकिने विशेष किसिमको सिसाको डिजाइन गर्न मद्दत गरेका छन्। प्रकृति संरक्षणको आवश्यकता र वैज्ञानिक अनुसन्धान तथा आविष्कारको अन्तरसम्बन्ध र महŒव कति रहेछ भन्ने कुरा यसबाट प्रस्ट हुन्छ। अतः हाम्रो प्रगति र समृद्धि प्रेरणाको स्रोत भण्डार– प्रकृतिको संरक्षणमा निहित छ, विनाशमा होइन। 

तर हाम्रो देशमा भने मुलुकको वातावरणीय, आर्थिक र सामाजिक दीर्घकालीन हित र सुरक्षाका लागि अति महŒवपूर्ण र संवेदनशील यस्ता संरक्षित क्षेत्रको– केही समयदेखि समृद्धि र विकासका नाममा संरक्षणका विश्वव्यापी मूल्य–मान्यता बेवास्ता गर्दै जथाभावी दोहन गर्ने कुचेष्टा हुन थालेको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा तीन केबलकार र रिसोर्ट प्रोजेक्ट थालनी गर्न खोज्नु, कम शुल्कमा संरक्षित क्षेत्रभित्र रिसोर्ट खोल्न दिन कोसिस गर्नु, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा खुला चिडियाखानाको अवधारणा १५औं योजनामा प्रस्ताव हुनु, एयरपोर्ट, प्रान्तीय राजधानी र औद्योगिक क्षेत्र वन्यजन्तु करिडोर र जैविक विविधता संरक्षणका दृष्टिले संवेदनशील क्षेत्रमा प्रस्ताव गर्नु, भूबनोट र वातावरणीय पक्षको उचित विचार नगरी देशका विभिन्न भागमा जथाभावी सडक योजना सञ्चालन गर्नुजस्ता कार्य केही प्रतिनिधि उदाहरण मान्न सकिन्छ।

यसरी संरक्षणका आधारभूत सिद्धान्त र उद्देश्य बेवास्ता गर्दै ऐन–नियम परिमार्जन गरी सीमित व्यक्तिलाई असीमित आर्थिक फाइदा दिलाउने परिवेश निर्माण गर्न खोज्नु ज्यादै अनुत्तरदायी सोच हो भन्नु अतिशयोक्ति नहोला। यस्ता क्रियाकलाप संविधानको भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धता र देशको दीर्घकालीन हितप्रतिकूल छन्।  वर्तमान सरकारका यस्ता गतिविधिले दिगो र सन्तुलित विकासमा विश्वास राख्ने नागरिकलाई ज्यादै चिन्तित बनाएको छ। ‘न्यातपोल’ भत्काएर ‘नेपाल टावर’ बनाउन खोज्ने प्रवृत्तिको सर्वत्र विरोध हुनेछ भन्ने अपेक्षा गर्नु अनुचित नहोला।   

हामीले के भुल्न हुँदैन भने वास्तवमा राज्यले संरक्षित क्षेत्रलाई ‘प्रजातान्त्रिक स्थल’ का रूपमा व्यवस्थापन गर्नुपर्छ, जहाँ सबै नागरिकलाई प्राकृतिक सुन्दरताको रसस्वादन गर्न र प्रकृतिमा रमाउन समान अवसर प्राप्त होस्। तर साम्यवादमा विश्वास गर्ने दलको शक्तिशाली सरकार नै आफ्नो राजनीतिक सिद्धान्तविपरीत संरक्षित क्षेत्र सामाजिकीकरण गर्नुको साटो केही व्यक्तिको फाइदाका लागि व्यापारीकरण गर्ने बाटोमा लाग्नु ठूलो विडम्बना हो।

सिंगो विश्व दीर्घकालीन वातावरणीय सुरक्षा र सन्तुलित विकासको बाटोतर्फ अग्रसर छ, तर हामी भने स्वविनाशकारी (सेल्फ डिस्ट्रक्टिभ) र अनुपयुक्त (आउट डेटेड) विकास मार्ग अनुसरण गर्ने प्रयास गरिरहेका छौं।  हाम्रो देशका राजनीतिक नेतृत्व वर्गले संयुक्त राज्य अमेरिकाका ३२औं राष्ट्रपति थिओडोर रोजवेल्टबाट सिक्नु राम्रो होला, किनकि उनी प्रकृति संरक्षण, आर्थिक समृद्धि र राज्य शक्ति एकसाथ प्राप्त गर्न सकिन्छ भन्ने राम्रो उदाहरण पेस गर्ने एक सफल राजनेता हुन्। आर्थिक समृद्धिको सपना नेपालको सुन्दर प्रकृति र अथाह हरित स्रोतको उचित संरक्षण र सदुपयोगबाट मात्र सम्भव छ  भन्ने कुरा दोहो¥याइरहनु नपर्ला। प्रकृति संरक्षण र संरक्षित क्षेत्रलाई ‘समाज कल्याणकारी’ कार्यक्रमका रूपमा बुझौं, व्यक्तिगत सम्पत्ति आर्जन गर्ने उद्यमका रूपमा होइन।  सकिन्छ, संरक्षित क्षेत्र पुस्तौंपुस्तासम्मलाई हुने गरी जोगाऔं, सकिँदैन, कम्तीमा नबिगारौं, नबेचौं– नेपाल र नेपालीको समृद्धि र सुखका लागि।

पूर्वसदस्य, राष्ट्रिय योजना आयोग
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस