निरन्तरता आवश्यक
१६ मंसिर २०७६
•
५ मिनेट पाठ
निरन्तरता आवश्यक
वर्तमान सरकारले २१ महिनाको अवधिमा धेरै कुरा गर्न खोजेको हो। जस्तो– यातायात क्षेत्रको सिन्डिकेट हटाउने, काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति रोकथाम गर्ने आदि। तर ती कामलाई निरन्तरता भने नदिइँदा जनताको वाहवाही पाउन सक्ने धेरै अवसरबाट सरकार चुक्यो। जनताले उल्टै त्यस्तासँग मिलेको आरोप लगाए। यसर्थ सरकार झन् आलोचित हुन पुग्यो।




अहिले पुनः सरकारले मेडिकल कलेजहरूलाई विद्यार्थीसँग लिएको थप शुल्क फिर्ता गर्न आदेश दिएको छ र तोकिएको समयभित्र फिर्ता नगरे ठगी मुद्दाअन्तर्गत कारबाही चलाउने निर्णय पनि गरेको छ। त्यसैगरी अर्कोतर्फ ठेक्का लिएर पनि समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने तत्परता देखाएको छ। यसले फेरि एकपटक सरकारप्रति जनताको आशा जागेको छ। अर्थात अब भने सरकारले मुलुकमा विकृति निम्त्याउनेलाई कारबाहीको दायरामा ल्याउन खोजेको हो कि भन्ने देखिएको छ।

तर सरकारले थालेको यस्ता अभियान बीचैमा निष्क्रिय हुने गरेका छन्। जसले विकृतिका डनहरूको मनोबल उच्च हुँदै आएको छ। त्यसैले अबचाहिँ सरकारले खुट्टा नकमाइकन आफूले थालेका÷चालेका अभियान टुंगोमा पु-याउनुपर्छ। टुंगोमा नपुगुन्जेल छाड्नुहुँदैन। यसो भएमात्र जनताले सरकारको विश्वास गर्छन्। अर्थात सरकारले बोलेपछि गर्छ भन्ने सन्देश जान्छ। र, उनीहरूमा यो सरकार हाम्रो हो भन्ने सन्देश पनि पुग्छ।

मुख्य कुरा, जहाँ जहाँ धेरै जनतालाई असुविधा परेको छ, त्यस्तो क्षेत्र पहिचान गर्न सक्नुपर्छ। त्यसपछि यस्ता क्षेत्रका जनताले पाउनुपर्ने सेवा÷सुविधा तथा अधिकारमा भाँजो हाल्ने को हो भन्ने थाहा पाउनुपर्छ। कसका कारण जनता पीडित भएका छन् भन्ने बुझेपछि त्यसको कारण पहिल्याउन सक्नुपर्छ। अनि जो दोषी देखिएको छ उसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। यसरी कारबाहीको दायरामा ल्याउँदा सबै प्रक्रिया पारदर्शी हुनुपर्छ। यसो भएमा मात्र बदमासी गर्ने अरु पात्र पनि हच्कन्छन् र आगामी दिनमा यस्ता काम गर्नबाट टाढिन्छन्।

कारबाही भने कानुनका आधारमा गरिनुपर्छ। पहिलो कुरा हाम्रो देश विधि अर्थात कानुनको शासनमा चलेको मुलुक हो। दोस्रो कुरा लोकतन्त्रमा ठोकतन्त्र हाबी हुनुहुँदैन। तेस्रो कारबाही कानुनसम्मत भएन भने न्यायालयले उचित नठह-याउन सक्छ। यस्तो अवस्थामा गरिएको कारबाही प्रक्रिया भुत्ते हुन जान्छ भने उल्टै सजायको भागिदारको मनोबल वृद्धि हुन पुग्छ। त्यसैले कारबाहीचाहिँ सडकले माग गरेजस्तो नभई कानुनका धारा÷उपधाराले निर्देश गरेअनुसार हुनुपर्छ। विधिको शासन लागु भएका देशमा अपनाइनुपर्ने तरिका पनि यहीहो।

मुख्य कुरा, सरकारले आफैँ घोषणा गरेर अघि सारेको प्रक्रियाबाट पछि हट्नु हुन्न। यस्ता कार्यलाई निरन्तरता दिएर अघि बढ्यो भनेमात्र सफलता हात लाग्ने सम्भावना हुन्छ। अनि अर्कोतर्फ आफूलाई कानुनी राजभन्दा माथि ठान्नेहरू पनि झस्कन पुग्छन् र बाध्य भएर कानुन मान्ने बाटोमा आइपुग्छन्। पछिल्लो समय विकृतिमा संलग्न भएको अभियोगमा गृहमन्त्रीका भाइ नै अनुसन्धानमा पर्नु, बहालवाला सभामुखमाथि कारबाहीको प्रक्रिया थालिनु तथा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका आलम पनि पुर्पक्षका लागि थुनामा रहनुले विधिको शासन कायमै छ भन्ने देखिन्छ। यही अवस्था कायम राख्न पनि सरकारले थालेका राम्रा कामलाई निरन्तरता दिनुको विकल्प देखिन्न।
अर्को समाचार
मुनद्वारा अनमिनको कार्यादेशलाई निरन्तरता दिन सिफारिस
२१ भदौ २०६७
•
६ मिनेट पाठ
मुनद्वारा अनमिनको कार्यादेशलाई निरन्तरता दिन सिफारिस
काठमाडौं, भदौ २१ (नागरिक)-  संयुक्त राष्ट्रसङ्घका महासचिवले विधिवत् गठित सरकारसँग आवश्यक छलफल गर्नका लागि अनमिनको वर्तमान कार्यादेशलाई नै निरन्तरता दिन सिफारिस गरेका छन्। निरन्तर आधारहीन आलोचनाबाट सिर्जित कार्य सम्पादनमा नै जटिलता थप्नेखालको वातावरणमा मिसनको कार्यादेश बारम्बार थप गर्ने पक्षमा आफू नभएको पनि प्रतिवेदनमा उल्लेख छ।




महासचिवको प्रतिवेदनको पूर्ण पाठ

नेपालले आफ्नो शान्ति प्रक्रियामा सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधको सम्बन्धमा सुरक्षा परिषद्‍मा पेश हुने महासचिवको प्रतिवेदन


६ सेप्टेम्बर २०१०

नेपालको शान्ति प्रक्रिया र नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को गतिविधिबारे जानकारी गराउँदै यस सम्बन्धमा सुरक्षा परिषद्‍मा पेश हुने महासचिवको प्रतिवेदन (एस/२०१० /४५३०) २०१० सेप्टेम्बर ७ मा सार्वजनिक हुनेछ।

सन् २०१० मे महिनामा सुरक्षा परिषद्‍मा प्रस्तुत महासचिवको प्रतिवेदनपछि संविधानसभाको म्याद एक वर्षसम्म थप गरेर म्याद नबढाउँदा उत्पन्न हुनसक्ने संवैधानिक संकटलाई टारिएता पनि दलहरू आन्तरिक मतभेद र सत्ता बाँडफाँडको विषयमा अल्झिएका कारण नेपालको शान्ति प्रक्रिया सहमतिको आधारमा अघि बढेको सङ्‍केत न्युन देखिएको छ।

दुई सेनाको भविष्य टुङ्‍गो लगाउने तथा संविधानको मस्यौदा तयारी गर्ने जस्ता शान्ति प्रक्रियाका महत्त्वपूर्ण अपूरा कामहरूका अतिरिक्त विशेषत तराई र केही पहाडी जिल्लाहरूमा व्याप्त कानुनी शासनको अभाव र असुरक्षाजस्ता चुनौतिहरूलाई यस प्रतिवेदनमा समेटिएको छ। यस प्रतिवेदनमा एनेकपा (माओवादी) द्वारा आव्हान गरेको आमहड्ताल, हतियारधारी समूह तथा जातीय संगठनहरूद्वारा जारी जबरजस्ती चन्दा असुलीलगायत मानवअधिकार उल्लङ्‍घनसम्बन्धी विद्यमान दण्डहीनतालाई सम्बोधन गर्नेतर्फ कुनै प्रगति नभएको कुरा उठाइएको छ।

सुरक्षा परिषद्को अनुरोधबमोजिम बाँकी रहेका अनुगमनसम्बन्धी जिम्मेवारीहरूको हस्तान्तरण र आफ्नो फिर्तीसम्बन्धमा व्यवस्था मिलाउन अन्मिनले पक्षहरूसँग निरन्तर छलफल गर्दै आएको छ। दलका वरिष्ठ नेताहरूसँगको परामर्श तथा समायोजन र पुनर्स्थापनाका प्राविधिक पक्षसँग सम्बन्धित ननपेपर तयारीसहितका आफ्नो तर्फबाट गर्ने प्रयास अन्मिनले जारी राखे तापनि मिसनलाई आफ्नो काम पूरा गर्न वा आफ्नो जिम्मेवारी कुनै पक्षलाई हस्तान्तरण गर्न सकिनेखालको प्रगति भएको छैन।

विशेष समितिमार्फत माओवादी सेनाको समायोजन र पुनर्स्थापनाको काम सम्पन्न गर्ने तथा मन्त्रिपरिषद्‍ले तय गरेको कार्ययोजना अनुरूप नेपाली सेनाको लोकतान्त्रिकरण गर्ने समानान्तर प्रतिबद्धताको आधारमा नै विस्तृत शान्ति सम्झौता भएको महासचिव स्मरण गर्नुहुन्छ। दुई सेनाको भविष्यबारे तत्काल सम्बोधन नगरिए यसले निम्त्याउन सक्ने गम्भिर परिणामबारे सचेत गराउँदै यी दुबै बुँदामा काम गर्नका लागि अन्मिनले बारम्बार आग्रह गर्दै आएको छ।

निरन्तर आधारहीन आलोचनाबाट सिर्जित कार्य सम्पादनमा नै जटिलता थप्नेखालको वातावरणमा मिसनको कार्यादेश बारम्बार थप गर्ने पक्षमा महासचिव हुनुहुन्न। मिसनको भविष्यका सम्बन्धमा गहन वार्ता गर्न अहिलेको स्थिति अनुकूल छैन। 

यस परिस्थितिमा, महासचिवले विधिवत् गठित सरकारसँग आवश्यक छलफल गर्नका लागि अन्मिनको वर्तमान कार्यादेशलाई नै निरन्तरता दिन सिफारिस गर्नुभएको छ। अन्मिनको अनुगमनको चरणबद्ध रूपमा अन्त्य गर्ने तथा सेनासम्बन्धी व्यक्त प्रतिबद्धतालाई ठोस र तोकिएको समयमा सम्पन्न गर्न विस्तृत शान्ति सम्झौता र हतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताका पक्षहरूबीच हुने छलफलले सहमतिको सम्भावना या कुनै निचोड निकाल्न नसकेको अवस्थामा महासचिवले अन्मिनको कार्यादेशको सम्भावित खारेजीलगायत वैकल्पिक उपायहरू परिषद्समक्ष प्रस्ताव गर्नुहुनेछ।

सहमति र वार्ताको माध्यमद्वारा शान्ति प्रक्रियाका चुनौतिहरूलाई सम्बोधन गर्न महासचिवले पक्षहरूलाई अपिल गर्नुभएको छ। विशेषत् हतियारधारी सेनाहरूको सम्‍बन्धमा व्यक्त प्रतिबद्धतासहित विगतमा भएका सहमतिहरूलाई इमानदारितापूर्वक पालना गर्न उहाँले दलहरूलाई आह्वान गर्नुभएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस